Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कात्तिक २२ : मधेसी संसदमा फर्किए, नाकाबन्दी खुल्ने संकेत, आन्तरिक हवाई उडानमा गम्भीर असर

Posted on November 8, 2015November 10, 2015 by Salokya

२०७२ कात्तिक २२, आइतबार

आन्दोलनरत मधेसी दलहरुले संसदमा के गर्ने भन्ने नीतिगत अन्यौलताको बीच प्रधानमन्त्री निर्वाचनमा सहभागी भएर सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति निर्वाचन बहिस्कार गर्दै आजदेखि फेरि संसदमा फर्किएर संसद अवरोध गर्ने नीति लियो। आजको बैठकमा संसदमा धारणा राख्दै नाराबाजी गरेर संसद चल्न दिएन।

– नेपालको नाकाबन्दीको तार बिहारको चुनावसँग पनि जोड्ने गरिन्थ्यो। बिहारको चुनावमा मोदीले लज्जास्पद हार व्यहोरे। नितिश कुमार र लालुप्रसाद यादवको गठबन्धनले दुई तिहाई जित्यो। नेपाललाई नाकाबन्दी गरेको पाप भन्दै नेपालीहरु खुसी भएको पनि देखिए।

सोमबार वीरगञ्जमा एक भारतीय नागरिक प्रहरीको गोली लागी मरेको घटनापछि नेपालमा एक थोपो तेल नआए पनि प्रधानमन्त्री केपी ओलीले सचिवहरुलाई बोलाई एक दुई दिनमा नाकाबन्दी खुल्ने संकेत पाएको जानकारी दिए। नभन्दै आइतबार साँझ काँकडभिट्टा र रुपन्देहीको सुनौली नाकाबाट एकैपटक ४३ ट्याङ्कर इन्धन र दुई बुलेट ग्यास छाडे।

– मोदीको पार्टी भाजपा र आरएसएसबीच शुक्रबार भेट भएको र आरएसएसले नेपालसम्बन्धी सरकारले लिएको नीतिप्रति असन्तुष्टि जनाएको समाचार आएका थिए। यसलाई पनि नाका खुल्ने संकेतका रुपमा हेरिएको थियो।

-हवाई इन्धनको अभाव भएपछि आन्तरिक हवाई उडानमा गम्भीर असर पर्‍यो। थुप्रै उडानहरु रद्द भए।

– भारतीय दूतावासको खण्डन विज्ञप्ति निकाल्ने काम आज पनि जारी रह्यो। आज अर्का उपप्रधानमन्त्री सिपी मैनालीको भनाईको खण्डन आयो।

– प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतले नेपालमा नाकाबन्दी नगरेको बरु नेपालमा भएको आन्तरिक समस्याले नाका रोकिएको भनेर ढाँटिरहेको बताए। भारतले नेपाल र नेपालीलाई भित्तामा पुर्‍याउने नीति लिएको भए अन्तिमसम्म प्रतिवाद हुने प्रचण्डले बताए।

– वैद्य माओवादी र परि थापाको नेकपा एकीकृतबीच एकता भएपछि ड्यास माओवादीको नयाँ नाम नेकपा (क्रान्तिकारी माओवादी) बन्यो। दुवैतर्फका केन्द्रीय कमिटी विघटन गर्दै वैद्य अध्यक्ष भए। अरु सबै सदस्य रहनेगरी ३८ जनाको सचिवालय घोषणा भयो। दुई महिनाभित्रमा राष्ट्रिय सम्मेलन मार्फत् बहुपदीय नेतृत्व छान्नेगरी १ सय ९९ सदस्यीय आयोजक समिति गठन भयो।

– युएई भ्रमणमा रहेको नेपाल र पाकिस्तानबीच पहिलो पटक एक दिवसीय क्रिकेट भयो। पाकिस्तानले ५० ओभरमा ३२६ रन बनायो भने नेपालले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०५ रन बनायो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme