Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिले कस्तो व्यहोराको शपथ लिने? कानुनै बनेको छैन

Posted on October 29, 2015 by Salokya

dhara71
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीको शपथ ग्रहण समारोह बिहीबार भयो। नेपालको संविधानको धारा ७१ ले राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष शपथ लिनुपर्ने त व्यवस्था गरेको छ तर कुन व्यहोराको शपथ लिने भन्ने बारे चाहिँ स‌ंघीय कानुन बमोजिम हुने भनिएको छ। शपथ सम्बन्धी कुनै संघीय कानुन बनेकै छैन।

अघिल्लो संविधान अर्थात् अन्तरिम संविधान २०६३ मा भने अनुसूचीमा शपथको व्यहोरा नै उल्लेख थियो। जुन यस्तो थियो-
sapath

तर नयाँ संविधान लागू भएसँगै अन्तरिम संविधान खारेज भइसकेको छ। योसँगै यसका सबै धारा र अनुसूची खारेज भइसकेका छन्। शपथको व्यहोराका लागि नयाँ संघीय कानुन बनाउनु पर्ने थियो, तर बनेकै छैन।

शपथको व्यहोरा हेर्दा चाहिँ यही अन्तरिम संविधानकै ढाँचामा लिएको जस्तो देखियो। कम्युनिस्ट प्रधानमन्त्रीहरुले नलिने ‘ईश्वरको नाम’ पनि राष्ट्रपतिले लिनुभयो। किनभने विद्या भण्डारी अब कम्युनिस्ट नेतृ हैन, देशकै राष्ट्रपति हुनुहुन्छ। संविधानको पालना गर्ने जिम्मेवारी उहाँको काँधमा आइपरेको छ।

2 thoughts on “राष्ट्रपतिले कस्तो व्यहोराको शपथ लिने? कानुनै बनेको छैन”

  1. ekraj says:
    October 29, 2015 at 6:08 pm

    Whether these mean creatures take oath or not it really does not matter. Because none of they have abide the oath they took.
    All of they did exactly opposite of oath. I don’t believe Bidya Bhandari is worth trusting on anything.

    Reply
  2. संजीब खोटांग बुईपा 9 says:
    October 29, 2015 at 4:51 pm

    किन चाहियो कानून……जे गर्दा नी हुने देशमा…..कुन चही काम कानुन अनुसार भएको छ र …..जे गर्दा नि हुने लाज मर्दों देश।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme