Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामकुमारी झाँक्री भन्छिन्- बाबुरामको नाममा नयाँ शक्ति जन्मनु नयाँ बोतलमा पुरानै रक्सी हाल्नु जस्तै

Posted on November 3, 2015November 3, 2015 by Salokya

jhankri बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ मा एमाले नेतृ रामकुमारी झाँक्री पनि जाने भन्ने खबर सोसल मिडियामा खुबै भाइरल भएको तपाईँले पनि देख्नुभयो होला। आजभोलि सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य हुँदैनन्। झाँक्रीको विषय पनि यस्तै भयो। मंगलबार राति फेसबुकमा लामो स्टायटस लेख्दै उनले यसको खण्डन गरेकी छिन्। पढौँ उनको भनाई जस्ताको तस्तै –

प्रिय साथीहरू !
तपाईहरू आज सामाजिक संजालमा मेरो बारेमा “भाइरल” भएको समाचारले दुखित हुनु भएको पाएँ। मेरो मोबाइल, फेसबुक र ट्वीटरको इनबक्समा करिब ५ सय बढी मेसेज र करिब २ सयभन्दा बढी फोन कल आयो। आज दिन भरी ब्यस्तताको बाबजुत पनि कतिसंग फोनमा नै प्रतिक्रिया दिएँ। तर प्रतिक्रिया लेख्न भने सकिनँ। मलाई यो भ्रम छैन ” डा. बाबुराम भट्टराई कुनै नयाँ ब्यक्ति हुन भनेर।

उनी यो मुलुकको कार्यकारी प्रमुखको रूपमा समेत परिक्षण ( Tested) भइसकेका छन्। नेपाली समाजमा उनको नाममा नयाँ शक्ति जन्मनु भनेको “नयाँ बोतलमा पुरानै रक्सी हाल्नु जस्तै हो।”

नयाँ शक्ति/पार्टी म जाने भन्ने कुरा कहाँबाट आयो हँ ? उनले नयाँ पार्टी नै घोषणा गरे भनेर प्रचार गरिएको छ। नयाँ पार्टी/शक्ति र त्यसको नेता त होइन डा. भट्टराई नेपाली राजनितीमा खिलराज रेग्मीको जस्तो दिनको प्रतिक्षामा भने पक्कै छन। नेपालमा भाँडभैलो मच्चाउने/गराउने र यो सरकार असफल भएपछि अर्को साझा ब्यक्ति पार्टीहरूबाट हुन सक्दैन र भारतीय कार्डमा फेरि प्रधानमन्त्री बन्ने दाउमा छन्। यस्तो बुझ्न कठिन छैन।

यस्तो बेला कतिपयको लागि नयाँ प्रोजेक्ट पनि हुनसक्छ । जसरी हिजो १० वर्ष हिंसा एउटा राम्रो बहुपक्षिय (Project) परियोजना थियो । यसका लागि कतिपय बुद्दिजीवीले उनको लोलीमा बोली मिलाएको पनि देखियो । कतिपयले त नेपालको संबिधानले रंग भेद गरेको छ भने । कतिपयले यो संबिधानले श्रीलंकाको जस्तो सिंधली राष्ट्रवादलाई अगालेको र लिबरेशनको लागि तमिलको जस्तो बिद्रोह गर्नुपर्छ भने । पद्म रत्न तुलाधरले त २०४७ सालको संबिधान जारि हुदा यसलाई बन्दुकले फेर्छ भनेको थिएँ फेर्यो । यो संबिधान भाषा बिरोधि छ यसलाई पनि त्यसै गरि फेर्नुपर्छ भने । दमननाथ ढुंगानाले त यो अभिसन्धिको अनुबन्धित देश हो स्वतन्त्र देशले जस्तै निर्णय गर्न सक्दैन भने। संबिधान बनाउदा (भारतलाई) सोध्नुपर्थ्यो भने ।

खगेन्द्र संग्रौलाले भारतले नाकाबन्दी गरेको होईन मधेसी जनता आन्दोलित भएर नाका बन्द भएको भने । सिके लालले यो संबिधान पहाडिय सत्ताको संरक्षणमा बनेको छ बिभेदकारी छ भने । यस्तो अतिरंजनापूर्ण भेला थियो त्यो । बरू त्यहाँ के के भएको थियो भनेर त्यसको समाचार बन्न सक्थ्यो ।

हामीहरू परराष्ट्रविद भेषबहादुर थापा, पूर्व मूख्य सचिव लिलामणि पौडेल, पूर्व अर्थ सचिव रामेश्वर खनाल डा. सुरेश शर्मा (Ex VC KU), जर्नेल सिबी गुरूड, प्रा. कृष्ण खनाल, पूर्व राजदूत डा. शंकर सर्मा, सभासद दिलनाथ गिरी, उधोगी कुश कुमार जोसी र मैले उल्टै उनलाई केही गम्भीर प्रश्नहरूसाथ आफ्नो आफ्नो विचारहरू राखेका थियौँ।

प्रिय अनलाइन पत्रकार साथिहरू!
म पनि आम संचार र पत्रकारिताको बिधार्थीका नाताले यो भन्छु कि तपाईहरूलाई थाहा छ एबीसी भनेको के हो ?
A- Accuracy
B- Balance &
C- Credibility

यी कुरा बिना तपाईको कुनै पनि समाचार समाचार बन्दैन । तपाईले यी कुरा ख्याल नगरी बनाएको समाचार समाचार नै होइन, यो त तपाईको बिचार हुन सक्छ । तपाईले कुनै मिसनको लागि सायद यो लेख्दै हुनुहुन्छ । तपाईको उद्देश्य मैले यसै गरू भन्ने पनि होला । भनिन्छ नि “झिंगाको सरापले डिंगा मर्दैन।”

म नेकपा एमालेको एउटा ज़िम्मेवार कार्यकर्ता हुँ । मेरा असहमतिहरू मैले मेरो पार्टी भित्रै राम्रोसंग राख्न सक्छु । आजको दिनसम्म यो पार्टीले जुन सिद्धान्त: जनताको बहुदलीय जनबाद (जबज) अवलम्बन गरेको छ यसको बिकल्प पनि छैन । शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको प्रगतिशील/ क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त हो जबज । म यो सिद्धान्त र विचार प्रति पूर्ण प्रतिबद्ध छु । तपाईहरूको फोन र मेसेजको रेस्पोन्स यहि स्टाटसबाट गरे। ‪गलत‬ अफवाहको पछि नलाग्नुहोला ।

7 thoughts on “रामकुमारी झाँक्री भन्छिन्- बाबुरामको नाममा नयाँ शक्ति जन्मनु नयाँ बोतलमा पुरानै रक्सी हाल्नु जस्तै”

  1. Saurav Sharma says:
    November 5, 2015 at 11:17 am

    बाबुरामले यो काम चै एकदम राम्रो गरे है ! सर्बसाधारण नेपालीलाई अब बल्ल खुलस्त हुन थाल्यो भारतीय पारिश्रमिकमा बाचेका बिकाउ मालहरु को को हुन् भनेर चिन्न 🙂 येस्ता देसलाई नै घात गर्नेहरु एक ठाउमा जम्मा भय त सकिगो नि ! हामीलाई उनिहरुसंग बेबहार गर्न पनि सजिलो ! जे हुदै छ, राम्रो हुदै छ ! देसलाइ अगाडी बढ्न नदिने दुषित आवरणहरु बिस्तारै उक्किदै छन् ! यो सुभ संकेत हो ! कमल थापा कुनै दिन मोदीको आशिर्बाद को लागि लालाईत हुन्थे आज जेनेभामा नेपालको लागि उनै मोदीलाई औला तेर्साउन खोज्दैछन, यो भन्दा ठुलो कायापलट अरु के हुन सक्छ ?
    आदित्यले अमेरिका जानु अगाडी गरेको भविस्यवाढी त साचै पो पुरा हुन्छ कि जस्तो भो त 🙂

    Reply
  2. sanu nepali says:
    November 4, 2015 at 1:26 pm

    बोतल त फरक फरक हुन सक्छ तर रक्सि जति पुरानो भयो उति असल हुन्छ .

    Reply
  3. bebasthulung says:
    November 4, 2015 at 12:37 pm

    रामकुमारी झाकृको कुरा सहि हो , तर बुझेर पनि नबुझ्ने मान्छे बकुलो जस्तै हो ।

    Reply
  4. Santosh Lamichhane says:
    November 4, 2015 at 2:55 am

    तर्कहरू चाहिं त्यति वजनदार लागेन …

    Reply
  5. samip tripathee says:
    November 4, 2015 at 12:13 am

    रामकुमारी ले जबज लाई छाड्नु र।कराई मा सिटि लाग्नु।यउटै हो ।रामकुमारी एमालेको यउटा सच्चा सिपाई हो

    Reply
  6. Michael says:
    November 3, 2015 at 11:27 pm

    अब झाक्री नानि ले मन्त्रि पड्काउने जस्तो अबस्था |

    Reply
    1. XYZ says:
      November 4, 2015 at 5:50 am

      येहा चाही मोहोदय ओली को चम्चा देखियो, I entirely respect her comment that Babu Ram is nothing more than “an old wine in new bottle”. He is simply looking for a new ladder to climb up a bit higher than his competitors. How can a person who likes hobnobbing with guys like Anil Shah – a man born with sliver spoon in his mouth – can release new force in the country?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme