Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ राष्ट्रपतिलाई नजिकबाट चिनौँ

Posted on October 28, 2015October 28, 2015 by Salokya

राष्ट्रपति चुनावको परिणाम
कूल मतदाता ५९७
खसेको ५४९
बदर ८
विद्या भण्डारी : ३२७
कुलबहादुर गुरुङ २१४
भण्डारी राष्ट्रपति निर्वाचित
12182271_1055636387793552_592629189_n-001
नाम: विद्यादेवी भण्डारी
• जन्म मिति: सोमबार ०५ असार २०१८ तदनुसार— Monday, 19June 1961
• जन्मस्थान: मानेभन्ज्याङ –२, भोजपुर, नेपाल ।
पारिवारिक अवस्था:
• हजुरबा: स्व. तिलकबहादुर पाण्डे ।
• हजुरआमा: स्व. भीमकुमारी पाण्डे ।
• माता: मिथिला पाण्डे ।
• पिता: स्व. रामबहादुर पाण्डे ।


दाजुभाइ र दिदीबहिनीहरु
• तेजेन्द्र पाण्डे
• टेकेन्द्र पाण्डे
• डेगेन्द्र पाण्डे
• बहिनी: सुशीला पाण्डे ।
विबाह: २४ साउन २०३९ सालमा ।
१. श्रीमान: स्व. मदनकुमार भण्डारी ।
२. छोरीहरु: उषाकिरण भण्डारी तथा ज्वाइँ उमेश थापा ।
डा. निशाकुसुम भण्डारी ।
३. दाजुभाइ तथा दिदी÷बहिनीहरु क्रमशः
मनोज भण्डारी तथा कमला भण्डारी । मोहन भण्डारी तथा लक्ष्मी भण्डारी । प्रेम भण्डारी तथा शारदा भण्डारी । डा. कैलाश भण्डारी तथा कल्पना भण्डारी ।
बहिनीहरु: शारदा निरौला, इन्दु बराल, शान्ता पोखरेल, राधा निरौला, स्व. गीता लामिछाने ।
निवास: नयाँ बानेश्वर– १०, काठमाडौं, नेपाल ।
१. नागरिकता नम्बर: ३७६८÷११८४
२. राहदानी नम्बर: ४२२९३१० ।
शिक्षा:
• बाल्यकालीन शिक्षा: बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।
• माध्यमिक शिक्षा: विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल ।
• उच्चशिक्षा:
भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उत्तीर्ण ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए. अध्ययन
• भाषा: नेपाली, हिन्दी र अंगे्रजी ।
• भ्रमण: स्वदेश तथा
• विदेशमा— भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।
राजनीतिक दल:
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
वर्तमान जिम्मेवारी:
• हाल प्रतिनिधि सभा सदस्य, (संविधानसभा सदस्यका रूपमा नेतृत्वदायी भूमिका)
• उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट)
• अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) ।
• अध्यक्ष, मदन भण्डारी फाउन्डेसन ।
• उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो) ।
राजनीतिक यात्रा:
• २०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा (माले) सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।
• २०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
• २०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
• २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
• २०३९—०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
• २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
• २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
• २०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
• २०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित । त्यसपछि क्रमशः ०६२ मंसीर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म ।
• २०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
• २०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
• २०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित ।
• २०६०÷०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।
• २०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको (आप्सो) उपाध्यक्षमा निर्वाचित ।
राजकीय जिम्मेवारी:
• २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
• २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
• २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
• २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।
जेल जीवन:
२०६१÷०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।
रुचि:
— महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने ।
— समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने ।
— गीत, संगीत तथा साहित्यिक लेखनमा विशेष ।
सम्पर्क सूत्र:
निवास:
मध्यबानेश्वर— १०, काठमाडौं ।
इमेल: [email protected]

(एमाले प्रचार विभागद्वारा प्राप्त सामाग्री जस्ताको तस्तै)

5 thoughts on “नयाँ राष्ट्रपतिलाई नजिकबाट चिनौँ”

  1. Mk says:
    October 28, 2015 at 7:07 pm

    congrats to her VB for her new obligation as a 1st female president of Nepal . wishing u all the best/

    Mankjaeee ‘jena\|

    Reply
  2. eklavya says:
    October 28, 2015 at 6:21 pm

    नेपालमा पनि राष्ट्रपति भारतमा झैँ स्वतन्त्र प्रतिनिधि हुनु पर्ने हो ताकी पदिय भारको रुपमा तटस्थ रहन सकोस यदि पार्टीगत हुन पुगे संसद र राष्ट्रपतिमा कुनै फरक हुने छैन जस्तो लाग्छ जसो पार्टीले निर्देशन दिनेछन सोहि काम हुने छ .

    Reply
  3. Surya says:
    October 28, 2015 at 6:06 pm

    अरु कुरा त्यस्तै हो, देशको पहिलो राष्ट्रधेक्ष महिला भएकोमा अब थोरै मात्रामा भएपनि देशले कोल्टो फेर्छकी भन्ने झिनो आशा पलाएको छ. राष्ट्रपतिको पद सेरेमोनियल भएतापनि यसमा बस्ने व्यक्तिले सारा देशलाई एकसुत्रमा बाँधेर जनतालाई सहि कुरा सोच्न उत्प्रेरित गराउन सक्छ. एउटा महिलाले यो किसिमको अभिभावकको भूमिका राम्रोसंग निर्बाह गर्न सक्छ जस्तो लाग्छ. मेरो बिचारमा आर्थिक बिकाश भन्दा महत्वपुर्ण राम्रो सोचको विकास हुनु हो जसमा राष्ट्रपतिले ठुलो भूमिका खेल्न सक्छ.

    Reply
    1. punya prashad says:
      October 28, 2015 at 10:36 pm

      अब सक्किगो नि … संसार भर महिला प्रेसिडेन्ट बनाउदै हिदम … संसार राम्रो हुन लाइ महिला नै चाइने रैछ …. कस्तो खतरा तर्क तपाई को !

      आर्थिक विकास भन्दा राम्रो सोच को बिकास हुनु पर्ने तपाई को भनाइ अनुसार … सब जना जोगी सन्त महन्त बैरागी हुनु पर्ने देखिन्छा … हैट! हेरी येस्ता त छन् जनता .. तपाई जस्ता … सक्की गो नि !

      Reply
  4. XYZ says:
    October 28, 2015 at 5:54 pm

    CONGRATULATION TO MR OLI FOR BIDYA BHANDARI BEING ELECTED AS THE NEPAL’S FIRST FEMALE PRESIDENT. NOW, WE CAN SAVE SOME MONEY BY HAVING BALUWATAR AND SITAL NIWAS AT A SAME PLACE.
    PS: I AM STILL HAVING BADULI (HICCUP) FOR NOT VOTING YOU. NOW WITH THE ELECTION OF BIDYA I AM HAVING DOUBLE BADULI – KE GARNE HOLA?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme