Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जनता दुःख सहिरहेका छन् नपाएर तेल, प्रम ओली भन्दैछन् काठमाडौँमा गुडाउँछु रेल

Posted on November 24, 2015 by Salokya

kp_oli11 प्रधानमन्त्री केपी ओलीज्युको नीति तथा कार्यक्रम भाषण अझै सकिएको छैन। अस्ति नै देशवासीका नाममा त्यत्रो ४५ मिनेट सम्बोधन गरिसक्दा पनि फेरि सार्वजनिक ठाउँमा भाषण गर्ने क्रममा उही यो गर्ने र ऊ गर्ने कार्यक्रम सुनाउनमा व्यस्त छन्। सोमबार एनजिओ फेडेरेसनको कार्यक्रममा पनि उहाँले तेल नपाएर बिजोग भएकाहरुलाई रेलकै कुरा सुनाउनु भयो। इलेक्ट्रिक गाडी कुदाउने, बस्ती बसाउने अनेक अनेक कुरा सुनाउन भ्याउनु भो। एक जमानामा ‘म प्रधानमन्त्री भए…’ शीर्षकमा निबन्ध लेख्न लगाइन्थ्यो। यस्ता कुरा त त्यस्तै निबन्धमा सुहाउने हो। प्रधानमन्त्रीको कुर्सीमा बसिसकेपछि त गरेर पो देखाउने हो, यो गर्छु र त्यो गर्छु भनेर बारम्बार भाषण त गरिरहनु नपर्ने हो। गर्न चाहिँ अहिले तत्काल वार्ता गरेर कुरा मिलाएर जनजीवन सहज पार्नुपर्ने हो। तत्कालको कुरामा वास्ता छैन, भविष्यमा यो गर्छु र त्यो गर्छु। तैपनि सुन्न भने मज्जै आउने….अहा….दक्षिणकाली र बुढानिलकण्ठ र रिङरोडमा इलेक्ट्रिक रेल।


त्यतिमात्र हो र….इलेक्ट्रिक गाडी कुदाउने रे काठमाडौँमा। ट्रलिबसको त अहिले तारसमेत बाँकी छैन। त्यो तत्काल सम्भव नहोला। ब्याट्रीजडित केही गाडी त केही वर्षअघि नै निजी कम्पनीले भित्र्याइसकेको हो रुट नपाएर रोकिएको हो। त्यस्ता केही गाडी कुदाउन भाषण गरिराख्नै पर्दैन, तुरुन्त कुदाइदिए हुने हो।

अनि बस्ती विकास गर्ने रे। नयाँ नयाँ बस्ती। तनहुँ गोरखा लमजुङको बीचमा मर्स्याङ्दीको किनारमा नयाँ बस्ती बसाउने रे।

सुन्नुस् भाषण-

25 thoughts on “जनता दुःख सहिरहेका छन् नपाएर तेल, प्रम ओली भन्दैछन् काठमाडौँमा गुडाउँछु रेल”

  1. dil tamang says:
    November 30, 2015 at 1:39 pm

    ओली जी लि नेपाली जन्ताल्ये हावा हावा गुफ देदै६ तेसिली विश्वास नगर्नु होला हिया……

    Reply
  2. radheshyam thapa says:
    November 27, 2015 at 12:22 am

    कुरा सुन्दा पनि हास उठ्छ

    Reply
  3. bibek dhakal says:
    November 26, 2015 at 12:59 pm

    २ महिना अगाडी यहि माइसंसारमा ओली को गुनगान गाउने हरु आज काहा लुके ?

    Reply
  4. sudeep says:
    November 25, 2015 at 1:38 pm

    आफ्नो नाति नातिना लाइ किनेर ल्याइदिने खेलौना को बारेमा कुरा गर्नु भाको होला | हामि आम नेपाली ले कुरा बुझिदिनु पर्यो नि |

    Reply
  5. Amar Thapa says:
    November 25, 2015 at 12:15 pm

    सकछऔ भने अहिले तत्कालको समस्या पहिले हल गर ओली जी . जनताको चुलो चिसो भैसक्यो . रेल त तपसिलको कुरा ,

    Reply
  6. shiva says:
    November 25, 2015 at 12:03 pm

    प्रधान मन्त्रि ओली ले भन्न खोजेको के हो भने अब येतिकै नाकाबन्दी कायम भयो भने वहा आफु र आफ्नो पुरा मन्त्रि मण्डललाइ बिधुत गाडी दिने र कार्यकर्तालाइ बिधुत ट्रेन बस दिने भनेका हुन्.तर जिब्रो चिप्लेर मन्त्रीमंडल र कार्यकर्ता भन्न बिर्सेछन l यी यी यिनका लोत क कोहि पनि देश र जनताको बारेमा सोच्ने छैनन् र सिर्फ खोक्रो रस्त्रबदी देख्नु खालका मात्रै हुन्.

    Reply
  7. Manish says:
    November 25, 2015 at 7:30 am

    कति टाढा टाढाको धनि धनि देशबाट गैडा हेर्न हाम्रो देश आउछन बिदेशीहरु. एस्तो गैडा सम्पन्न हाम्रो देश लाई किन चहियो बिद्युतयीय रेल/

    Reply
  8. punya prashad says:
    November 24, 2015 at 11:40 pm

    एउता कुरो बुझी राख नेपाली भेदा हरु हो ! अहिले तिम्ले नाम सुनेको कुनै नेता लाई प्रधानमन्त्री ।। मन्त्री जे जे बनाये पनि आफ्नो खल्ती भर्न पत्ती लाग्छ ,,, देश र जनता को लागि कसै ले काम गरे कान नै कतिदिन्छु ,, देश र जनता को लागि केइ गर्नै चाहदैनन , गर्नै सक्दैनन , गर्दै गर्दैनन – एही सत्य हो । तेसैले अहिले का नेता को बिकल्प को खोजी गर्दा नेपाली भेदा हरु को भलाई हुने देख्छु म त !
    बरु ज्ञाने दाई ले गर्छन् कि अब केइ भन्ने कता कता आश पलौदै छ

    Reply
  9. Rohini says:
    November 24, 2015 at 7:08 pm

    प्र.म. ज्यु बोल्ने मात्रै कि काम पनि गरेर देखाउने हो ?

    Reply
  10. TENZING GABA says:
    November 24, 2015 at 3:30 pm

    प्र.म. ज्यु
    बिजुली छैन सोलार बाट चल्ने रेल चलाउ न हुन् र?
    ————— नेपालाँ खोक्न फ्री छ, खोक भैरे खोक

    Reply
  11. sushil nepali says:
    November 24, 2015 at 12:22 pm

    यो उखाने बुढो ले देश र जनता लाई पनि उखानै बनायो |

    Reply
  12. prechyama says:
    November 24, 2015 at 10:37 am

    हामीले पाएको दुख इन्लाई के थाहा जनता अब सपना मा रम्ने दिन गैसके .. काम गरेर देखाम अनि मात्रै सबैको भलो हुन्छ ..

    Reply
  13. रमेश says:
    November 24, 2015 at 8:53 am

    ओली बाजे देशको समस्या सुल्झाउन तिर भन्दा पाटीमा गफ दिने तालमा नै छन्| यस्तै तालले गफैले पाएको कुर्सि अब गफैले लैजाने पनि भयो|उनले कुर्सीमा बसेको सय दिन पुग्ने बेलामा पनि समस्या सुल्झाउन उनमा कुनै गम्भीरता देखिएन|
    ओली बाजेका सल्लाहकारहरु पनि झुसिल बाजेका हल्लाह्कारहरु मृदुला बज्यै र दिनेश बाजे जस्तै रहेछन क्यारे| झलनाथ बाजे र माधव कुमार बजेका पनि त्यस्तै थिए| प्रचण्ड बाजे र बाबुराम बाजेका पनि उस्तै उस्तै हुन्| बगायो बाजेहरूले देश| बगाएर पुर्याउने भयो गंगामा|
    बुझ्नपर्ने कुरो:
    हिज सम्म लागेको थियो मधेसीलाई दुई प्रदेश दिए पनि के बित्दो छ र? तर कुरोको चुरो र गाँठी बुझ्दै जाँदा गहिरो पो रहेछ| कुनै हालतमा दुई प्रदेश दिन हुँदैन, वस| जे गर्नपरे पनि गरौला, सहौला, बुझौला, जुधौला, लड़ौला| कुनै पनि हालतमा दुई प्रदेश हुँदैन| त्यही न. १ प्रदेशलाई टुक्राएर दुई बनाउछु भने पनि मान्नु हुँदैन| सिंगो नेपाललाई बिस्थापित गर्ने चाल कुनै हालतमा पनि साँचो नेपालीलाई मान्य हुनेछैन|
    थारु खाँटी नेपाली आदिवासी जनजाति हुन्| मुसुलमानलाई किन कट्टर हिन्दुवादी मोदीको पछि लाग्ने मदेशी नेताहरुको कुर्ताको फेर समातेर लाग्नु पर्यो| राजबंशी र अरु एक दुईको मनस्थिति, ताल र व्यवहार बिहारबाट चालितहरुका जस्ता कदापि छैनन्| अंगिकृतको मुद्दा थारुको होइन|
    थारु, मुसुलमान र राजबंशी आदि सिंगो नेपालमा गर्व गर्नेलाई एकातिर राख्दा मदेशी नेताहरु हावा हुन्छन| भारतले जति उचाले पनि अन्ततोगत्वा यथार्थ अर्कै हुनेछ|

    ओलीले यो बेला चाइने नचाईने भाषण गफ दिन भन्दा उक्त कुरो बुझेर दरिलो कदम र चाल चल्नु पर्यो| सफा टेम्पो राम्रो संग व्यवस्था गर्न नसक्ने र एयरपोर्टको बाथरुम एउटा सफा राख्न नसक्ने प्रशासनमा बसेका नेपालीको हैसियत छ| ट्रली बसको तार र खम्बा उहिले पोलेर खाईसके, मेट्रो रेलको गफ पछि सुनमला| प्रधान मन्त्रीका हल्लाहकारहरुले पनि बुझ्नुपर्यो| यस्तो दुख परेको बेला पनि कति हास्नु हो ओलीको गफले?

    Reply
  14. khambuda says:
    November 24, 2015 at 8:39 am

    नमच्चिने पिंगको सय झट्का….! बिगत दिनको प्रचन्ड ज्युको खोकाइ फेरि यता सरेको जस्तोछ!

    Reply
  15. aditya maharjan says:
    November 24, 2015 at 8:37 am

    प्रधानमन्त्रि भएर धेरै बोल्नु भन्दा दक्षिणकाली बाट बुढानिलकण्ठ सम्म बिध्युतिय रेल मात्र आफ्नो कार्यकाल भित्र गुदाइदिनु भए धन्य हुनेथियो हेरौ वोली को बोलि ले काम गरेको नत्र बकबक मात्र गरेर के काम ..

    Reply
    1. TENZING GABA says:
      November 24, 2015 at 3:37 pm

      यिनको कार्यकाल भित्र रेल कुदाउने कुरो त् सारै बढी भो,
      सर्वे, डिजाइन र इस्टिमेट मात्र तयार गर्नु सक्यो भने पनि अरु ले जे सुकै भनुन म चाही नेपालको महान बिकासबादी नेता भनेर मान्न तयार छु,

      Reply
  16. sumangurung says:
    November 24, 2015 at 7:43 am

    बिचरा गरुन पनि के के ?? अलि गफ चाहि देकै हुन्. समय गफ दिने होइन असन्तुस्ट सबैलाई देश को कसम खुवाई मिलाउनु पर्ने बेला हो. ओली जी मौका येही हो. जसले मिल्न मान्दैन जनताको सामु यो यो कारणले गर्दा कांग्रेस वा मधेसी मोर्चा लाइ ल्याउनु पर्यो बाकि जनताले गर्छन.

    Reply
  17. XYZ says:
    November 24, 2015 at 6:47 am

    There is nothing wrong with this man, the problem is with those people clapping their hands in between this fokatya bhasan.

    Reply
  18. Bindu says:
    November 24, 2015 at 6:35 am

    अस्ति १८- १९ नोभेम्बरतिर हो कि , म पोर्तुगलको लिस्बोन शहरमा पुगेको ३-४ दिनको
    लागी , उमेश जी ! म त रुन मन लाग्यो लिस्बोन सिटि हेरेर , ठ्याक्क्कै कस्तो भने हाम्रो
    काठमान्डू जस्तो के ! तर फरक चै के भनें नि यता हाम्रो काठमान्डू चै पेट्रोल – डेजोल अनि धुलो धुँवाको कारण प्रदुषित काठमान्डू शहर अनि त्यो लिस्बोन पोर्तुगलको शहर चै ठ्याक्कै हाम्रो पुरानो काठमान्डू जस्तो तर प्रदुषण रहित !!! कारण लिस्बोनमा बिधुतिय टुकटुक ( हाम्रो मा त्यो के ” सफा टेम्पो ” ) भने जस्तो अनि उता चै टुकटुक भन्दो रैछ है , अनि त्यो क्या गज्जबको ईलेक्त्रिक मेट्रो पनि !
    सडक चै ठ्याक्कै हाम्रै काठमान्डूको जस्तो उकालो ओरालो ~~~~
    सत्य यदि हाम्रो काठमाडौँको सडकमा गुड्ने सबारी साधन पनि बिधुतिय प्रदर्थ
    बाट चल्ने हुन्थ्यो भने त म ठोकुवाको साथ् लेख्छु हाम्रो काठमान्डू बिश्वमै सबै भन्दा
    शुन्दर शाहरमा गनिन्थ्यो उमेश जी !
    खोई क्यै गर्न सकिएन नेपालकोलागि दुई शब्द लेख्नु बाहेक ?!

    Reply
  19. Sagar Nep says:
    November 24, 2015 at 5:44 am

    काइते ओली ….समस्या समाधान गर छिट्टो …..

    Reply
  20. Tika says:
    November 24, 2015 at 4:28 am

    गफाडी का गफ ! कस्तो मूर्ख हो ! इलेक्ट्रिक कार कसको लागि? इलेक्ट्रिक वेहिकल चलाउने के ले पानीले? टुक्काको जादुले पानीले नै चलाएछ भने पनि काठमाडौंमा त पानि पनि पाइदैन!इलेक्ट्रिक वेहिकल चलाउन बिजुली चाहिदैन? पहिले बिजुली उत्पादन गर्नु पर्दैन? कहिले एक बर्षमा लोडसेडिंग मुक्त गर्ने गफ दिन्छ!सोलार बाट नै तेसो गर्ने हो भने पनि सरकारमा गएको २ महिना भैसक्यो, अहिले सम्ममा त्यसको लागि के काम भयो ? तत्कालको समस्या समाधान गर्न माखो मार्न सकेको होइन लम्बेतान गफ दिने? अनुदानमा आएको पेट्रोलिएम समेत एमालेका कार्यकर्ता र ब्यापारी मिलेर कालोबजारी गर्दै छन् l
    प्रधानमन्त्रीजी अब यो गर्छु त्यो गर्छु भनेर गफ दिने होइन, सक्छौ भने यो यो काम गरे भनेर प्रगति विवरण सुनाउनु l

    Reply
  21. सिर्जने says:
    November 24, 2015 at 3:02 am

    गफ धेरै भो, काम गरेर देखाउ ओली बाजे!

    Reply
    1. Samir says:
      November 24, 2015 at 5:51 pm

      के को काम गरेर देखाउनु ,
      जब सम्म मधेसले अधिकार पाउदैन, नेपालमा साअन्ति छाउदैन,
      बाहुनको जातलाइ, खोकन बाहेक अरु केहि आउदैन

      Reply
  22. जीवन(स्टोन भिल्ला) says:
    November 24, 2015 at 1:51 am

    कुर्चिमा बिराजमान भए पछि त दिउसै सपना देखिन्छ कि क्य हो? भन्या पहिला पहिलकाले नि नेपाललाई सिंगापुर बनाएको,काठमाण्डूलाई स्विजरल्याण्ड बनाएको देखेकै हो त।सपना देख्न चाहानेहरु धेरै छन र पो ,यसरि आह!भन्न पाईरहेका छौं त।

    Reply
  23. तेज कार्की says:
    November 24, 2015 at 12:35 am

    हे भगवानको भेटनो, कति जान्या हो बोल्न !!!! अस्ति पो बोल्ने मात्र काम थियो अब गरेर देखाउन , दुइ देसिय कुटनैतिक सम्बन्ध कसरि राख्नु पर्छ राखेर,गरेर देखाऊ ! उखान नै छ नि बोल्यो कि पोल्यो !!!!! कति बोल्छौ तिम्रो प्रेत्यक बोलीको मूल्य नेपाली जनताले भोग्दैछन,तिर्दैछन !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme