Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फुटबल डुबाउँदै एन्फा, तैपनि गणेश थापा महान्

Posted on October 27, 2015October 28, 2015 by Salokya

म्याच फिक्सिङको ‘सक’बाट नेपाली फुटबल फ्यानहरु बौरिएका पनि थिएनन्, फेरि अर्को कान्ड आइलागेको छ। म्याच फिक्सिङमा सिनियर खेलाडी र अफिसियलहरु यत्तिकै तानिएका थिएनन्, एएफसी र स्पोर्टसराडारले एक वर्ष लामो अनुसन्धान गरेपछि नेपाल प्रहरीसित सहकार्य गरेर उनीहरु पक्राउ परेका हुन्। यसमा फुटबलका टाउकेहरु पनि संलग्न भएको विश्वास गरिएको छ। तर देशद्रोहको असम्बन्धित मुद्दा लगाएर प्रमाणित नभई उनीहरुलाई यत्तिकै छाड्ने सम्भावना देखिन्छ।

म्याच फिक्सिङको अपराधिक फट्याइँपछि एएफसीले फेरि एन्फालाई अर्को फँट्याइ समातेर कारबाही गरेको छ।

गत सेप्टेम्बरमा भएको एएफसी यु १६ च्याम्पियनसिपको क्वालिफायर्समा नेपाली किशोर टोलीले गजबको खेल खेल्यो भनेर हामीले वाहवाही गरेका थियौँ। समूहको उपविजेता भएर नेपाल च्याम्पियनसिपको लागि छनौट पनि भएको थियो।

तर नेपालले गरेको सबै मेहनत खेर गएको छ। एक जना खेलाडी नियमविपरीत बढी उमेरको राखेको भन्दै एएफसीले सबै खेलमा नेपाललाई ३-० ले हराउँदै ने्पाललाई प्रतियोगितामा खेल्नबाट वञ्चित गराएको छ। साथै ३० दिनभित्र १४ हजार ५ सय डलर जरिवाना तिर्न भनेको छ।

हेर्नुस् एएफसीको निर्णय-
afc
तर पनि एन्फा पदाधिकारी देशद्रोही हुँदैनन्। एन्फा अध्यक्ष गणेश दाइ महान् हुन्छन् सबैका। नेपाली फुटबल यसरी नै चलिरहन्छ।

4 thoughts on “फुटबल डुबाउँदै एन्फा, तैपनि गणेश थापा महान्”

  1. cRIS says:
    October 30, 2015 at 7:28 am

    गणेश थापालाई कसले छुने अब?? जोगाउने आफ्नै दाई नै सरकारमा छ| नेपाल उभो नलागेको यी यस्तै पाराले हो| अब प्रणाली यस्तै छ, नेताहरुको छाला यस्तै छ| हामी तेस्तैको पछाडी तालि बजाउदै हिञ्छौ त, कसको दोष हो यो????!

    Reply
  2. Bishnu says:
    October 28, 2015 at 8:15 am

    जसरि हुन्छ भ्रस्टका नायके गणेश थापालाई हटाउने मात्र होइन सजाय हुनपर्छ| जबसम्म गणेशे एन्फामा भैरहन्छ तबसम्म केहि प्रगति हुने होइन| तु कारवाही गरिनपर्छ|

    Reply
  3. bijay says:
    October 28, 2015 at 6:54 am

    खेलाडीहरु के एन्फा का गोरु जस्तो भएर बसिराखेको. खुरुक्क खेल बहिस्कार गरिदिए त भैहाल्यो नि. अनि खेलाडी नै नाभायेपछी कसको नाम भ्रस्टाचार गर्छ होला एन्फा र गणेश ले

    Reply
  4. Santosh Lamichhane says:
    October 28, 2015 at 3:30 am

    नैतिक जिम्मेवारी लिएर राजिनामा गर्नु पर्ने हो..ह्यायु हुने र इमान्दार मान्छेले ..!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme