Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कात्तिक १६ मा वीरगञ्जले बितायो : भारतीयको मृत्यु, मोदीको ओलीलाई फोन, नेपालको कडा विज्ञप्ति

Posted on November 3, 2015November 3, 2015 by Salokya

२०७२ कात्तिक १६, सोमबार
nepal-protest_07bc0bd8-814f-11e5-b16a-72c3890db210
आजको दिन बिहान सबेरैदेखि राति अबेरसम्म वीरगञ्जको घटना नै प्रमुख रह्यो। बिहान सूर्य नउदाउँदै खै कुन्नि किन हो नेपाल प्रहरी जुर्मुरायो र वीरगञ्ज-रक्सौल नाकामा बसेका प्रदर्शनकारीहरुलाई बल प्रयोग गरी हटायो। हटाउने क्रममा केहीलाई पक्राउ पनि गरियो। पक्राउ परेका पाँच मध्ये दुई भारतीय नागरिक थिए। भारततिर चुनाव थियो। त्यसैले बोर्डर सिल थियो। उतापट्टी मान्छे कम थिए। यही मौका छोपेर बिहान चारै बजे प्रहरीले कारबाही गरी ४० दिनपछि नाका खुलायो। कयौँ सातादेखि अड्किएका भारतीय ट्रकहरु धमाधम पारी भारततिर लागे। तर उतातिर रहेको गाडी नेपाल भित्रन भने पाएन।

नेपालतिर अडकिएका सबै भारतीय गाडी भारततिर गइसकेपछि भारतीय बाटो भई प्रदर्शनकारी दसगजामा भेला भए र नेपाली प्रहरीलाई ढुङ्गा हान्न थाले। नेपाली प्रहरी पछि हट्यो र पुनः नाका बन्द भयो। नाका खोल्ने काम भारतीय गाडीलाई उता पठाउनका लागि मात्रै भए जस्तै भयो।

तर यहीँबाट सुरु भयो खराब दिन। प्रहरी हस्तक्षेपको विरोधमा मस्जिद र मन्दिरबाट समेत माइकिङ गरी प्रदर्शनमा उत्रन आह्वान गरियो। मान्छेहरु आए। प्रदर्शन गरे। प्रदर्शन चर्कँदै गयो। तोडफोड, आगजनी, पेट्रोल बम प्रहार। इनर्वा प्रहरी चौकीमा नै आक्रमण भएपछि प्रहरीले पनि अश्रुग्यास चलायो। गोलीसमेत चल्यो। गोली लाग्दा एक प्रदर्शनकारी मारिए। मारिने व्यक्ति भारतीय नागरिक पो रहेछन्।

यसले स्थिति झन् खराब बनाउने देखियो। प्रशासनले ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगायो तर त्यसले स्थिति सुधारिएन।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै निर्दोष भारतीय नागरिक मारिएको दावी गर्‍यो। यस्तो थियो वक्तव्य-

We are deeply concerned at reports coming in of firing today in Birgunj. An innocent Indian was also killed in the firing.
Issues facing Nepal are political in nature and cannot be resolved by force. Causes underlying the present state of confrontation need to addressed by the Government of Nepal credibly and effectively.
Indian freight forwarders and transporters have voiced their worries again today about the deteriorating situation across the border. We are advising them to exercise caution and not put themselves in danger.
We are monitoring the situation carefully.

यो वक्तव्यमा तीन कुरा महत्त्वपूर्ण छ- एउटा नेपाल प्रहरीलाई सीधै आरोप लगाइएको छ तिमीहरुले निर्दोष भारतीयलाई मार्‌‍यौ भनेर An innocent Indian was also killed in the firing.

दोस्रो बल प्रयोगबाट यो समस्या समाधान हुँदैन भनेर- Issues facing Nepal are political in nature and cannot be resolved by force.

तेस्रो झन् डरलाग्दो छ। Indian freight forwarders and transporters have voiced their worries again today about the deteriorating situation across the border. We are advising them to exercise caution and not put themselves in danger. अर्थात् भारतले मालवाहक गाडी व्यवसायी र चालकलाई खतरामा नपर्न सुझाएको छ। अर्थात् नाकाबन्दी अझै कडा हुने स‍ंकेत छ त्यसमा। बाँकेको रुपैडिया र बेलहिया नाकाबाट ११ बजेपछि कुनै पनि गाडी आउन नदिएकोले पनि त्यो स‍ंकेतलाई अझ प्रष्ट पार्छ।

गृह मन्त्रालयले यसो भन्यो
7666_1e6c911c74a4d13f3dcc5b498bf93cad_1446426288_b-page-001

मधेसी मोर्चा भडकियो
वीरगञ्ज नाका खोलेपछि मधेसी मोर्चा आक्रोशित, भन्यो- ‘वार्ताको अौचित्य समाप्त हुने अवस्था आयो’
12144680_524904661012897_6259865429202060190_n

भारतीय मिडिया आगोमा घ्यु थप्दै
हिन्दुस्तान टाइम्सले लेखेको समाचारमा मारिएका भारतीय नागरिक निर्दोष भएको दावी गर्दै प्रत्यक्षदर्शीको हवाला दिँदै भारत तर्फ फर्किरहेका व्यक्तिलाई समातेर प्वाइन्ट ब्लान्कमा गोली हानिएको आरोप लगायो।

अनि जी न्युज यस्तो भाषा प्रयोग गर्छ–
zee

प्रधानमन्त्री ओलीलाई मोदीको फोन
भारतीय नागरिक मारिएकोमा भर्त्सना गर्दै घटनाबारे विवरण माग्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई फोन गरी २५ मिनेट कुरा गरे। यसबारे उनले यस्तो ट्विट गरे-

PM has expressed shock & condemned the unfortunate killing of a youngster from Bihar due to police firing in Nepal.

— PMO India (@PMOIndia) November 2, 2015

PM spoke to Nepal PM Shri KP Oli. He expressed concern on the incident & requested for details.

— PMO India (@PMOIndia) November 2, 2015

भेटबारे नेपाली पक्षको विज्ञप्ति चाहिँ यस्तो थियो-

प्रेस नोट
सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीबीच आज बेलुका टेलिफोनमा सौहार्दपूर्ण वार्ता भएको छ ।
करिब २५ मिनेट लामो टेलिफोन वार्तामा उहाँहरुबीच दुई देशको सम्बन्धलाई अझै सुदृढ र विकसित बनाउने बारेमा छलफल भयो । उहाँहरुबीच दुई देशबीच अहिले देखिएका कतिपय समस्याहरुका बारेमा पनि छलफल भयो र समस्याहरुको आपसी समझदारीबाट हल गर्न सकिने विषयमा पनि कुरा केन्द्रित रहयो ।
सम्माननीय प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । यसै क्रममा आज बिरगंज नाकामा अवरोध हटउन नदिने प्रयास स्वरुप भएको विरोध प्रदर्शन उग्र र हिंसात्मक हँुदै प्रहरीमाथि आक्रमण हुदाँ प्रहरीबाट शान्ति स्थापनाका लागि बाध्यतापूर्वक बल प्रयोग हुदा एक जना व्यक्तिलाई गोली लागि मृत्यु भएको र निज व्यक्ति भारतीय भएको जानकारी भएकोले प्रम ओलीले त्यस घटनाका बारेमा दुख व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री श्री ओलीले नेपालमा अहिले देखिएको असहज आपूर्ति व्यबस्थाका सम्बन्धमा भारतका प्रधानमन्त्री श्री मोदीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा भारतका महामहिम प्रधानमन्त्री मोदीले नेपालको पीडासँग आफु जानकार रहेको र नेपालीको पिडा भारतको पनि पीडा भएको बताउदै नेपाललाई पीडा दिने आफनो कुनै मनसाय नरहेको र ग्यास पेट्रोलियम पदार्थ आपूर्तिमा भारतबााट कुनै समस्या नहुने र आप्mनो तर्फबाट समस्या समाधानमा पूरा साथ हुने कुरा बताउदै यसमा आफु र भारत सरकार गमभीर भएको र छिटै समस्या समाधान हुने करामा आफु पूर्ण विश्वस्त रहेको धारणा प्रधानमन्त्री ओलीसँग राख्नु भयो । नेपालले हाल व्योहोरिरहेको समस्याप्रति आफु र भारत सरकार गम्भीर भएको र कुनै समस्या छन् भने चाडै नै समाधान हुनेमा प्रधानमन्त्री मोदीले जोड दिनुभयो ।

प्रमोद दाहाल
प्रेस सल्लाहकार
२०७२ कार्तिक १६

परराष्ट्रको कडा विज्ञप्ति
राति नै परराष्ट्र मन्त्रालयको कडा विज्ञप्ति आयो जसमा भनिएको थियो- नाका बन्द गरेर प्रदर्शन गर्नेहरु भारतीय पनि थिए। पाँच जना पक्रिएकामा दुई जना भारतीय हुन्। नाका खुला गरिसक्दा पनि भारतीय भूमिबाट आएका भीडले ढु‍गामुढा र पेट्रोल बम प्रहार गरे। यस्तो छ वक्तव्य
11219425_888929451215279_2666126765616467179_n

The Response of the Spokesperson of the Ministry of Foreign Affairs on the Queries Regarding the Situation in Birgunj Today

Nepal police had successfully cleared the obstruction made by agitators at the Birgunj-Raxaul border check point between the two countries this morning. Out of five persons arrested during the course of clearing the obstruction, two were Indian nationals.

After the clearance of obstruction, all Indian trucks that were stranded inside the Nepalese territory for the last several weeks exited from Nepal and entered India by 10.30 AM today. However, a mob entered the bridge thereafter at the no-man’s land between Nepal and India from the Indian territory. While the Nepalese security personnel decided to back-off taking into account the sensitivity of international border, the mob increasingly became agitated, resorted to violence and started pelting stones at Nepalese security personnel. Seventeen Nepalese security personnel sustained injuries due to this violence. Then the mob started hurling petrol bomb and attacking a local police station in Birgunj. Nepal police warned the mob, fired tear gas and exercised maximum restraint. Finally it was compelled to use force to contain the situation in which one Indian national Ashis Kumar Ram, who was among the agitators, died. The Ministry regrets the loss of life of an Indian national under the above referred circumstances.

The Government of Nepal continues to adhere to its commitment to address the political question through dialogue and has been steering the talks towards the right direction. The Government of Nepal is equally committed to maintain the general law and order and protect the wellbeing and mobility of all including that of Nepalese and foreign transporters inside the Nepalese territory.

November 2, 2015

एमाले प्रतिक्रिया
नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ । आज वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकाल्यो।

को हुन् मर्ने?
मृत्यु हुनेमा सीमावर्ती भारतीय सहर रक्सौल– ११ मेनरोडका २० वर्षीय आशिषकुमार राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। मृतक आशिषकुमारका बुबा अशोक राम र मामा रवि राम नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर शव पहिचान गरेका हुन् । आशिष सामान किन्नका लागि वीरगन्ज गएको उनका परिवार स्रोतले जनाएको छ ।

20 thoughts on “कात्तिक १६ मा वीरगञ्जले बितायो : भारतीयको मृत्यु, मोदीको ओलीलाई फोन, नेपालको कडा विज्ञप्ति”

  1. Pingback: भारतीय दूतावासको विज्ञप्ति : ढाँटेको कुरा काटे मिल्दैन « Mysansar
  2. madan bajracharya says:
    November 3, 2015 at 10:33 pm

    मित्रहरु
    तराइलाइ हुँदै नभयको मध्यदेस बनाउंदै सिक्किम बनाउन मा लागि परेका ई महतो उपेन्द्र सिके आदि लगायत अहिले नेपालमा नाकाबन्दी गर्दै आयका नेपाली र भारतीयहरु सबै नेपाल बात तराइ टुक्राउने षड्यन्त्रमा प्रयोग भयका पात्रहरु मात्रै हुन्.विवरण जान्न गुगल गर्नुस ” unmaking nepal through madhesh”. / यसले कथित मधेश आन्दोलन “र” को योजना मा ” र” कै पात्रहरु बात भयको स्पस्ट गर्छ/

    नेपालमा नेपालको नागरिकहरु राजनीतिमा निर्णायक शक्ति बने भारतले नेपाल माथि नेपाल र नेपाली लुटिने कुनै अर्को सन्धि लाद्न सक्दैन; तर भारतले जहिले पनि दिल्ली सम्झौता गरायर आफ्नो भरौतेहरुको सरकार नेपालमा बनाउन टिकाउन सक्दैन/ नेपालमा नागरिकहरु निर्णायक शक्ति हुने ब्यबस्था बनेमा तराइको श्रोत लुटेर थुतेर मिचेर बिहारको बिकाश गर्ने भारतको सपना साकार हुँदैन/ भारतले आफ्नो पिथ्ठुहरुको बलमा गरायको महाकाली सन्धिले आज सम्म पनि बैधानिकता पाउन सकेको छैन/ भारतले नेपालको ४० गाउँहरुलाइ बिस्थापित गरेर त्यहा बिस्वकै ठुलो २६८ मिटर अग्लो बाँध बनायर सबै सप्तकोसी नदीहरुको पानिलाइ यक नहर बाट भारत भरि वितरण गर्ने योजना बनाउंदै नेपालको केहि नेताहरु सिट सम्झौता पनि गरि सकेकोछ/ तर त्यो भारतको योजना पनि नागरिकहरु निर्णायक शक्ति हुने सदनमा पेस गरेमा पास होईन खारेज हुन्छ/

    नेपालको तराइमा पेट्रोलियमको भण्डार भयको कुरा शेल कम्पनि र अमेरिकाको तेक्साना कम्पनीले पत्ता लगायको थियो/ तराइ जस्तो सानो भूभागमा प्रकृतिले भारत समेत पाल्न सकिने श्रोत दियकोछ/ अरु श्रोतको कुरा के गर्ने मात्र लुम्बिनीलाई अंतर्रास्त्रिय बौद्ध तिर्थ स्थलको रुपमा बिकशित गर्न सकेमा पनि नेपालको बिकाशमा ठुलै योगदान दिन्छ/ यहि बुझेर त् भारतले बुद्ध भारतमा जन्मेको भन्दै भारतमा नक्कली लुम्बिनी समेत बनायको हो/ तराइको श्रोतमा प्रयोग गर्न सकेमा नेपाल यसियाको धनि मुलुक बन्न सक्छ भने तराइको श्रोत कब्जा गर्न पायामा भारत यसियाको अमेरिका बन्न सक्छ/ तेसैले भारतलाई तराइ चाहिन्छ/ तर स्वतन्त्र र संयुक्त रास्ट्र संघको सदस्य भयको नेपालको हात बात तराइ कसरि फुत्काउने?

    सिधै कास्मिरमा जस्तै बर्दी लगायको सेना प्रयोग गर्ने पर्छ? पर्दैन/ सेनाकै जर्नेल कर्नेलको फुली लगायको अफिसरको कमाण्ड खटाउनु पर्छ? पर्दैन/ तेस्तो सेनाको जर्नेल कर्नेललाई नेपालको अंगिकृत नागरिकताको बर्दीमा पनि खटाउन सकिन्छ/ के गोलि बम हानेर बा हवाई हमला नै गर्नु मात्रै हमला हो? के गोलि बम लागेरै मात्र नागरिक मर्छ नाकाबन्दी गरेर भोक र अभाव शिर्जना गरेर नागरिक मार्नु गोलि र बम बात मार्नु भन्दा फरक हुन्छ?
    लडाईमा आत्म समर्पण गराउन हतियार भुईमा बिसाउन लगाउंदै हात माथि उठाउन लगाउँछ अनि हारेर आत्म समर्पण गरेकालाई आफ्नो हुकुम मनाउँछ/ के अहिले भारतले यस्तै नै गरि रहेको छैन नेपालमा? नागरिकहरुको बहुमतले बनायको संविधानलाई लत्याउनु भनेको के हो? तराइकै नागरिकहरुले मत नदियाका लाइ भारतको भूमिमा बसेर नेपालमा नाकाबन्दी गर्दै तराइलाइ उनीहरुको मधेश बनाउन दे भन्नु को अर्थ के हो?

    Reply
  3. सुबल says:
    November 3, 2015 at 9:37 pm

    इन्डियाले नाकाबन्दी गरेको हो भन्ने सबैलाई थाहा भएकै कुरो हो| सीमानामा भारतीयहरु संग लागेर मधेसीहरुले भारतीय प्रशासनको समर्थन र उक्साहटमा यो भईरहेको पनि सबैलाई थाहा छ|
    हुनपर्ने, बुझ्नपर्ने र गर्नपर्ने कुराहरु-
    १. यो मुद्दा अन्तराष्ट्रियकारण गर्नपर्यो
    २. जति इन्धन भित्रिएका छन् वा स्टक बाट अति आवश्यकीय काममा मात्र वितरण गरिन पर्छ| एम्बेसी र युएन आदि संस्थाहरुलाई पनि कट गरिन पर्छ| उनीहरु जब दुख्छ तब मात्र पीडाका सहयात्री बनेर समाधान खोज्न सहयोग गर्नेछन| अहिले रमिते मात्र बनेका छन्|
    ३. सीमामा भारतीय संग मिलेर रोक्का र आन्दोलन गर्ने हरुको भिडिओ खिचेर राख्न पर्छ, पछि काममा आउनेछ| नेपाली जनतालाई पीर मर्का दिंदा सुख अनुभूति गर्नेहरुलाई नागरिकताको कुरै नगरौ, केहि पनि दिन हुँदैन|
    ४. मधेसी मित्रहरुले नेताहरुले नमाने नेपाली जनतालाई विश्वासमा लिएर आफ्नो मांग जायज अघि बढाउँन पर्छ, छिमेकीसंग मिलेर आन्दोलन गर्दा आपसमा द्वन्द बढ्छ, युगौदेखिको सद्भावना भड्किएर गइरहेको छ| छिमेकीको स्वार्थलाई मात्र ध्यान दिएर नेपाली जनतालाई घुंडा टेकाउदा कुन नेपालीको मन नरोला भन्छु|
    ५. थोडै इन्डियाले उसकै बारीमा फलेको तेल इन्धन हामीलाई बिचरो भनेर सित्थैमा खान दिएको हो? यो वाह्कायदा खरिद गरेको हो| यसबाट भारतलाई पनि फायदै फायदा छ| अन्तराष्ट्रिय कानुन अनुसार पारवहन सुबिधा भनेको के हो, इन्डियाले मान्नै पर्छ|
    ६. इन्डियाले युएनओ को सुरक्षा परिषदको सदस्यताका लागि प्रयास गरिरहेछ| एउटा असल छिमेकीको नाताले र सांस्कृतिक अनि भौगोलिक सम्बन्धको आधारमा पनि नेपालले यसबारे समर्थन जनाउन पर्छ| तर भारतले नेपाललाई लाचार बनाएर समर्थन लिएको दिगो हुनेछैन| यो तथ्य र सत्य दश जना नेताले नबुझे पनि भारतका डेढ बिलियन जनताले बुझ्नेछन कुनै दिन र भारतीय मित्रहरुलाई नेपाललाई लाचार बनाएको पाच्य हुनेछैन|

    अन्तमा दुइटा कुरा अझ थपौ|
    क. भारतीय प्रधान मन्त्रीले नेपाल भ्रमणमा यति यश, नाउँ र सद्भावना कमाए जो यस अघि कुनै भारतीय नेताले आर्जन गरेका थिएनन| हालको अघोषित नाकाबन्दीले त्यो सबै नारायणीको बालुवा सरह भयो| नेपाली जनताको हृदयमा बसेको यो खोट दिर्घकालसम्म रही रहेनछ| मोदिज्युको सबै बोलि फांकी रहेछन भन्ने प्रमाणित सिद्ध भयो| बिहारको चुनावका लागि मोदिजीले नेपाल प्रति यस्तो क्रुर र कठोर बलमिचाई कदम लिएका होलान वा हिन्दु राष्ट्र संबिधानमा उल्लेख भएन भनेर हो?

    ख. हाम्रा प्रधान मन्त्रि ओलीज्युले मोदिज्यु संगको फोंवार्तामा के भने त्यो पनि खुलस्त हुन् जरुरी छ|
    जति लच्किनु थियो लच्कियौ, जस्ती खुचिनु थियो खुम्चियौ| अब यथार्थको सामना डटेर गर्नपर्छ| हाम्रो यो डटेर लड्ने अभियानमा भारतका नेपालप्रति सद्भावना प्रेमी जनतालाई साथमा लिनपर्छ, सामेल गराउनपर्छ| बिहारसंग हाम्रो नाता युगौको हो, मोदिजीको जस्तो एउटा चुनावले मात्र निर्णय गर्दैन|

    Reply
  4. diwakar1111 says:
    November 3, 2015 at 7:59 pm

    मन्दिर र मस्जिद बाट माइक लागको ? सरकार ले तुरुन्त त्येस्त लाइ प्रतिबन्द लगाउनु पर्छ. Fm लाइ पनि नियन्त्रण मा राख्न जरुरि छ

    Reply
  5. Rohini says:
    November 3, 2015 at 6:56 pm

    सायद मधेशी नेताको माग र मोदी को माग उस्तै भएर होला भारतीय हरुले पनि आन्दोलनमा भाग लिएको |

    Reply
  6. Binayak Shrestha says:
    November 3, 2015 at 3:05 pm

    जब सम्म हामी दौरा सुरुवाल र ढाका टोपीमा राष्ट्रियता खोज्छौं तबसम्म नया नेपाल बन्दैन।

    Reply
  7. Bishal says:
    November 3, 2015 at 12:42 pm

    नेपाली पुत्र भएय्को नाताले मेरो एक दुइ सब्द प्रस्तुत गर्न चाहन्छु . भारत ले नाका बाँधी गरेर मधेसी आन्दोलन लै हौसैय्रा हाम्रो सान्ति क्षेत्र देश मा अराजकता फैलाउदै अन्तरास्ट्रिय जगत मा नराम्रो छबि झाल्कौदै छ | तर भारत को यो खेल राम्रो होइन.| भारत ले श्रीलंका को तमिल हरुलाई उक्सैयेरा एल टी टी को क हालत भो ? अबो यो मधेसी लै उचालेर यो मधेसी हरुलाई नेपाल बिरोधि बनाउदै छ| अबो नेपाल ले बॉर्देर बन्द गरेर सर नेपाली फौज राखेर देश को सर्वबहुम सुरक्षा गर्नु पर्ने छ.

    Reply
  8. bijay says:
    November 3, 2015 at 8:47 am

    यो प्रेस सल्लाहकार प्रमोद नेपालको बिज्ञप्ति पढेर पहिला राजपरिवार हत्याकाण्ड हुँदा तारानाथ रानाभाटले भटटट आफै स्वचालित हतियार पढ़केर राजपरिवारको मृत्यु भयो भनेको जस्तै लाग्यो / अब साचो कुरा स्पस्ट रुपमा गर्ने आट छैन भने के बीर नेपाली भनेर गर्ब गरया भयो र , नेपालीको हैसियत भारतमा काम गर्ने चौकीदार (गोर्खा बहादुर )को जस्तै भएन र येस्ता नेता र प्रधानमन्त्रिले गर्दा ?
    भारतले पेलेको पेल्यै छ, टेलिफोनमा सौहार्दपूर्ण बार्ता भयो रे,,एस्तो कुरा पढे पछि दिमाग तात्तेरा आउछ, अनि मुख छोड्न मनलाग्छ /

    Reply
  9. eklavya says:
    November 3, 2015 at 7:37 am

    हाम्रा हालका उच्च पदस्थ नेताहरु ७०%-८०% सम्म कुनै न कुनै बेला आर्थिक सामाजिक वा राजनीतिक समस्याले प्रताडित हुँदा भारतले पोषण गरेका थिए .राजनीति एउटा यस्तो खेल हो जसमा बिना कारण समस्या निकाल्ने र कसैलाई दोष नदेखाई समाधान पनि गर्न मिल्छ यी भारत पोषित नेताहरु तिनै राजनीतिका मोहरा जस्तो लाग्छ अन्यथा जनताको यस्तो पीडादायक अवस्थामा पनि भारतसंग एक्कास्सी तैमासिमा जानु अचानक देशभक्त को गुनगान गर्न थाल्नु अनि तेत्तिका दिन बितिसक्दा नि मधेशमा एक शब्द पनि नबोल्नु यो बन्दुकको आवाज आउनु र चरा खस्नु झैँ भएको छ पुरै सिक्किमको इतिहास संग मिल्न खोज्दैछ अब बोर्डरमा कुनै पनि बेला भारतको सैनिक पठाउन सक्ने संकेत देखिन्छ आजको घटनाले जुन तिनीहरुले चाहिरहेका थिए अब अझ अरु एक दुइ जना खुस्किनु पर्छ भारतीयहरु …तेस्पछि एकादेशमा नेपाल हुनेछ ..

    Reply
  10. Roshan Basnet says:
    November 3, 2015 at 6:43 am

    खुल्ला रंगशाला भएको कारणले ….. धेरै खेल खेल्नु भयो हाम्रा छिमेकि खेलाडीहरुले …अब यो रंगशाला नै बन्द गरि दिनु पर्छ….. हाम्रा छिमेकि कै भाषा मा भन्नु पर्दा ” न रहेगा बाँस न बजेगी बाँसुरी ” !
    ….जे जति दुख् सास्ती भएनी हामी नेपाली एक भएर….बैकल्पिक विकल्प खोज्नु पर्ने बेला आएको छ ….!

    Reply
  11. eklavya says:
    November 3, 2015 at 5:58 am

    हुँदा हुँदा नेपालको स्थिति सिक्किम सरह होला जस्तो छ UN ले पनि खोजेको तेही हो अमेरिकाको कठपुतली न हो चीनलाई घेर्ने यो भन्दा सुनौलो अवसर कहाँ पाइन्छ …कम्युनिस्ट सरकारमा आउनु नै धोति र खैरेको टाउको दुखाई हो संबिधान त निहुँ मात्र हो हात्तिको खाने दांत त अर्कै हो ..

    Reply
  12. XYZ says:
    November 3, 2015 at 4:11 am

    Our unconfirmed sources revealed that during 25 minutes of telephone conversation with India’s PM Modi, to entertain PM Modi, Nepal’s PM Oli recited couple of ukhan tukkas. Some of these ukhan tukkas included “marne belama hariyo kankro”,”Oli laai jholi”, “Oli, boli and goli”. Mr Oli also expressed his inborn patriotism by clearly informing Mr Modi not to confuse between Oli and Oil.Nepal can do away with Oil but not with Oli.

    Reply
  13. Bishwamitraa says:
    November 3, 2015 at 3:57 am

    हैन बन्द छ भन्छन, के सामान किन्न आ रै छ? भारतीय नागरिकलाइ मात्र खुल्ने पसल छन् की मैले कुरा नबुज्या……

    Reply
  14. Sunil. London says:
    November 3, 2015 at 3:28 am

    मोदी ले भारतीय नागरिक मारिएकोमा नेपाल सरकार संग भर्त्सना गर्दै जवाफ मागेछ , नेपाल सरकारले त्यसको जवाफ येसरी दिनु पर्छ !
    १. तेरो देशको नागरिक के कति कारणले नेपाल को आन्दोलनमा सामेल हुन नेपाली भूमिमा प्रवेश गर्यो ?
    २. तेरो देशको एकजना बेरोजगार (जो भारतमा काम नपाएर) नेपालमा भाडाको आन्दोलनकारी हुन किन आयो र दिनको कति ज्याला पाउछ ?
    ३. एकजना भारतीय मर्दा तलाई किन येत्रो दुख लाग्यो, तेरो देश मा र तेरै गृह जिल्लामा अस्ति भर्खर आन्दोलनमा सयौ जनाले ज्यान गुमाए…..
    ४. भारतीय को ज्यान को के मूल्य छ र तलाई एकजना मर्दा दुख लाग्नु , जुन देशमा एकछाक खान नपाएर दिनहु सडक मा सयौ जनता मर्ने गर्छन…..
    ५.सलमान खान जस्ता ले तेरो देशमा एकैपटकमा सडक छेउ सुतेका ४ जना लाई आफ्नो गाडी मुनि घुसाएर माथि पठाई दिन्छन, दुख मानेर हुन्छ ?
    ६. पाकिस्तानी हरुले तेरा कति जनता लाई दिनदिनै नर्क तिर पुर्याई दिन्छन , तेस्मा चाही दुख लाग्दैन ? मुम्बई ताज होटेलको घटना सम्झेर दुख लाग्दैन ? एकजना भाडाको आन्दोलनकारी मर्दा घुडा बाट आसु ?
    ७.गोध्ररा (गुजरात) मा ट्रेन मा आगो लगाएर तेरा कार्यकर्ताले ५९ जना मार्दा तलाई दुख लागेन, मुख्य मन्त्रीको नाताले समबेदना समेत प्रकट गरिनस त !!!!
    अर्को कुरा मर्ने व्यक्ति भारत बाट बिरगंज मा समान किन्न आको थियो रे , इंडिया को मान्छे ले बिरगंजमा के समान किन्न आउनु , नाकाबन्दीले गर्दा नेपाली ले नै समान नपाई रहेको बेलामा एउटा इन्डियन नेपाल को “बन्द बजार बिरगंज” मा समान किन्न आयो भन्नु कत्तिको हास्यास्पद छ ? बिरगंज का मान्छे समान नपाएर कहिले इंडिया गएर समान किन्न पाइएला भनेर सोच्दै होलान !!!!!

    Reply
    1. XYZ says:
      November 3, 2015 at 11:42 am

      लास्टमा त खुबै दिया छ मित्र ले, माने बा माने, लण्डन छोडेर ओलीको सल्लाकार हुनु पर्ने

      Reply
      1. Michael says:
        November 3, 2015 at 11:25 pm

        थुक्क एसको बुद्दि
        तँ चै के हिसिलाको सल्लाहकार ?
        ओली जे भएपनि देश को पी यम हो अहिले | मन्द बुद्दि |

        Reply
        1. XYZ says:
          November 4, 2015 at 5:43 am

          ओ मैकालाल, तुक्के नेता तेरो प्रमा होला मेरो होइन

          Reply
      2. Sunil, London says:
        November 5, 2015 at 10:09 pm

        मित्र XYZ ज्यु , यहाँ को सल्लाह अनुसार मलाई लण्डन छाडेर ओली को सल्लाहकार हुन नेपाल आउनु पायक पर्दैन किन भने ओली जी पनि ५-६ महिना त होला नि , तेस्पछि त म फेरी “बेरोजगार” ! आफु राजनीति को र पनि जान्दिन , ओली , बाबुराम , सुशील , माधव का सल्लाहकार को नेपालमा कमि छैन , तपाई शायद नेपाल मै पो हो कि(या विदेश तिर) ,नेपाल मा नै हो भने तपाइलाई पायक पर्ला कि बरु, अब माथि मध्ये कुन चै नेता को पार्टी संग यहाँ सम्बध्द हुनुहुन्छ त्यो त मलाई थाहा भएन !!!! लण्डन मा पनि नेपाली हरु सबभन्दा बढी लागेको भन्या राजनीति मा नै हो , यहाँ पनि जातिवादी राजनीति देखि लिएर कांग्रेस , एमाले , माओबादी , को राजनीति गर्ने को संख्या उल्लेख्य छ ! तर म कुनै पनि पार्टी वा संगठन संग आबध्द छैन र राजनीति बाट टाढा नै रहन चाहन्छु !!
        एउटा कुरा मा चाही मलाई खुशी लाग्यो , तपाई त प्राय अंग्रेजी मात्र कमेन्ट गर्नुहुन्थ्यो , तर नेपाली भाषा को पनि “प्रकाण्ड विद्वान” हुनुहुदो रहेछ !!!!

        Reply
  15. dor Prasad says:
    November 3, 2015 at 3:02 am

    मोदी लै ट्रक लाई नेपाल पस्न भन्ने तर अफन्ना नागरिक लै अनदोलन मा नजा न भन्ने !

    त्योभन्दा भारैतिये को आडमा / ढाडमा आन्दोलन गर्ने हामी नेपाली भन्ने मदेशी लै झन लाज लग्नु पर्ने हो – तागत छ भने भारतीय हरु हाम्रो आन्दोलन मा नईजा भन्न सक्नु पर्यो नि ।

    Reply
  16. Bindu says:
    November 3, 2015 at 2:57 am

    चाहे नेपालको होस् या भारतको होस् , मान्छे मरेको छ — उसको आमा रोएकी छन् —
    बा रोएका छन् — स्वास्नी भए तिनी बिधुबा बनेकी छन् / लोग्ने भए बिधुर — छोरा छोरि भए ति टुहुरा हुने भएका छन् — पिरको भारि बिचरा ति भोग्नेको परिवारलाई थाहा होला
    बरै — हामी सुन्नेलाई त यति दुख लाग्छ भने —
    भारत होस् या नेपाल , नेतागिरीको नौटंगीमा सर्बसाधारणले पाउने साच्चैको दुखका
    कुरा हुन् यी ——-
    अब बाँकि रह्यो राजनीतिको कुरा ,
    जे जे भई’रछ नेपालमा सब राजनीति नौटंगीका कुरा हुन् —
    हेर्दामा हाम्रा नेताले नेपालको पक्ष्यमा काम गरे झैँ देखिएको छ तर यी सब मिलेर
    भारतको हितमा काम गरिरहेका छन् — यो अबको केही दिन भित्रैमा छार्लंग हुने छ —
    के के नै भारतीय रबैया बिरोधि काम गरेको झैँ नाटक देखिएको छ यी नेतानेतीहरुको —
    यो सब मात्र नाटक हो नेपाललाई अघोसित रुपमा भुटानीकरण झैँ गर्न —
    तर पनि
    सास रहे सम्म आश भने झैँ बिस्वास अझैँ मरेको छैन ,
    भनिन्छ नि , अध्यारो सुरुङ्गको यात्रा पछी उज्यालो संसार आउछ नै —
    ऐलेको राजनीतिक यात्रा अध्यारो सुरुङ्ग हो —

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme