Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतको एकाधिकार तोड्ने गरी पेट्रोल सम्झौता गरेको भोलिपल्ट चीनले भन्यो – नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको समर्थन गर्छौँ

Posted on October 29, 2015October 30, 2015 by Salokya

W020151029669017018409
भारतको नाकाबन्दीपछि चीनप्रति हामी अलि नजिकिएको साँचो हो। पहिले भए चिनियाँ विदेश मन्त्रालयको प्रेस ब्रिफिङहरुको मतलबै हुन्न थियो। अहिले दिनदिनै नेपालबारे केही आयो कि भनेर हेर्ने गरिन्छ। आज बिहीबार पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक महत्त्वपूर्ण वक्तव्य दिएका रहेछन्। ४० वर्षसम्म रहेको भारतको एकाधिकार तोड्ने गरी भएको पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता गरेको भोलिपल्टको प्रतिक्रियामा प्रवक्ताले भनेका छन्- ‘चीन र नेपाल मैत्रिपूर्ण छिमेकी हुन्। चिनियाँ पक्ष नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमकिता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयासलाई समर्थन गर्छ र नेपालको विकासमा सकेको सबै सहयोग गर्छौँ।’

W020151029669017018409

तराईमा आन्दोलन चर्किएको, सिके राउत जस्ता पृथकतावादीहरुको चलखेल पनि त्यहाँ भएको, आन्दोलनमा भारतको सहयोग रहेको, नाकाबन्दीका कारण सामान भित्रन नसकेको, आन्दोलनकारीले चीनका झण्डा जलाएको जस्ता घटनाको पृष्ठभूमिमा चीनको यस्तो प्रतिक्रिया आएको हो।

पत्रकार सम्मेलनको सुरुमै सोधिएका दुई प्रश्न नेपालसँग सम्बन्धित थिए-

Q: Vice-chair of the Communist Party of Nepal (Unified Marxist-Leninist) Bidhya Bhandari was elected as the new president of Nepal on October 28. What is China’s comment on that?

A: The Chinese side sincerely congratulates Madame Bhandari on her election as Nepal’s president. It is hoped that people of Nepal would work in unison under the leadership of Madame President and the Nepali government to make Nepal a peaceful, stable and prosperous nation.

China and Nepal are friendly neighbors. The Chinese side supports Nepal’s efforts to safeguard national independence, sovereignty and territorial integrity and will continue to do all it can to help with Nepal’s development.

Q: The Nepali media reported that China and Nepal signed an agreement on the provision of fuel on October 28. Can you give us more details on the agreement? Will the Chinese side continue with its fuel assistance to Nepal?

A: At the request of the Nepali side, the Chinese government has decided to provide a certain amount of fuel as emergency assistance to Nepal, so as to help the Nepali side alleviate problems caused by fuel shortage. A working group from Nepal was in China for discussions on trade in oil products with the relevant Chinese counterpart.
विस्तृत

चीन र नेपालबीच इन्धन उपलब्ध गराउन भएको सम्झौताबारे सोधिएको प्रश्नमा उनले भने, नेपाली पक्षको आग्रहमा चीन सरकारले नेपालका लागि आपतकालीन सहयोगका रुपमा निश्चित परिमाणको इन्धन उपलब्ध गराउने निर्णय गरेको हो। इन्धन अभावका कारण उत्पन्न समस्याको समाधान खोज्ने प्रयासलाई हामीले सघाएका हौँ। नेपालबाट एक वर्किङ ग्रुप अहिले चीनमा छ र तेलसम्बन्धी व्यापारका लागि सम्बन्धित चिनियाँ पक्षसँग छलफल गरिरहेका छन्।

आइओसीको प्रतिक्रिया

उता ४० वर्षसम्म एकाधिकार व्यापार गरेको भारतको आइओसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक बी अशोकले भनेका छन्, ‘नेपालसँग हाम्रो चार दश लामो सम्झौता छ, नेपाल प्रवेश गर्ने नाका बन्द हुँदा पछिल्ला केही महिनायता आपूर्तिमा कमी भइरहेको छ। हामी नेपालमा आपूर्ति नियमित नै राख्नेछौं र नेपालमा आन्दोलन कम हुने हो भने आपूर्ति अझै बढाउछौं।’ उनले नेपालले चीनबाट कति परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्छ त्यो भने पर्ख र हेर कै अवस्थामा रहेको बताए।

भारतीय मिडियाले चीन-नेपाल सम्झौतालाई चासोका साथ समाचार बनाएका छन्-

नेपाल ने भारत से 40 साल का रिश्तार तोड़कर चीन से की तेल की डील

अब चीन देगा नेपाल को ईंधन, भारत का एकाधिकार खत्‍म
“नेपाल नीति को लेकर भारत को एक बड़ा झटका लगा है। पेट्रोलियम पदार्थों की आपूर्ति के लिए नेपाल ने चीन से हाथ मिला लिया है। इस तरह इंडियन ऑयल कॉर्पोरेशन का चार दशक पुराना एकाधिकार खत्‍म हो गया है।”

नेपाल ने भारत से रिश्ता तोड़ चीन से मिलाया हाथ!

मोदी सरकार को झटका: भारत से तेल नहीं पहुंचा तो नेपाल ने चीन से किया समझौता, तिब्‍बत के रास्‍ते होगी सप्‍लाई

सिर्फ भारत से खरीदता रहा नेपाल अब चीन से खरीदेगा पेट्रोल-डीजल
भारतीय अधिकारियों ने चीन और नेपाल के बीच हुई डील पर अभी तक कोई बयान नहीं दिया है.भारत को इस बात का भी इंतजार है कि आखिर यह डाल किस तरह जमीनी तौर पर शरु होती है. इस बात की संभावना है कि नेपाल और चीन के बीच हुई यह डील असलियत से ज्यादा प्रतीकात्मक है.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme