Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

३६ जनाको ज्यान जाने राम्चे दुर्घटना, माओवादीमा बाबुराम पक्ष नयाँ शक्ति खोज्दै : कात्तिक १७ का प्रमुख घटना

Posted on November 4, 2015November 4, 2015 by Salokya

२०७२ कात्तिक १७ गते, म‍ंगलबार
1446561208380_GN-Rasuwa-Bus_Accdent-death_Body-3
आजको सबैभन्दा ठूलो खबर रह्यो- रसुवाको राम्चेमा भएको बस दुर्घटना। दिउँसो १ बजेतिर भएको यो दुर्घटनाका मृतकहरुको स‍ंख्या बढ्दाबढ्दै रातिसम्म ३६ पुग्यो। सुन्दै कहालिलाग्दो दुर्घटना थियो यो- काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको ना ३ ख ५७०६ नंको बसमा खचाखच मान्छे थिए। नाकाबन्दीका कारण त्यसै पनि अहिले सहरकै बसमा त मान्छेहरु छतमा समेत कोचाकोच गरी बसेका हुन्छन्। अब त्यो ठाउँ त्यस्तै छ। पहिरोले बाटो बिग्रिएको छ। वर्षौँदेखि त्यस्तै छ बाटो। राम्चे गाविस–३ ग्राङमा पुग्दा बढी लोडका कारण चिप्लिएर सडकबाट करिब ५०० मिटर तल खस्न पुग्यो।

छतमा रहेका केही यात्रु उफ्रिएर बाँचे। बस त क्षतविक्षत। त्यत्रो ५०० मिटर तल खस्दा के हालत भयो होला। त्यसैले मर्नेहरुमध्ये राति अबेरसम्म तीन वर्षीय एक बालकको मात्र सनाखत भएको थियो।

घटनास्थलमा २९ यात्रुको मृत्यु भएको थियो भनो दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भयो।

बसमा यात्रा गरे पनि बाँचेका एक यात्रुका अनुसार बस खस्नुअघि पड्किएको आवाज आएको थियो। पहिरो गएको ठाउँमा टायर पड्किएपछि सन्तुलत गुमाएर बस खसेको अनुमान छ।

हेर्नुस् दुर्घटनाका केही दृश्य

यति धेरैको ज्यान जाने गरी दुर्घटना हुँदा पनि अचम्मै छ, एउटा छानबिन आयोगसम्म बन्दैन। सरकारी विज्ञप्ति पनि झारा टार्ने हिसाबको आउँछ।

नयाँ शक्ति खोज्दै बाबुरामपक्षका नेता
एमाओवादीबाट बाबुराम भट्टराई मात्र अलग भएका थिए अहिलेसम्म। आज भने ४५ जना नेताहरुको हस्ताक्षरसहितको पत्र बुझाउँदै भट्टराई पक्षका नेताहरुले नयाँ शक्ति निर्माणको अभियानमा लागेको जानकारी गराएका छन्। कुरा पनि बाउँठिएको बाउँठिएको गर्ने रैछन्। एक जना नेता देवेन्द्र पौडेलले भनेछन्- हामीले पार्टी छाडेका छैनौं, नयाँ शक्‍ति निर्माणको अभियानमा लागेका छौं भन्ने जानकारी गराएको मात्र हो। हामी नयाँ शक्ति निर्माणको अभियानमा लागेकाले पार्टीको अनुशासनमा बस्दैनौं, हामीले पार्टी छोडेको भनेका छैन तर अब पार्टीले के गर्छ उसकै कुरा हो।

भारतको आपत्ति
हिजो भारतीय नागरिक मारिएको बारे विज्ञप्ति निकाल्ने भारतले आज पनि नेपालबारे वक्तव्य निकाल्यो। आज भने एमालेबाट मन्त्री भएका सत्यनारायण मण्डलले भारतले वर्दी बिनाका सैनिक नेपाल पठाउन लागिरहेको छ भनी गरेको भाषणको खण्डन गरेको थियो भारतीय दूतावासले। यस्तो थियो विज्ञप्ति-

EMBASSY OF INDIA, KATHMANDU
PRESS RELEASE
November 3, 2015
The attention of the Embassy has been drawn to certain comments about India by Mr. Satya Narayan Mandal, Minister without portfolio in Government of Nepal, at a press conference in Biratnagar on 2 November 2015.
The comments are provocative, baseless and ill-intentioned. Coming from a responsible person holding the post of Minister in Government of Nepal, the comments are even more disconcerting and have the potential to adversely affect the cordial relations between India and Nepal.
The Embassy strongly condemns these comments, and urges all responsible persons to refrain from doing or saying anything that may negatively impact on the age-old ties between India and Nepal.
India seeks peace, stability and prosperity for people of Nepal. India has consistently supported the government and people of Nepal in their efforts to attain these objectives, and shall continue to do so.

उता अमेरिकी विदेश मन्त्रालयले भने नेपालको आन्तरिक मामिलामा टिप्पणी नगर्ने भन्दै शान्तिपूर्ण रुपमा प्रजातान्त्रिक अधिकार उपभोग गर्न र प्रहरीलाई स‌ंयम अपनाउन र नेपाली नेतालाई संविधानमा सकेसम्म वृहत् समर्थन जुटाउन आग्रह गर्‍यो।

रक्सौल नाकामा भारतीय व्यवहार
प्रदर्शनका क्रममा हिजो रक्सौल बस्ने एक भारतीय नागरिक मारिएपछि भारतीय नागरिकहरुले केही नेतालाई कुटपिट तथा दुर्व्यवहार गरेपछि मोर्चाका नेताहरु मंगलबार साँझदेखि मितेरी पुलको धर्नास्थल छाडेर हिँडे। तर धर्नास्थलमा मोर्चाका जिल्लास्तरका नेता कार्यकर्ता भने कायमै छन्। मोर्चाका नेता कार्यकर्ताका लागि भारतीय व्यपारीले रक्सौलमा सन्चालन गरेको सामूहिक मेस सोमबार बिहानदेखि बन्द भएको खबर पनि आयो।

मन्त्रिपरिषद् विस्तार हुन सकेन
आइतबारदेखि नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि म‍‌ंगलबारसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन। लास्टमा एमाले स्थायी समितिको रातिसम्म बसेको बैठकले योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई मन्त्री छान्ने निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दियो।

काँग्रेसमा तेस्रो गुट
कोइराला र देउवाको मात्र प्रष्ट देखिने गुट रहेको का‍ंग्रेसमा मधेस गुटसमेत देखा परेको खबर आएको छ। केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, केन्द्रीय सदस्य समेत रहेका पूर्व महामन्त्री विमलेन्द्र निधि र संस्थापन र देउवा पक्षमा रहेका अधिकांस मधेसी नेताहरु, पहिले मधेस राजनीतिका विषयमा एकदमै भिन्न विचार रहेका केन्द्रीय सदस्य अनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, अजय चौरासीया लगायत समेत अहिले विमलेन्द्र निधिसँगै निकट देखिएका छन्।

3 thoughts on “३६ जनाको ज्यान जाने राम्चे दुर्घटना, माओवादीमा बाबुराम पक्ष नयाँ शक्ति खोज्दै : कात्तिक १७ का प्रमुख घटना”

  1. Michael says:
    November 5, 2015 at 10:57 pm

    के को नया सक्ति खोज्दै बाबुराम ?नया मौका खोज्दै भन न |
    फेरी नेपालि लाइ बेकुफ बनाउन मौका खोज्दै | पहिले हिन्दि फिल्म , फेसन सो को बोरोध गर्ने , आस्ति धोति फेरेर ,हिन्दि मा रुँदै बिहारी कुकुर राजेन्द्र महतो सग संगै भुक्न गएको थ्यो | लात हानेर जनक पुर् बाट भगाए पछि काठमान्डू आएर भारतीय नाका बन्दि को बिरोध भन्छ यो बाहुन |

    Reply
  2. XYZ says:
    November 4, 2015 at 9:15 am

    Why not blame Mr Modi for this terrible accident? We can give reasons like this:
    1. Due to shortage of fuel, there is gross relaxation of traffic rules in Nepal, passengers are now freely allowed to travel sitting even at the roof tops of the buses.
    2. Over congestion by the passengers have led to this bus accident.
    Modi be aware, you can never win the verbal war with our ukhan tukke neta.

    Reply
  3. Sunil. London says:
    November 4, 2015 at 2:22 am

    के त्यो मोदीले बोलाउना साथ दौड्दै प्रभु भन्दै जानु पर्छ र , अस्ति कमल थापा लाई बेइज्जत गरेर पठाएको बिर्सिसकेउ ? भारतीय हरुले झुठो बोल्न मा रेकर्ड कायम गरेका छन् भनेर बच्चा बच्चा लाई थाहा छ ! हिजो मात्र कत्रो झुठो बोलेर बिरगंज नाका बाट आफ्नो सयौ ट्रक सिमा पार गरायो , आफ्नो ट्रक सिमा पार हुन साथ फेरी नाका बन्द , नेपाली हरु अब उता बाट पनि गाडी आउछ भन्ने आशामा थिए तर “हिस्स बुढी हरियो दात” बनाइदियो !!!
    ओलीले दिल्ली गएर नाकाबन्दी खोल्नु पर्यो भन्छन, अनि उनीहरु नाकाबन्दी छैन तपाई को देशमा समस्या छ तेस्लाई पहिला निराकरण गर्नुस नाका आफै खुल्छ भनिदिन्छन!!! यथार्थ येही हो भन्ने थाहा हुदाहुदै भारत भ्रमण गरेर समय र पैसा किन खेर फाल्ने ? ओली असल , खराब जे भए पनि हाल नेपालको प्रधानमन्त्री हुन् , उनको बेइज्जत हुनु भनेको सम्पूर्ण नेपाल र नेपालीको बेइज्जत हुनु हो !!!!
    ओली जी ले एउटा काम गरे हुन्छ ,मोदी लाई खबर पठाउनुस मेरो भारत भ्रमण तब मात्र हुन्छ जब नेपालमा इन्धन को समस्या समाधान हुन्छ , त्यो नभए सम्म मा भारत भ्रमण गर्नेवाला छैन !!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme