Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको स्थितिलाई लिएर भारत र चीनको वार्ता? लिपुलेक सम्झौता जस्तो नहोस् है!

Posted on October 29, 2015October 29, 2015 by Salokya

२०७२ कात्तिक ११ गते, बुधबार

lu_kang बुधबार नेपालको लागि एउटा ऐतिहासिक दिन थियो। पहिलो महिला सभामुखले पहिलो महिला राष्ट्रपति निर्वाचित भएको घोषणा गरिन्। लगभग सँगसँगै समाचार आयो- वर्षौँदेखि भारतको एकाधिकार तोड्ने गरी नेपाल र चीनबीच पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सम्झौता भयो।

योसँगै एउटा अर्को समाचार भारतीय मिडियाहरुमा आयो- नेपालको स्थितिलाई लिएर भारतसँग वार्ता गर्न चीन तयार। समाचारहरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई उद्‍धृत गरिएको थियो। के रहेछ भनेर चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा गएर हेर्दा यस्तो भेटियो।
lu_kang
बुधबारको नियमित पत्रकार भेटघाटमा प्रवक्ता लु काङलाई सोधिएको थियो- नेपालमा स्थिरताको स्थिति ल्याउने विषयमा भारत र चीनबीच वार्ता भइरहेको भन्ने खबर आएको छ। के तपाईँ यसको पुष्टि गर्नुहुन्छ?

यसको जवाफमा विदेश मन्त्रालयकी प्रवक्ता लु काङले भने, ‘हामी विश्वास गर्छौँ कि क्षेत्रीय स्थिरता कायम गर्न देशहरुबीच मैत्रिपूर्ण सम्बन्ध हुनुपर्छ। यसले क्षेत्रीय साझा विकास प्रवर्ध्दन हुन्छ। हामी विश्वास गर्छौँ कि सम्बन्धित सबै देशहरु सँगै बसेर सबै पक्षहरुबीच सहमतिको स्थितिमा पुग्न सरसल्लाह हुनुपर्छ।’

यस्तो छ अङ्ग्रेजीमा विवरण-

Q: It is reported that China and India are having talks on stabilizing Nepal’s situation. Can you confirm that?

A: We hope that regional stability can be maintained, friendly relations between states developed, and common development in the region promoted. We hope that all relevant countries can work together and hold amicable consultations so that a consensus favorable to all parties can be reached.
हेर्नुस् पूर्ण विवरण

कुटनीतिक भाषामा उनले नेपालको विषयमा भारत र चीन बीच वार्ता हुनसक्ने प्रष्ट्याएका छन्।

भनेपछि पर्दापछाडि केही वार्ताहरु भइरहेको हो त? निश्चय पनि नेपालको विषयले भारत र चीन दुवै छिमेकीले ध्यान दिन जरुरी छ। आजै ब्याकअफचाइना भन्दै चीनको झण्डासमेत जलाएर तराईका केही ठाउँमा आन्दोलनकारीहरुले प्रदर्शन गरेका छन्। भारतले पेट्रोलियम पदार्थ रोकेको छ भने चीनले दिने सम्झौता गरेको छ।

तर पर्दा पछाडि यी महाशक्ति राष्ट्रहरुले नेपालको हित विपरीत कुनै सहमति त गर्ने हैनन्? नेपाललाई पत्तै नदिई भारत र चीनले नेपाली भूमि लिपुलेकसम्बन्धी सम्झौता गरेको हामीले बिर्सेका छैनौँ।

पत्रकार सम्मेलनमा चीनले नेपाललाई इन्धन आपूर्ति थालेको हो भनी सोधिएको अर्को प्रश्नको जवाफमा प्रवक्ताले भने, ‘चीन र नेपालबीच मैत्रिपूर्ण सम्बन्ध छ। नेपालको एक छिमेकी र मित्र भएको नाताले हामी आशा गर्छौँ कि नेपालले नयाँ संविधानसँगै छिटोभन्दा छिटो स्थिरता कायम गरोस् र राष्ट्रिय विकासको उज्यालो भविष्य तिर अग्रसर होस्। नेपाली पक्षको अनुरोधका आधारमा चिनियाँ पक्षले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नेछ। दुई पक्षबीच नेपाललाई इन्धन आपूर्ति गर्ने विषयका थप चरणका लागि सघन संवाद भइरहेको छ।’

अंग्रेेजीमा हेर्नुस्-

W020151028023490535406

Q: China has been in discussion with Nepal on supplying fuel to Nepal since the start of this week. Has there been any progress? Has China started supplying fuel to Nepal?

A: China and Nepal have been in a friendly relationship. As a neighbor and friend to Nepal, we sincerely hope that Nepal can restore stability as soon as possible after the adoption of the new constitution, and usher in a bright prospect for its national development. Based on the request of the Nepali side, the Chinese side will extend assistance to Nepal within its capability. The two sides are in close communication on further steps to supply fuel to Nepal.

शायद् यो चीनसँग सम्झौता हुनुअघिको पत्रकार सम्मेलन हुनुपर्छ। चीनमा रहेको नेपाली दूतावासले नेपाली समय अनुसार साँझ वक्तव्य जारी गर्दै सम्झौताको जानकारी दिएको थियो। हेर्नुस् प्रेस विज्ञप्ति-

Press-Release-723x1024

8 thoughts on “नेपालको स्थितिलाई लिएर भारत र चीनको वार्ता? लिपुलेक सम्झौता जस्तो नहोस् है!”

  1. Surya says:
    October 29, 2015 at 2:54 pm

    मोदी अहिले लात खाएको बाँदर जस्तै छट्पट गर्दै उफ्फ्री रहेको होला. यिनीहरुले फेरी केहि गरेर कुरा बिगार्ने कोशिष गर्न सक्छ. हामी पनि चीनले इन्धन दिने भैहाल्यो भनेर दंङ्ग परेर बस्नु हुन्न. मलाई त चीन र भारत दुबैको बिश्वास लाग्दैन. यी दुवैबाट हामीले सक्दो फाइदा लिन सक्नु पर्छ, जसरि यिनीहरुले हामीबाट लिन खोजिरहेको छ. सक्दो धेरै कुरामा सकेसम्म आफै आत्मनिर्भर कसरि बन्ने भन्ने सोच्न बिर्सनु भएन.

    Reply
  2. Bindu says:
    October 29, 2015 at 2:07 pm

    ‘पर्दा पछाडि यी महाशक्ति राष्ट्रहरुले नेपालको हित विपरीत कुनै सहमति त गर्ने हैनन्? नेपाललाई पत्तै नदिई भारत र चीनले नेपाली भूमि लिपुलेकसम्बन्धी सम्झौता गरेको हामीले बिर्सेका छैनौँ।——–
    चेतनशील सचेत नागरिक यसरी चिन्तित हुनै पर्छ , किनकि चीन पैसामुखी रास्ट्र हो ,
    भारत जस्तो अत्यधिक जनसंख्या भएको अनि छेत्रमा पनि ठुलो रास्ट्र चीनको लागि
    ब्यापक बजार हो — उसले चीनलाई चिढाउने नीति लिदैन —
    उसैगरी भारत कै लागि पनि चीन महत्वपूर्ण छ आर्थिक बजारको हिसाबले — अनि
    नेपाल महत्वपूर्ण जल भण्डारले —
    यी दुवै देशले आ- आफ्नो स्वार्थको लागी आपसमा मित्रबत कुटनीति राख्छ —

    त्यै भएर उबेलै प्रिथिबी नारायण शाहले भन्नु भएको थियो ,
    ” नेपाल दुई ढुंगा बिचको तरुल ” कति दुरदर्शी थियो उनको दिब्य उपदेश —

    तर हेर्नुस ऐलेका बरिष्ट भनाउदा कम्युनिस्टका नेता बेला बेलामा तिनै प्रिथिबी नारायण शाहलाई सरापछन् !
    जंग बहादुरलाई सरापछन् भलै तिनका कयौ गल्तिको अगाडी देश जोगाउने जस्तो
    महान कुटनीतिक कार्य त आफ्नै ठाउँमा दुरदर्शी थियो !
    के गाली गर्नु यी हस्तीलाई जसले नेपाल रास्ट्रको सार्भभौम स्वभिमानलाई जोगाउन
    सफल भए .
    तर ऐलेका नेताको चाल देख्दा एकदम नै डर लाग्छ ——–

    Reply
  3. MB says:
    October 29, 2015 at 7:07 am

    We Nepali people will never stop fantasizing our one-sided love affair be it with India or China. Rather than using the big powers and serving our own interests in the best possible way, we fully give in sometimes to India and other times to China and serve only their interests. Wake up stupid us!!! China does not love us. China loves money. So does India. Nobody loves us. It’s us who has to develop a habit of loving us rather than fantasizing our love affair with India, China or some other country.

    Reply
    1. XYZ says:
      October 29, 2015 at 12:36 pm

      Exactly, you speak my mind. All these arguments are sickening:
      1. Dui desh beech ko tarul – said to be the policy of Prithivinarayan shah.
      2. Isolationist policy of Rana
      3. Playing India or China cards – current policy in practice
      4. Becoming dynamite between two stones – Maoist idea
      5. Becoming a bridge between India and China – Gyane plus Baburam idea. India and China, for economic interests, are coming closer ever more, they do not need a bridge to interconnect.
      6. We need to be interdependent – give and take relationship – give something in return for something.What is the point if you are receiving fuel from China in return for your sovereignty, what is the difference from listening to India?

      Reply
    2. bibek dhakal says:
      October 29, 2015 at 3:27 pm

      This is called height of ingratitude. ‘China loves money’? So that’s why HEr government agreed to send a million litres of petrolium product for free. And China is not a country paralyzed by capitalism to be obsessed with money. अलिकति लाज मान्नु पर्यो. यस्तो अवस्थामा निस्वार्थ सहयोग गर्ने छिमेकीलाई दसथरी कुरा भन्ने ?

      Reply
      1. Bindu says:
        October 29, 2015 at 4:30 pm

        बिबेक जी ,
        चीनको यो सहयोग उसको कुटनीतिक दुरदर्शिता हो . उसले पनि नेपाल प्रति आफ्नो
        पकड बलियो राख्न चाहन्छ भारत तःथा अमेरिकाको कारण —
        नेपालमा जति भारतीय प्रभुत्व छ त्यो भन्दा कम छैन अमेरिकी प्रभुत्व पनि —
        तिब्बत नेपालको उत्तरी साँधमा छ —
        यति हुदा हुदै अर्को महत्वपूर्ण कुरा , नेपालको पहाडी हिमाली गर्भमा रहेको खनिज तत्व —
        चीनले यी सब बुझेको छ उसको फाईदाको लागि —
        अर्को तिर भारत छ जसलाई नेपालको जल भण्डार अति महत्वपूर्ण छ —
        यहाँ स्वार्थ नै स्वार्थ छ बिबेक जी यी देशहरुको नेपाल प्रति .
        यति भनिसक्दा , तपाइले भन्नु भए जस्तो त्यो दशथरि कुरा , चीन – भारत हाम्रो
        शत्रु भनेर हामीले भन्नु हुदैन . यी मित्र रास्ट्र नै हुन् , हाम्रा अति बलिया छीमेकी हुन् —
        ऐले हाम्रा नेताको बोलि व्यवहारले एउटालाई हेपेको अर्कोलाई पूजेको जस्तो दृश्य
        देखिएको छ — त्यो घातक हो नेपालको लागि —
        दुवै देशप्रतिको कुटनीतिक ब्यबहारमा हाम्रो देशले बराबर भूमिका खेल्न सक्नु पर्छ .
        भारत रिसाउदा हामीले भोग्नु पर्ने घाटा हामीले देखिसकेका छौ बारम्बार —
        ऐले भारतले यो बिघ्न अत्याचार गर्दा पनि हामीले भुल्न नहुने कुरा के हो भने भारत
        हाम्रो देशको आर्थिक उत्थानको लागी चीन भन्दा बढी महत्वपूर्ण छ .
        तर यहा कुरा बिग्रिएको चै हाम्रै नेताहरुको अदुरदर्शी व्यवहारले गर्दा हो .
        फेरि त्यै दोहोरिदै छ — ऐले चीनलाई देउता जस्तो मान्न थालेको छ हाम्रा नेताले , जुन
        एकदम गलत हो .
        चीन र भारत दुवै देशसंग बराबर कुटनीतिक सन्तुलन राख्न नजाने / नसके दुर्भाग्य
        नेपालले भोग्छ —- हामी नेपाली जनताले भोग्छौ —

        Reply
        1. bibek dhakal says:
          October 29, 2015 at 11:28 pm

          कसैले सहयोग गर्दा सहयोग को नियत खोतल्न थाल्ने प्रवृति को विरोध गरेको हो मैले. हो नेपालमा अहिलेसम्म भारतको प्रभुत्व चलेको छ, हुनपनि भौगोलिक रुपमा हामि उसको हैकम साहना बाध्य छम तेसैले पनि तपाइको अक्षरहरुमा व्यक्त लाचारी सायद हाम्रो नियति बनिरहेको छ. तर सत्यलाई सोझै बिन्दुमा हेर्ने प्रयास गरम न ‘बिन्दु’ जी, किन बांगो टिङ्गो ‘रेखा’ बनाउनु. चीनको भित्रि स्वार्थ जे सुकै होस् यदि हाम्रो लागि अहितकारी स्वार्थ भैदिएको भए अहिले हैन उहिले देखि लक्षण हरु देखिनु पर्ने. भन्नु को मतलब भारत हेरिकन चीन एक एग्रेसिभ देश हो र यदि नेपालबाट केहि फाइदा उसले खोजेको भए तिब्बत लाइ सुलुत्त निलेजस्तो निल्न उसलाई गारो थिएन. तर उसले त्यस्तो गर्ने लक्षणहरु अहिलेसम्म देखाको छैन. भने, भारतले नेपाललाई यसरि सहयोग गरेको भनेको बिरलै सुन्न पाइन्छ. त्यो भुकम्पको बेला देखावटी २ पैसे सहयोग गरेर २ करोड को प्रचारलाइ म सहयोग भन्दिन.
          हो म मान्छु भारतको बिरोध मात्र गर्नु भनेको खोक्रो रास्त्रवाद हो. म यसो गरेर रास्त्रवादी देखिन चाहन्न. तर सत्यलाइ सत्य भन्न सक्नुपर्छ र सत्य यो हो कि भारत हेरिकन अहिलेसम्म चीननै नेपालको लागि असल साथिको रुपमा प्रस्तुत भएको छ. त्यसैले १९५० को ‘उसले जहिले काट्न नि हुन हाम्ले कहिले काट्न नपाउने’ काम न काजको सन्धिलाई महत्व नदियिकाना चीन संग नया सम्झौता गरि अघि बढ्नु हाम्रो लागि हितकर देखिन्छ.
          अनि धेरैले उठाउने कुरा भनेको सांस्कृतिक रुपमा नेपाल भारत संग चीन भन्दा नजिक हुनुलाई लियिएको छ. मेरो सुझाव त अझ अहिले संसारको अर्थतन्त्र कब्जा गर्न तत्पर चिनिया भाषालाई बरु पाठ्यक्रममा समावेश गरे हाम्रो लागि हितकर हुन्छ. ताकि अंग्रेजी जस्तै दोश्रो चलनचल्तिको भाषा चिनिया होस्.
          प्रस्टै भन्दा भारतपरस्त वा अरुकुनै देश परस्त हुनुभन्दा चीनपरस्त हुनु हाम्रो लागि हितकारी छ..

          Reply
      2. Surya says:
        October 29, 2015 at 5:52 pm

        निश्वार्थ सहयोग? This does not exist.

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme