Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफैलाई भोट हाल्न पाउँदैनन्, परिणाम सुनाउँदा दर्शकदीर्घामा हुनेछन् पासाङ

Posted on October 31, 2015October 31, 2015 by Salokya

12200773_1056857927671398_202132139_n
सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी ओलीले इमान्दारीमा दरिद्रता नदेखाउनुस्, धोका नदिनुस् भनेपछि गठबन्धनका उम्मेदवार नन्दबहादुर पुन पासाङको विजय निश्चित भइसकेको छ। किनभने गठबन्धनमा १५ दल र ३३६ सांसद् छन्। केहीले यताउता गरे पनि आवश्यक २९९ मत उनले ल्याउन सक्लान् र त्यसपछि राज्यविरुद्ध सशस्त्र युद्ध लडेको जनसेनाका डेपुटी कमान्डर मुलुकको दोस्रो सर्वोच्च पद उपराष्ट्रपतिमा आसिन हुनेछन्। जति भोट पासाङले ल्याए पनि उनले आफूले आफैलाई भने मत दिन पाउने छैनन्।

किनभने राष्ट्रपति र उपराष्ट्रपति पदमा हुने निर्वाचनमा मतदान गर्नेहरु सांसदमात्रै हुन्। पासाङ सांसद हैनन्। उनी गएको संविधान सभाको निर्वाचनमा उम्मेदवार त थिए तर पराजित भए। काठमाडौँ ४ मा भएको निर्वाचनमा उनले ६ हजार ४६२ मत पाएर तेस्रो स्थान हासिल गरेका थिए।

राष्ट्रपति र उपराष्ट्रपति हुन संसद सदस्य हुनु्पर्दैन। वंशजको आधारमा नेपाली नागरिक र ४५ वर्ष उमेर पूरा गरेको जो पनि उम्मेदवार हुन पाउँछ। यस्तो उम्मेदवारले आफैलाई मतदान गर्न पाउँदैनन्।

05 - H4IicmZ
राष्ट्रपति निर्वाचित भएकी विद्या भण्डारी सां‌सद रहेकी हुनाले उनले आफैलाई मतदान गरेकी थिइन्। त्यसैगरी मतपरिणाम सुनाउँदा उनी सत्तापक्षको अघिल्लो बेञ्चमा थिइन्।

आज उपराष्ट्रपति पदको मतपरिणाम सुनाउँदा भने पासाङ त्यसरी अगाडि हुने छैनन्। उनी पछाडि दर्शक दीर्घमा हुनेछन्। उनका प्रतिस्पर्धी अमियकुमार यादव भने सा‌ंसद हुनाले आफैलाई भोट पनि हाल्न पाउँछन्, मत परिणाम सुनाउँदा उनी सांसदहरु बस्ने ठाउँमै पनि हुन्छन्।

जो पनि उम्मेदवार बन्न पाउने भएकोले राष्ट्रपति निर्वाचनमा एक जना इटहरीका गोपालप्रसाद नेपाल पुगेका थिए। तर उनले प्रस्तावक र समर्थक पाएनन्। प्रस्तावक र समर्थक सांसद हुनुपर्ने प्रावधान छ। ती राष्ट्रपतिका हुन नसकेका उम्मेदवारलाई फेसबुकमा यहाँ भेट्न सकिन्छ।
gopal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme