Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरायो! हरायो!! हरायो!!! सरकारको साइटबाट मन्त्रीहरुको सूची नै हरायो

Posted on November 6, 2015 by Salokya

आधा दर्जन उपप्रधानमन्त्री भएको यो ऐतिहासिक, कीर्तिमानी मन्त्रिमण्डलमा कसको वरियता कस्तो छ? प्रधानमन्त्रीपछि वरियतामा को छन्? ६-६ जना उपप्रधानमन्त्रीहरुको वरियता क्रम कसरी मिलाइएको छ? यो हेर्न साह्रै रहर लागेर नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट opmcm.gov.np हेरेको त अचम्मै पो भयो। यत्रो वर्ष भयो, सँधै त्यसमा मन्त्रीहरुको नाम लिस्ट देखिन्थ्यो। अहिले चाहिँ हटाइएछ।

हैट, होइन होला। कता राखेछ होला भन्ठानेँ। मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले मन्त्रीको नाम हटाउन कसरी सक्छ? त्यही भन्दै खोज्दै रहेँ। तर अहँ मैले त पाउँदै पाइनँ।

अहिले नेपालमा को-को मन्त्री छन्? कति जनाको मन्त्रिपरिषद् हो यो? त्यो बारे जानकारी दिने आधिकारिक साइट अहिले कुनै पनि छैन। के बिजोग हो यो!

मन्त्री हराए भनेर विज्ञापन गोरखापत्रमा छाप्नुपर्ने स्थिति आउने भयो कि के हो त गाँठे !

opmcm
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अहिलेको साइट जहाँ मन्त्रिपरिषद्को सूची नै छैन।

opmcm_old
पुरानो साइट जहाँ बायाँ छेउको सबैभन्दा माथि राखिएको छ मन्त्रिपरिषद्को लिङ्क। त्यसमा क्लिक गर्दा मन्त्रीहरुको नाम खुल्थ्यो।

आधिकारिक साइटमा नभए पनि वरियता क्रम यस्तो होला भनेर अनुमान गरियो

क्र.सं.

नाम, थर

पद

कार्य विभाजन

१.

के.पी.शर्मा ओली

प्रधानमन्त्री

शान्ति तथा पुनर्निर्माण; श्रम तथा रोजगार; सङ्‌घीय मामिला तथा स्थानीय विकास; र सहरी विकास ।

२.

 विजयकुमार गच्छदार

उपप्रधानमन्त्री

भौतिक पूर्वाधार तथा यातायात।

३.

 कमल थापा

उपप्रधानमन्त्री

परराष्ट्र।

४.

 टोपबहादुर रायमाझी

उपप्रधानमन्त्री

उर्जा ।

५.

 भीमवहादुर रावल उपप्रधानमन्त्री रक्षा ।

६.

 चन्द्रप्रकाश मैनाली उपप्रधानमन्त्री महिला, बालबालिका तथा समाज कल्याण

७.

 चित्रवहादुर के.सी. उपप्रधानमन्त्री सहकारी तथा गरिबी निवारण ।

८.

 विष्णुप्रसाद पौडेल मन्त्री अर्थ ।

९.

 गिरिराजमणि पोखरेल

मन्त्री

शिक्षा ।

१०.

 अग्निप्रसाद सापकोटा

मन्त्री

वन तथा भू-संरक्षण ।

११.

 शक्तिबहादुर बस्नेत

मन्त्री

गृह ।

१२.

 अग्नि प्रसाद खरेल

मन्त्री

कानुन, न्याय तथा संसदीय मामिला।

१३.

 सोमप्रसाद पाण्डेय

मन्त्री

उद्योग ।

१४.

 सत्यनारायण मण्डल

मन्त्री

युवा तथा खेलकुद

१५.

 हरिबोल गजुरेल

मन्त्री

कृषि विकास ।

१६.

 रामकुमार सुब्बा

मन्त्री

भूमिसुधार तथा व्यवस्था

१७.

 रामजनम चौधरी

मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या
१८.  रेखा शर्मा

मन्त्री

सामान्य प्रशासन ।
१९.  गणेशमान पुन

मन्त्री

वाणिज्य तथा आपूर्ति ।
२०  उमेश यादव

मन्त्री

सिँचाई ।
२१  शेरधन राई

मन्त्री

सूचना तथा सञ्चार प्रविधि
२२  शान्ता मानवी

मन्त्री

विना विभागीय ।
२३  विश्वेन्द्र पासवान

मन्त्री

विज्ञान, प्रविधि तथा वातावरण

२४

 आनन्दप्रसाद पोखरेल

मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२५  मेघराज नेपाली (निषाद)

राज्यमन्त्री

उद्योग ।

२६

 मो. मुस्ताक आलम

राज्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या

 

2 thoughts on “हरायो! हरायो!! हरायो!!! सरकारको साइटबाट मन्त्रीहरुको सूची नै हरायो”

  1. punya prashad says:
    November 9, 2015 at 11:02 pm

    नेपाली निरिह भेडा (९९% जनता ) हरु ले कुनै नेता हरु को कर्तुत थाहै पाउदैनन … थाहा पाइहलेछन केहि गरि भनि पनि … की लछार्न सक्दैनन् …
    ल मान कि मन्त्रि हरु को नाम बाहिर आएन ६ महिना सम्म … के ख्यास्न सक्छन भेडा हरु ले ? — येइ हो निरंकुस तन्त्र भन्या … येस्तै हुदै छ नेपाल मा .

    Reply
  2. ekraj says:
    November 8, 2015 at 5:19 am

    I think this goverment does not want every public to know who is occipying which post. This is because it cleary shows who is the bigger thief and who has been given the opportunity abuse higher level power to their criminal activities. So these doods wants to loot lot of thing behind the curtain so that general public would not have knowledge of their corruption and loot.
    This loot is very often shared with some of the media thugs as well.
    Larger the gang of the criminal bigger the loot and more misery to ordinary people.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme