Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म्याच फिक्सिङ : अदालतले यसकारण छाडेको हो धरौटीमा

Posted on November 11, 2015November 11, 2015 by Salokya

म्याच फिक्सिङ कान्डमा फँसेका ४ खेलाडी र एक प्रशिक्षकलाई आज विशेष अदालतले धरौटीमा छाड्ने आदेश दियो। निर्दोष जस्तो देखेर उनीहरुलाई अदालतले धरौटीमा छाडेको भने होइन। हिरासतमै राखेर मुद्दाको कारबाही अगाडि बढाउने कि धरौटीमा छाडेर भन्ने थुनछेकको बहसपछि ‘प्रतिवादीहरुले कसुर गरेकै होइन भनी हाल्न मिल्ने अवस्था तत्काल नदेखिएकोले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी’ धरौटी लिएर छाडिएको हो। प्रशिक्षक अन्जन केसी र खेलाडी रितेश थापालाई ५ लाख, सागर थापालाई १ लाख ५० हजार, सन्दीप राई र विकाससिंह क्षत्रीलाई ५०/५० हजार धरौटी मागिएको थियो। यो सँगै दशैँ हिरासतमै बिताएका खेलाडीहरुले तिहार भने घरपरिवारसँग बिताउन पाउने भएका छन्। के थियो त अदालतको आदेशमा? पढ्नुस्-

IMG_0928
IMG_0929
IMG_0930
IMG_0931

अभियोग चैँ के लागेको थियो त ?

3 thoughts on “म्याच फिक्सिङ : अदालतले यसकारण छाडेको हो धरौटीमा”

  1. Pingback: म्याच फिक्सिङ : अदालतले सजाय दिए पनि नदिए पनि एएफसीले दियो जीवन भरलाई पुग्ने सजाय « Mysansar
  2. Prakash says:
    November 11, 2015 at 7:25 pm

    हामीलाई उल्लु बनाउने खेल खेलेकोमा समेत त् माफ गर्न सकिदैन, यँहा मुलुकको शान र अभिमान नै बिक्रि गरेका मुद्दा छ|
    यस्ताहरुलाई धरौटीमा नछाड्न पर्ने हो| अलग अलग थुनामा राख्नपर्छ| देशद्रोही मुद्दा हालेर सजाय हुनपर्छ| यतिका लम्बेचौड़ी घुसखोरी काम हुँदा एन्फा कुन दुलोमा थियो? देश डुबाउने घुसिया खेलाडीहरुका नायके गणेश थापालाई पनि छिट्टै पक्राउ गरेर केरकार गरिन पर्छ| दाजुले भाईलाई सभासदमा जागिर दिने अनि त्यही भाइले छोरोलाई एएफसीमा जागिर दिने, जस्तो कि अरु योग्य नेपाली कोहि छैनन् उनीहरुका नजरमा|

    Reply
  3. kamal bishwokarma says:
    November 11, 2015 at 10:20 am

    सक्किगो नि! अब जनताले यिनीहरुलाई सजाय दिनु पर्छ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme