Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजदेखि गणेश थापाले १० वर्ष फुटबल छुन पनि नपाउने, घुस लिएको ठहर भएपछि प्रतिबन्ध

Posted on November 16, 2015November 16, 2015 by Salokya

ganesh_thapa खेल पत्रकारहरु अहिले ‘सक’ छन्। उनीहरुका प्रिय गणेश दाइ अहिले फन्दामा परेका छन्। एन्फा भनेकै गणेश थापा र गणेश थापा भनेकै एन्फा भन्ठानेर रातोदिन उनको चाकडी गर्नेहरु पनि छक्क पर्ने गरी फिफाले १० वर्षका लागि कुनै पनि फुटबलसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। २० वर्षदेखि नेपाली फुटबलमा राज गरेका गणेश थापा अब १० वर्ष फुटबलको फ पनि गर्न पाउँदैनन्। फुटबलसम्बन्धी कुनै पनि गतिविधि भनेपछि फुटबल छुनसम्म नपाउने भनेर बुझे पनि हुन्छ। अहिले उनी ५५ वर्षका भए। १० वर्षको प्रतिबन्ध सकिँदा उनी ६५ वर्षका हुनेछन्। एन्फामा अध्यक्ष हुन ७० वर्षसम्म उमेर भएका पाइन्छ। तर पनि उनी फेरि फर्केर एन्फा अध्यक्ष हुने कल्पना अब निकै परको होला।

के कारण लगाइयो प्रतिबन्ध ?
Hans Joachim Eckert को अध्यक्षतामा बसेको independent Ethics Committee को The adjudicatory chamber बैठकले थापालाई आजैदेखि प्रतिबन्ध लगाएको हो।

Dr Cornel Borbély को अध्यक्षतामा बनेको एथिक्स कमिटीको इन्भेस्टिगेटरी चेम्बरले गरेको अनुसन्धानको आधारमा यो निर्णय गरिएको हो।

फिफाको वक्तव्य अनुसार थापाले ६ वटा दफा उल्लङ्घन गरेका छन्-

Mr Thapa, in the context of the 2009 and 2011 elections for the FIFA Executive Committee at the Asian Football Confederation (AFC) congress, committed various acts of misconduct over several years, including the solicitation and acceptance of cash payments from another football official, for both personal and family gain.

Specifically, he was found guilty of
infringing article 13 (General rules of conduct),
article 15 (Loyalty),
article 18 (Duty of disclosure, cooperation and reporting),
article 19 (Conflicts of interest),
article 20 (Offering and accepting gifts and other benefits) and
article 21 (Bribery and corruption)

of the FIFA Code of Ethics (FCE). Mr Thapa has therefore been banned for ten years from all football-related activities and fined CHF 20,000.

एक वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापाले १ लाख १५ हजार पाउन्ड घुस लिएको खबर पनि सार्वजनिक भएको थियो। त्यसो त त्यसको दुई वर्षअघि पनि थापाका छोरा गौरवले एएफसीका तत्कालीन अध्यक्ष बिन हमामबाट १ लाख डलर लिएको खुलासा भएको थियो।

Untitled सन् २०१२ मा छोराको खातामा डलर सारेको समाचार त सबै मूलधारे पत्रिकामा आयो- कुनैमा फ्रन्ट पेजमा नै, कुनैमा खेल पेजमा मात्रै। तर सबैले उही गणेश थापाको घरायासी कारणले ऋण लिएको, चुक्ता गरिसकेको भनाई मात्रै राखे। उहाँले यसो भन्नुभयो भनेर मात्रै समाचार आयो। किन यसो भयो, कसरी भयो भन्ने कुरा केहीमा पनि आएन। अझ एउटा राष्ट्रिय दैनिकको बाइलाइनसहितको समाचारमा त यसो पनि लेखिएको थियो- ‘धनाढ्यहरुसँगको सम्पर्कले गर्दा थापाले नेपाली बैँकबाट ऋण लिन आवश्यक नठानेको हुनुपर्छ।’ वाह, समाचार लेख्नेको क्या काइदाको विश्लेषण ! गणेश थापाले बोल्नुपर्ने कुरा आफैले समाचारमा यस्तो हुनुपर्छ भनी लेखिदिने।

आफूमाथि कारबाही गरिए फिफाले नेपाललाई नै अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइदिन्छ भनेर भ्रम छर्ने गर्थे आफ्नै दाजु हालका उपप्रम तथा परराष्ट्र मन्त्री कमल थापाले सांसद् बनाइदिएका गणेश थापाले। त्यही भ्रममा लागेर राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, युवा टिमका क्याप्टेन विमल घर्तिमगर, महिला फुटबल टिमका क्याप्टेन चन्द्रा भण्डारी, राष्ट्रिय फुटबल प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्रीले संयुक्त हस्ताक्षर गर्दै एन्फा अध्यक्ष गणेश थापा लगायतका पदाधिकारीमाथि कारबाही नगर्न डेलिगेसन धाएका थिए।

थापालाई कारबाही गरे नेपालै प्रतिबन्धमा पर्छ भनेर हल्ला गर्दै हिँडेका खेलाडीहरुले पनि अब त कुरा बुझे कि ! दोषी नै भए पनि एन्फा अध्यक्ष नै बनाइराख्नु पर्छ नत्र फिफाले कारबाही गर्छ भनेर सरकारलाई तर्साउन खोज्ने लेख छाप्ने पत्रकारहरुले पनि अब त कुरा बुझे कि !

छुटाउनु भएको भए पढ्नुहोला लेखासमितिको ठहर यस्तो छ एन्फाको करोडौँ भ्रष्टाचारबारे

13 thoughts on “आजदेखि गणेश थापाले १० वर्ष फुटबल छुन पनि नपाउने, घुस लिएको ठहर भएपछि प्रतिबन्ध”

  1. राजन says:
    November 21, 2015 at 3:10 pm

    नेपाल, खाते जनता र भाते नेता भएको, कानुन बिहीन, गरिब, गणतन्त्र ।

    Reply
  2. Anurag says:
    November 20, 2015 at 12:17 am

    आज नेपाल को football जगत बदनाम हुनुको पछाडी मेरो विचार मा गणेश थापा को ठुलो हात छ. नेपाली फूटबल लाइ लामो समय lead गरेका थापा ब्यक्तिगत फाइदा मा मात्रै भन्दा पनि खेलकुद विकास मा राम्रो vision ले lead गरेको भए आज देश कै बद्नाम हुने थिएन होला साएद. लामो राजनीतिक संक्रमण काल बाट गुज्रेको नेपाल, अस्ति भखरै को महाबिनाशकारी भुकम्प, तराई को आन्दोलन संगै सुरुभएको भारत को नाकाबन्दी, अनि फूटबल खेलाडी बाट देश माथि भएको ठुलो राष्ट्र घाती match fixing प्रकरण. देश मा मौलाएको घुसखोरी, बिदेशी हरुले नेपाल कै अस्मिता माथि बारम्बार गरेको प्रहर, नेताहरुको नलाएकीपन यी सबै कुरालाई analyze गर्दा त कहिले काहीं लाग्छ हामी शोझा नेपाली को सोझो चाहने कोहिपनि छैन.
    देश को अवस्था को बारेमा सोच्दा रुन मन लगेर आउछ, के गर्ने आफुले केहिगर्न सकिदैन, घरको आर्थिक अवस्था कम्जोर हुदा पढन पनि सकिएन आज यो विदेश मा घर परिवार अनि देश देखि धेरै टाडा आसु र पसिना बगाउनु परेको छ.

    Reply
  3. john gauchan says:
    November 18, 2015 at 3:32 am

    चरा मारी सक्यो मटत्यान्ग्रा सकियो थोत्रो गुलेलीको के काम .. सक्छ भने सरकारले उसको शिकार खोस्न सक्नु पर्छ , होइन भने अर्थ न बर्थ गोबिन्दे गाइ हुन्छ .. ६५ बर्षमा गौरवको चल्ला स्यारेर बस्छ उ >>>

    Reply
  4. Chetan Nepali says:
    November 17, 2015 at 9:07 pm

    यी भ्रस्ट बाजेहरू तथा थापा काजिहरुबाट देशले कहिले मुक्ति पाउने हुन् ? यिनीहरुले राज गरुन्जेल Nepal भन्ने देशले छाला फेर्ने छटकाट देख्दिन मा त !

    Reply
    1. हर्षमान says:
      November 18, 2015 at 1:47 am

      सबै भन्दा साँचो र वास्तिविक तथ्यको उजागर गर्नुभएछ| नेपाल खत्तम पारेको बाजेहरु र अरु एकदुईले हो| पढेलेखेका र कमाउन पाएका बाजेहरू बुझेर पनि नबुझे झैँ गर्छन| जन आन्दोलनको नाउँमा बाजे नेताहरुले आफनै स्वार्थलाई अघि लाएका छन्| नेपालीले जुन दिन यो तथ्य बुझेर काम गर्छ, नेपाल र नेपाली तब मात्र प्रगति पथमा लाग्छ| बिगत र वर्तमानलाई अवलोकन गरे यो ऐना जस्तै छर्लंग छ|
      बिचमा केहि समयलाई अर्कै खाले मरिचमान कठपुतली बनेर घुसेको थियो| बिचरोलाई सबैले कागती जस्तै निचोरेर लखेटे|

      Reply
  5. Dhital says:
    November 17, 2015 at 2:01 pm

    ल बधाई छ गणेश थापालाई फिफा द्धारा यस्तो १० बर्षे प्रतिबन्ध जस्तो महान र ठुलो पुरस्कार प्राप्त गरेकोमा गणेश थापालाई कम्तिमा पनि २५ किलो फुलको माला लगाईदिई बधाई तथा सम्मान पत्र दिनुपर्ने हो नेपाल सरकार तथा एन्फाले..!!!!
    नेपालकाे अदालतले थमाैथि गराएकाे थियाे । तर अाज फिफाले फालिदिएकाे छ । त्याे पनि १० बर्ष सम्म । यसबाट थाहा हुन्छ हाम्रो सर्बोच्च अदालतकाे न्यायाधीश कस्ता छन ?

    Reply
  6. Dil Magar says:
    November 17, 2015 at 7:02 am

    यो देशकै बद्नाम गर्ने सदाबहार घुसखोरीलाई संसद बाट निष्काशन गर्ने मात्र होइन, कारवाही गरिन पर्छ| लोकमान सिंह कार्कीले सानो माछालाई मात्र होइन, गणेशेलाई तुरन्त थुनामा हालेर जिकर गर्नुपर्यो|
    हामी नेपाली कति शरम मान्नु हो? परराष्ट्र मन्त्रीले भाईको नाताको हिसाबले ती अन्तराष्ट्रिय घुसखोरीलाई सांसदमा समानुपातिक तर्फबाट संसदमा पठाएका हुन्| ती परराष्ट्र मन्त्रि आफ्ना समकक्षी संग कसरि शिर ठाडो पाएर हेर्दा हुन्| शरम पचेकै मान्न्पर्छ, कि उनलाई भाईको हरकत थाहा थिएन?
    गणेशेले करोडौ ऋण लिए ‘रे| राजस्वले खोइ अनुसन्धान गरेको? कति हास्नु हो?
    ती घुसखोरीले र उनका परिवारले कसरि समाजमा प्रतिष्ठा राख्न सकेका होलान| अरुको नमस्ते फर्काउदा र छिमेकमा परिवारले समेत कसरि ठाडो शिर गर्दा हुन्| घुस खाएका हुन् भन्ने अब पक्का भयो| के गणेश थापाले उजुरी दिने हिम्मत राख्न सक्छ?
    हाम्रो समाजमा घुसखोरी साबित भैसकेकालाई र सरकारी जागिरमा रहेर अथाह श्रोतको आम्दामी हुनेलाई धिक्कार्ने गर्नुपर्छ|

    Reply
  7. Tek Raj Timalsina says:
    November 17, 2015 at 5:36 am

    फिफा को निर्णय राम्रो भयो तर गणेश थापा लाई केहि फरक पर्ने वाला छैन | पैसा कमै सकियो अब बुधेश काल मा फूटबल नछोए के नै फरक पर्छ उसलाई | दाइ ले सांसद बने दिएका नै छन् | पैसा राजनीति र दादागिरी बाट आइहाल्छ |

    फिफा को निर्णय को आधार मा देश मा के कारबाही हुन्छा त चोर लाई ? नैतिकता को आधार मा राजिनामा दिनु परेन र भनेको संसद बाट ??

    Reply
  8. सिर्जने says:
    November 17, 2015 at 1:12 am

    फिफाको कारवाहीको आधारमा यो गणेश भनाउदोलाइ संसदबाट हटाउन मिल्दैन? सरकारले कडा कदम चाल्नुपर्छ यो देशको बेइज्जत गर्ने मुला’ साग लाइ /

    Reply
  9. uttam singh says:
    November 17, 2015 at 12:47 am

    म त भन्छु कि कारवाही ससक्त हुनु आवस्यक छ,आयन्दा कुनै फिल्डमा, यस किसिमको देश र जनताको विस्वासको धजिया उडाउने कसैले जमर्को नगरुन |

    Reply
  10. kamal says:
    November 16, 2015 at 11:41 pm

    दस वर्ष प्रतिबन्द होइन, दस वर्ष कैद हुनु पर्छ साले डाँका को सन्तान लाइ
    र कमल थापा लाइ पनि

    Reply
  11. Mk says:
    November 16, 2015 at 6:04 pm

    नेपाली न्याय प्रणालीकै धज्जी उडाएको छ यो फिफा को फैसलाले /अब उप्रान्त श्री गणेशाये नमो : भन्न र लेख्न तद्कल वन्द गर्नु पर्छ , है, सवै नैतिकवान हरुले/ नेपाल बिगार्ने येस्तै तथा कथित ठुला वडा हरुले हो -चेतना भया /

    Reply
  12. XYZ says:
    November 16, 2015 at 5:39 pm

    Now, we need to push Ms Onsari Gharti Magar to expel Mr Thapa from the parliament and also demand explanation from Mr Lok Man Singh Karki about CIAA decision to send his files on tameli. With the Ganesh Thapa too in the dock, Mr Oli is having a one more goli from FIFA.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme