Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गठबन्धनमा घात नभए पासाङ उपराष्ट्रपति पक्का, तर गोप्य मतदानमा चिप्लाइ त दिन्नन्?

Posted on October 30, 2015October 31, 2015 by Salokya

pasang
विवाद भए पनि अन्ततः सत्तारुढ गठबन्धनकै तर्फबाट एमाओवादीका नन्दबहादुर (किशोर) पुन ‘पासाङ’लाई सत्तारुढ गठबन्धनले उपराष्ट्रपतिको उम्मेदवार बनाउँदै उम्मेदवारी दर्ता गर्‍यो। उनका प्रस्तावक एमाले नेता झलनाथ खनाल रहे भने समर्थक राप्रपा नेपालका दिलनाथ गिरी रहे। चार जनाको उम्मेदवारी दर्ता भएको र गठबन्धनभित्र साना दलहरुले नमानेकाले सुरुमा उनलाई अलि गाह्रो जस्तो देखिए पनि पछि भने उनको विजय लगभग पक्का देखिएको छ। आफ्ना उम्मेदवार नजिते सरकार छाड्ने चेतावनी दिनुपरेको थियो प्रचण्डले।

एमाओवादी उम्मेदवारका लागि भोट मागिदिन प्रधानमन्त्री केपी ओली स्वयं प्रचण्डसहित नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे कहाँ साँझ पुगे। बिजुक्छेले पासाङलाई नै सघाउने वचन दिएको स्वयं ओलीले सञ्चारकर्मीहरुलाई बताए।

नेकपा मालेका सीपी मैनालीले मधेसीलाई उपराष्ट्रपति बनाउनु पर्ने धारणा राखेका थिए। तर पार्टी पोलिटब्युरोको बैठकले एमाओवादी उम्मेदवारलाई नै मत दिने फरक मतसहितको निर्णय गरिसकेको छ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी थारुलाई उपराष्ट्रपति बनाउनु पर्ने अडानमा थिए। तर उनको पार्टीले पनि एमाओवादी उम्मेदवारलाई मत दिने तर फरक मत भने राख्ने बताएको छ।

उम्मेदवारी दर्ता गराउने चार मध्ये दुई जनाले नाम फिर्ता लिएपछि पासाङलाई जित्न सहज पनि भएको छ। उम्मेदवारी दिएका स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले कांग्रेसलाई र परिवार दलका केन्द्रीय सदस्य दयाराम कँडेलले पासाङलाई समर्थन गर्ने भन्दै नाम फिर्ता लिएका हुन्। प्रतिपक्षी कांग्रेसले अमियकुमार यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ।

उपराष्ट्रपति चुन्न शनिबार बिहान १० बजेदेखि १ बजेसम्म मतदान हुँदैछ। मतपरिणाम भने ५ बजेको बैठकमा घोषणा हुनेछ।

pasang3

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme