Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कात्तिक १८ : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज, बाराभ पक्षका नेता निश्कासित र भारतीय मारिएकोमा चिनियाँ प्रतिक्रिया

Posted on November 4, 2015November 5, 2015 by Salokya

२०७२ कात्तिक १८ गते, बुधबार

आजको सबैभन्दा ठूलो समाचार रह्यो : भारतको नाकाबन्दीलाई नेपालले गरेको अन्तर्राष्ट्रियकरण। सीमा नाकाहरुमा अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध गर्दै गहिरो मानवीय संकट निम्ताएको भन्दै नेपालले आफै आफ्नो संविधान पनि घोषणा गर्न नपाउने भन्ने प्रश्न भारत उपस्थित राष्ट्रसंघीय बैठकमा परराष्ट्र मन्त्री कमल थापाले गरे। भारतले पनि ४५ जनाको गैर न्यायिक हत्या भएको कुरा उठायो। एक किसिमको वाकयुद्ध चल्यो। मधेसमा भएको हत्याको विरोधमा जेनेभामा प्रदर्शन भयो, त्यहाँ संविधान जलाइयो।

बाबुराम पक्षका नेता निश्कासित
राजनीतिमा आजको ठूलो समाचार रह्यो बाबुराम पक्षका नेताहरुलाई एमाओवादीले गरेको कारबाही। एमाओवादीले पार्टी छाडेर नयाँ शक्तिको खोजीमा लागेको बाबुराम भट्टराईलाई दुई वटा विशेषण दिएको छ- आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति र दक्षिणपन्थी विसर्जनवाद। ४५ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेको भनिए पनि ४४ जनाको मात्र हस्ताक्षर भएको त्यसमा १ पार्टी स्थायी समिति सदस्य, ४ पोलिटब्युरो सदस्य र १६ जना केन्द्रीय समिति सदस्य गरी जम्मा २१ जना केन्द्रीय समितिको हस्ताक्षर मात्र रहेको पार्टीले विज्ञप्तिमा जनाएको छ। हस्ताक्षर गर्ने कतिपयले सहमत नभएको जानकारी गराएको पनि विज्ञप्तिमा लेखिएको छ। साइन गर्ने सबैलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ भने पोलिटब्युरो सदस्यहरु रामचन्द्र झा, महेन्द्र पासवान, केन्द्रीय समिति सदस्यहरु रामकुमार शर्मा, रामरिझन यादव र घनश्याम यादवलाई भने पहिलेको बैठकको निर्णय अनुसार स्पष्टीकरण नदिई बारम्बार पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टी सदस्यताबाट समेत निश्कासनको कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ। एमाओवादीको विज्ञप्ति पढ्न क्लिक गर्नुस्।

नेपालमा भारतीय मारिएकोमा चिनियाँ प्रतिक्रिया
W020151104810756172727

नेपालमा प्रदर्शनका क्रममा भारतीय नागरिक मारिएकोमा चिनियाँ प्रतिक्रिया आएको छ। चिनियाँ विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता हुआ चुनइङले भनिन्-

Q: On November 2, the Nepali government used force to disperse Madhesi protesters gathered at the Nepal-India border. The police operation has injured 12 protesters and killed an Indian citizen. What is China’s comment?

A: The Chinese side follows closely the situation in Nepal. It is expected that the Nepali government and all relevant parties can bear in mind the unity of the state, the stability of the society and the fundamental interests of the people, work in concert to resolve disputes independently through dialogues and consultations, stabilize the situation as soon as possible, and make joint efforts for the post-quake reconstruction and long-term development of Nepal.

राज्यको एकता, समाजको स्थिरता र नागरिकको सैद्धान्तिक रुचिलाई ध्यानमा राखी विवादको विषय स्वतन्त्र रुपले संवाद र सल्लाहको माध्यमबाट गरेर सक्दो छिटो स्थितिलाई स्थिर बनाउन तर्फ नेपाली सरकार र सबै सम्बद्ध पक्षले कदम चाल्ने अपेक्षा चीनले लिएको छ।

यहाँ चीनले independently शब्दको प्रयोग गर्नुको अर्थ भारतको दबाब बिना भनेको हो कि हैन, आफै बुझ्नुहोला। कुटनीतिमा बोलेका शब्द भन्दा नबोलेका शब्दको अर्थ हुन्छ भन्छन्।

आजका अन्य महत्त्वपूर्ण घटनामा-

  • नयाँ सरकार बनेपछि पहिलो पटक प्रमुख तीन दलको बैठक बस्यो। तर कुनै ठोस निश्कर्ष निस्किएन। विषय थियो छलफलको मधेस आन्दोलन र पुनःनिर्माण प्राधिकरण।
  • सरकारी वार्ता टोलीमा कांग्रेस नबस्ने भयो।
  • साताको सुरुमा सरकारले सीमाङ्कनको माग स्वीकार गरेर वार्तामा प्रगतिको संकेत देखिएकै भोलिपल्ट वीरगन्जमा भारतीय नागरिक मारिने घटना भएपछि वार्ता सामसुम भएको छ।
  • भारतीय राजदूतले एमाले नेता माधवकुमार नेपाललाई घरमै गएर भेटे।
  • वीरगञ्ज घटनाका कारण महोत्तरी पनि बन्द भयो। भारतले नाकामा कडाइ गरेपछि भैरहवा नाकाबाट आज पनि इन्धन आएन। नेपालगन्ज रुपैडिया नाकामा पनि कडाइ भयो।
  • मन्त्रिपरिषद् बैठकले तराई आन्दोलनका क्रममा मृत्यु भएका प्रहरी परिवारलाई १०/१० लाख रुपैयाँ दिने र योजना आयोग उपाध्यक्षमा डा. युवराज खतिवडा नियुक्त गर्ने निर्णय गर्‍यो।

1 thought on “कात्तिक १८ : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज, बाराभ पक्षका नेता निश्कासित र भारतीय मारिएकोमा चिनियाँ प्रतिक्रिया”

  1. Michael says:
    November 5, 2015 at 10:49 pm

    इन्डिया ले जब तराइको मदिसेलाई हमरे बीच प्रगाढ सम्बन्ध हे , रोटि बेटी का नाता हे भन्छ , मदिसी हरु लट्ठा पर्छ , अनि इन्द्या तराइमा बाध बनाएर कोशी क्षेत्र दुवाउछ, उनीहरुकै जागिर खोस्न आइपुग्छ | पहाडिया लाइ सत्रु देख्छ |
    खास त् नेपाल को तिब्बत सग पनि पहिले रोटि बेटी को नाता भएकै हो , नेपाल अमेरिका सग जोडिएको भए २-४ खैरी स्वास्नी नेपालि तन्नेरी ले पनि राख्ने थिए | के दिलदार सडकछाप हिरो को कमि छ र नेपाल मा ? २ टा स्वास्नी ल्याउने भूबन ले , तेस्रो पनि थप्दिन्थ्यो के जान्थ्यो उसको ?
    तेसैले न भारत आफ्नो , न चीन| पाए भारत ले पनि नदीनाला खान्छ , चीन ले पनि यो त् सर्प , भ्यागुता र बिछिको को खेल हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme