Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अपडेट : नेपालको दृश्य चोर्ने भारतीय सुन्दरीले माफी माग्दै नयाँ भिडियो बनाइन्

Posted on November 26, 2015November 29, 2015 by Salokya

मिस अर्थको इको ब्युटी भिडियो शीर्षकमा परिचयात्मक भिडियोमा मिस अर्थ इन्डियाले भारतको बखान गर्दै नेपालका सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल मात्र होइन, काठमाडौँकै दृश्यसमेत देखाएको भिडियोबारे माफी मागेकी छिन्। नेपालीहरुले मिस अर्थको आधिकारिक च्यानलबाट अपलोड भएको यो भिडियोको कमेन्टमा विरोधको बाढी लगाएपछि सो भिडियो भोलिपल्टै हटाइएको थियो। अहिले भने नेपालका दृश्य हटाएर नयाँ भिडियो सार्वजनिक गरिएको छ।

माफीको सन्देश

󾍛🏽Apology In the end we are all humans and we do make mistakes #gratitude #missearth2015 #india🇮󾓭

Posted by Aaital Khosla on Saturday, 28 November 2015

नयाँ भिडियो

मूल ब्लग :

भारतको बयान गर्दै मिस अर्थ इन्डियाले नेपालको दृश्य पो देखाइन्, कहाँबाट चोरियो भिडियो हेर्नुस् प्रमाण

missearthindia अस्ट्रियामा अहिले मिस अर्थ प्रतियोगिता हुँदैछ। नोभेम्बर १९ देखि सुरु भएको प्रतियोगिताका कार्यक्रमहरु अन्तर्गत ताज पहिर्‍याउने काम डिसेम्बर ५ मा हुँदैछ। यसैका लागि प्रतियोगीहरुले आफ्नो परिचय भिडियो देखाउने क्रममा भारतकी सुन्दरी मिस अर्थ इन्डिया अइतल खोसलाले पनि भिडियो देखाइन्। भिडियोमा भारतको बखान गर्दै नेपालका मनमोहक दृश्य देखाइएको छ। सगरमाथा, ल्होत्से, आमादब्लम हिमाल मात्र होइन, काठमाडौँकै दृश्यसमेत भिडियोमा देखाइएको छ। केही भारतभक्तहरुलाई बेकारको आरोप लगायो यसले भन्ने लागेको भए पूरै प्रमाणै देखाउन तयार छु। भित्र हेर्नुस्

vdo
भिडियोमा देखिएको यो दृश्यमा नेपाली नम्बर प्लेट र नेपाली ट्राफिकसमेत छ। साइनबोर्डसमेत पढ्नुस्। त्यतिमात्र होइन भिडियोमा भएका पूरै मनमोहक दृश्य सबै नेपालकै हुन् र कहाँबाट चोरिएको हो त्यो पनि देखाइदिन्छु।

सबभन्दा पहिले लाजै पचाएर भारतीय आयोजकहरुले बनाएर पठाएको मिस अर्थ इन्डियाको परिचय भिडियो हेर्नुस्-
[अपडेट : नेपालीहरुले विरोधमा कमेन्टको बाढी लगाएपछि अहिले यो भिडियो आयोजकले युट्युबबाट हटाइसकेको छ। भिडियो कस्तो थियो हेर्न यहाँ क्लिक गर्नुस्]

वास्तवमा यो भिडियोमा देखाइएका सबै मनमोहक दृश्यहरु Teton Gravity Research का aerial cinema expert हरुले नेपालमा खिचेका हुन्। काठमाडौँबाट हेलिकप्टरमा उडेर २४ हजार फिटको उचाइसम्मबाट GSS C520 सिस्टमको क्यामेराबाट खिचिएका दृश्यमा देखिएका हिमालहरु सगरमाथा, आमादब्लम र ल्होत्से आदि छन्। यो भिडियो नौ महिनाअगाडि सार्वजनिक गरिएको थियो। हेर्नुस्

The Himalayas from 20,000 ft. from Teton Gravity Research on Vimeo.

प्रतियोगितामा नेपाली सुन्दरी दिव्यता वैद्य पनि सहभागी छिन्। उनले भने यस्तो भिडियो बनाएकी छिन्-

27 thoughts on “अपडेट : नेपालको दृश्य चोर्ने भारतीय सुन्दरीले माफी माग्दै नयाँ भिडियो बनाइन्”

  1. Surya says:
    December 1, 2015 at 2:08 am

    भारतले गरेका यस्ता अन्यायहरुको सबै ब्लग पोस्टहरु (पुरानो र भविष्यको) को एक कापी अंग्रेजीमा पनि राख्नु होला. यसो गर्दा गूगलेको search results मा यी कुराहरु देखिन्छन् र बिदेशीहरुले पनि यसको बारेमा थाहा पाउने छन्. अहिले त नेपालीले मात्र यसको बारेमा थाहा भो…

    Reply
  2. eklavya says:
    November 30, 2015 at 12:14 am

    धोतीले आफ्नो मतलव पुरा गरि हाले यति राम्रो लोकेशन देखाई जित आफ्नो पोल्टामा परेपछि माफी माग्नु यो धोतीको सदा झैको व्यवहार हो नेपालीले भोग्दै आएको तर कुरो आयोजकको हो अहिले सम्मन लाज पचाएर मुख खोल्न नसकेको उस्तै परे धोतीलाई त्यो ठाउँ बाट निलम्बित या केहि समयको लागि निषेधित गर्नु पर्ने हो कस्तो जिम्मेवार विहिन र लचार …यति हद सम्मको प्रतियोगिता शायद पहिलो होला छि ….

    Reply
  3. Dhruva says:
    November 29, 2015 at 4:46 pm

    अहिले मात्र कराएर के गर्नु? एतिहासिक गल्तिहरु अवलोकन गरेर सुधार्दै जानु पर्छ र फेरी त्यस्तो घटना घट्न दिनबाट सचेत रहन पर्छ|
    नेपाली कांग्रेसकै देवता तुल्य महामानव भनिने बीपीले नेपाललाई भारतकै एउटा प्रदेश सरह मिलाउन खोजिएको भन्ने धेरै ठाउँमा प्रशस्त सबुतहरु पाईएका छन्| डा तारानाथ शर्मा समेतले यो खुलाएका छन्|
    गिरिजाले बिहारी हरुलाई नागरिकता दिंदा इन्डियाको लहैलहैमा त्यसो गरे| अहिले त्यहि अंगिकृत नागरिक हरु राष्ट्रपति, प्रदेश प्रमुख र प्रधान मन्त्रि पनि हुन् पाउन पर्छ भनेर इन्डियाले वकालत र प्रेसर दिईरहेका छन्|
    एमालेको महाकाली सन्धि र लिपुलेकबारे धेरै कुरा उठ्न र खोजि हुन् बाँकी नै छ| एमालेले अथवा भनौ एमालेका कतिपय नेताहरुले अहिले पानि माथिको ओभानो हुने नाटक गरेर असली रुप लुकाएका छन्| बाबुराम र प्रचण्डलाई आफ्नो हैसियत थाहा छ, कंहा कैले इन्डिया संग हात फैलाए र फैलाएका छन्, देशको स्वार्थमा होइन आफ्नो नीजी स्वार्थमा, त्यो पनि खुलिन बाँकी नै छ| माधव नेपालले आफ्नो अग्योग्य छोरीका निम्त्रि भारतीय मन्त्रि नेपाल आउँदा मेडिकल पढ्ने सीट मागेका हुन् भन्ने सर्बत्र हल्ला फैलियो| हो भने यो भन्दा शर्मनाक के हुन् सक्छ? प्रचण्ड पुर्ब प्रधान मन्त्रीको हैसियतमा दिल्ली भ्रमण गर्दा जब भारतीय नेताहरु संग भेटे, नेपाली राजदुतावासका प्रोटोकल लाई किन लि ईएन? दाहालमा कुछ काला भनेर कतिले शंका गरे? सुर्य बहादुर घरि घरि इन्डिया गएर के कुरा गर्थे, त्यो कल्पना मात्र गर्न सकिन्छ| काठमान्डौमा जसले पनि सहजै राजनीतिमा खेल्ने हरु र निजामति सेवामा रहेका हरु इन्डियाको तलब पनि खान्छन भनेर सहजै लाञ्छना लगाउछन| त्यो पनि खुल्न र खोजि हुन् पर्ने होइन? ठुला देशले किनिदियो भन्दैमा आत्मा पनि बेचिदिने? अनि कुरो चाहि ठुल्ठुला गर्ने?
    कमल थापाको कुरै नगरेको बेस| लोकेन्द्र बहादुर चन्दले मुसा भनेका हुन्| भ्रष्ट्मा अन्तराष्ट्रिय नाउँ कमाएका भाई गणेशेलाई सभासदमा राख्दा उनलाई अरुसंग वार्ता गर्दा नैतिक बल गुम भएको महसुस गर्न पर्ने हो| प्रकाश चन्द्र लोहनीले हालैमा हाम्रा देशका नेताहरुले भारतसंग कमिटमेन्ट गरेर पुरा गर्दैनन् भनेर दोषारोपण गरे| त्यंहा सम्म त् ठिकै थियो, तर उनले ती कमिटमेन्ट के के हुन् भनेर समेत जिज्ञासा राखे| वास्तवमा ती कमिटमेन्ट उनले के हुन् भनेर प्रश्न गर्न भन्दा आफैले खुलाएको भए हुन्थ्यो| उनलाई थाहा नहुने कुरै छैन| त्यस्ता छन् हाम्रा राजनीतिका खेलाडीहरु|
    देशलाई कुबाटोमा लैजाने सबैभन्दा खतरा काम चाँही गिरिजाले गरे जस्तो छ| अहिले उनैको छोरी बुत्रुक बुत्रुक उफ्रिरहेकी छिन| दिनभन्दा लिन मात्र बढी| नेपालले उनलाई के दियो र उनले नेपाललाई के दिईन त्यो हिसाबको कसैले लेखाजोखा गर्नपर्छ|
    गिरिजाले तराईमा दिएका नागरिकताबारे आयोग गठन गरेर खोजि हुन्पर्छ| नागरिकता पाएका कतिले बिहारको हालैको चुनावमा समेत भोट हालेको पनि खोजि गरिनपर्छ|

    Reply
    1. XYZ says:
      December 1, 2015 at 6:07 pm

      आफ्नो अंगको भैसी नदेख्ने अरुको कट्टु भित्रको जुम्रा देख्ने नेपाली हरुको बानी नै हो

      Reply
  4. madan bajracharya says:
    November 29, 2015 at 6:11 am

    इन्डियामा नेपालमा मानिने इन्डियाको गान्धी नेहरु लगायत बाबा रामदेव समेतको बास्तविकता सुन्दा यो इन्डियन आईमाइले गरेको फट्याई मलाइ त् फट्याई जस्तै लागेन/ हेर्नुस यु ट्युब मा इन्डियामा जाने मानेको व्यक्तित्व “राजीव दिक्षित” (जसलाई पछि मारियो) ले प्रमाण सहित नेहरु लगायत इन्डियाको ठुला नेताहरुको फट्याई को भंदाफोद/

    Reply
  5. विजय says:
    November 28, 2015 at 11:30 pm

    यो झ्यापुतलीलार्इ या त गलत पढाइएको छ या गलत पाठयक्रम भएको किताब पढीन स्कुलमा ।

    Reply
  6. राज says:
    November 28, 2015 at 1:12 pm

    अब यस बिषयमा पनि हामीलाई मुर्ख बनाएर भारतीय राजदुतावासको बयान के आउने हो कि? कैले सम्म बयानबाजीमा लागि रहने हो? लड्ने भए आफ्नो समान संग लड्न हो| नेपाल जस्तो सानो देशलाई लंकी लाएर धाक लाएर जितेर गर्व गर्नेहरु छन्| कत्ति belittle गर्न जान्या होला?
    नाकाबन्दी: झुसिलको बेखबरदारीले गर्दा यस्तो हुन् गएको हो| झुसिल र उनका सल्लाहकार मात्र दोषी छैनन् (उनीहरुलाई भविष्यमा कुनै सरकारी तलब भत्ता खाने नियुक्तिका लागि अयोग्य घोषित गरिन पर्छ), बामदेव सर नी, के हेरेर बसेका थिए गृहमा? त्यसै उम्कन दिन हुँदैन|

    वास्तवमा यो एडिटिङ्ग र प्रोडक्सनको सिन्सियर भुल हुनसक्छ| भुल भएछ भने भैगो, भविष्यमा होशियार हुने भने भैगो| हेपेर बस्ने होला|

    Reply
  7. राज says:
    November 28, 2015 at 1:10 pm

    अब यस बिषयमा पनि हामीलाई मुर्ख बनाएर भारतीय राजदुतावासको बयान के आउने हो कि? कैले सम्म बयानबाजीमा लागि रहने हो? लड्ने भए आफ्नो समान संग लड्न हो| नेपाल जस्तो सानो देशलाई लंकी लाएर धाक लाएर जितेर गर्व गर्नेहरु छन्| कत्ति belittle गर्न जान्या होला?
    झुसिलको बेखबरदारीले गर्दा यस्तो हुन् गएको हो| झुसिल र उनका सल्लाहकार मात्र दोषी छैनन् (उनीहरुलाई भविष्यमा कुनै सरकारी तलब भत्ता खाने नियुक्तिका लागि अयोग्य घोषित गरिन पर्छ), बामदेव सर नी, के हेरेर बसेका थिए गृहमा? त्यसै उम्कन दिन हुँदैन|

    वास्तवमा यो एडिटिङ्ग र प्रोडक्सनको सिन्सियर भुल हुनसक्छ| भुल भएछ भने भैगो, भविष्यमा होशियार हुने भने भैगो| हेपेर बस्ने होला|

    Reply
  8. Dinesh Shrestha says:
    November 28, 2015 at 10:45 am

    एउटा चुटकिला सुन्नुहोस्
    एकपल्ट एकजना नेपाली र जापानीज बीच बाजि परेछ । नेपालीले भने “मलाई प्लेनमा उडाउ र जुन देश माथि पुग्छ म आंखा चिम्लेर हात बाहिर निकालेर यो देश आईपुग्यो भन्न सक्छु“ यो सुनेर जापानीज अचम्मित हुंदै बाजी स्विकार गरेर दुवै जना प्लेनमा माथि उडेछ, उडदै गएपछि । एकछिन पछि
    जापानिजः “ल भनत कुन देश आईपुग्यो ?
    नेपालीः “फ्रान्स आई पुग्यो“ जापानीज अचम्भित हुंदै “कसरी थाहा पायौ ?“
    नेपालीः “मेरो हात एफेल टावरमा छुयो“ फेरी केहि समय उडेपछि
    जापानीजः “ल अब कुन देश आईपुग्यो ?
    नेपालीः “अमेरिका“ झन् अचम्भित हुंदै जापानिजः “कसरी थाहा पायौ?“
    नेपालीः “मैले धेरै भिडहरुको कोलाहल सुने“ फेरी केही समय उडे पछि
    जापानीजः “ल भनत कुन देश आईपुग्यो ?“
    नेपालीः “नेपाल“ जापानीजः अचम्भित “हुंदै कसरी थाहा पायौ ?“
    नेपाली “मैले मेरो हात अतिनै चिसो भएको महशुस गरें हामी सगरमाथा माथि आईपुग्यौं ।“ जापानीज नत मस्तक हुंदै फेरी एकछिन् उडेपछि
    जापानीज “ल भनत कुन देश आईपुग्यो ?
    नेपालीः “भारत“
    जापानीज झन तीन छक्क पर्दै “अरे कसरी थाहा पायौ ?“
    नेपालीः “मेरो हातको घडि चोरी भयो ।“ ………

    Reply
  9. ashish says:
    November 28, 2015 at 10:08 am

    यति सम्म कि background music समेत ditto copy गरेको रहेछ अनि कुनै credit पनि छैन. “Digital India ko सौगात Digital Theft”

    Reply
  10. max says:
    November 28, 2015 at 8:29 am

    It’s a copyright act if “Teton Gravity Research का aerial cinema expert” this group want to go in court they can do it. We have to tell them that your video has been used by Indian Earth beauty saying it was a part of India. Then it is a big deal for them.

    its just a nonethical behave of Indian behind this earth lady, g it is illegal.

    Reply
  11. Ekraj says:
    November 28, 2015 at 7:29 am

    Aital Khasla must be disqualified for her intellectual bankruptcy and deliberate misleading attitude.

    Reply
  12. madan bajracharya says:
    November 28, 2015 at 5:09 am

    अस्ति नेपाल भित्रै आयर प्रहरीलाई ढुंगा हान्ने भारतीय प्रहरीको कार्यवाहीमा मारिंदा भारतले रास्ट्र संघ मै यो कुरा उठायो/ त् बर्दी लगायको बन्दुक भिरेका भारतको अर्ध सैनिकहरु नेपाल भित्रै घुसेर घरमा बसेकालाई गोलि हानेको कुरा हामीले किन रास्ट्र संघमै न उठाउने?

    भारत यो छेत्रको शक्तिशाली मात्रै नभई आणविक हतियार समेत भयको मुलुक हो/ भारतले नेपालको धेरै भूमिहरु मिचेको पनि छ/ सिमा पारि भारतको गुण्डा ले मात्रै होइन भारतको सिमा सुरछ्यामा खतियको अर्ध सैनिकहरुले आय दिन लुट पिट गरेको र बारम्बार नेपालको सिमाना भित्र घुसेर नेपालीहरुलाई अपहरण गरेर गायव समेत पारेको र केहीलाई मारेको पनि छ/ नेपाल भारत भन्दा कम्जोर भयकोले प्रतिकार गर्न सकिरहेको छैन/ हामि गरिब नभयको (गरिव भयको पनि त् भारतको सरकार र नेपाल गुसेका भारतीयले लुटेरै हो) भय हामि पनि इजरायल जस्तै शक्तिशाली बन्ने थियो/ नेपाललाई पेल्दै हेप्दै आउने भारतले नेपाल घेरिय जस्तै इजरायल पनि इजरायल लाइ सत्रु ठान्ने मुलुकहरु बात घेरेको छ/ तर इजरायलले आफ्नो सैनिक शक्ति बलियो बनायको भयर आज सम्म सुरछित नै रहन सक्यो/ इजरायलले आफ्नो सैनिक शक्ति बलियो बनाउन अमेरिका र अरु पछिमको बलियो मुलुकहरु सिट गठबन्धन गरेरै आफ्नो प्रतिकार छेमता र सैनिक शक्ति बलियो बनायकोहो/ त् नेपाले पनि तेस्तै किन नगर्ने?
    भारत र चीनबात घेरेको छ नेपालाई/ हामि दुवै मुलुक सिट समान मित्रता राख्न चाहेको हो/ भारतलाई हामीले दिन सकिने भन्दा बढिने दियौं/ मान्नु पर्ने भन्दा बढिने मानेको पनि छ/ तर भारतले नेपाललाइ आफ्नो तरफ बात दिनु पर्ने मात्रै नदियको मात्रै होइन अंतर्रास्त्रिय कानुन अनुसार दिनु पर्ने पारवहनको सुबिधा दिनमा पनि अनेकौं बाधा र शर्त तेर्साउन्दै आयको छ र अहिले त् नाकाबन्दी समेत गरे/ यस्तो भारत नेपाल उसको सुरछ्याको छटा मुनि बस भन्छ/ किन बस्ने तेस्तो भारतको सुरछ्या छाता मुनि? बस्न बाध्य भयमा भारतलाई तर्साउन सक्ने चीनको सुरछ्या छाता मुनि किन नबस्ने? चाउयनलाइले भारतलाई खवरदार नगरेको भय भारतले उहिले नै नेपालाई कब्जा गरि सक्ने थियो/

    Reply
  13. Redbalm says:
    November 28, 2015 at 2:40 am

    Complain to,the organizer and cancel the participating Indian girl candidanccy in the name of fraud. How can some body pilfer the scene of other country and explaining that it is Indian beauty.
    So the Indian girl must be out from the compitation in the name of fraud.

    World is not for the chitters and liers.Nobody promoting the liers so she must be cancelled from competition.

    Reply
  14. Sumangurung says:
    November 27, 2015 at 4:48 pm

    पक्का पनि नेपाल भारतको raajya हो भन्ने एसले बुझेको होला ! नेताहरु लागिपरेका छन् आफ्नो बनाउन haamro नेताहरु केहि गर्दैनन्! येस्तई छ Nepali हुनु को पिडा अनि नेपाली हुनुकोगर्ब !

    Reply
  15. Jay says:
    November 27, 2015 at 4:35 pm

    Its a good news for Nepali contestant. Can any one pass this information to the Austrian beauty contestant organiser? The Indian contestant should be automatically be disqualified. It should go in favor or Nepali contestant. I hope people living in Austria will lobby for Nepalese contestant. Thanks.

    Reply
  16. dhiren says:
    November 27, 2015 at 3:28 pm

    अब इन्डियन राजदूत रंजित रे बाट केहि बयान औला कि !!

    Reply
  17. Dinesh Shrestha says:
    November 27, 2015 at 12:01 pm

    भारतीय कुकुर हरुले चोर्न मात्र जानेको छ. कहिले बुद्ध हाम्रो देश मा जन्मे को हो भन्छ त कहिले सगरमाथा हाम्रो हो भन्छ कहिले १५ जिल्ला हाम्रो हो भन्छ . हाम्रो देशको हिमाल, पहाड अनि तराई का सुन्दर दृश्य उनीहरुले टेलिभिजन मा देखाउदै सुन्दर भारत, महान भारत भन्छ लाज सरम पचेका भारतीय डाँका चोर हरु … हामीले पनि अब ग्रेतर नेपाल को पूर्व टिस्टा देखि पश्चिम कांगडा सम्म को भूभाग दाबी गर्नु पर्छ सन् १९५० को असमान सन्धि खारेज गर्नु पर्छ…. जय नेपाल….

    Reply
  18. Bindu says:
    November 27, 2015 at 10:42 am

    भारतको बयान गर्दै मिस अर्थ इन्डियाले नेपालको दृश्य — यसरी नेपालको काठमान्डू
    शहर – हिमाल – सम्पदा लाई भारतको भनेर बिस्व माझ देखाउने आँट यी भारतीय नागरिक भारतीय मिस अर्थ इन्डियाले कसरी गरिन् ? बिश्व – भूगोल त यिनले स्कुल हुदै कलेज
    लेबल सम्म पुग्दा पढेकै हुनुपर्छ , आफ्नो देश भारतको छिमेकी रास्ट्र को को हुन् आदिको
    जानकारी पनि त भएकै हुनु पर्छ . कतै यिनलाई भारतले प्रयोग गरेको त हैन ? अनेक
    जालझेल गरेर बिश्व माझ नेपाल भारतको प्रान्त हो भनेर देखाउन भरमग्दुर कोशिस
    गरिरहेको देखियो —
    हुँदा हुँदा नेपालको संबिधानमा नै बूँदा फेर्न लगाउने कुसाहस पनि गरिरहेको छ .
    यस्तो अत्यन्तै गम्भीर परिस्थितिमा रास्ट्रका रास्ट्रीय तत्व सबै ढाल भनेर आपासमा
    मिल्नु जरुरि छ .
    अचम्मै लाग्छ बाबुरामहरु एकातिर , प्रचण्ड हरु अर्को तिर , कांग्रेश – एमालेको ताल
    उस्तै , राप्रपा हरु पनि फाटेर दुई तिर , तराईका पार्टी त कति कति , उता ति जातिय
    बादी पार्टीहरु उस्तै च्याउ उम्रे जस्ता !
    नेपालको राष्ट्रिय एकताको प्रतिक राजसंस्थालाई नेपालबाट हटाउनुको उद्देश्य अब त
    सबै सचेत नेपालीले बुझिसकेको हुनाले देश जोगाउन सबै शक्ति मिलेर राजसंस्था ब्युताउनु नै नेपाल रास्ट्रको हितमा हुन्छ . नेपालको राजनीति आन्तरिक रुपमा सबल
    भए बाहिरकाले हेप्न दबाउन सक्तैन — यो कुरा त देशको माया हुने सबैले बुझेकै छ नि , बुझेर पनि किन नबुझे जस्ता बनेका यी सबै शक्तिहरु !
    अब अति भो भने जनताले नै नेपाल आर्मीलाई गुहारेर राजसंस्था मार्फत नेपालको राजनीति हाक भनेर आदेश दिनु पर्छ . राजाले त जनता जनार्दन भनेकै थिए नि उबेला . जनता जनार्दन ब्युझिन ढिलो गर्नु भएन .
    यो बाहेक अरु क्यै छ उपाय नेपाल रास्ट्र जोगाउने ?

    Reply
  19. dor prasad says:
    November 27, 2015 at 10:17 am

    The video has been removed – do you have copy Salokye jee ?

    Reply
  20. sushil says:
    November 27, 2015 at 7:52 am

    नेपालको पररास्ट्रमन्त्री भनेर मोदीको फोटो देखाइदिनुनि, हाम्रो उपेन्द्र यादव जस्तै खुब देश विदेश घुम्नुपर्छ वहाँलाई पनि. अनुहार फेरी राजेन्द्र महतो संग मिल्छ.
    तर फरक येत्ती हो कि, मोदीजी घुमेर लगानी भित्र्याउँछन् र चुनाव हारेभने गुजरातको अधिकारको लागि आन्दोलन गर्दैनन्.

    Reply
  21. Aastha Nepal says:
    November 27, 2015 at 7:30 am

    मैले त मिस earth organiser हरुलाई इमेल गरेर सबै कुरा भंदिसके…येदि सबै ले मैले जस्तै इमेल गरेर complainगर्ने हो भने i am sure कि तिनीहरुले action लिन्छ होला…जति पनि साथी हरुले यो ब्लग padhnuhuncha please complain गर्नु अनि मात्र धोति हरुको दिमाग ठाउँ मा aucha …हेप्न पनि सारै हेप्यो अब चै धोति harule

    Reply
  22. subash says:
    November 27, 2015 at 4:25 am

    चोरै चोर र ठग फटाहाहरुको देश भारत !

    Reply
  23. madan bajracharya says:
    November 27, 2015 at 3:34 am

    सन् १९४५मा मात्रै अंग्रेजले जन्माई न्वारान गरेर स्थापना गरेको भारत भनिने नेपाललाई स्थापना भयको दिन देखि देखि नसहने अंग्रेजले आफुलाई दास बने जस्तै नेपाललाई दास बनाउन खोज्ने नेपालीको बास्तविक नेताहरुलाई पाखा लगाउंदै आफ्ना कमारा लेंग्दुपे कपुत हरुलाई प्रधान मन्त्रि बनाउंदै नेपाललाई लुट्ने मिच्ने हेप्ने नाकाबन्दी गर्ने भारतलाइ ठुलो दाजु, महान मित्र र हजारौ बर्ष देखि घनिष्ट सम्भंद रहेको आदि भन्ने र अहिले तराइलाइ हुँदै नभयको मधेश भन्ने अनि तराइलाइ अहिले प्रदेश भोलि विदेश बनाउन लागि पर्नेलाइ सघाउन नया शक्ति बनाउने भन्नेहरु भारतको फताह भन्दा महाफताह्हरु हुन्/

    Reply
  24. Tika says:
    November 27, 2015 at 2:50 am

    यसको जानकारी आयोजकलाई दिनु पर्यो र इन्डियन केटीको नम्बर काट्नु पर्यो l

    Reply
  25. सन्तोष says:
    November 27, 2015 at 1:58 am

    नेपालको चोर्यो वनेर complain गर्ने ठाउँ छैन?

    Reply
  26. Rohini says:
    November 26, 2015 at 11:23 pm

    होइन मोदी मात्र फटाहा भन्ठानेको त भारतमा अरु धेरै फटाहा रहेछन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme