Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जेनेभाको अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भारतबीच वाकयुद्ध

Posted on November 4, 2015November 5, 2015 by Salokya

kamal
नाकाबन्दी अब केही दिनमै खुल्ला र नेपालीका दिन पहिले जस्तै सहज होला भन्ने आशा गरिरहेकाहरु अझ निराश हुने दिन आए जस्तो छ। यसको संकेत जेनेभामा नेपाल र भारतबीच भएको वाकयुद्धले देखाउँछ। बुधबार जेनेभामा Universal Periodic Review मा नेपाल सम्बन्धी छलफल हुने दिन थियो। यो बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रम तथा परराष्ट्र मन्त्री कमल थापा जाने भनेकोमा पछि भ्रमण रद्द गरेको खबर आएको थियो। तर पछि फेरि उनी नै गए। बैठकमा भारत र नेपालबीच एक किसिमको वाकयुद्ध नै चल्योजसले नेपाल-भारत सम्बन्ध छिट्टै सहज हुने संकेत देखिन्न।

बैठकमा सुरुमै आफ्नो मन्तव्य राख्ने क्रममा परराष्ट्र मन्त्री थापाले अन्तर्राष्ट्रिय मञ्चमा अहिलेेसम्मकै कडा अभिव्यक्ति यसरी दिए-

We are confident of our ability to resolve any conflicting issue with our own efforts and through peaceful means. Any disruption of this process as well as internal dynamics through any exogenous interest will only complicate matters.

It is with this conviction that the new Government is engaged in dialogue with the Madhesh-based political parties to win their confidence and resolve the differences within the constitutional framework. While the Government is quite serious and sensitive to their concerns, the nature and effects of continued agitation have been detrimental to our national interest and the overall wellbeing of the people.

In fact, we are currently at a very delicate situation resulting from the obstruction of essential supplies at the border points. Lives and livelihood of the entire population have been adversely affected; schools and hospitals also bear the brunt of the current circumstances exposing millions of children, elderly and sick persons to greater risk and vulnerabilities; the future of our children is at stake; our regional and international trade have been constrained; our industries are on the verge of collapse; the tourism sector has been hit hard; our economy has suffered a huge setback. If the current trend is not checked, the country is likely to experience an unjust and severe humanitarian crisis. This needs to be avoided. While we seek to address political problem through dialogue, the continuous obstructions at border points under any pretext has severely impeded the exercise of rights and freedom that Nepal is entitled under the international law as a land-locked country. As a Least Developed country that has emerged from a decade-long armed conflict followed by a protracted political transition and is just taking steps forward on a path of recovery and reconstruction with the support of the international community in the aftermath of the devastating earthquakes, the challenges and pressures besetting the nation and people at present are immensely painful.
पूरा वक्तव्य परराष्ट्र मन्त्रालयको साइटमा पढ्नुस्

यो वक्तव्यसँगै नेपालले भारतको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्ने काम सुरु गरेको मान्न सकिन्छ। भारतको नाम नलिइकनै यसमा भारतले अन्यायपूर्वक अन्तर्राष्ट्रिय कानुन विपरीत सीमा नाकामा अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध गरेको कुरा उठाइएको छ। नेपालले पाएको दुःखको व्याख्या गरिएको छ।

चिली, ब्राजिलदेखि क्यानाडा, अमेरिका, बेलायतसम्मका देशहरुले बैठकमा अलग्गै प्रसंगमा नेपाललाई सुझाव दिए। जब भारतको पालो आयो, भारतीय प्रतिनिधि मण्डल पनि वाकयुद्धका लागि तयार थियो। उसले पनि प्रहार गर्‍यो- संविधान घोषणापछि भएका गैर न्यायिक हत्या, जातीय भेदभाव (ethnic discrimination) को बारेमा कुरा उठाउँदै समस्या समाधान गर्न राजनीतिक अनिच्छासम्मको कुरा भारतले उठायो। ४५ जनाको हत्या भएको, अहिलेको समस्याको समाधान बल प्रयोगबाट नहुने पनि बतायो। बैठकका अध्यक्षले समयभन्दा बढी बोलेको भन्दै बीचैमा नरोकेको भए अझ अरु कुरा पनि उठाउँथे होला।

जवाफ दिने पालोमा कमल थापा चुप बसेनन्। उनले पनि चाडवाडको बेला नेपालीले खाना पकाउने ग्यास नपाएर भौतारिनु परेको, सवारी आवागमन १० प्रतिशतमा झरेको दुःख सुनाउँदै भारतलाई लक्षित गर्दै प्रश्न सोधे, के हामीलाई आफ्नो संविधान आफै घोषणा गर्ने अधिकार छैन?

उनले भारतले संविधान घोषणा भएपछि ४५ जनाको हत्या भएको भनी लगाएको आरोपको खण्डन गर्दै उनीहरु संविधान घोषणा हुनुभन्दा अघि मरेको बताए। मधेस समस्या आन्तरिक समस्या भएको र यसको समाधानको लागि वार्ता भइरहेको र वार्ताले समाधान खोज्ने आशा व्यक्त गर्दै तर आपूर्तिमा अवरोध कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए।

अन्तर्राष्ट्रिय मञ्चमा वाकयुद्ध त सुरु भएको छ। तर यसको अन्त्य कहिले र कसरी हुने हो यो प्रतीक्षाको विषय बनेको छ।

32 thoughts on “जेनेभाको अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र भारतबीच वाकयुद्ध”

  1. Krishna Yadav says:
    November 6, 2015 at 11:30 pm

    यो कमल थापा कुन मोहल्ला को मान्छे हो , हामि सबलाई थाहा छ , यसले अहिले पनि पायो भने ज्ञानेन्द्रे को तलुवा चाट्छ …..कमल थापा जी …धेरै चिल्लौनु पर्दैन … सक्छ भने भारत लाइ विश्वास मा लिने कोशिश गर …यदि होइन भने भारत ले तिम्रो मालिक ज्ञानेन्द्र लाइ जस्तै तिमि लाइ पनि मिट्टी माइ मिलाई दिन्छ

    Reply
  2. Ananta says:
    November 6, 2015 at 9:52 pm

    Kamal Thapa has shown that he is not only Kshatriya by his birth but by his action also. I prefer solution by dialog but if dialog fails then you have to take other way. This is what he has done. He visited India to find solution. But it seemed that our big bro was not willing to listen our problem. We haven’t even recovered from the worst hit earthquake and India showed us a great sympathy(!!!). India did a great mistake by thinking that he was the only powerful country in this region whom we had to depend upon. Well done Mr. Kamal Thapa to show that we have mouth to talk and to show who is wrong and who is right before the world. If there were few more brave people like Kamal Thapa in our country who could open his mouth for his right, our country would have been developed long time ago. India always wanted so that our mouth being shut. But with this, She will understand this is the 21st century every one has right to talk.

    Reply
  3. kiran says:
    November 6, 2015 at 12:53 pm

    आज सम इंडिया Ko लागि युध लड्यौ अब औता युध त इंडिया संग बन्छ हैन. कति सहनी हेपाहा प्रबिधि. अब त नेपाल दोस्रो पाकिस्तान बनु जरुरि छ.यै चल हो ब्बाबू भनी नेपाल पनि सिक्किमपछि ………..दोएस झै नेपाल

    Reply
  4. Sudan khusha says:
    November 6, 2015 at 12:34 am

    ५ , ७ , जना पहाडी नेताको
    ” राजनितीक क्षेत्र र भविस्य शुरक्षीत वनाउन” गरेको
    षडयन्त्रलाइ भारतको “नाकावन्दी”
    देखाउन्दै जनता लाइ उल्लु वनाउन
    थारु र मघेसी विरोघी मखुण्डो वोकेर
    समस्याको समाघान हुने हो र ?
    जन- जाति,थारू र मघेसी आन्दोलनलाइ
    वन्दुक ले दमनगरेको महिनौं पछी मात्र
    अधोषित नाकावन्दी गरी भारतले आफ्नो स्वार्थ पुरा गर्न खोजेको हैन र?

    Reply
  5. Chetan says:
    November 5, 2015 at 8:48 pm

    समस्याको जड अहिले देखि हैन पृथ्वी नरायण शाहको पालो देखिको हो जब नुवाकोट लगायतका राज्यहरु जित्न अंग्रेजसंग गोप्य साठगाठ गरियो र बाहिर भने रस्त्रियताको धाक लगायो, एबम रीतले भीमसेन थापा हुँदै राणाकाल, त्रिभुवानकाल, बि पी काल, महेन्द्र काल, गिरिजा काल, मनमोहन काल, माकुने काल, प्रचण्डकाल देखि शुशिल कोइराला काल सम्मा आइपुग्दा धेरै गोप्य साठगाठ गरिसकियो त्यसैको परिणाम हो आजाको दिन !

    फरक यत्ति हो कि आज आएर निरंकुश शाशनका हिमायती (व्यक्ति) ले रास्त्रियता र लोकतन्त्रको डम्फु बजाउने रोल पाएका छन् अन्तरास्ट्रिय स्तरमा, तर उनीहरु हामि नेपालीहरु जस्तो लाटा चाही छैन हिजोको यथार्थ कुरोहरु बुजेर पनि बिर्सने !

    हेर्न बाकि छ !!!

    Reply
  6. हिक्मत गोंगबा says:
    November 5, 2015 at 7:55 pm

    तल XYZ सरले के भन्न खोज्नु भएको हो बुझ्न सकिन|
    It is more than clear that the Indian delegation had come prepared to preach and thrash Nepal in this international conference. भारतले भूपरिवेष्ठित मुलुकले पाउनपर्ने अन्तराष्ट्रिय कानुन सरासरी उलंघन गरेको छ| नेपालले आफ्नो संबिधान कस्तो बनाउने भन्ने नेपाली जनताको निर्णय हो| नाकाबन्दी घोषित वा अघोषित हुन् यसको पछि कसको पूर्ण रुपमा हात छ त्यो सबै सामु उदाङ्गो छ| भारतीयले नेपाललाई अन्तराष्ट्रिय मन्चमा तथानाम आरोप लाउदा अन्तराष्ट्रियकरण नहुने तर पीडित मुलुकले सोहि जनाउदा अन्तराष्ट्रियकरणको आरोप लाउने कसरि हुनसक्छ|
    मान्छु, यस्ता फोरममा नेपालले आवेगमा आएर र भावनामा बगेर होइन तर
    ग्राउण्ड रियालिटीलाई अंगाली अत्यधिक सावधानी, सैय्यम र मर्यादापुर्बक जोडदार रुपमा आफ्नो तर्क र तथ्यांक राख्न आवश्यक छ| भौगोलिक स्थितिले तोकेका छिमेकी भनेको छिमेकी नै हुन्, हामीले खुशीले रोज्ने र बेखुशीले फाल्ने होइन|
    भारतको अडान, मेडिया व्यवस्थापन र अघोषित चेतावनीले नेपालका जनताले पाउन सम्मको दुख पाइरहेका छन्| नेपालीलाई दुख्दा र दुखाउदा नदुख्ने नेपाली होइनन| नेपाली हुन् भने आपसमा छलफल गरेर निर्णय गर्न सकिन्छ| छिमेकीलाई गुहार माग्न पर्दैन| भोलि अर्का छीमेकीले अर्का थरिको मांगको पक्ष लिएर त्यसै गरे के होला? जसको नेपाली मन छ त्यसले यो कुरा बुझेको हुनपर्छ| जसको छैन, त्यो अर्कै कुरो हो| बस कुरोको चुरो त्यही हो|
    भारतको हठ, चेतावनी र उक्साहटले नेपाललाई यो मुद्दा अन्तराष्ट्रियकारण नगरी सुख छैन| यतिपनि भनौ, नेपालले आवश्यकीय गृह कार्य गर्दै मेडिया व्यवस्थापन सहित आफ्नो कुरो ठिक संग राखे, अन्तराष्ट्रियकरण शुरु भएको भोलिपल्ट देखि मनमा तीनसय धारनी कलुषित तुष बोकेर भए पनि भारतले नाकाबन्दी खोल्न कर लाग्छ| तर त्यो बेला सम्म दुई देश बीच परम्परागत देखि चलि आएको सुमधुर सम्बन्धमा निकै ठुलो ड्यामेज भैसकेको हुनेछ| यस्तो गिराहटको जिम्मेवारी भारतीय जनता हुनेछैन| यसको जिम्मेवारी भारतीय जनता पार्टी हुनेछन| धेरै हदसम्म यसको जिम्मेवारी सुशील र ओली पनि छन् जसले संबिधान पारित हुन् अघि सत्तामा छँदा चाहिदो गृह कार्य गरेनन|

    Reply
    1. XYZ says:
      November 6, 2015 at 3:38 am

      घर भित्र को समस्या घर भित्रने समाधान खोज्नु पर्छ तपाई बाहिर बाहिर खोज्न थाल्नु भयो भने समस्या झन् जटिल हुन्छा नेपालले समस्या अन्तेर्रस्त्रियाकरण गरेर झन् जटिल बनौन खोज्दै छ

      Reply
      1. punya prashad says:
        November 9, 2015 at 8:34 pm

        xyz ,

        “घर भित्र को समस्या घर भित्र नै खोज ..” — कसले सिकायो एस्तो गलत उखान ?
        उखान भनेका सब परिस्तिथि मा पूर्ण मिल्दैन …

        घर भित्र प्वाल पर्यो … आब टाल्न को लागि घर भित्र नै आर्को प्वाल बनाएर माटो निकालेर टाल्ने? कि बाहिर बाट माटो ल्याएर टाल्ने ?
        घर भित्र को एउटा समस्या समाधान गर्दा अर्को समस्या निस्किने स्थिति मा … भित्र नै बसी समाधान खोज्ने … हेरि .. येस्तै भेडो तर्क ले देश deadlock मा फस्छा .

        Reply
  7. Dinesh Shrestha says:
    November 5, 2015 at 2:57 pm

    धन्यवाद, कलम थापा उपप्रधान मन्त्रीज्यू मलाई लाग्छ अहिले सम्मका मन्त्रीहरु मध्ये तपाई एक्लो मन्त्री हुनु हुन्छ जसले देशको पक्षमा तेत्रो ठूलो अन्तर्राष्ट्रिय मन्चमा गएर प्रतिनिधित्व गर्दै निडरताका साथ देशको स्थितीबारे अवगत गराउन सक्नु भयो । तसर्थ मन्त्री तथा प्रधानमन्त्रीहरु सबै पढे लेखेको तथा अन्तर्राष्ट्रिय स्तरमा आफनो कुरा राख्न सक्ने तथा निडर, देश प्रति ईमान्दार हुनु पर्दछ । अब कुरा आयो भारतको मलाई लाग्छ नेपालमा भारतीय राजदुतावासको आवस्यकता छैन यसले सपार्नु भन्दा बढि विगारेको छ । यसले नेपालमा दुई पक्षको हितको लागि काम गर्ने भन्दा बढि पेल्ने र दाउपेच गर्ने थलो भएको छ । त्यसैले यसलार्इं नेपालबाट हटाउंदानै बेस हुन्छ । हामीले पनि हाम्रो देश र आफनो पक्षबाट गर्न सक्ने नाकाबन्दी भारत विरुद्ध गर्ने बेला आएको छ । जसरी हाम्रो देशको रुपैया पैसा बोर्डर नाघ्ने बित्तिकै कागजको खोष्टा सरह हुन्छ त्यसरीनै नेपालमा पनि भारतीय रुपैया चलन चल्तीबाट हटाउनु पर्छ । बैंकबाट मात्र सटही गर्ने स्थिती बनाउनृ पर्छ । भारतीय च्यानलहरु सबै तथा हिन्दी सिनेमा चल्न बन्द गराईनु पर्छ । भारतीय सामानहरुको प्रयोग कम गर्दै आफैमा आत्मनिर्भर हुदै जानु पर्छ । बोर्डरमा तारबार गरी पासपोर्टको व्यवस्था लागु गर्नु पर्छ । आयात गर्नु पर्ने सामानहरुको लागि अन्य तेस्रो मुलुकसंग बाटो खुल्ला राख्नु पर्छ । यी सबै गर्दा हामीलाई केही समय समस्या आउला तर समय अनुुसार सबै ठीक हुदै जान्छ र भविष्यमा यसले हामीलाई हेप्नेबाटो पाउर्दन ।

    Reply
  8. LALIT KUMAR TAMANG says:
    November 5, 2015 at 2:57 pm

    म कमल थापाको समर्थक कहिलेयै भएन तर आज यस्तो कडा अभिव्यक्ति दिएकोमा मेरो ग्राण्ड स्यालुट छ | समग्रमा अहिले हाम्रो राष्ट्रिय स्वाधिनताको कुरो आउछ | हाम्रो आन्तरिक मामिलामा हात हाल्ने भारतलाई कसले दिएको छ अधिकार ? नेपालीहरुले करिब ७० वर्ष पहिले देखि बुनेको सपना अहिले भर्खरै पुरा भएको छ र यसलाई ९० % जनताको पावर ले स्वागत गरि सकेको छ | बाकि अशन्तुष्ट १० % जनताहरुलाई जायज माग हो भने तत्काल सम्बोधन हुनु पर्दछ तर यदि अङ्गिकृत नागरिकता को मुद्दा भारतले प्रस्ताव गरेको छ त्यो नेपाली र नेपालको लागि कदापि मान्य हुने छैन | जारि मधेश आन्दोलन को अधिकांश आन्दोलनकारीहरु बिहारी भएको पुष्टि भएको छ के हो ? बराबर ढुङ्गा बर्साउदै गरेको आन्दोलनकारी गोलि लागेर मर्दा कसरि निर्दोष भइन्छ | जे होस कमल थापाले नेपालमा मात्रै कडा बोल्ने हैन परि आए अन्तर्राष्ट्रिय सामु पनि बोल्ने रहेछ खुशी लाग्यो |

    Reply
  9. Rajan k c says:
    November 5, 2015 at 2:33 pm

    यदि हामी सच्चा नेपाली हौ र हुन चाहन्छौ भने , यो आवस्थामा एक अर्का संग बोल्दा मात्र जयनेपाल होइन.(मुख मा राम राम, मन मा यसलाई कहिले सिध्याम)नेपाल को सर्बभौमा को लागि एकभएर आगाडी बढ्नु को विकल्प छैन . from oslo norway

    Reply
  10. राजन says:
    November 5, 2015 at 1:30 pm

    वाक् युद्ध भन्दा कमल थापाले शक्तीशाली देश हरूलाई आफ्नो मोतो (lobby) मा ल्याउन सक्न पर्यो । अमेरीका बेलायत, जर्मनी जस्ता शक्तीशाली देश संग भारत कट्टुमै आची गर्छ । यस्तै चरीत्रले गर्दा भारत संसारकै सबभन्दा धेरै जनसंख्या भएको देश भइकन पनी राष्ट्रसंघमा विषेशाधिकार (viteo power) छैना, लाजको मर्नु ।

    Reply
  11. prem says:
    November 5, 2015 at 1:17 pm

    Resolve your internal problem instead of beating the bush. What the government is doing will take us to no where.

    Reply
  12. Surya says:
    November 5, 2015 at 12:42 pm

    सानो देश भनेर हेप्नेलाई यसरीनै जवाफ फर्काउनु पर्छ. यो मामलामा सारा नेपाली एकजुट हुनु जरुरि छ. नेपाललाई प्रतिनिधित्व गरेर बाहिर जाने सबैले यो बिषयमा यसरीनै आवाज उठाइदिने हो भने भारतलाई निक्कै दवाब पर्ने छ.

    Reply
  13. जीवन(स्टोन भिल्ला) says:
    November 5, 2015 at 12:15 pm

    खवरदार! भारत परास्तहरु,हो यसरिनै हामि अघि बढ्नु पर्छ।अहिले झुक्यौं भने कदापि उठ्ने छैनौं।
    तलका यि कुराहरु पनि एक पटक सबैले बुझौं त ल!
    बास्तबमा भारत र भारतीयहरु नाटकबाजी गर्नमा
    संसार मै अब्बल ठहरिन्छन, यस्ता एकले सयौ अरुलाई सजिलै ठग्न सक्छ्न ! यहाँ केही मोदी र भारत सरकारको नाटक र झुक्याउने खेल हेरौ
    सहि लागे नलागे केही लेखौ र अरु थपौ!
    १. संविधान सहमतिमा बनाउनुपर्छ बहुमतबाट होइन! तर उसको संबिधान ???????
    २.अंगिकृत नागरिकताधारीलाई बंशज झै ब्यबस्थापन गर्नुपर्छ ! सोनिया गान्धी ????
    ३.भारतीयलाई सजिलै नागरिकता दिनुपर्छ ! खोइ नेपाली ,पाकिस्तानी , बंगलादेशी जो बर्शौ देखि त्यहा बसोबास गरिरहेछ्न रासनकार्ड ???
    ४.मधेसी समुदायलाई समान अधिकार दिनुपर्छ , भेदभाव गर्नुहुदैन !त्यति धेरै कहाँ गरेको छ र सिमांकन बाहेक कहाँ भेदभाव छ संबिधानमा?? जति भारतमै मुसलमान , पटेल, नागा , काश्मिरी, बिहारीहरु माथी छ !यदि कसैले मुसलमानको हित मा बोल्यो भने, असहिष्णुता छ भन्यो भने पाकिस्तानी एजेन्ट भैहाल्छ जस्तै शाहरुख!
    ५.हामीले नाकाबन्दी गरेको होइन मधेसीको अवरोध हो! खोइ त अवरोध नभको काकरभिट्टा बाट तेल आएको??? अनि अरु नाकामा अवरोध हटाउदा पनि खोइ त तेल ग्यास पठाको ,आफ्नो गाडी मात्र लाने अनि बन्द गर्ने???
    ६.मधेस आन्दोलनमा हाम्रो सहयोग छैन यो नेपालको मामला हो! त्यसो भए किन भारत पारीबाट आन्दोलन गर्न देको, ?किन पुलिस चौकी माथी बाट ढुङ्गा हान्न देको ?किन नेपालीको हात काट्दा तेरो पुलिस चुप बसेको? किन बिहारीलाई आन्दोलनमा पठाको, किन मारियो पेट्रोल बम हान्ने बिहारी??
    ७.भारतीय पुलिसले भारततर्फ बाट आन्दोलन गर्नेलाई लखेट्न थाल्यो नि त सोमबार बेलुका देखि, अनि भारतीय ले आन्दोलनकारीलाई कुटपिट गरेर लखेट्न थाले नि त! यस्तो सोमबार बिहानसम्म किन नगरेको २ महिना नाकाबन्दी हुन्जेल सम्म पनि, के जेनेभामा र रास्ट्रसंघमा नाकाबन्दी बिरुद्ध कुरा उठ्ने भो भनेर?? कि अमेरिकाले गाली गर्यो भनेर?? कि भारतको आन्दोलनमा संग्लङगता छैन र मर्ने बिहारी निर्दोष छ भनेर देखाउन ???
    भारतको चाल र नाटकबाट सतर्क हुनु अहिले र भबिस्यका लागि अति जरुरी छ !
    अब भारतसँग झुक्ने होइन लड्नुपर्छ , बन्दुकको लडाइँ होइन हस्तक्षेप र असमान सन्धी,सम्झौता बिरुद्द्को लडाइँ !!!
    copied #

    Reply
  14. raju jha says:
    November 5, 2015 at 11:40 am

    how can few hundred people make so much trouble in the country. The police force should CAPTURE all protesters and do it as long as there are no protesters left…

    Reply
  15. Pralhad says:
    November 5, 2015 at 9:23 am

    सिंगल सिंगल खेल्ने कुट्ने खाले कुटनीति हो भने थापाले जित्छन ल

    Reply
  16. Niraj says:
    November 5, 2015 at 8:16 am

    Here’s a link for the video:
    http://webtv.un.org/watch/nepal-review-23rd-session-of-universal-periodic-review/4596462099001

    Reply
  17. Niraj Roy Tharu says:
    November 5, 2015 at 6:39 am

    इन्डियाको मेडियाको ताल हेर्नुस यो लिंकमा| खालि आफ्नो कुरो मात्र राखेको छ नेपालले के भने भन्ने लेखेकै छैन| भारतीय जनता र बिश्वलाई भ्रमित पार्ने मति छ| दिनहु इन्डियामा यस्तो भयो र उस्तो भयो र बिदेशी घुसपैठले गर्दा भयो भन्दा बिश्वास गर्ने गाह्रो भयो|
    सानो मुलुकलाई दबाएर, नाकाबन्दीको निहुमा बिहारी मधेसीलाई उक्साएर भारतले शान्ति र साम्प्रदायिक सद्भावना भंग गर्ने बाटो लिएको छ|
    http://www.thestatesman.com/news/world/india-concerned-over-nepal-s-lack-of-political-progress/101672.html

    Reply
  18. श्याम says:
    November 5, 2015 at 5:38 am

    धेरै खुसी अनि गद् गद भए परराष्टमन्त्री कमल थापाज्यु को यति साहसिलो कदम बाट, हुनत उनले भारत भ्रमणकै बेलामा पनि केही रुपममै आफ्नो कुरा राख्नु भएको थियो । प्रधानमन्त्री र परराष्टमन्त्री दुबैजना हक्की स्वभावको हुनुहुन्छ अब चाहिँ केही हुन्छ कि !

    Reply
  19. cRIS says:
    November 5, 2015 at 5:31 am

    Nepal should focus on solving its own internal इस्सुएस, collectively rather than staging a victim-play in the world arena! The agitation is over 80 days old (and this is not normal for any country-standard) which only proves that the government/s are not serious about solving its issues OR incapable of doing so. Both not good for Nepal.

    So, this makes me ponder, are we pleading to international communities to intervene and come to the region for our aid? Obnoxious step-forward! Me thinks.

    The current world-play is possibly, 5 UN security council countries, desperately don’t want India to be in the exclusive club and Nepal is being used for scapegoat for this cause. We can not participate in this play! Too risky and there is nothing in it for us!

    My two cents. 🙂

    I urge our current government and the political parties to come to terms and address the Madesh issues wholeheartedly once and for all, rather than beating the bushes. Let us all win and move forward as a nation.

    Reply
  20. XYZ says:
    November 5, 2015 at 5:25 am

    First, Terai-Madhes issue was unilateral, that is, Nepal alone could have solved it.
    Second, with the involvement of India, it has become a bilateral issue, still the problem could have been solved amicably.
    Third, with Thapa kazi attempting to internationalize the issue, we are basically complicating the issue.

    Note: As we move from the first to the third, we loses our freedom to control the problem. Keep note of this.

    Reply
  21. Gaurav says:
    November 5, 2015 at 2:35 am

    अब नेपाली जनतालाई नेपालका नेताहरुले खुलस्त गरिदिन पर्छ कि कतिचोटी मोदीले फोन गरे र के के बिषयमा चाप दिए|
    १. रामबरणलाई फोन गरेर संबिधान पारित हुन् अघि र पछि मोदीले के गर्नू भने र रामबरणले राष्ट्रपतिको हैसियतमा के जवाफ दिएर र आफ्नो बिचार कसरि राखे?
    २. सुशीललाई फोन वार्ता मा मोदीले के भने र सुशीले के जवाफ दिए?
    ३. अरु कस कसलाई भारतीय सत्तामा भएकाहरुले नेपालका नेताहरुलाई फोन गरेर चाप दिएर र प्रलोभन देखाए ती सबै प्रकाशमा आउँन पर्यो|

    आज नभए भोलि वा पर्सि भारतीय नेता वा साउथ ब्लकका नोकरशाहीका नोकरहरुले आफ्ना कथामा लेख्नेछन, त्यो हुन् भन्दा पहिले नै नेपालका नेता हरुले जिम्मेवारी वहन गरेर नेपाली जनतालाई खुलाउन पर्यो|
    यति सम्म हुनेछ कि को को भारतीयको तलब भत्तामा मोज गरेका छन् त्यो सबै खुलस्त हुनेछ|

    Reply
    1. punya prashad says:
      November 6, 2015 at 1:07 am

      गौरव ,

      मोदी ले गर्यो कि गरेन त्यो त थाहा भएन … बरु नेपाल कै ब्वासा जस्ता नेता हरु ले मोदी लाइ फोन गरेर यता को गोप्य राजनीतिक जानकारी गराउदै आका चै होलान

      #१ उत्तर:
      तिम्लाई एस्त कुरा भन्लान यी ब्वासा हरु ले ? रामबरण ले फोन गरेर बरु यता को कुरा चै मोदी लाइ भन्या होला /

      #२ उत्तर:
      अँ अब यो चिसो, घोप्टे , जाली , क्यान्सर पिडित बुडो ले अब येस्ता कुरा भन्ला.. आश गर ..
      भन्ने भए पनि मेडिया मा छाउने गरि आधा बाक्य नेपाली जुम्रा हरु लै भंदिन्छा बुडो ले , जस्तो कि ‘… ठुलै सक्ति ले देश को स्वाधीनता मा सम्झौता गर्न एस्तो प्रस्ताब गर्यो , मैले मानिन ” — अनि भेडा हरु को बथान ले अनेक थरि तर्क बितर्क गर्यो दिन कटायो .. गजब हुन्छा ..

      #३ उत्तर :
      कुन चै नेपाल को नेता ले येस्ता कुरा तिमि जस्तो जुम्रे लाइ भन्लान !? अहिले खड्के होलि र जुन्गवाल पुष्प को के के तालमेल मिलेन भारत संग तेइ भएर बिच्किएको छ सब … फेरी भोलि सब नेता चुप चाप हुन बेर छैन तिमि जस्तो जुम्रे फेरी अनेकथरी तर्क बितर्क गर्ने अनि भारत र नेता लाइ गाली गरि बस्ने छौ /

      अलि अलि त सुन्दा त तिमि येसरी कुर्लिदै छौ … भारत र नेपाल का नेता , कर्मचारी को मिलेमतो को पुरा पाठ सुनेउ भने तिमि मात्र होइन सब नेपाली बेहोस हुन्छन …. कति त नउठ्ने गरि बेहोस होलान 🙂

      Reply
  22. Rajesh Gurung says:
    November 5, 2015 at 1:39 am

    एउटा कुरा बुझेन मैलेइ | यो पेट्रोल क्रिसिस र भारत नगबंदी त तराई आन्दोलन को १ महिना पछि आएको हो | ट्यु १ महिना भित्र सरकार ले किन समाधान गरेन | तराई भारत नजिक हो,पेट्रोल क्रिसिस हुन सक्छ भनेर किन बुझेन | आफ्नो जिम्मेबारी छोडेर, तराई को समाधान अहिलेइ समअ न निकाली, के हेर्दै बसेको | भित्रि मामला सल्तानु परियु नि पहिएइ अनि पो आरु लै दोस दिने | यु त अरु देश को नाम मा आफु जिम्मेबारी मुक्त भा जस्तौ छ | तराई नेपाल कै हो, मुख ले सलताउनु भन्दा, गरेर सलताउनु परियु, अनि बल्ल आरु देश लाई दोष दिदा ठिकै देखिन छ र अंतरास्त्रे सह्युग पनि पयिंचा | अहिले भित्रि न सल्तेइ, दोस दिने काम मात्रै गर्नु भएन तेय्सो हुदा अन्तरास्ट्रिय लेइ सहयूग गर्दैन | संसार ले काम हेर्छ बोलि हैन !

    Reply
  23. Raj Shrestha says:
    November 5, 2015 at 1:20 am

    नेपालको तर्फ बाट साह्रै नै सराहनिय र उचित कदम I अब बल्ल ईन्डिया ले कुनै पनि देश सानो हुँदैमा उसको स्वभिमान सानो हुँदैन भन्ने पाठ सिक्ने छ र रह्यो परिणाम को कुरा, सत्य को हमेशा जीत हुँदै आएको छ I

    Reply
  24. मिलन थापा says:
    November 5, 2015 at 1:15 am

    देशको हितलाई सर्वोपरी ठान्दै अन्तराष्ट्रिय समुदाय समक्ष जुन रुपमा प्रस्तुत हुनुभयो वास्तवमै सर्हानायोग्य छ। पुर्व शासकहरुले झुकाएको शिरलाई तपाईले उठाउने जुन कोशिश गर्नु भएको छ।

    Reply
  25. Jaleshwar says:
    November 5, 2015 at 12:38 am

    पैलेको एमाले भागबन्डाको चिट्ठा परेका परराष्ट्र मन्त्रिले युएनमा भारतको नाकाबन्दी बारे चुइ बोलेनन्, उल्टो उनले भारतले नाकाबन्दी गराएको होइन, मधेसीले हो भने| सुशीलको के कुरा गर्नु? माकुनेको भारतीय राजदुत संग भेटेको फोटो आयो| के भने उनले किन छापामा आएन? छोरीलाई पालो नाघेर प्रभुको कृपाले डाक्टरी पढ्ने सुबिधा दिएकोमा धन्यवाद दिए होलान| यस्तैहरु हुन् हाम्रा मुलुक बिगार्ने!
    भारतले अन्याय गरेको छ| बिहारको चुनाव पछि मोदीले बिहारीलाई वास्ता गर्ने होइनन| झन् मोदीको पार्टी हारे भने थाहा पाउँछ बिहारीहरुले मोदीको वर्ताव |
    विश्वमा नेता हुन् खोज्ने भारतले सानो छिमेकलाई यस्तरी सताउन पर्ने किन हो?
    नेपाली जनतालाई चाडबाडको बेला र स्कुल कलेज र बिरामी, बृद्ध हरुलाई सताउने यो भारतको नाकाबन्दी कस्तो हो? महात्मा गान्धीको देशमा मानवता कैले देखि हराएको हो?
    भारतीय पुर्ब न्यायधीशले भनिसके यो नाकाबन्दी गरेको भारतले हो र उसले चाहे घण्टा भित्रै खोल्न सक्नेछ|
    ती जेनेभामा बोल्ने भारतीयलाई लाज शरम पचेको रहेछ जैले पनि अन्तराष्ट्रिय मन्चमा झुटो बोल्ने बानी परेको पुण्यभूमि भारत्भुमिको डेलिगेसन|
    अन्तराष्ट्रिय नगरी धरै छैन| ग्यास नभएर जंगल फाड्नी शुरु भयो| खोइ अन्तराष्ट्रिय जनचेतकहरु अघि आएका?
    यो लडाईमा हामी जित्छौ, सत्यको पक्षमा छौ, न्यायको पक्षमा छौ|

    Reply
  26. Sunil, London says:
    November 5, 2015 at 12:11 am

    आजकल नेपाली छापामा आएका समाचार हरुको विश्वसनीयता घट्दै गएको छ , एकछिन मा एउटा कुरा एकछिन पछि अर्कै कुरा, थाहा छैन यो समाचार कति सत्य हो !!! यदि यो समाचार सत्य हो भने कमल थापाले जे गरे त्यो एकदमै ठिक गरे , अस्ति इंडिया बाट बेइज्जत भएर फर्केपछि उनलाई पनि अब केहि नगरी हुन्न यी धोतीहरुको सातो खानैपर्छ भन्ने लाग्यो होला !!!! नेपालमा गैर न्यायिक हत्या कस कसको भयो ? मधिसेको मात्र भयो कि प्रहरीहरुको पनि भयो ? हत्याको सुरुवात कता बाट भयो त ? यो सबै धोतिहरुले सिकाउनु पर्दैन !!!! नेपालीको ज्यान गएकोमा धोतिहरुले चिन्ता लिनुपर्ने ठाउँ छैन , जुन देशका जनता ट्रेन बाट मान्छेले गरेको “बान्ता” समेत हातमा थापेर खान बाध्य छन् ,तिनीहरुले अर्काको देशमा यो भएन र त्यो भएन भन्ने ?
    कमल थापा कस्ता मान्छे हुन् मलाई थाहा छैन , किन भने म राजनीतिक विश्लेषक हैन , तर उनले जे कुरा उठाए म त्यसको लागि उनलाई सलाम ठोक्छु !!! प्रकाश मान जस्ता छ्वालीखुट्टे त भएनन् , जसले अमेरिकामा त्यत्रो मौका पाउदा समेत एक शब्द नबोली टाउको निहुराएर भागे !!!!
    भारतले अझै पेल्छ भनेर बोल्न डराएर हुदैन , अब यो भन्दा बढी पेल्ने ठाउँ नै के छ र ?आफ्नो कुरा नेपालका नेता हरुले अन्तराष्ट्रिय स्तर मा जोडदार रुप मा उठाउन सकुन हाम्रो येही शुभकामना छ !!!
    यस पटक नेपाली जनताले पनि निकै साथ दिएका छन् , यत्रो इन्धन र अरु कुराको समस्या हुदा पनि संयमित भएका छन् , एसको मतलब जनता सरकार का साथ छन् भन्न खोजेको हो ( तराई का केहि प्रतिशत जनता बाहेक), भारतका कैयौं बुद्धिजिबी र नेता का साथै बहुसंख्यक जनता हाम्रा साथ मा छन् (केहि बिहारी दलाल बाहेक) तसर्थ यिनीहरु संग झुक्नु हुदैन , यिनीहरु आफै ठेगानमा आउछन !!!!

    Reply
  27. rakesh manandhar says:
    November 5, 2015 at 12:03 am

    -/*सलाम छ थापा ज्यु लै,**-
    अब आएर त तपाईंले प्रजातान्त्रिक भन्ने नेताहरु सब्बैलाई असली रुप देखाउनु भयो.नेता हरुको धोका बाट आर्जित जनता तपैन्को बोलि देखि सारै हर्सित छ.
    ज गणेश
    राकेश लिस्बोन

    Reply
  28. Bindu says:
    November 5, 2015 at 12:03 am

    यो सरकार बने देखि नै ऐले सम्म कुनै पनि सरकारी पधादिकारीले यसरी साहसका
    साथ् भारतीय रबैया अनि उसको अत्याचारको बिरुद्दमा आबाज उठाउन सकेका थिएनन् ,
    उपप्रम तथा परराष्ट्र मन्त्री कमल थापा ज्युले यथार्त कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा
    राखिदिनु भो . यो वहाको देश र जनता प्रतिको ईमान्दारिता हो .
    आशा गरौ अब लाज करले पनि अन्तर्राष्ट्रिय शक्तिले नेपालको पक्ष्यमा क्यै त बोल्ला .
    धन्न चीनले चै घुमाउरो पाराले भए पनि नेपालको पक्ष्यमा बोलेको छ अनि यस्तो
    विपतको बेला सहयोग पनि गरेको छ .

    Reply
  29. Rohini says:
    November 4, 2015 at 11:59 pm

    यो एक्काईसौ सताब्दी हो | हामी चुप लागेर बस्नु हुन्न | भारतको हेपाहा प्रवृति बिरुद्द सबै नेपाली एक हुनु जरुरि छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme