Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

६ बलमा ६ रन जोगाउन नसक्दा नेपाल निराश

Posted on November 16, 2015November 16, 2015 by Salokya

217967
भूकम्पपछि नाकाबन्दीले गाँजेको नेपाललाई फुटबलमा म्याच फिक्सिङ र एन्फा अध्यक्ष गणेश थापालाई घुस खाएको अभियोगमा १० वर्षे प्रतिबन्धको समाचार आएकै दिन क्रिकेटले केही राम्रो खबर देला कि जस्तो लागेको थियो। त्यसो त क्रिकेटमा पनि गतिलो खबर त छैन। सर्वाधिक सफल कोच पुबुदु दासानायकेले विदा लिँदैछन्। उनलाई राख्ने बारे केही निर्णय हुन सकेको छैन। उनले प्रशिक्षण दिने अन्तिम दुई खेलमध्ये एक विश्व लिग च्याम्पियनसिपको पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जिती आफ्नो इनिङ्ग्स राम्रै खेलेको थियो। ५० ओभरमा ७ विकेटको क्षतिमा २३२ रन। तर पपुवा न्युगिनीले हामीभन्दा राम्रोसँग खेलिदियो।

नेपालको टाउको दुखाइ बनिरहेको थियो ८७ रन बनाइसकेका भाला। भाला कहिले जाला भन्दाभन्दै खेल जिताउला जस्तो भइसकेको अवस्थामा ४८.२ ओभरमा उनलाई शक्ति गौचनले आउट गरे। अब पपुवा न्युगिनीसँग मात्र दुई विकेट बाँकी थियो।

गौचनले त्यसपछि एक रन र एक लेग बाई दिए। अन्तिम ओभरमा नेपालले ६ बलमा ६ रन बनाउनबाट रोक्न सके खेल जित्थ्यो।

अन्तिम ओभर बलिङ गर्ने जिम्मा दिइयो वसन्त रेग्मीलाई। बाउन्ड्री छेक्नलाई कप्तान पारस खड्काले फिल्डरहरुलाई खटाए।

तर पहिलो बलमा चलाखीका साथ जोन रेभाले दुई रन बनाए। अब चार रन बनाउन बाँकी थियो।
दोस्रो बलमा पनि उनैले दुई रन बनाए। अब दुई रन बनाउन बाँकी थियो।

अब कप्तानले बाउन्ड्री हैन एक, दुई रन बनाउनबाट रोक्ने रणनीतिका साथ फिल्डर खटाए।

तर तेस्रो बलमा यसैको फाइदा उठाउँदै रेभाले बल बाउन्ड्री कटाइदिए। खेल पपुवा न्युगिनीले ३ बल खेल्न बाँकी छँदै दुई विकेटले जित्यो।

नेपालले विश्व लिग च्याम्पियनसिपको लगातार तेस्रो खेल गुमाएको हो। यसअघि स्कटल्यान्डसँगको दुई खेल नेपालले हारेको थियो। तीन खेलमा तीनै वटामा पराजित भएर नेपाल अङ्क तालिकामा सबैभन्दा पुछारमा परेको छ। चौथो खेल नेपालले पपुवा न्युगिनीसँग नै बुधबार खेल्नेछ।
points

नेपाली समर्थकहरुको चित्त दुखाइ केमा पनि रह्यो भने यो खेल खासमा नेपालमा हुने थियो। तर पूर्वाधार राम्रो नभएको भन्दै आइसिसीले खेल युएईमा सारिदियो। नेपालमै भएको भए हजारौँ समर्थकका बीच खेल्ने नेपाली खेलाडीमा उत्साह र जोश जाँगर थपिदिन्थ्यो होला। तर…

2 thoughts on “६ बलमा ६ रन जोगाउन नसक्दा नेपाल निराश”

  1. Anurag says:
    November 19, 2015 at 11:53 pm

    भुकम्प र नाकाबन्दी ले थिलोथिलो देश हाम्रो हरेक नागरिक पिडा प्रतेक दिन बाच्नु परेको छ, यस बाट हाम्रा खेलाडी हरु मात्रै अछुतो हुने त कुरै आउदैन त्यैपनि performance was brilliant. I watched both the games with PNG I was very much impressed and satisfied with the Team Nepal’s Performance. Without being provided any good infrastructure, and good living they have been struggling hard in order to make the Country and People of Nepal proud. If the Government of Nepal does not support and bring a clear vision and good provision of players, the future of Nepali Sports is no where. In order to get a good result we have to input something.

    Reply
  2. Basant Chand Thakuri says:
    November 17, 2015 at 9:21 am

    नेपालको यो पटक पटकको हारले क्रीकेटमा पनि म्याच फिक्सिङ्ग भएको हो कि भन्ने शंका उत्पन्न भएको छ यति थोरै रनमा पनि हार्नुको उद्देश्य आखिर के हो त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme