Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपराष्ट्रपतिको ललिपपको आशैआशमा थाङ्नामा सुताउलान् त एमाओवादीलाई?

Posted on October 30, 2015 by Salokya

20 - UHCB9Vnराजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन भनेर प्रचण्डले संसदमै बोलिसकेपछि यसअघि ओलीको मानसिक रोगको उपचार गराउन सरकारसित माग गर्दै जारी गरेको औपचारिक विज्ञप्तिको कुरा के कोट्याइरहनु! अहिले त ओली र प्रचण्डको सम्बन्ध एकदम सुमधुर छ। प्रचण्डले साथ नदिएका भए यति सजिलै ओली प्रधानमन्त्री र विद्या भण्डारी राष्ट्रपति बन्ने थिएनन्। ओली र भण्डारीको उम्मेदवारीका त प्रस्तावक नै प्रचण्ड थिए। कांग्रेस भद्र सहमतिबाट हटेर छानेको मन्त्रालय लिएर सरकारमा आउन सुशील कोइरालाले भन्दा समेत प्रचण्ड मानेनन्। आफ्नो पालामा राष्ट्रपतिबाट भएको तीतो हस्तक्षेपलाई बिर्सेर राष्ट्रपतिमा आफ्नो पार्टीको दावेदारी पेश गरेनन्, उपराष्ट्रपति जस्तो खासै काम नभएको भूमिका भएको पदका लागि सहमति गरे। तर उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिनको अघिल्लो रातसम्ममा उपराष्ट्रपतिको ललिपपको आशैआशा एमाओवादीलाई थाङ्नामा सुताउलान् जस्तो पो स्थिति देखिएको छ त।

एमाओवादीले उपराष्ट्रपतिका लागि जनमुक्ति सेनाका पूर्व डेपुटी कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ लाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। अस्ति राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिनै उपराष्ट्रपति पदको पनि उम्मेदवारी दर्ता गरी सँगै चुनाव गरेर आजसम्ममा शपथ भइसक्नुपर्ने थियो।

तर संविधानमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी चुनाव गर्नुपर्छ भन्ने प्रावधानको बखेडा झिकेर उपराष्ट्रपति निर्वाचनको कार्यक्रम सार्न लगाइयो जस अनुसार राष्ट्रपतिको शपथ सकेर कार्यभार लिइसकेपछि बल्ल शुक्रबार उपराष्ट्रपतिको उम्मदेवारी दर्ता गर्ने कार्यक्रम छ।

तर यसको अघिल्लो रात बालुवाटारमा भएको सत्ता गठबन्धनको मिटिङमा एमाओवादी उम्मेदवारको पक्षमा सहमति जुटेन। साना दलहरुले पनि दावेदारी पेश गरे। प्रधानमन्त्री र राष्ट्रपति पाइसकेको एमालेले समेत उपराष्ट्रपति दावेदारी गरेको कुरा आयो। एमालेभित्रैबाट पनि उपराष्ट्रपति मधेसीलाई दिनुपर्छ भन्दै बखेडा झिकिएको छ। साना दलहरु सबै पद ठूला दलहरुले मात्र लिन नहुने उपराष्ट्रपति साना दलहरुले पाउनु पर्ने अडानमा छन्। यसमा ओलीले कस्तो निर्णायक भूमिका खेल्ने हुन् भोलिसम्ममा हेर्न बाँकी छ।

प्रधानमन्त्री निर्वाचनमा आउँदासम्म प्रमुख तीन दलको गठबन्धन मध्ये एक प्रमुख दल कांग्रेस अलग्गिसकेको छ। के अब एमाओवादीलाई पनि थाङ्नामा सुताएर अलग्याउने रणनीति सफल होला त?

शुक्रबार उम्मेदवारी दर्ता र शनिबार गोप्य मतदानमा हुने चलखेल र मतपरिणामले प्रष्ट पार्नेछ।

2 thoughts on “उपराष्ट्रपतिको ललिपपको आशैआशमा थाङ्नामा सुताउलान् त एमाओवादीलाई?”

  1. ekraj says:
    October 30, 2015 at 7:24 pm

    We have seen too many temporary alliance of liers, thugs, corrupts and criminals in Nepal. These alliance are not different from water bobbles.
    Such bobbles brust even before they form without executing their first duty.
    I have never trusted these doods and I will not be surprised for another turn in dirty politics of hoodlums.

    Reply
  2. विजय says:
    October 30, 2015 at 6:56 am

    एमाअोवादी जहिले नी उधारोमा कारोवार गर्छ र झ्वाट विश्वास गरिहाल्छ अनि जहिले नि चिप्पिलन्छ । यसपटक पनि हिस्स बुढी खिस्स दाँत होला जस्तो छ । राष्ट्रपती र उपराष्ट्रपतीको चुनाव सँगै गरेको भए एमालेको नाकमा नथ्थी लगाएर भएनी एमाअोवादीले पासाङलार्इ उपराष्ट्रपती बनाइ छाड्थ्यो । अब त उसको काम पुरा भइसकेपछि जे भने नी भैगो नी ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme