Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को होलान् ती ८ ‘हुस्सु’ सांसद्? जसलाई भोट हाल्न समेत आएन

Posted on October 28, 2015 by Salokya

12185710_10207980710064967_2079266010_o
बुधबार भएको राष्ट्रपति निर्वाचनमा खसेको थियो ५४९ मत। तर मत परिणाममा विद्या भण्डारीले ३२७ मत र कुलबहादुर गुरुङले २१४ मत पाएको भनियो। बाँकी ८ मत कता गयो त? ८ मत त बदर भएछ। यो त अझै कम भयो। पहिलो राष्ट्रपति निर्वाचनको पहिलो चरणमा त २४ मत बदर भएको थियो। गोप्य मतदान भएको हुनाले बदर हुने गरी मत हाल्ने ती ८ हुस्सु सभासद् को हुन् थाहा हुँदैन होला भनेर तपाईँले सोच्नुभएको होला। तर होइन, थाहा हुने रहेछ। किनभने ती मध्ये चार जनाले त मतपत्रमा हस्ताक्षर गरेका रहेछन्।
XSMF6OM

खासमा मतदान गर्न मतपत्रमा उम्मेदवारको नाम सँगै रहेको खाली बाकसमा ठीक चिह्न लगाउनु पर्ने हो। तर विद्या भण्डारीको नामसँगै दुई जनाले र कुलबहादुर गुरुङको नामसँगै दुई जनाले हस्ताक्षर गरेका रहेछन्।

खासमा ती सभासद्हरु झुक्किएका हुन्। प्रधानमन्त्री निर्वाचनमा सभासद्को नामसँगै हस्ताक्षर गरी मत जाहेर गरिन्थ्यो। यस पटक पनि त्यस्तै गर्ने होला भन्ठानेछन्। फलतः उनीहरुको मत बदर भयो। नत्र विद्या भण्डारीले ३२९ र कुलबहादुर गुरुङले २१६ मत ल्याउने रहेछन्।

यो भयो चार मतको कहानी। बाँकी ४ मत नि ?

उनीहरु चाहिँ बढी जान्ने भएका हुन्।

दुई वटा मत पत्रमा भने दुई वटै उम्मेदवारलाई चिह्न लगाइएको थियो। भन्नुको अर्थ उनीहरुले जानाजानी मत बदर गरेका हुन्। अनि बाँकी २ मतपत्र चाहिँ कसैलाई पनि चिह्न नलगाई खाली खसाइएको थियो। यो पनि जानाजानी नै गरिएको हुनुपर्छ। उनीहरु चाहिँ को हुन् भनी पत्ता लाग्न सक्दैन किनभने यो गोप्य मतदान हो।

हस्ताक्षर भएको मतपत्रका बारेमा पनि व्यवस्थापिका संसद सचिवालयले केही पनि बताएको छैन। बताउन मिल्दैन पनि।

तर तपाईँ अनुमान लगाउन सक्नुहुन्छ कि को होलान् ती आठ सांसद् जसले हस्ताक्षर गरेर, दुवै उम्मेदवारलाई मत दिएर वा खाली मत खसालेर मत बदर गरे?

1 thought on “को होलान् ती ८ ‘हुस्सु’ सांसद्? जसलाई भोट हाल्न समेत आएन”

  1. punya prashad says:
    October 29, 2015 at 1:09 am

    हैट!! सक्की गो नि ! येस्ता येस्ता बाँदर ले देश चलाउने !? जसलाई एउटा भोट हाल्न नि आउदैन !?
    गुन्डागर्दी , नारा जुलुस, धादली गर्दै मा नेपाल मा झप्प संसद मन्त्रि पद्कैहलिंछा … सब डाकु नै डाकु अनि सब चुप संसद मा मन्त्रालय मा
    यी संसद मन्त्रि लाई पशुपति को घण्टा हल्लाउने काम लगिदियो भने अलिक ज्ञान आउछ कि !?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme