Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चन्द्रागिरीको डाँडाबाट लक्ष्मीपूजाको दिन काठमाडौँ खाल्डो यस्तो देखियो

Posted on November 12, 2015November 12, 2015 by Salokya

1-IMG_1703-001
धेरै वर्ष भयो स्वयम्भूको डाँडाबाट लक्ष्मीपूजाको दिन कस्तो देखिन्छ काठमाडौँ भनेर हेरेको। एङ्गल चेन्ज गरेर रामकोटको डाँडाबाट पनि हेरियो। यो वर्ष भने काठमाडौँ खाल्डो हेर्न त्योभन्दा निकै पर चन्द्रागिरीको डाँडोतर्फ लागियो। चन्द्रागिरी अर्थात् काठमाडौँ र मकवानपुर जिल्लाको सीमाना छुट्याउने पहाड। अनि यो त्यही डाँडा हो जहाँबाट मकवानपुर हुँदै नुवाकोट जान लागेका पृथ्वीनारायण शाहले काठमाडौँ ललितपुर र भक्तपुर खाल्डो देखेर यहाँको राजा हुन पाए हुन्थ्यो भनी कल्पना गरेका थिए। त्यही चन्द्रागिरीको डाँडाबाट लक्ष्मीपूजाको दिन काठमाडौँ खाल्डो यस्तो देखियो।

1-IMG_1694
यो त्यही बाटो हो जहाँ मान्छेले बोकेर राणा प्रधानमन्त्रीका लागि गाडी ल्याइएको थियो। ई.सं. १९०६ मा जंगबहादुर राणा युरोप यात्रामा निस्कँदा पनि यही बाटो भएर गएका थिए। जंगबहादुरले कुलेखानीदेखि भीमफेदीसम्मको बाटो बनाइदिएकाले सो बाटोको नामै जंगबहादुरको बाटो पनि भनिन्छ। यहाँ अहिले केबल कार र रिसोर्ट अनि मन्दिर धमाधम बन्दैछ। त्यही निर्माणाधीन केबल कारको स्टेसन वरपरबाट यी फोटो खिचिएका हुन्।

1-IMG_1703

1-IMG_1703-002

1-IMG_1704

1-IMG_1704-001

1-IMG_1665

माथिका फोटो बिना ट्राइपड खिचिएका हुन्। ट्राइपडसहित अंगद ढकालले खिचेको एउटा फोटो तल छ। थप फोटो यहाँ क्लिक गरी हेर्न सकिन्छ।
FNCRKA8

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme