Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खाना पकाउने ग्यास नभएको बेलामा उपयोगी टिप्स

Posted on November 2, 2015 by mysansar

– सुशील पौडेल (इन्जिनियर, नेविप्रा) –

निश्चय नै हामी सबैको घरमा अहिले अन्तिम केजी ग्यास होला। कसैको त सकियो पनि होला र यो तुरुन्त पाइने अवस्था पनि छैन। यो संकटको बेला नेपाल विद्युत प्राधिकरणले सकेसम्म धेरै घण्टा बिजुली दिने प्रयास गरेको छ। हाल कच्चा पदार्थको आयात हुन नसकेर उद्योगहरु बन्द भएकोले पनि यो सम्भव भएको हो। तर फेरि नदीहरुमा जल प्रवाह घट्ने बेला सुरु हुन लागिसकेको छ। त्यसकारण उपभोक्ताहरुले खोजेकै बेलामा घरमा बिजुली पाउन नसकिने अवस्था अहिले पनि छ र भोलिको दिनमा पनि हुने नै छ। यो बेला विद्युत उपयोग सम्बन्धी निम्न तरिकाले तपाइँहरुले चाहेको बेला बिजुली उपलब्ध हुने कुरामा सहयोग हुनसक्छ।

१) माटे हिटर किन्दै नकिन्नुस्
electric
केही खर्च लाग्ने भयो भने पनि इन्डक्सन हिटर किन्नुहोस्। यदि तपाइँ पहिलो चोटी यस्तो हिटर प्रयोग गर्दै हुनुहुन्छ भने ग्यासको विकल्प पनि हुँदो रहेछ भनेर चकित हुनुहुनेछ।

२) नचाहिने बत्ती अफ गर्नुस्
सबैको खाना बनाउने बेला बेलुका ६-९ बजेको बीचमा पर्छ। निश्चय नै विद्युतको सप्लाई सीमित नै हुन्छ। यदि सबै प्रयोगकर्ताले एकै पटक हिटर प्रयोग गरे भने तपाइँको सेडुलभन्दा पनि अघि नै बिजुली काट्न सक्छ। त्यस्तो नहोस् भन्नका लागि यदि तपाइँले हिटर प्रयोग गर्दै हुनुहुन्छ भने त्यो बेलामा उत्तिकै ऊर्जा जुन तपाइँले प्रयोग नगर्दा पनि हुन्छ अथवा पछि गर्दा पनि हुन्छलाई अफ गर्न सक्नुहुन्छ जस्तै करिडोर, बाथरुम, लिभिङ्ग रुम लगायतका रुमका बत्तीहरु बन्द गर्ने, फ्रिज बन्द गर्ने, सकेसम्म टिभी, कम्प्युटर पनि बन्द गर्ने गर्न सक्नुहुन्छ। तपाइँले त्यसो गर्दा ९ बजे बत्ती आउने सेडुल भएका उपभोक्तालाई साढे आठ मै बत्ती दिन सकिने अवस्था आउन सक्छ र अर्को परिवारले पनि १० बजेसम्म खाना पकाउन सक्छ।

३) अफ आवरमा यी काम गर्नुस्
राति ११ बजेपछि बिहान ५ बजेसम्म तपाइले चाहे जति बिजुली प्रयोग गर्न सक्नुहुन्छ। त्यो बेला पानी तान्ने, फ्रिज चलाउने लगायतका काम गर्दा उपयोगी हुन्छ।

यी टिप्सहरु आजैदेखि लागू गरौँ। मन परे सेयर गरौ र ऊर्जा प्रतिको आत्मनिर्भरताको लागि ऊर्जा उपयोग को बानी परिवर्तन गरौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme