Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि सुरु भयो मृत्यु शृङ्खला, लाश गन्नुपर्ने नियति !

Posted on November 22, 2015November 22, 2015 by Salokya

दशैँ सकियो। तिहार सकियो। छठ पनि सकियो। नाकामा अवरोध भएर इन्धन लगायत अन्य अत्यावश्यक वस्तु आएन। हामीले यताबाट नाकाबन्दी भनिरह्यौँ। उताबाट भारतले होइन भनिरह्यो। तस्करीको तेलले काठमाडौँका सडक जाम हुने गरी सवारी सञ्चालन हुन थाले। राष्ट्रवादी केपी ओली सरकारले समस्या समाधानका लागि सिन्को भाँचेन। आन्दोलनरत मधेसी मोर्चाले आन्दोलन कडा गर्ने भन्दै राजमार्ग अवरोधको कार्यक्रम बनायो। मंसिर ५ गतेदेखि गर्ने भनिएको त्यही राजमार्ग आन्दोलनको जवाफ पुनः मृत्यु शृङ्खलाबाट सुरु भयो। ६ गते बिहानै लाश गन्ने काम सुरु भयो। नत्र पछिल्लो पटक कात्तिक १६ गते वीरगञ्जमा भारतीय नागरिकको मृत्यु भएयता आन्दोलनका क्रममा मृत्यु भएको थिए। आज आधिकारिक रुपमा सप्तरीमा तीन जनाको मृत्यु भएको भनियो। आन्दोलनरत मोर्चाले भने चार जनाको मृत्यु भएको दावी गरेको छ। कसरी सुरु भयो फेरि यस्तो मृत्यु शृङ्खला? यस्तो छ पृष्ठभूमि-

मंसिर ३ : राजमार्गकेन्द्रित आन्दोलनको निर्णय

12239711_529856410517722_636883394647492316_n

मंसिर ३ गते आन्दोलनरत दलहरुको मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्‍यो। यसबीचमा सरकारले प्रचार गरेको निर्णायक भनिएको वार्ता सरकारको ठोस प्रस्तावको अभावमा फास्सफुस्स भइसकेको थियो। ३ गतेको यो वक्तव्यमा आन्दोलनलाई अझ बढी सशक्त बनाउन ५ गतेदेखि राजमार्ग अवरुद्ध लगायतका कार्यक्रम जारी राख्ने भनियो। यही वक्तव्यमा औषधीलाई विराटनगर नाकाबाट दिउँसोको समयमामात्र ल्याउन दिने भनिएको थियो।

औषधि बोकेको ट्रकमा आगजनी

फोटो सौजन्य : हिमालखबर
फोटो सौजन्य : हिमालखबर

दुर्भाग्यवश यो निर्णय भएको भोलिपल्टै वीरगञ्जमा एउटा औषधि बोकेको ट्रकमा आगजनी भयो। सँगै मोरङमा बिरामी बच्चा बोकेको एम्बुलेन्समा तोडफोड भयो।

चलु राजमार्ग भरु राजमार्ग

जुन ठाउँमा घटना भयो त्यो ठाउँमा राजमार्ग भरिने गरी आन्दोलनकारीलाई बस्न यसरी तयारी भएको थियो।
12227125_932286946852222_2033306789365140761_n

सिराहामात्र हैन धनुषा, महोत्तरी र सर्लाहीमा यस्तो थियो तयारी
morcha1

morcha2

संघीय गठबन्धन

मधेसी मोर्चाले लिम्बुवान लगायत अन्य दलसँग पनि मिलेर काठमाडौँ लगायत देशभर प्रदर्शन गर्ने गरी मंसिर ५ गते यस्तो कार्यक्रम पनि सार्वजनिक गर्‍यो
limbuwan
राजमार्ग रोक्ने यही तयारी र कार्यक्रमका बीच गाउँगाउँबाट आएका सयौँले सप्तरीको भारदह, रुपनी, बरमझिया आदि ठाउँमा राजमार्ग रोकेर बसेका थिए। लामो दूरीका गाडीलाई प्रहरीले रातको बेला स्कर्टिङ गर्दै पार गराउँथ्यो। ५ गते राति पनि त्यही गर्न खोज्दा धनुषाको ढल्केबारमा पहिलो झडप भयो। त्यहाँ बल प्रयोग गरेर थोरै संख्यामा रहेका प्रदर्शनकारीलाई तितरबितर पारेपछि दोस्रो झडप भारदह र रुपनीमा भएको हो।

झडपमा प्रहरीको गोली लागेर सप्तरी गाढा-९ का वीरेन्द्र राम र जमुनी मधेपुर-७ का नागेश्वर यादवको मृत्यु भएको आधिकारिक पुष्टि प्रशासनले गर्‍यो। तर मोर्चाले भने ४ जनाको मृत्यु भएको नामसहित विज्ञप्ति जारी गर्‍यो
11209522_530676383769058_8952787721447871424_n

सगरमाथा अञ्चल अस्पतालले निकालेको घाइतेहरुको सूची
11056436_924387047610167_9197810493251628284_o

इन्सेकका अनुसार भारदहको झडपमा मधवापुर गाविस-३ का ४० वर्षीय रामेश्वर मण्डलको बायाँ तिघ्रामा, मधवापुर गाविस-३ का ३५ वर्षीय लाल झाको दायाँ खुट्टा, पोर्ताहा गाविस-१ का २५ वर्षीय श्रवणकुमार झाको तिघ्रामा, पोर्ताहा गाविस-५ का ३५ वर्षीय राजेशप्रसाद यादवको घाँटीमा, भारदह गाविस-७ का मो. अकबरको तिघ्रामा, डिमन गाविस-८ का ६० वर्षीय जहरू साहको पेटमा गोली लागेको छ ।

रुपनीको झडपमा मलेठ गाविस-४ का बैध समूहको नेकपा माओवादीका ४५ वर्षीय रामगमन साहको खुट्टामा, राजविराज नपा-७ का ३० वर्षीय भुवनेश्वर भनिने बेल्चन मण्डलको पिठ्युँमा गोली लागेर घाइते भएका छन् ।

यसैगरी भारदह भएको लाठीचार्जमा को. मधेपुरा गाविस-५ पर्साका ३० वर्षीय प्रमोद मण्डल र मधवापुर गाविस-३ का ४५ वर्षीय रामसागर सुतिहारको टाउको फुटेको छ । झडपमा जोगिनियाँ गाविस-१ का २१ वर्षीय सुरेन्द्र यादव, ६० वर्षीय रघु साफी घाइते भएका छन् ।

रुपनीमा भएको लाठीचार्जमा नकटी रायपुर गाविस-९ का ४० वर्षीय दिनेश यादवको टाउको, जमुनी मधेपुरा गाविस-२ का ५५ वर्षीय अमरेन्द्र झाको टाउको र खुट्टा, सिम्राहा सिग्यौन गाविस-९ का ५० वर्षीय अगहनु सदा र छिन्नमस्ता गाविस-४ का ५५ वर्षीय रामचन्द्र यादवको शरीरमा चोट लागेको छ । कल्याणपुर गाविसस्थित विसनपुर चोकको झडपमा कविलासा गाविस-४ का ५५ वर्षीय जागेश्वर यादवको दायाँ हात र खुट्टा भाँचिएको छ भने इटहरी विष्णुपुर गाविस-६ का ४६ वर्षीय शत्रुघन् राय घाइते भएका छन् ।

बिहानैदेखि कर्फ्यु लगाए पनि कर्फ्यु उल्लङ्घन गरी प्रदर्शन गर्ने क्रम जारी रह्यो। सामाजिक सञ्जालमा प्रहरी चौकी जलाइएको र एसपीको गाडीमा आगजनी भएको यस्ता फोटो सार्वजनिक भए
12241409_10207368069747507_6608809460193377365_n

11986455_10207368069467500_777253678594335965_n

12274394_10207368069107491_8970196622994747639_n

12243122_10207368068627479_719304238416576339_n

12289673_10207368068467475_5588010140914346495_n

अस्पतालभित्र समेत प्रहरी कारबाही
12243473_1101301126576453_6618241348386458841_n

छतमा बसेकालाई गोली

झडपका क्रममा साँझ फेरि मृत्युको खबर आयो। राजविराजको दशन चौकमा प्रहरीले गोली चलाउँदा घरको छतमा रहेका ३५ वर्षका दिलीप साहको मृत्यु भएको छ भने उनकी ५ वर्षीया छोरी मुस्कान साहको हातमा गोली लागेको छ।

पुलिसको गोली ले घायल 5 वर्स को बालिका pic.twitter.com/fMFW6LAhjl

— pankaj (@paankajbhagat) November 22, 2015

टाउकोमा गोली लागेको साहको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै प्रहरी र प्रदर्शनकारीबीच राजविराज झडपका क्रममा भाग्ने क्रममा सप्तरीको जमुनी मधेपुरा गाविस पर्साहीका २० वर्षीय शिवशंकर दासको करेन्ट लागेर मृत्यु भएको मधेसी मोर्चाले जनायो। (जिल्ला प्रशासन कार्यालय अगाडिको काँडेतारमा करेन्ट प्रवाह गरिएको रहेछ)

काठमाडौँमा बसेकाले सोचेभन्दा फरक किसिमले भइरहेको छ आन्दोलन।

सप्तरीको भारदहमा रहेका पत्रकार राजकुमार पासवानका अनुसार, भारहदमा मात्र गाउँ गाउँबाट अहिलेसम्म ५ हजार भन्दा बढी सर्वसाधारण अाउने क्रम जारी +

— Subhak Mahato (@subhak12) November 22, 2015

घुडा हैन टाउकोलाइ निसाना बनाई गोली हानिन्छ सो तपाईँहरू घर जानुस हैन भने भार्दह जस्तो अवस्था होला भन्दै नेता चौक मा पुलिस माइकिंग गर्दै

— pankaj (@paankajbhagat) November 22, 2015

एक पटक यो video अबस्य हेर्नुस खास गरि ktm वासी ले pic.twitter.com/eO6hyiUzjP

— pankaj (@paankajbhagat) November 22, 2015

14 thoughts on “फेरि सुरु भयो मृत्यु शृङ्खला, लाश गन्नुपर्ने नियति !”

  1. Suraj Maskey says:
    November 23, 2015 at 7:04 pm

    नयाँ नेपालको सट्टा सघियताको नाममा द्वन्द ा संघियताको सधै असहमत हुने चित्र बहादुर केसी उप-पर्धानमंत्री पाएर मक्ख ा

    अजब नेपाल

    सुरज मास्के

    Reply
  2. sulochana maharjan says:
    November 23, 2015 at 6:42 pm

    Mr Panksj, beware of using word such “kathamndu basi”. Nothing wrong has done by people of kathmandu. It is the people like you spoil the prosperity and environment of katnmandu.

    Reply
  3. Limbu HarataraH says:
    November 23, 2015 at 4:51 pm

    म तालि बजाई रहेछुं बुझेर! गालि गरेको छुइन ! दृश्य चित्कार छोडिरहेछ! अलि परका सुखीहरु नाचिरहेछन यार हेर-हेर हेर दरवारमा, घरवारमा, भ्याल्लिमा, गल्लीमा, विदेशमा..! कोहि छ वार भएको ठाउमा पार लगाउने जादुगर.. ?

    Reply
  4. BeEnlightened says:
    November 23, 2015 at 4:38 pm

    पत्रकार महाशयले काठमाडौँबासीले हेर्ने पर्ने भनेर चाही किन लेखेको? बुझ्न गार्हो लाग्यो| मधेसी आन्दोलनबाट पिडित समूह भनेको मधेसी आफै भन्दा नि काठमाडौँबासीहरु हुन्, जसको कुनै न गल्ति न कुनै किसिमको संलग्नता छ| संसदका ९९ प्रतिशत भन्दा बढी मान्छेहरु काठमाडौँ बाहिरका छन् | देशका प्रधानमन्त्री देखि लिएर मन्त्रीमंडल काठमाडौँ बाहिरका हुन् | तैपनि मदेसी होस् या माओबादी, दोष काठमाडौँमै देख्नुहुन्छ | आफ्नो ठाउँको जिम्मेवारी आफै लिए आन्दोलन कम अराजक र अहिम्सत्मक हुने थियो कि?

    Reply
    1. sulochana maharjan says:
      November 24, 2015 at 2:49 am

      And all these whether they are madhise or pahade migrated in kathmandu, build house from corrupt money.

      Reply
  5. Passive aggressive says:
    November 23, 2015 at 4:03 pm

    What we have and what we are getting is our deeds in past. Supporting the corrupted ones, educated fools following the news without using their brains, not knowing the fact that the humanity is far more important than nationality, absence of practical knowledge, knowing everything but doing nothing, interested in others matter rather than achieving their goals. Downfall of Nepalese society and system is on the way.

    Here we, the people are making worst situation through social media… Be responsible and respect everyone residing within the country… Dont blame others… Do your own work… Think for the better future… Suppress your ill feelings… Don’t make things worst by exaggerating situations… Everyone has right to live peacefully….

    Reply
  6. Promod says:
    November 23, 2015 at 10:33 am

    नेपाल आर्मी अब छिटो हिंशाग्रस्त छेत्रमा परिचालन गर्नु पर्छ .

    Reply
  7. Dinesh Shrestha says:
    November 23, 2015 at 10:21 am

    अति भो … अब राजेन्द्र महतो, उपेन्द्र यादव, ह्देश त्रिपाठी, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण तथा महेन्द्र राय यादव जस्ता भारत परस्त रका एजेन्ट तथा भारतीय नागरिकताप्राप्त यिनीहरु सबै मर्नु पर्छ वा मारिनु पर्छ । कडा रुपमा सेना परिचालन गरी यी आन्दोलनकारी भनौदा भारतीय नागरीकका घुसपैठहरु ४००। ५०० जति आन्दोलनको नाममा हिंसात्मक रुममा उत्रिनेहरुलाई गोली ठोकेमा बांकी सबै ठीकमा आउंछ । भारतीय राजदुत तथा राजदुतावासलाई पनि अब ठेगानमा ल्याउनु पर्छ त्यहां गएर धर्नामात्र दिएर हुंदैन । देशको स्वाभिमानको लागि हामीसबै अब भारत विरुद्ध जाई लाग्नु पर्छ, भलै युद्धमा हामी भारतसंग जित्न नसकेपनि युद्ध गर्न सक्छौं । यो सार्क देशहरुको पनि अब आवस्यक्ता रहेन सार्कको एउटा सदस्य राष्ट्रमा भईरहेको भारतको यत्रो ठूलो आतन्ककारी नाकाबन्दीमा पनि चुईक्क केही बोल्न नसक्नेहरुको संगठन अब चाहिदैन । यो संगठनको के अर्थ भो अब ? भारतले.सार्कका हरेक राष्ट्रमा थिचोमिचो तथा प्रभुत्व गर्न चाहन्छ । यदि सार्कको संगठनलाई कायमनै गर्ने हो भने चीनलाई पनि संगठन भित्र ल्याउनु पर्छ जसले भारतको प्रभुत्व तथा थिचोमिचोलाई समाप्त गर्न सक्छ । अब देशमा सैनिक परिचालनको विकल्पछैन । १० हजार सेनामात्र यी
    दंगाग्रस्त क्षेत्रमा परिचालन गरेमा स्तिथी सुध्रिन्छ । त्यसपछि भारतले हामीले ईन्धन तथा अन्यसबै सामानहरु पठाई रहेका छौं भन्ने जुन झुठ कुरो बोली रहेको छ तथा नाकाबन्दी गरेको हो कि होईन भन्ने छर्लङ्ख हुन्छ ।

    Reply
  8. समर्पित says:
    November 23, 2015 at 9:19 am

    शान्तिपूर्ण आन्दोलन को नाम मा पेट्रोल बम, खुडा, तरबार र भाला लिएर गरिन्छ त्यो जायज हो भने घुडा ताकेर हानेको गोलि ले बाटो बिराएर टाउको मा लाग्नु पनि त्येत्तिकै जायज हो !

    Reply
  9. Dinesh Chhetri says:
    November 23, 2015 at 9:18 am

    भारत को आदेशमा खुल्लम खुल्ला नाकाबन्दी गर्दै आएका बिहारी मुलका नया नेपाली , भारतीय आप्रबासी हरुको वास्तविक माग के हो ?? अनि उनीहरुले फैलाएका भ्रम हरुलाई सत्य ठानेर उनीहरुको पछिलागेका सोझा तराईबासी को बुद्धि कहिले आउछ ??? धिक्कार छ येस्ता भतुवा भारतीय दलाल हरुलाई !!!! अब संघियेता बास्तबमा नेपाल तुक्र्युनको लागि बिदेसी र उसका भतुवा हरुको अस्त्र मात्र हो भन्ने प्रस्ट भैसक्यो !!!! संघियेताको बारे जनमत संग्रह गरेर फैसला गर !!!!!!!!!!!! जय नेपाल, जय नेपाली

    Reply
  10. madan bajracharya says:
    November 23, 2015 at 6:21 am

    सर्व प्रथम मधेसबादिको मागको बारेमा बिचार गरु/ मावोबादिले नेपालमा संघियता चाहिन्छ भनेर बिद्रोह गरेकै थियन/ तर दिल्ली सम्झौता गरेर फर्केका सबै नेताहरुले संघियता अपनाउने भन्न थाले/ यो कुराले संघियता दिल्लीले लादेको स्पस्ट र दिल्लीकै योजना अनुसार सम्पूर्ण तराइको भूभागलाई मधेश बनाउने माग माग्न लगायको स्पस्ट देखिन्छ/ यो कुरालाई अहिले मधेश्बादिको माग मनाउन भारतले दवाव दियको मात्रै होइन अघोसित नाकाबन्दी समेत गरेको, महतोले मधेशबादी हारे भारत हार्छ भन्नु बात अझै पुस्टि गर्छ/ भारतले मधेश्बादिलाई किन यसरि प्रशय दिंदै छ भन्ने कुरा ” UNMAKING NEPAL THROUGH MADHESH” शिर्सक्मा लेखियको लेखले स्पस्ट गर्छ; गुगल गर्नुस/

    मधेशबादीहरु ठुला दलको रुखमा हुर्कायको बोटहरु जस्तै हुन्/ मधेशबादी सिट भारत र भारतीय बिहारी मधिसेको साथ् होला तर तराईकै मतदाताको साथ् छैन भन्ने कुरा दुवै संबिधान सभाको चुनावले स्पस्ट देखायको छ/ जनमत नभयको भयरै उनीहरु बहुमत बात संबिधान बनाउने कुराको बिरोध गरेको हो र भारतले पनि मधेश्बादिले कहिले पनि नेपालमा बहुमत नपाउने देखेरै यसरि लाज पचायर संबिधान सभा बात बहुमतले संबिधान बनाउने प्रक्रिया रोक्न दवाव दिंदा पनि नसके पछी नाकाबन्दी गर्न थालेको हो/

    नेपालले नागरिकहरुको बहुमत बात निर्णय गरिने लोकतन्त्र अपनाउने निर्णय गरि सकेको छ/ मधेश्बादिहरुले संबिधान सभा बात संबिधान बनाउने कुरामा ल्याप्चे ठोकी सकेकै हो/ त् बहुमत बात बनेको संबिधान अब सबैको निमित मात्रै होइन मधेशाबादिको निमित पनि कानुनन बाध्यात्मक नै हुन्छ/ बहुमत बात बनेको संबिधान बदल्न पनि अब बहुमत नै चाहिन्छ/ तेसैले गिरोजा सिट भयको सम्झौता अघि सारेर बहुमत बात बनेको संबिधान बदल्न सकिंदैन/ गिरिजाले गरेको सम्झौता कै कुरा गर्ने हो भने तेस्तो सम्झौता पनि सदन बात अस्वीकृत भयमा कुनै अर्थको हुँदैन/ संबिधान सभाको बहुमतले गिरिजाले गरेको सम्झौता अनुसार संबिधान बनाउने कुरा स्पस्ट सिट अस्वीकृत गरि सकेको छ/ त् यस्तो सदन बा सभाको बहुमत बात अस्वीकृत गरेको कुरा लाद्न नाकाबन्दी आगजनी प्रहरी मार्ने प्रहरीको बिट जलाउने जस्तो कार्यलाई शान्तिपूर्ण राजनैतिक आन्दोलन होइन सामुहिक हिँसा गर्न खोजेको देसको कानुन बिरुद्ध हतियार उठायाको अपराध मान्नु पर्छ/ मधेश्बदिले भर्खरै आयको भूकम्प बात बचेकालाई भोक र अभावको गोलि चलायको छ/ गोलि भन्दा घातक हुने “आगजनीको बम प्रहार गरेर रास्ट्र सेवक मारेको छ रास्ट्रको सम्पति बिनास गरेको छ/ तेसैले अहिलेको कानुनले उनीहरुलाई आतंककारी भन्न नसकिने भय अर्को कानुन बनायर भय पनि आतंककारी घोसना गर्नु पर्छ/ अब नेपालमा निम्न कानुन तुरन्तै बनानु पर्छ:

    ०१.झुठो विवरण दियर,भारतीय नागरिकता लुकायर नेपालको जन्म सिद्ध नागरिकता लिनेलाई कमसेकम १० बर्स जेल र सम्पति जफत गर्ने/
    ०२. नेपालको संबिधान कानुन र सामाजिक यकता बिथोल्न खोज्ने अंगिकृत नागरिक को अंगिकृत नागरिकता तुरन्तै बदर गरेर तिनीहरुले नेपालको अंगिकृत नागरिकता लियर कमायको सम्पतिको ३ गुणा जरिवाना गर्दै १० बर्ष जेल सजाय दियर देस निकाला गर्ने/
    ०३. बहुमतले बनायको संबिधान जलायो बा तेस्लाई बहिसार गर्यो भने जायज नेपालीनै भय कमसेकम ५ बर्स नाजजाज तरिकाले नेपालको नागरिकता लियको भय १० बर्स जेल बिदेसी भय बिदेसी जासुस बा नेपालको अखंद्तामा हमला गर्न आउने सत्रु देसको नागरिकले पाउने सजाय दिने/
    ०४. नेपालको अखंड़ता बिरुद्ध कुनै पनि प्रकारले अभिव्यक्ति दिने अभियान चलाउनेलाई अरास्त्रिय तत्व घोसना गरेर २० लाख जरिवाना बा २० बर्ष सम्म जेल सजाय बा दुवै सजाय दिने/
    ०५. आफ्नो राजनैतिक माग राजनैतिक तरिकाले सदनमा बा सम्भंदित निकायमा गरेर मात्रै माग्नु पर्ने, सडक कल कारखाना स्कुल आदि बन्द गर्न नपाउने अन्यथा गरे तेस्तो कार्य बात भयको हानि नोक्सानीको १० गुणा तिराउने/
    ०६ दल बा नेताले अर्हायो भन्दैमा कसैले पनि गैरकानुनी कार्यवाही गरेमा अर्हाउने दल भंग गर्ने अर्हाउने नेतालाई पनि गैरकानुनी कार्यगर्ने पाउने सजाय दिने/
    ०७. अहिले मधेश्बादिले गर्दै गरेको नाकाबन्दी र आगजनी प्रहरी माथि हमला प्रहरी बिट र अरु दलको नेता कार्यकर्ता र आफुलाई समर्थन नगर्ने नागरिकको घर, यातायातको साधन जलाउने ढुंगा गुलेली हान्ने हतियार बोकेर प्रदर्शन गर्ने जस्तो कार्य गर्नेलाई प्रहरीले हदै सम्मको कार्यवाही गर्ने/
    ०८. नेपालको सबै प्रहरीलाई शसस्त्र बनाउने/

    Reply
  11. devu says:
    November 23, 2015 at 5:55 am

    भारत लाइ मात्रै गाली गर्ने नेपाली हरु लै कसरि सम्झाउने..
    दाजु भाइ को झगडा मा बाहिरी मान्छे ले फाइदा लिन्छ भने त्यो क बाहिरी मान्छे को गल्ति हो??
    दाजु ले भाइ लाइ खुसि बनाएर राखे त भाइ किन बाहिर को मान्छे को हात समात्न जान्छ.. यसमा दाजु भाइ को पनि गल्ति छ कि बाहिरी मान्छे को …

    Reply
  12. Rajesh says:
    November 23, 2015 at 4:35 am

    मदेसि मोर्चा नेता हरु लाई किन गोली लग्दैन भने??, मदेसि जनता चोर-नेता हारु को लगी किन बलिदान दिदै छन???? मदेसि चोर नेतहरू इंडिया मा बिहारी बहनी हेपिएका, नेपाल मा अधिकार खोजदैई छन, रियल मदेसि जनतको अधिकार खैरच्छान?? इंडिया ले मोर्चा-नेता हारु लई कीना पैसा दिदैछ???, बिहार मा टाय्लेट बानौनू नी, किसान लाईसूविधा दियेर बिकास गर्नु साटो सधै छिमेकि सॅंगंगा लड़ाई मात्रा गर्च्छा, आनि का बात देस बिकास गर्छन????? cचिन का पुगिसक्यो, इंडिया झन गरीब!!!!

    Reply
  13. राजन पाल says:
    November 23, 2015 at 4:27 am

    “..ओली सरकारले समस्या समाधानको लागि सिन्को पनि भाँचेन”, यो साँचो हो| वार्ताको लागि टेबुलमा बसेर मात्र हुँदैन| पहल गर्नपर्छ| सरकारी पक्षले अन्य सबै दलहरुलाई मिलाई आफ्नो प्रस्ताव राख्न सक्नु पर्छ| मधेसी दलहरुले मान्नु नमान्नु उनीहरुको खुशी हो| वार्तामा जहीं पनि गिभ एण्ड टेक हुन्छ नै| दुवै पक्षबाट मेरो गोरुको बाह्र टाका भन्ने जिद्दी हुनहुँदैन|

    मेरो बिचारमा मधेसी दलहरुको दुई प्रदेश झापा देखि सुनसरी सम्मको भूभाग मिलाएर अर्को प्रदेशको मांग बारे कसरि हुन्छ त्यहाको जनताको राय इच्छा के छ त्यो पनि बुझे ठिक ठहर्ला|
    सकेसम्म र हदैसम्म सरकारले लचिलो भएर वार्ताबाटै यो समस्या समाधान निकाल्न पर्छ| सबैलाई सरकारले इमान्दार भएर वार्ता गर्न लागेको, प्रयास गर्दैरहेको देख्ने मात्र होइन साँचै गरेको पनि महसुस हुनपर्छ| तर सरकारले यसमा पनि ध्यान दिनपर्छ कि एकातिर मुख बुच्चाउदा अर्को तिर भ्वांग प्वाल नपरोस|
    मधेसी दलहरुलाई लोकतन्त्रमा आद्नोलन गर्ने अधिकार छ| यद्यपि मधेसी दलहरुले देशभित्र औषधि र अन्य आवश्यकीय सामानहरुको ढुवानीमा रोकथाम र हिँसा प्रयोग गरे प्रहरी र सेना लगाएर यथोचित कारवाही गरिन पर्छ| भर्खरै महाभुकम्पले संकटमा परेका जनताको पीडामा नुनचुक थोपर्ने काम आफ्नै नागरिकबाट हुन् कदापि दिन हुँदैन| ती हिंसात्मक आन्दोलन क्षेत्रहरुलाई संकटग्रस्त इलाका घोषित गरेर सरकारले कार्य संचालन गर्न वाध्य हुनेछन| आद्नोलनकारीहरु द्वारा औषधि ओसार्ने ट्रकमा आगजनी र यात्रु बसहरुमा ढुंगा मुढा बर्षा गरिएको खबर निश्चय नै दुखपुर्ण छ|

    आखिरमा यो पनि भनौ, हाम्रा छिमेकी भारतले मधेसी दलहरुको पक्ष नलिएर न्युट्रल मात्र रहे यो समस्या तुरन्तै समाधान हुन्छ| नेपाल र नेपालीको समस्या नेपालीले समाधान गर्न नपाउने नै हो त? भगवान पशपतिनाथको मन्दिरमा तीन टन रक्त चन्दन उपहार दिनभन्दा नेपाली जनताको आन्तरिक मामला नेपाली स्वयम्लाई सुल्झाउन दिए राजधर्म पालना हुने सदबुद्धि कसैले देला कि?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme