Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपराष्ट्रपतिमा चारबाट दुई उम्मेदवार, चीनबाट तेल ल्याउन गए ट्याङ्कर र भारतको प्रतिक्रिया : पढ्नुस् कात्तिक १३ का प्रमुख समाचार

Posted on October 30, 2015October 31, 2015 by Salokya

२०७२ कात्तिक १३, शुक्रबार

उपराष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धनबीच सहमति नभइरहेको अवस्थामा एमाओवादीले बैठक बसेर नन्दकिशोर पुनको नाममा पुनर्विचार नहुने बतायो। त्योसँगै सत्तारुढ गठबन्धनको तर्फबाट उनैलाई उम्मेदवार बनाउने गरी उम्मेदवारी दर्ता भयो प्रस्तावक एमालेका झलनाथ खनाल र समर्थक राप्रपा नेपालका दिलनाथ गिरी राखे। शनिबार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारले नामावली दर्ता गरेकोमा दुई जनाले फिर्ता लिएपछि दुई जनाबीचमात्रै प्रतिस्पर्धा हुने भयो। अर्का उम्मेदवार कांग्रेसका अमियकुमार यादव। उपराष्ट्रपति निर्वाचनको यो प्रक्रियासँगै अर्को चासोको विषय रह्यो चीनबाट तेल ल्याउन ट्याङ्कर तिब्बततिर लागेको समाचार।

एकाबिहानै खबर आयो कि १२ वटा ट्याङ्कर नरिवल फोरेर, फूलमाला लगाइदिएर थानकोटबाट गुडे रसुवागढी हुँदै केरुङ गएर तेल ल्याउन। रसुवामा उनीहरुको भव्य स्वागत भयो। ११ घण्टाको यात्रापछि रसुवागढीभन्दा तीन किलोमिटर वरै टिमुरे भन्ने ठाउँमा ट्याङ्कर बास बसे। भोलिपल्ट बिहानै साढे ६ बजे रसुवागढी हुँदै केरुङ जाने भनेकोमा चीनतर्फको बाटोमा हिमपात भएको खबर आएपछि बाटो खुल्ला छ कि छैन पहिले प्रहरीको गाडीले हेरेर जानकारी दिएपछि बल्ल ट्याङ्कर गुड्ने भयो। चीनबाट आउने तेल नेपालको आवश्यकता पूरा गर्ने भन्दा पनि विकल्प देखाउने सांकेतिक महत्वको छ।

उता, चीनसँगको तेल सम्झौतापछि ४० वर्षदेखिको तेल व्यापारको एकाधिकार गुमाएको भारतले आजै आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्‍यो। विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालको पेट्रोलियम पदार्थको आवश्यकतामध्ये ७० प्रतिशत रक्सौल-वीरगञ्ज नाकाबाट आपूर्ति हुने हुनाले चीनसँगको सम्झौताले यो मुद्दामा कसरी सहयोग हुन्छ भन्ने प्रश्न गर्दै भने, ‘ये देखने कि बात है।’

चीनसँगको सम्झौता लगत्तै भारतले पनि आपूर्ति बढाएको छ। जोगबनी नाकाबाट अहिलेसम्मकै सबैभन्दा बढी १३९ ट्याङ्कर इन्धन आयो।

यता नवलपरासीमा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि गोली प्रहार गर्न खोज्ने २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। युपी ५३ ए ९८५६ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरुले कँडेललाई ६ राउण्ड लोड भएको रिभल्वरबाट गोली प्रहार गर्न खोजेका थिए। स्थानीयवासीको सहयोगमा अंगरक्षक प्रहरी नायव निरीक्षक दीपक घिमिरेले हतियार खोसी दुवैजनालाई नियन्त्रणमा लिएका थिए।

राखेप सदस्य सचिव नहटाउन अन्तरिम आदेश र भारतको अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण किन नगरेको भन्दै सर्वोच्चले सरकारलाई लिखित कारण दिन आदेश गरेको छ।

1 thought on “उपराष्ट्रपतिमा चारबाट दुई उम्मेदवार, चीनबाट तेल ल्याउन गए ट्याङ्कर र भारतको प्रतिक्रिया : पढ्नुस् कात्तिक १३ का प्रमुख समाचार”

  1. madan bajracharya says:
    October 31, 2015 at 3:53 am

    भारतले नाकाबन्दी चीनले नाका खुला गर्नुबाट मित्र को हो भनेर नेपालीलाई सोच्न बाध्य गर्यो/ भारत र चीन दुवै देस सिट नेपालको सिमाना जोडेको छ त् भौगोलिक र राजनैतिक हिसावले ती दुवै देस सिट नेपाल समान दुरीमा रहकोछ/ भारत नगिच र चीन टाढा बनायको भारतको नगिच भयकाले हो/ भन्नमा नेपालमा पहाडियाको शासन चलेको छ/ तर पहाडमा पहाडिया शासकको उपस्थिति समेत छैन/ पहाडिया शासकहरु कुर्सि पाय बा कुर्सि पाउन उपत्यकामा खाल्डोमा फोहर ठुप्रिय झैँ थुप्रिञ्छन/ उनीहरुले उपत्यकालाई ,मात्रै नेपाल ठान्दै उपत्यका बात टाढा भयकोले चीन नेपाल बात टाढा र भारत नेपाल बात नगिच भयको भने/ ई पहाडिया शासकहरु पहाडकै भय पनि इनिहरुमा पहाडियाको संस्कार पत्तकै छैन/ इनिहरुको खाना पिना चालचलन र बोलाइ र गराईलाइ हेर्ने हो भने इनिहरु रंग मात्रै फरक भयको नेपाल पसे पछि आफुलाई मधेसी भन्ने बिहारी भन्दा फरक छैन/इनिहरु पहाड बात बग्दै आउने निर्मल र पवित्र नदि बग्ने नेपालको नदि भन्दा फोहर र मुर्दा बगाउने गङ्गा नदीलाई पवित्र मान्छन/ उपत्यकामा कुर्सि पाउन नसके पहाड भुल्ने पहाडमा बस्नेलाई तुच्छ मान्ने इनिहरु आफ्नो पुर्खाको भुमि पहाडमा फर्कंदैनन भारतको बिहार प्रवाशमा जान्छन/ तव बिहारको बिहारीले इनिहरुलाई नेपाली भन्दैनन पहाडिया भनेर इनिहरुको औकात देखाई दिन्छन/ नेपालमा रहुन्जेल आफुलाई श्री ५ र श्री ६ भन्दै आफ्नो अगाडी सबैलाई झुक्न बाध्य गर्ने इनिहरु बिहारको बिहारीले मात्रै होइन नेपाल पसेको बिहारीले समेत “पहाडिया” भनेर हेप्दा पनि लुत्रुक्क पर्छन/ इनिहरुले कुर्सि पाय बस्ने उपत्यका र कुर्सि नपाय बस्न जाने बिहार बात भारतको दुरी नापे अनि भने चीन नेपाल बात टाढा र भारत नेपाल बात नगिचछ/इनिहरु सन् १९४५मा मात्रै जन्मेको भारत भनिने देस सिट नेपालको हजारौं बर्ष देखि अगाध सम्भंद छ भन्छन/ जवकी बास्तविकता इनिहरुले भने भन्दा उल्टो पो छ/ पहाडी पहाडले घेरेको नेपाल चीन बात नगिच छ र चीन सिट नै नेपालको सम्भंद हजारौं बर्ष देखि अगाध रहेको छ/ चीनले आज पनि यो कुरा सम्झे माने/ तर उहिले श्री ५ र श्री ६ अहिले के के बनेका पहाडिया शासकहरु भने अहिले पनि नेपालमा उज्यालो छर्ने सुर्य पहाड हिमाल बात होईन भारत र बिहार बाटै उदाउने कुरा गर्छन/ के गर्ने इनिहरु परे पहाड निक्लेको पवित्र बात बग्ने नेपालको नदि भन्दा भारतको फोहर र मुर्दा बगाईने गङ्गा नदीलाई पवित्र मान्ने जो परे/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme