यहाँ देखिएको मध्ये एउटा नेपाली लक्ष्मी हो भने अर्को भारतीय। त्यसो त देवीदेवता भनेका देवी देवता नै हुन्- सबै मानवको। जसले जे भने नि आखिर देवीदेवता कसैले देखेका हुन्नन्। अनि उनको रुपको, आकृतिको कल्पना गरी चित्र बनाउन थालियो। स्वभाविक छ, जसले बनाउँछ उसको वरिपरिको वातावरण हेरेर, त्यहाँको समाजबाट प्रभावित हुन्छन्। भारत र नेपालबीच धार्मिक, सांस्कृतिक समानता भए पनि केही न केही भिन्नता त पक्कै हुन्छ। र त, नेपाली र भारतीयले बनाउने लक्ष्मीको आकृति पनि फरक हुनपुग्छ। माथिको एउटा फोटो नेपाली कलाकारको कल्पना हो भने अर्को भारतीयको।
सुरुमा काठमाडौँमा नेवारहरुका चित्रकार जातिका मान्छेहरुले हातैले बनाउने यस्ता चित्रबाट लक्ष्मी पूजा गरिन्थ्यो। अझै पनि बजारमा यस्ता लक्ष्मीका चित्र किन्न पाइन्छन्।
तर बजार भने अर्कैको छ। राम्रो देखिने हुनाले भारतीय प्रेसमा चिल्ला कागजमा छापिएका लक्ष्मीहरु धेरै आयात गरिन्छन्। नेपाली प्रेसमा छापिए पनि हुन्थ्यो, तर भारतका लक्ष्मीहरु यति सस्ता हुन्छन् कि प्रतिस्पर्धै गर्न सक्दैनन्। यस पटक नाकाबन्दीका कारण लक्ष्मीको पोस्टरमा खासै असर परेन होला किनभने कति वर्षलाई पुग्ने गरी पहिले नै भारतीय लक्ष्मी मगाइएकै होला। अक्टोबर २८, २००९ मा भारतीय लक्ष्यमी र नेपाली लक्ष्मीको तुलना गरी ब्लग लेख्दा धेरैले वाहियात भनी गाली गरेका थिए। अहिले नाकाबन्दीका कारण राष्ट्रिय भावना जागिरहेका बेला नेपाली शैलिको लक्ष्मीको चित्र पूजा गर्नेतर्फ कसैको ध्यान जाला कि?
भारतबाट आयात गरिएका लक्ष्मी
हाम्ले के भुल्नु हुन्न भने कुवेत, स्विजरल्याण्ड, जापान, नर्वे, बेलायत, अमेरिका आदि देशहरुमा लक्ष्मी पूजा हुंदैन । हामिले चै कम्तिमा पनि 1500 बर्षदेखि त लक्ष्मीको पूजा गरिसकेम अब त कुवेतभन्दा धनी हुनु पर्ने ।
पुन्ये प्रसाद जी ख्याक सब्द नेवारी सब्द हो . ख्या को मतलब डर हो . ख्यागु मतलब तर्साउनु . तर्साउने प्राणी लै ख्याक भानिन्छ. जिउ भरि लामो लामो कपाल भएको . अध्यारो मा आएर तर्साउने लाइ ख्याक भन्छ . देबी लक्ष्मी संग ख्याक र कुबेर बस्छ . ख्याक ले धन को रक्षा गर्छ . चोर लाइ तर्साएर भगाउछ . हेर्दा खेरि तर्साउने जस्तो देखिने मान्छे लाइ हामीले ख्याक भनेर गिज्याउछौ
२०५६ साल तिर नै हो जस्तो लाग्छ, तिहारको बेलाको हिमाल खबरखबर (पाक्षिक थियो त्यतीखेर, अहिले जस्तो साप्ताहिक हैन) ले मध्यपृष्ठमा, गुन्यू चोलो लाएकी, कुमारीको गलामा देखिने जस्तो लाम्चो अनि च्याप्टो गहना लाएकी, कताकता भोट-बर्मेली मुखाकृति भएकी, अलिकति श्यामबर्णकि, पटुकी बाँधेकी, रानी रातो मा पहेंलो फूलबुट्टे सारी लाएकी र पृष्ठभूमिमा माछापुछ्रे जस्तो हिमाल भएको पूर्णकद चित्र, दुईपाता ओगटेको फोटो छापेको थियो । त्यो अंक बम्पर सेल झैं बिक्यो । मेरो बुबा चन्द्रेश्वर यादवले जो माविमा नेपाली शिक्षक हुनुहुन्छ, एकदर्जन किनेर टोलामा बाँड्नुभएको थियो । त्यो दिनदेखी लक्ष्मी माता झन् बढ्ता आफ्नो लाग्न थाल्यो। बजारमा त्यस्तो पाइन्न थियो । झन गौरमा त के ? काकाबुबा र ठूलोबुबालाई टोलका अरू यादव, झा, गुप्ता, रौनियारहतूले गिज्याए पनि , देख पहाडिया लक्ष्मी के भक्त। निकै वर्षसम्म थियो त्यो लेमिनेसन गरेर राखेको । अहिले त कहाँ पुग्यो कहाँ । अचेल ती मान्छे झन कट्टर र खाँटी मधेसवादी भएका छन् । त्यो मात्र हुदाँ त केही छैन , नागरिक हुनुको महत्व र गौरव बुझ्न सकेका छैनन्। कसैले बुझाउन आएको पनि छैन । किनभने नेपाली केन्द्र सरकारको उपस्थिति कम तर भारतीय दुराशयको प्र्भाव बेसी छ । आठ महिना अघि काकाको टाउको फुटाइदिए पहाडियासंग झुकाव र हिमचिम गरेको भनेर । यो कलह, यो द्वेष रोप्न हामी सबै उत्तिकै जिम्मेवार छौँ । हो राज्यले र पहाडिया दाजुभाइले, मदिसे, मर्स्या, धोती भन्च्गन् र चित्त दुख्छ । सार्है रुन्छ । हामीलाई बुबाले कहिल्यै त्यस्तो सिकाउनु भएन । हो हामेर घरमा भोजपुरी, हिन्दीपनिब्बोल्छौ। त्यो त मातृभाषा हो । त्यो आमाको काखमा सिकेको हो। देशमा त नेपाली चल्छ नी! जसको जे भाषा हो त्यही बोल्ने न हो! जुन बोल्न आउँच त्यो बोल्ने त हो । नजानेको भाषा कसैले बोल्छ? मलाई नेवारी आउँछ? आउउँदैन । अब के म भक्तपुर पाटन गएको बेला त्यो मात्र बोल्ने? नत्र म कुटाइ खाने? मलाई मारिदिने?
अनि के भक्तपुअर पाटनको नेवार नागरिक गौर, जनकपुर, सिराहा सप्तरी गएर मैथली, भोजपुरी अवधी बोल्नै पर्ने? नत्र म उसको धुलाई गरिदिनु? यहाँ यस्तो अवस्थामा बोल्ने नै नेपाली हो। किबभने हामी सबै नेपाली जनता, नागरिक, दाजुभाई हौँ ।
तर भारत वा चीनको मान्छे पर्यो भने इङलिस बोल्न पर्नेछ । भारतको केसमा भक्तपुर पाटनमा उसले इङलिस बोल्छ, गौर आउँदा हिन्दी । अब उ संग मैले हिन्दी बोले म भारत परस्त? म भारतिय? ज्यान जाला तर म नेपाली हुँ, जत्ती तपाईं त्यति म। म साला कालो छु त मेरो बाउको र मेरो के गलती? तपाईं गोरो हुनुमा तपाइको बाउको वा तपाइको के पुरुषार्थ? के तपाइले यो कुरामा पुरस्कर र मैले दण्ड पाउनुपर्ने? हो यस्तो सोच जबसम्म रहन्छ, न मधेशीको भलो हुन्छ न पहाडेको न नेपालको । मधेसी नेताहरू आफ्नि स्वार्थ हेर्दैछ । कुनभने मूलधारमा तिनिहरूको दाल गल्दैन । मधेश हडपेर, बेग्लै र सिंगै राज्री बनाएर आफुआफु मात्र राजनिती गर्न चाहान्छ । नत्र ३ महिनान्देखी मधेशी पनि त जनतै हो जो दुख झेल्दैछ । आफ्नै जनतालाई दुख दिने मधेसी नेताहरू कहिलेसम्न थेग्ने हो मधेशले? सम्पत्ती थुपारेको छ, पोल्टिक्स गरेको छ, जन्ता जए भांड में।
फोटो त्यस्तै हो । एउटा मधेसी हो अर्को पहाडे। नत्र हाकु पटासी लाएको लक्स्मी हुन सक्दिनन्, थारू चोलो र कपडा पाखुरामा कल्ली लगाएकी हुन सक्दैन? भोटो लाएको महादेव, गम्छा बेरेको गणेश ? हरेक कुरामा राष्ट्रियता खोजेर हुन्छ? देवत्व नखोज्ने? मेरो राष्ट्रियता मधेशी हो त? तपाईको राष्ट्रियता पहाडे हो त ? हाम्रो राष्टृयता नेपाली पो हो त। हामी नेपाली हौं सबै जना। फोटोमा राष्ट्रियताब्खोजेर हुँदैन। मुटुमा खोज्न पर्छ । त्यहाँ हुन्छ । राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ थाकुर यिनी।फोटोमा राष्ट्रियता खोज्नेवाला पार्टी हो। अरूलाइ पनि त्यही आँखाले हेर भन्छ ।
आँखा खोल्नुस् । देश बचाउनुस्। भारत्ले लैजाला।
जय नेपाल आमा
हामी त सधै हातले कोरिएको लक्ष्मी संगै ख्याग र कुबेर भएकै लक्ष्मी अनि नाग को पुजा गर्दै आएको छौ क्यारे
ख्याग भन्या के हो मित्र अलिक जानकारी दिनुभए आभारी हुन्थे /
थाहा नभएर हो. अनि mkting पनि chahinchha सबै असन त आउन पाउदैनन नि.
जानकारीकोको लागि धन्यवाद सालोक्यजी!
अबबाट नेपाली लक्ष्मीको पुजा गरिन्छ.
बरु सबैजनाले मिलेर नेपाली लक्ष्मीकै पुजा गरौँ, नेपाल झ्वाट्ट मल्लकालको झैं समृद्ध भैहाल्छ कि. भयो भने त भैहाल्यो नि.
Hamilai ta chitrakar harule tantrik bhidhi pura gari banako Nepali Laxmi nabhai hundaina. yo chhimeki chitrakar samudaya le saujanya swarup pani upalabdha garnu hunchha..yo chitra ko sathma aankha (eyes) pani upalabdha hunchha.
धोति ले लक्ष्मी बनाएर धन कमायो , नेपाली बुर्बुचो धोति को लक्ष्मी किनेर धन गुमायो ! धन गुमाउने धोति को लक्ष्मी छोडेर स्वदेशी लक्ष्मी पुजी देश भित्रै लक्ष्मी को बास गर्ने बातावरण बनाउ !
लक्ष्मी जति भारतीयले लैजान्छा , नेपालि ले फोटो पुजा गर्ने बस्ने |
प्रयोग गर्नु पर्ने त नेपाली नै हो । यहाँका मानिसहरुलाई नेपाली भन्दा पनि भारतीय मन पर्ने भएकोले भारतीय नै प्रयोग गर्छन ।