Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदी र क्यामरुनलाई नेपालले भन्यो- आन्तरिक मामिला ह्यान्डल गर्न हामी आफै सक्षम छौँ

Posted on November 15, 2015November 16, 2015 by Salokya

बेलायतमा नेपालीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन गरेर पावर देखाए।
मोदीले पनि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई कन्भिन्स गराएर संयुक्त विज्ञप्तिमा नेपालको संविधान समावेशी र दीगो नभएको अर्थ आउने बुँदा राख्न लगाएर संयुक्त विज्ञप्ति निकालेर पावर देखाइदिए।
नतिजा?
नेपालले आज संविधान बनाउने भनेको हाम्रो आन्तरिक मामिला हो र यसलाई ह्यान्डल गर्न हामी आफै सक्षम छौँ भन्दै विज्ञप्ति निकाल्यो। हुन पनि बेलायत र भारत दुई देशको संयुक्त विज्ञप्तिमा नेपाल जस्तो तेस्रो देशको कुरा कोट्याइरहन त्यहाँ जरुरी नै थिएन। कोट्याउनै परे पनि नाकाबन्दीले् मानवीय संकट निम्तिन लागेको, इन्धन अभावले जनजीवन अस्तव्यस्त भएको, औषधिको अभावले संकट भएको पनि उल्लेख हुनुपर्थ्यो। मोदीको अगाडि क्यामरुन लुरुक्क परे त्यो राख्न नसकेर। अनि त नेपालले पनि आपत्ति वक्तव्य निकाल्नुपर्‍यो।

यस्तो थियो मोदी-क्यामरुन संयुक्त वक्तव्यको अंश

The two Prime Ministers stressed the importance of a lasting and inclusive constitutional settlement in Nepal that will address the remaining areas of concern and promote political stability and economic growth. They hoped the National Reconstruction Authority begins to function as soon as possible to facilitate post-earthquake reconstruction.
पूरा पढ्न क्लिक गर्नुस्

यस्तो छ नेपालको जवाफ-
Statement_on_Reference_to_Nepal-page-001

10 thoughts on “मोदी र क्यामरुनलाई नेपालले भन्यो- आन्तरिक मामिला ह्यान्डल गर्न हामी आफै सक्षम छौँ”

  1. धिर प्रसाद says:
    November 18, 2015 at 2:20 am

    बेलायतले अरु कुरो होइन बेपारमा ध्यान दिन्छ| बेपारको हितमा काम गर्छ| आफ्नो लागि बेपार भए पुगो| साहुजी देश हो यो| साहुले आफ्नो लाभका निम्ति सक्दो जेपनि गर्छ| फेरी भन्छु सक्दो जे पनि| कुरो बुझ्नु भो होला| एउटा प्रदेश सरहको सानो भूगोल भएको देश, विगतको इतिहासले मात्र जीउन पुग्दैन, अब के गरोस| बेपार गर्न आएका सानो इष्ट इन्डिया कम्पनिले कसरि बिशाल इन्डियालाई हात पार्यो र शताब्दी सम्म शासन गर्यो, इन्डिया र बेलायतको त्यही मानसिकता युगौ पछि पनि फड्को हानेर परिवर्तन हुन् सकेको छैन रहेछ, त्यो बुझे पुग्छ| अहिले बेलायतको आँखा इन्डियामा प्रबिधि सेट अप गर्न र अस्त्र बिक्रि गर्नमा लागेको छ| अरबौ डलरको बेपारको मामला छ|

    जे होस्, बेलायतलाई बेलायतको स्वार्थ र हितमा काम गर्ने पूर्ण अधिकार छ| हामी परजीवि नेपाली को हौ त्यसबारे बोल्ने? बिज्ञप्तिमा नेपाललाई अवान्छित रुपमा मुछ्दा नेपाल प्रति उनीहरुको सदाशयता झल्कदैन| नेपाल लाई मुछेको मात्र होइन, मिचेको हो| थिच्ने प्रयास गरेको हो| नेपालले संबिधान बनाउदा इन्डियालाई सोध्न पर्ने? धर्म निरपेक्ष घोषणा गर्ने अधिकार नेपाल लाई मात्र छ| मोदीले र उनको हिन्दुवादी संस्थाले चाहेको भएको भन्दैमा नेपाललाई किन दुख दिने? बेलायतले बुझेको छ नाकाबन्दी नाजायज रुपमा इन्डियाले गरेका हुन्| के बेलायतलाई अन्तराष्ट्रिय पारवहन सन्धिबारे सिकाई रहन पर्ला? तर हाम्रो भनाई के भने बेलायतले नेपाल र नेपाली संगको सम्बन्धलाई नजर अन्दाज गरेर हामीलाई यसबेला नाकाबन्दी गरेर सताउने इन्डिया संग साथ् दिने र हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गरेर बिज्ञप्ति निकाल्ने अधिकार कसले दियो? गोर्खाले रगत बगाएर बेलायतले पाएको सुरक्षाको मुल्य यहि हो? यो विश्वासघात र कृतघ्नता बाहेक अरु के हुन् सक्छ? इन्डियाको लहैलहैमा लागेर बह्नु भन्दा बरु मौन रहेको भए बेलयाती कुटनीतिको प्रशंशा गर्न सकिने थियो|
    उल्टो गोर्खालीले रगत बहाएको देश बेलायत र प्रजातन्त्रको जननी भनिने देश बेलायतले बिज्ञप्तिमा नेपालको पारवहन सुबिधा कुण्ठित पार्न नहुने बिज्ञप्ति दिन पर्ने होइन र भन्या? खोइ त्यतिका जान्ने सुन्ने र विश्वलाई लेक्चर छाड्दै हिंड्ने ब्रिटिश विद्वान लेखक र पत्रकारहरुले यो कुरो उठाएको?
    डिफ़िड भन्ने बेलायति संस्थाले नेपालको बिकाश भन्दै मिलियन पाउण्डको सहयोग गरे पनि यस्ता रणनीति नीतिगत कुरामा नेपाललाई भुइंमा लत्राए पछि नैतिक, कुटनैतिक र पारदर्शितामा नेपाललाई जति नै लेक्चर दिए पनि अपाच्य नै हुने भयो|
    बेलायतवासी नेपाली ले यो कुरो बिशेष गरि मनन गरिलिनु होला|

    Reply
  2. Chetan Nepali says:
    November 17, 2015 at 9:24 pm

    अन्तरास्ट्रिय जगत नेपालको खाट्टी समस्याको जानकार छ ! आफु मात्रै बाठो र बाकि लाटो ठान्ने नेपाली नेता भानौदहरुको नलाएकीपन, स्वार्थीपन र अदूरदर्शिताका कारणले हो आजको समस्या ! किन अरुलाई दोष दिने !

    भन्ने बेलामा मुख नसम्हाल्ने ओली, गर्ने बेलामा बिचार नपुर्याउने कोइराला, मुखमा राम राम बगलीमा छुरा बोक्ने प्रचण्ड हुन् अहिलेको अवस्थाको जिम्मेवारी व्यक्तिहरु !!!!

    म जस्तो लाटोले त यी सब कुरा बुज्छु भने यी अन्तरास्ट्रिय स्तरको नेताहरु लाटा हुन् के त ????

    Reply
  3. राजन says:
    November 16, 2015 at 2:29 pm

    संसारकै शक्तीशाली देशमा
    1.USA
    2. Germany
    3. China
    4. Japan
    5. Russia
    6. India
    7. Saudi
    बीचरा बेलायत । अनी कसरी भारत ले बाँदर न नचाओस् त ?

    Reply
  4. Michael says:
    November 16, 2015 at 10:39 am

    उनीहरुको पहिले देखिको दास (इन्डियन ) र मालिक( गोरे ) को सम्बन्ध | नेपाल ले किन उनीहरुको मामिलामा हस्तछेप गरेको ?

    Reply
  5. XYZ says:
    November 16, 2015 at 5:34 am

    As I said earlier more internationalization = more complication. Now you are dragging UK into the problem. Soon you will have USA, the EU speaking about the constitution, madhesi andolan and India blockade.

    Reply
    1. Michael says:
      November 16, 2015 at 6:36 pm

      थुक्क तेरो बुद्दि !
      बोल्न दे न त् बोलेर के हुन्छ |

      Reply
      1. XYZ says:
        November 17, 2015 at 7:34 pm

        भूपी को कविता पढेको छस? बहादुर हुन बुद्दि होइन बल मात्र भय पुग्छ. तेरो बुद्दि एक दुइ हप्ता मा देख्लास

        Reply
  6. man bahadur chhetri says:
    November 16, 2015 at 3:12 am

    Back off India from Nepal why they land locked it s our international authorities

    Reply
  7. eklavya says:
    November 16, 2015 at 2:32 am

    अहिले वेलायतको आर्थिक हैसियत विश्व अर्थतन्त्रमा कुन ठाउमा छ भनेर कोट्याउनु पर्दैन हुँदा हुँदा भारतले पनि टपी सकेको छ यस घडीमा आफ्नो पुरातन गरिमालाई कायम राख्न चीनको राष्ट्रपतिलाई जुन किसिमको स्वागत कार्यक्रम राखेको थियो त्यो हेर्न लायकको थियो र चीन पछिको अर्को देश भनेको भारत हो जसलाई वेलायत हर हालतमा खुशी पार्न र आकर्षण गर्न कुनै कसर बाँकी राख्दैन होला विश्वको सबै देश घुमेर अन्तमा दर्शन दिन आएका मोदीलाई नेपालको बारेमा कुरा उठाएर चिया वालालाई चियामा करेलाको टुक्रा हाल्नु झैँ हुन्छ र हामीले पनि वेलायत संग यो आश राख्नु गधाको सिङ्गको पर्खाइमा बस्नु झैँ हो नेपालले आफ्नो तर्फ़ बाटै विज्ञप्ति निकाल्नु नै सहि हो र या नै सराहनीय छ .

    Reply
    1. राजन says:
      November 16, 2015 at 11:03 pm

      कठै बरा बेलायत । आफ्नै पुर्व दासको तलुवा चाट्ने अवस्था आएछ ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme