Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दूतावासले नै भनेपछि पत्याउनै पर्‍यो : मोदीको पार्टीका सा‍ंसदले नेपालका १५ जिल्ला खोस्नुपर्छ भनेका रैछन्

Posted on November 25, 2015November 26, 2015 by Salokya

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका एक सा‍ंसद कीर्ति आजादले नेपालको १५ जिल्ला भारतलाई फर्काउनका लागि लडाइ लड्ने, १५ जिल्ला फिर्ता पाउन स‍ंसदमा आवाज पनि उठाउने, नेपालले ती जिल्ला फिर्ता दिन तयार नभए खोस्नुपर्ने भनेको भनी भारतीय मिडियामा समाचार आएका थिए।

भारतीय मिडियाले कतिको हावा न्युज दिन्छन् भन्ने त तपाईँ हामीलाई थाहा भएकै कुरा हो। यो पनि त्यस्तै केही होला भनी वास्ता नगरी बसेको त भारतीय दूतावासले नै आधिकारिक रुपमा बोलेपछि पत्याउनै पर्‍यो। दूतावासले यस्तो भनेको छ-

The comments attributed to Shri Kirti Azad don't reflect the views of the Government of India.

— Embassy of India KTM (@IndiaInNepal) November 25, 2015

दूतावासका अनुसार उनको भनाईले भारत सरकारको धारणा बोक्दैन। अरु बेला भए दूतावासले त्यसो भनेकै होइन भन्ने गर्थ्यो। भारतीय गृहमन्त्री एक करोड भारतीय नेपालमा छन् भनेको कुरा पनि उतैका मिडियाले लेखेका थिए। पछि भारतीय दूतावासले त्यसो भनेकै होइन भनेर खण्डन गरेको थियो। अहिले भने भनेकै होइन नभनी भारत सरकारको धारणा होइन पो भनेछ। भनेपछि उनले त भनेकै रहेछन् नि।

अनि यी मनुवा परे मोदीको पार्टी अर्थात् भारतीय सरकार चलाउने पार्टी भाजपाका सांसद। अनि के मोदीको वा मोदीको पार्टीको चैँ धारणा रहेछ त यो? खै कुन्नि, भाजपाका प्रवक्ताले चाहिँ यो बारे केही बताएका छैनन्।

भनेका के थिए उनले ?
जागरणको अनलाइन संस्करणमा यस्तो समाचार छ-
jagaran

नेपालको ‘ग्रेटर नेपालवाला’लाई च्यालेन्ज गर्ने मान्छे पो रैछन् यिनी। पहिलेका क्रिकेट खेलाडी रैछन् त्यसैले इतिहासको त्यति राम्रो ज्ञान रहेनछ। अंग्रेजले फर्काएको त बाँके, बर्दिया, कैलाली, कञ्चनपुर चार जिल्ला पो हो त। यिनले कहाँबाट १५ जिल्ला सुन्न पुगेछन्। दार्जिलिङदेखि कुमाउँ गढवालसम्मको भूभाग त फेरि नेपालकै हो भन्ने कुरा पनि आउलान् नि फेरि। त्यो चैँ कुन जिल्ला तिर पर्ने हो! फेरि भारतमा पनि कास्मिर, हैदरावाद जस्ता राज्य छुट्याउनु पर्ने माग उठ्ला नि।

नेपालको राष्ट्रवादी सरकारले यसबारेमा केही बोलेको छैन। तैपनि यिनको बहुलट्ठीपूर्ण कुराबारे सरोज मिश्रले यस्तो लेखेका छन्-
mishra

4 thoughts on “दूतावासले नै भनेपछि पत्याउनै पर्‍यो : मोदीको पार्टीका सा‍ंसदले नेपालका १५ जिल्ला खोस्नुपर्छ भनेका रैछन्”

  1. सुबल says:
    November 26, 2015 at 12:00 pm

    भारत जस्तो धर्म निरपेक्ष देशमा बीजेपी उक्साहटमा असहिष्णुताले उग्र रुप लिएको बारे अहिले वादविवाद चुलिमा छचल्कि रहेकोछ|
    नेपालका जिल्ला भारतमा बलमिचाई गरेर गाभ्ने बारे भाषण दिने भारतीय जनता पार्टीका सांसद हुन्| उनले संसदमा पनि यो मुद्दा उठाउने भनेका छन्| उनको मुर्ख्याई र बहुलट्ठीपनको आचरण तब देखिनेछ जब उनले यो मुद्दा संसदमा राख्ने हिम्मत गर्छन| दरभंगाको भाषणमा उत्तेजित भएर छिमेकीलाई बिझाउने गरेर जे पायो त्यहि बोल्नु उनको अज्ञानता र मुर्खता हो र दरिद्र मानसिकताको उपज भनौ| यसलाई नेपालीले गम्भीर लिएर जे पायो त्यही भनेर गालि गलौच गर्न उचित छैन| सयम भएर भावनामा नबह्की कमेन्ट गर्न पर्छ| नेपाली मदेसवादी नेताहरुले भाजपाका सांसदको यस्तो गैर जिम्मेवारी पूर्ण मन्तब्यलाई जोडदार रुपमा भर्त्सना गर्ने नै छन्|

    Reply
  2. Nishad says:
    November 26, 2015 at 11:23 am

    He knows the history of India only. He does not know that Nepal’s border was extended up to Yamuna River, Hyderabad, Kumau and Gadhwal. Nepal lost those land due to war and treaty with British Government in India. Will he initiate to return those land to us?? Is he still living in the age of Mahabharat where one country could attack another country and capture its land?? This is 21st century. Please upgrade yourself…..Don be jungali…

    Reply
  3. Suresh Pradhan says:
    November 26, 2015 at 7:19 am

    सरोज मिश्रजिको भनाइ सोर्है आना सहि छ. येस्ता कुरा मा बढी उत्तेजित हुनु आवस्यक छैन. तर उनि MP त्यो पनि सत्तासिन BJP दलको भएको हुँदा भारतीय सरकारको ध्यान आकर्सन गर्न जरुरि देखिन्छा

    Reply
  4. dor Prasad says:
    November 26, 2015 at 12:26 am

    कुरो आब बिहारी गुन्डा संसद ले के बोल्यो भन्दा नेपाली भन्ने हरु एस बारे के भन्छन त भन्ने बेला आएको छ | मदेशी नेताहरुले बोल्ने बेला आएको छ !

    (१) के उनीहरु भारतीय यी नेता संग सहमत छन् ? या असहमत ?

    (२) उनीहरुलै मदेश छुटै प्रदेश जसरि पनि चाहिएको हो कि उनीहरु नेपाल भित्रै एउटा मदेश प्रदेश चाहन्छन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme