Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ओइ लाश तँ किन मरिस्’

Posted on November 6, 2015 by mysansar

झन्नै ३ महिना तराई बन्द भयो। आज सम्म ४६ जना मान्छे मरे। ४६ जनाको लास राख्न कत्रो कोठा चाहिन्छ होला? स्मृतिमा कुन चै आन्दोलनमा ४६-४६ जना मरेको सम्झना छ? अझ मान्छे यसरी मारिंदा पनि ‘ओइ लास तँ किन मरिस’ भनेको देख्दा पो अचम्म लाग्छ। यहाँ कुनै लास ५० लाख पाउने लोभमा मरेको होइन र त्यस्तो लान्छना लगाउनु नै अपराध हो। अधिकार खोज्न पाउने हक हरेक नेपालीलाई उत्तिकै हुनुपर्छ। आफ्नो अधिकार सम्झेर मधेसले आन्दोलन गर्न पाउनु पर्छ। राज्य इमान्दार, उत्तरदाइ वा जनमुखी हुन्थे भने कोही जनआन्दोलनको कठिन बाटोमा होमिन्थियेन होला। आफैलाई नाकाबन्दी गर्नु पर्ने यो कस्तो बिडम्बना। यो देसले तेसै १२ बर्से गृहयुद्द झेल्यो जस्तो लाग्छ भने भ्रममा नपरौं। गैरजिम्मेवार सरकार भयो भने समाजमा ब्याप्त संक्रमणको कारण एउटा पक्ष उग्र क्रान्तिमा लग्नु नौलो होइन र तराईको हकमा पनि अहिले त्यस्तै भै रहेको छ। सरकार लाचारी र गैर जिम्मेवार्री प्रस्तुत गर्दै छ र संक्रमणको फाइदा उठाउदै अझै संक्रम थप्ने र फाइदा लिने गिरोह सबल भएको छ। राज्यले ख्याल राख्न छोडे भने लथालिंग त हुन्छ नै! यो पनि सत्य हो कि तराईका नेताहरु आन्दोलन उक्साउन उग्र बनाउन सफल भएका छन्। आखिर लास माथि उनीहरुले पनि त राजनीति गर्नुछ! गुमेको प्रतिष्ठा यसै आन्दोलनबाट संस्थागत गर्नु छ। नेता न मधेसका न पहाडे।

काठमान्डौ संधै झैँ स्थिर नै देखिन्छ। बोल्नेहरु छन्, तर मोर्चाले गरेको सिमा नाकाबन्दीको आन्दोलनमा भारतको अघोसित समर्थनको कारण तेल र राष्ट्रियतामा अल्झेको छ र “सुझ बुझ गया तेल लेने” भने जस्तो स्थिती आएको छ। कतीको चित्त दुख्ला “काठमान्डौ बहिरो छ” भन्दा तर सत्य त्यहि हो र दुर्भाग्य जब सम्म काठमान्डौ राम्रोसंग जाग्दैन तब सम्म समस्याको हल पनि हुँदैन। किन कि नेपाल नै काठमान्डौ हो। सरकार नै काठमान्डौ हो। समस्या र समाधान नै काठमान्डौ हो। यो त्त सर्बबिधित नै छ। त्यसैले मधेसले नाकाबन्द कोसिस गरेको कुरा अनौठो नमाने हुन्छ। बन्द त आखिर बन्दै हो। यो देसमा बन्द गर्ने स्वतन्त्रता छ र बन्द गरे मात्र आवाज ठाउँमा पुग्छ भन्ने कुरा थाहा नभएको को होला र? त्यो बिरगंजको नाका मुग्लिनमा हुन्थ्यो भने म कति चोटी बन्द गर्न पुग्थें होला झन्डा बोकेर! “तर यो फरक सन्दर्भ हो” भन्लान् केही, के? भारतको मधेसलाई नाकाबन्दी सहयोग? नेपालमा आन्दोलितलाई आफ्नो स्वार्थ अनुरुप भारतले सहयोग गरेको यो पहिलो चोटी हो र? तेसै किन लेखिन्थ्यो र नाकाबन्दी गर्ने भारतलाई थ्यांक यु इंडिया? कुनै जमानामा बिपीले पनि थयंक यु भनेका थिए होलान्| बिपीसंग अहिलेका फोस्रे नेतासंग तुलना गर्न त नमिल्ला तर इतिहास त्यस्तै छ|

अचम्मैसंग यो आन्दोलनमा धेरै साथीहरु ढुंगा हान्नेहरुसंग विमेल वा उग्र हुनेहरुको बिरोध भएको जस्तो लग्यो। आन्दोलन सभ्य भद्र हुनुपर्छ जस्तो। उग्र भएको कारण नै मान्छे मरे भन्ने तर्क ब्याप्त छ। भूकम्पको बेला प्रहरी सहयोग र कैलालीको प्रहरीमर्ने सड्यन्त्रपूर्ण आक्रमण पछि प्रहरी माथी बढेको बिस्वास र उनीहरु प्रति बढेको समबेदनाको कारण यस्तो तर्क गरिनु पनि जायज नै हो। तर बिना ढुंगा पनि आन्दोलन हुन्छ र? हाम्रो देसमा (अधिक देशरुमा) आन्दोलन भनेको नै निषेधित क्षेत्रमा जाने, पुलिसलाई ढुंगा हान्ने, पुलिसले लाठि रबर बुलेट, अश्रु ग्यास हान्ने हो (व्यंग्य)। अब त्यसमा गोली पनि समाबेस हुन्छ तर गोली चाहिं सैयम भएर चलाउने हो। किन कि मृत्युले आन्दोलन साम्य कहिल्यै पर्दैन झन् उग्र बनाउछ र उत्तेजेना थप्छ। तर प्रहरीको निसाना यो पालि ठिक ठिक ठाउँमा लागेको छ चरी र घैंटेलाई जस्तै। पहिलेका धेरै सस्त्र बिहिन अन्दोलान्हारूमा त उसले चलाएका बन्दुकले धेरैको टाउको छलेको थियो, यो पाली छाला कालो भएर “टार्गेट” मिलेको हो वा कैलालीको आक्रमणको असर हो वा मान्छे मार्दा केहि हुन् भन्ने गृहप्रासासनको नीति, मधेस र समस्त देसले प्रहरीको अचुक निसानाको महँगो मूल्य चुकाउनु पर्ने हुन सक्छ।

हतियार लिएर आउ, काटेर फाल, मार र मर भनेर उक्साउने आन्दोलित नेता पनि कमका होइनन्। कति जना मर्यो र कति जान घाइते भयो भन्ने कुराको रजिस्टर त पक्कै बनाएका होलान। त्यहि लास भजाएर आफ्नो पार्टीको घोसणा पत्र अनुरुप अनेक कुरा र अभिस्टहरु राज्यसंग दलाली त गर्नु पर्यो नि! नेता न पहाडका न मधेसका| आपत्ति नमान्नु होला मधेसका मित्रहरु हामीले अहिले सम्म आफ्नो विचार लिएर हिड्न सिकेका छैनौ। हामी आफुले जहिल्यै गालि गर्ने गरेका नेताका दास हौँ। नत्र ४६ लासको सट्टा ४६०० अघोसित लासहरुको जिम्मा बोक्न पर्ने नाकाबन्दीलाई काँध हालेर हिड्नु पर्ने बाध्यता थियो र? मधेस आन्दोलनमा राज्यले मिलाउन पर्ने अनेक महत्वपूर्ण “agenda” हरु होलान् तर अहिले मधेस आन्दोलन “agenda” को लडाई कम र तिरस्कार, अपहेलना, चिनारी बिरुद्ध स्वालाम्भको लडाई बडी भै सकेको छ। तर कासी जानु कुतीको बाटो ?

आन्दोलनमा दमन गर्ने र आन्दोलन उग्र बनाउने दुवै सजायको भागीदार हुनु पर्छ। तर धन्दा नमान्नुस, तपाईको नेता पनि एक दिन बिना सजाय प्रधानमन्त्रि “उपरस्त्रपति” वा यस्तै क्यै हुने बाटो छेकिने छैन भलै वहां अंगिकृत नै किन नहुनुहोस् र तपाईको मित्रलाई गोलि हान्न निर्देसन दिने “साहब” हरेक हप्ता त्यै लासको नाम चाडाउन प्रयोग गरेको रजिस्टर जस्तै अर्को रजिस्टर बोकेर उन्को घरमा “सलाम छ सर” भन्न पुग्नेछन्|

जनताले जनताका कुरा बुज्ने हो। एउटा आन्दोलनमा सरिक भएकाहरुले अर्को आन्दोलनरतहरुको पिडा मर्म बुज्ने कोसिस गर्नु पर्छ नकी नुन चुक छर्ने। सबै बहकिने ‘सूचनाको’ आधारमा हो र नेपालमा सूचना संप्रेसण गर्ने धेरै स्रोतहरु नै सूचनाको खेल खेल्छन् चाहे मधेसमा होस् वा काठमाडौँमा होस्। प्रदेसको माग गरेर आन्दोलनमा जाँदैमा कसैको रास्त्रियतामा संका गर्नु धेरै ठुलो गल्ति हो। माग आकास छुने होलान् तर त्यसैको लागि बार्ता हुन्छ। ससस्त्र आन्दोलन गर्ने १२ वर्ष हिंडेका मावोबादीलाइ त लुखुर लुखुर बार्ताको बाटो मुलाधार राजनितीमा आए भने निसस्त्र आन्दोलनरत मधेससंग बार्तामा बस्न के को कन्जुसाईले येत्ति दिन ढिला भयो होला? भारतको प्रस्तुतिलाई लिएर धेरैले मधेसमा औंला उठाउने गरेका छन् तर अब भारतबाट त को अछुतो छ? दाल चामल नदि नाला नेता जनता राजनीति के? उसले उसको रहरले आन्दोलितलाई सहयोग गर्यो भनेर हामीले आफ्नालाई गैर मान्ने ! भाँजो हाल्ने ‘बिराट‘ छ तर हाम्रो समस्या सानो हो। उसलाई हाम्रो दुखमा होइन आफ्नो स्वार्थमा मतलब छ। हाम्रो कदम, धर्म र सक्ति भनेको त जहिल्यै आफ्नालाई अंगाल्ने हो नि| भाई फुटे ………… हो त्यै भएर सबैले ‘धर्म’को पालन गरौँ।

9 thoughts on “‘ओइ लाश तँ किन मरिस्’”

  1. Santosh Lamichhane says:
    November 8, 2015 at 9:22 pm

    धेरै राम्रो र मानवीय विश्लेषणलाई सुन्दर तरिकाले लेख्नु भएको रहेछ, मलाई त धेरै मन पर्यो ..लेख र विश्लेषणमा मेरो पुरै सहमती छ |

    -अहिले मधेस आन्दोलन “agenda” को लडाई कम र तिरस्कार, अपहेलना, चिनारी बिरुद्ध स्वालाम्भको लडाई बडी भै सकेको छ
    -प्रदेसको माग गरेर आन्दोलनमा जाँदैमा कसैको रास्त्रियतामा संका गर्नु धेरै ठुलो गल्ति हो। माग आकास छुने होलान् तर त्यसैको लागि बार्ता हुन्छ।
    -भारतको प्रस्तुतिलाई लिएर धेरैले मधेसमा औंला उठाउने गरेका छन् तर अब भारतबाट त को अछुतो छ?
    – भाई फुटे ………… हो त्यै भएर सबैले ‘धर्म’को पालन गरौँ।

    Reply
  2. धिमाल says:
    November 7, 2015 at 1:38 pm

    मधेसको मात्र कुरा नगरौ| जनजाति पनि त्यतिकै उत्पीडित छन्| इन्डियाले जनजाति प्रति आँखा चिम्लियो र मधेसीलाई समर्थन गरेर नाकाबन्दी गर्यो भन्दैमा खालि मधेसको मात्र वकालत गर्नु ठिक भएन| मधेसी नेताहरुले लासको मुल्य तोकेका थिए र अहिले आएर इन्डियाले ४६ औ लासको मुल्य तोकेको रहेछ|
    खनाल नामधारी लेखकज्युले यत्तिको घुमाउरो र रकमी भाषामा लेखेको रहेछ, त्यस्तै भाषाले जनजातिलाई सरकारी कामकाजमा गुमराह बनाउदै आएको छ|

    Reply
  3. pritush says:
    November 7, 2015 at 9:42 am

    होइन यो आन्दोलनको माग चाही के हो ? मान्छे पिछे फरक फरक माग सुन्छु म त /

    Reply
  4. Rishav says:
    November 7, 2015 at 8:35 am

    मदेश को माग चाडै सम्बोधन होस…न्याय को जीत होस..मधेसी को राष्ट्रियता मा प्रस्न गर्ने ती पाखण्डी रस्त्रवादहरु को हुन्..चाडै बुद्धी पलायेस…नत्र ढिलो होला…

    Reply
  5. Rabindra says:
    November 7, 2015 at 5:24 am

    Good Article and Hope each and every people does understand and so called sarkar ….. otherwise bhagwan ke matra bachauna sakcha …..

    Reply
  6. KP says:
    November 6, 2015 at 10:47 pm

    खै के खै के !!! कुरो बुझे मरी जाम…निकै गहिरो छ!!!

    Reply
    1. Sunil, London says:
      November 6, 2015 at 11:28 pm

      खोइ KP जी ले भने जस्तै मैले पनि कुरो चै बुझिन !!!! शायद कुरो निकै गहिरो भएर नै होला , साथै कुरो घुमाउरो पनि रहेछ !!! भारतले आफुले चाहेको कुरामा(मधेसी मोर्चा को माग को बिषय मा) समर्थन राख्न पाउछ भन्ने जस्तो आशय देखे, ठिक छ समर्थन गरोस, तर नेपालमा आउने इन्धन , खानेकुरा र औषधि रोकेर हैन, नैतिक समर्थन मात्र !!! अब चाहेको जति काम सबै लाई गर्न छुट छ भने त के पो भन्नु र ? दार्जिलिंगवासी नेपाली भाषीले गरेको गोर्खालैंड को माग लाइ नेपाल ले पनि समर्थन गर्न पाउनु पर्यो नै !!!
      आन्दोलनमा घरेलु हतियार लिएर आउनु भन्ने मधेसी मोर्चाका नेता हरुको भनाइ पनि सहि नै हो , हतियार लिएर आफ्नो ज्यान मार्न आउने आन्दोलनकारी लाई प्रहरी ले गोलि ठोक्नु पनि सहि नै भो !!
      प्रदेश को माग राख्ने हरु देशद्रोही हुदैनन् , तर त्यसको लागि देश का सारा जनता लाई आफ्नो आधारभूत आबश्यकता बाट बन्चित हुने गरि इन्धन र औषधि नै रोक्न का लागि भारतीय हरु को खुट्टा मोल्न जानु कहाँ सम्म को राष्ट्र भक्ति हो ?
      समग्र मा भन्ने हो भने आफ्नो लडाई आफै लडौ , ठिक छ मधेसी नेता हरुले भारत बाट आएका समान , इन्धन , औषधि हरु नेपाल भित्र पसी सके पछि रोकेर देखाउन,तर त्यो गर्न उनीहरु असमर्थ छन् र अरु बाट त्यो काम भैरहेकोमा खुशी छन् , के काठमाडौँ मा सरकार मात्र छ र जनता छैनन्, देश भरिका जनता लाई दुख दिएर आफ्नो माग मनाउन खोज्नु कहाँ सम्मको न्यायोचित छ ? अरु को भर नपरी र अरुलाई दुख नदिने गरि शान्तिपूर्ण आन्दोलन गरौ अनि भारत मात्र हैन सारा विश्वले नै त्यसको समर्थन गर्छ !!!!!, नत्र घर झगडा मा छिमेकी लाई न्यायाधिश बनाएर राम्रो परिणाम निस्कदैन !!!!!!

      Reply
      1. Rishav says:
        November 7, 2015 at 8:36 am

        पाखण्डी रस्त्रवाद बोक्ने तिमि मधेसी को राष्ट्रियता मा बोल्ने कॊ??

        Reply
        1. Sunil, London says:
          November 7, 2015 at 1:30 pm

          पाखण्डी रस्त्रवाद (राष्ट्रवाद) बोक्नु नै ठिक होला(कसैलाई पनि दुख कष्ट र अभाव मा पार्नु भन्दा) भारतीय ले चलाएको मेष मा खान खाएर र देशको समस्यामा छिमेकी लाई मालिक बनाएर , आफ्नै देशका जनता लाई दुख कष्ट दिने मधेसी राष्ट्रियता भन्दा !!!

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme