Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वीरगञ्जमा कुन अवस्थामा भारतीय मारिएका थिए? भाइरल भयो यो भिडियो

Posted on November 4, 2015 by Salokya

वीरगञ्जमा मारिएका भारतीय नागरिक कुन अवस्थामा मारिएका थिए भन्ने बारे परस्पर विरोधी भनाईहरु आएका छन्। भारतीय विदेश मन्त्रालयले निर्दोष भारतीय नागरिक भएको दावी गरेको छ भने नेपाल सरकारले प्रदर्शनकारी भएको बताएको छ। हिन्दुस्तान टाइम्सले लेखेको समाचारमा प्रत्यक्षदर्शीको हवाला दिँदै भारत तर्फ फर्किरहेका व्यक्तिलाई समातेर प्वाइन्ट ब्लान्कमा गोली हानिएको आरोप लगाएको छ। घटनास्थलमा रहेका भनिएका कान्तिपुरका पत्रकार भुषण यादवले भने प्रदर्शनकै क्रममा ती व्यक्ति मारिएको बताएका छन्।


इकान्तिपुरमा छापिएको ब्लगमा उनले लेखेका छन्-

प्रदर्शनकारीले शंकाराचार्य गेटमै टायर बालेर प्रदर्शन गर्न थाले । चौकी र शंकराचार्य गेटको बीचमा रहेको माइती नेपालको बीटमुनि बलेको टायर लगेर राखे। गेटबाट नजिकै रहेको चौकीमा ढुंगा प्रहार सुर भयो । पेट्रोल बम र एसिडसमेत प्रहार भएको प्रहरीले बताए । चौकी परिसरभित्रैबाट प्रहरीले सुरमा हवाई फायर गर्‍यो । त्यतिमा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली नै चलायो। गोली चलेपछि प्रदर्शनकारी पुलतर्फ भाग्न थाले। चौकी छेउमै रहका हामी १०/१२ जना पत्रकार अगाडि बढ्न थाल्यौँ। गेटमुनि एकजना ढलिरहेको देख्यौँ। थप पढ्नुस्

03112015072458birgunj-600x0
रातो घेरामा गोली लागी ढलेका भारतीय युवा अाशिष राम। फोटो साभारः इकान्तिपुर

ठीक यही ठाउँको देखिन एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा प्रहरीमाथि ढुङ्गामुढा गर्दैगर्दा एक प्रदर्शनकारी ढलेको देखिएको छ। भिडियोको आधिकारिकता पुष्टि हुन भने बाँकी छ।

भिडियो हेर्नुस्-

9 thoughts on “वीरगञ्जमा कुन अवस्थामा भारतीय मारिएका थिए? भाइरल भयो यो भिडियो”

  1. bikas gorkhali says:
    November 7, 2015 at 7:39 pm

    इंडिया ले नेपाल लाइ कति सम्म हेपेको छ तेस्को कुनै सिमा छैन; चीन को अघाडि इण्डिया चुइक्क बोल्न सक्तैन, पाकिस्तान ले महिना मा एक पटक इण्डिया भित्रै पसेर बम हान्छा, कति मान्छे लाइ मार्छ, एक शब्द बोल्न सक्दैन जब कि पाकिस्तान इण्डिया भन्दा धेरै सानो देश हो, इण्डियन हरु पाकिस्तान को बोर्डर मा झुक्किएर पुगे भने पनि बन्दि बनाएर मारिदिन्छा, काश्मिर का कट्टरपन्थी हरु खुल्ला मंच बाटै जिहाद छेडिरहेका छन्, मुसलमान हरु को अघि घुडा टेकेर पैताला समेत चाट्छ, तर हामि सिधा साधा गोर्खाली हरु लाइ चाहि उसैको नोकर जस्तो व्यवहार गर्छ; यो इण्डिया लाइ काल आएको हो

    Reply
  2. radhakrishna says:
    November 6, 2015 at 1:00 pm

    PROTESTERS are protesting by throwing stones,,,if required the police should fire, no doubt.but firing should be below naval not in head,,this is brutal,,,be neutral,,,firing is done directly in head,,,that not ethics and moral deed.

    Reply
  3. Samrat says:
    November 5, 2015 at 11:09 pm

    Where is this Indian agent Sunita shah? How much money this Madhise leader director took from other side to spread the false news against the state….She is enemy of the state. We need to find her ASAP. Red corner notice on her !!

    Reply
  4. सिर्जने says:
    November 4, 2015 at 11:41 pm

    It looks like Indians are being paid by local leaders to agitate the situation in Nepal. Why Indian police allows groups of people to gather in no-mans-land (between the two countries to) using Indian land? It looks from the video that Nepal police has stopped people from Nepal side to go to no-mans-land.

    Reply
  5. sam says:
    November 4, 2015 at 9:18 pm

    From The Hindustan Times: Sunita Sah, a Madhesi district leader, who was at the border, told HT on the phone from Birgunj, “It was about 1.30 in the afternoon.

    We were protesting against Nepal police for its brutality when they resorted to force. I saw a young man, handsome looking, in a black vest, using an alternative route through the adjacent village return from Birgunj towards Raxaul. The police caught him.” Sah said they begged the police from a distance not to harm him – but the police shot him point-blank.

    यो Sunita Sah भन्ने को रहेछ False news दिने. एस्लाई नेपाल पुलिस ले कारबाही गर्नु पर्छ. झूटऒ रिपोर्ट दि नेपाल को मान गिराउने कथित मदेशी नेता मुर्दाबाद.

    अंगिकृत नागरिता सबई खारेज गर. नागरिता हैन वोर्क परमिट र right to live ID मात्र जारी गर्नु पर्छ सरकार ले. १० वर्ष बस्यो भन्दै मा नागरिता किन दिने ?

    Reply
  6. alex says:
    November 4, 2015 at 7:46 pm

    Surely he was not there for vacation . He was trying to kill the cops or at least hurt them with the stones/bombs etc . So every action has equal and opposite reaction. If you guys are not happy in Nepal . Please leave Nepal we dont want you in Nepal . How about you start to live in Bihar .

    Peace

    Reply
  7. dor prasad says:
    November 4, 2015 at 7:11 pm

    मोदी ले विवरण पनि माग्ने, छानबिन बिना नै निर्दोस भन्ने हो भने भारतीय ले नेपाल मा आएर जे गरे पनि हुन्छ भनेको ? मोदी कुन स्तरको रहेछ देखियो !

    Reply
  8. eklavya says:
    November 4, 2015 at 6:24 pm

    धोतीको मिडिया यति नपुंसक छ अहिले यो मान्छे मरेको बारेमा एक शब्द लेख्न खोज्दैन खाली फलानाले एस्तो भन्यो र उस्तो भन्यो अघिपछि दुनिया कहानी रचेर देखाउन खोज्छ ..अहिले मुखमा बुझो लागेको छ तिनीहरुको ..

    Reply
  9. Lalmohan says:
    November 4, 2015 at 2:40 pm

    That is very sad news….but why indian citizen come in Nepal to help them, who are blocking our border ??????

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme