Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिमा विद्या भण्डारी Vs कुलबहादुर गुरुङ, उपराष्ट्रपतिमा नन्दकिशोर पुन Vs अमियकुमार यादव

Posted on October 27, 2015October 27, 2015 by Salokya

prezs
भोलि हुने राष्ट्रपतिका लागि एमाले र सत्तारुढ गठबन्धनको तर्फबाट विद्या भण्डारी र प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट कुलबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। भण्डारी एमालेका अहिलेका उपाध्यक्ष हुन् भने गुरुङ चाहिँ कांग्रेसका पूर्व महामन्त्री हुन्। त्यसो त नेमकिपाले पनि उम्मेदवारी दर्ता गराएको छ राष्ट्रपतिमा – नारायण महर्जन। उनी पार्टीका केन्द्रीय सदस्य हुन्।
अपडेट : नारायण महर्जनले पछि नाम फिर्ता लिए।

bidhya

narayan

kb

उपराष्ट्रपतिमा एमाओवादीका नन्दकिशोर पुन सत्ता गठबन्धनका उम्मेदवार हुनेछन् भने नेपाली कांग्रेसले यो पदमा मधेसी उम्मेदवार अमियकुमार यादव उठाउने भएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदायको निर्वाचन हुनुपर्ने प्रावधान छ।

14 thoughts on “राष्ट्रपतिमा विद्या भण्डारी Vs कुलबहादुर गुरुङ, उपराष्ट्रपतिमा नन्दकिशोर पुन Vs अमियकुमार यादव”

  1. rajan says:
    October 28, 2015 at 6:20 am

    दुइ वटा उप-राष्ट्रपती को पद सिर्जना गरेर छेरे देउबा र रामचन्द्रेलाइ थनक्याइदिएको भए राम्रो हुन्थ्यो होला | यी दुइ को चरित्र पनि फोरमानन्द संग अलि अलि मिल्छ तर एक्लैले फोरमानन्दको बेडा थाम्न असक्षम छन् |

    Reply
  2. शेरचन वम्जन says:
    October 28, 2015 at 4:21 am

    यो केहि होइन, कांग्रेसले हार्ने निश्चित भए पछि कुल बहादुर गुरुङलाई थुम्थुमाउन र समावेशी जस्तो देखाउन अघि सारेको नकल गरेको मात्र हो| जित्ने भए कांग्रेसले के खाएर गुरुंगलाई हाल्थे?
    बीपीका आदर्शका सच्चा फलोवर भिम बहादुर तामांगलाई कसरि कांग्रेसीहरुले गिरिजा र सुशीलको नेतृत्वमा भुइँमा पछारीदिए त्यो पनि हाम्ले देखेकै हौ| तामांगको भुल भनेको किसुनजी प्रति सहानुभूति राख्नु थियो|
    कांग्रेसमा समावेशी भन्ने चिज नै छैन| एउटा दुईटा देखाउने मात्र हो|
    एमालेको समावेशी भनेको देखाउने दांत मात्र हो|

    Reply
  3. ekraj says:
    October 27, 2015 at 4:57 pm

    We will be experiencing full circle of stinking democratic garbage from these thugs, corrupt, lazy, criminals and iliterate political corps.

    Reply
  4. Amar Thapa says:
    October 27, 2015 at 3:05 pm

    हे दैब नेपाल देशको रक्क्षा गर ! कता ओलिरिन्दैछ यो सुन्दर देशको भविश्य !

    Reply
  5. Chandra says:
    October 27, 2015 at 2:39 pm

    श्रीमती हुनु पर्ने हैनर बिधा भण्डारी लाई, श्री को सट्टामा ! जसले जिते पनि तेल आउला जस्तो चै छैन 😛

    Reply
    1. bibek dhakal says:
      October 27, 2015 at 9:56 pm

      ‘मति’ जति ओली को पछि लागेर ( वा भनम ओली पछि लागेर) सकिसक्यो तेइ भएर होला ……

      Reply
  6. shyam says:
    October 27, 2015 at 1:29 pm

    नेपालको रास्ट्रपति अथवा उपरास्त्रपति दुवै ceremonial पद हरु भएकोले उनीहरु कुनै सार्वजनिक, राष्ट्रिय कार्यक्रम हरुमा मात्र भाग लिन पाउनेछन\ तर बिडम्बना कि एक धर्म निरपेक्ष्य रास्ट्रको रास्ट्रपति धार्मिक कार्यक्रमहरुमा पनि भाग लिन्छन\ त्येसो गर्नु हुदैन\ अर्को धर्मका मानिसहरुको चित्त दुख्छ\

    Reply
    1. Pradip Shrestha says:
      October 27, 2015 at 11:25 pm

      तपाइलाई ओबामाले क्रिस्ट्मस मनौदैन र चर्चहरुमा जादैन जस्तो लाग्छ कि के हो? ओबामाले नी बाइबल छोएर सपथ लिन्छन त| अमेरिका पनि धर्म निरपेछ छ नि|
      Now you may say, do not bring america here but the point is america is developing country because they don’t care about these things and spend their time in other productive stuffs.

      Reply
      1. cRIS says:
        October 28, 2015 at 8:34 am

        अमेरिकाको राष्ट्रपतिले आफ्नो धर्म अनुसार सपथ लिनु पाउछ| आदि ओबामा मुसलमान भएको भए उनले कुरान छोएर सपथ लिन पाउथे, र चांड पर्वमा आफ्नै मस्जिदमा गएर मनाउने पूर्ण छुट छ|

        यहाँ कुरो, व्यक्तिको भन्दा पनि देशलाई लिएर चर्च, मस्जिद या मन्दीर जानेकुराको होला| व्यक्तिगत तहको होइन होला| अलिक फरक छ कुरो|

        Reply
  7. XYZ says:
    October 27, 2015 at 12:12 pm

    If academic qualification of the Speaker is 10th grade and PM’s qualification is SLC then the qualification of the ceremonial President should “auntha chhap”. AND THIS IS 21ST CENTURY NEW NEPAL!

    Reply
    1. punya prashad says:
      October 27, 2015 at 7:13 pm

      मान्छे हरु (नेपाली हरु ) को प्रधानमन्त्री, रास्ट्रपति , सभामुख कोइ पनि होइनन …
      निरिह भेडा हरु को प्रधानमन्त्री , रास्ट्रपति , सभामुख हुन् तिनी हरु … अनि सरकार जंगली राज
      नेपाल अति सुन्दर भएर के गर्ने कुरुप फोहोरी फटाहा चोर डाका लुटेरा बन्दुके हरु को राज चलि रा को छ
      अब को १० वर्ष पछि सम्पूर्ण रुप मा संसद भवन , मन्त्रालय हरु डाकु बन्दुके फटाहा हरु ले भरिने ग्यारेन्टी /

      Reply
    2. rajan says:
      October 28, 2015 at 6:30 am

      नेपालको अब्याबहरिक शिक्षा हासिल गरेका लम्फुहरु प्राध्यापक र सरकारी जागिरको योग्य मात्र छन् | यी भेंडाहरु ब्याबहारीक बुद्दिको अभाबमा ब्यापार र राजनिती गर्न असक्षम |

      Reply
      1. punya prashad says:
        October 28, 2015 at 7:43 pm

        हेरी .. हेरी .. कस्तो लम्फु कुरा !

        नेपाल को अब्यबहरिक सिक्ष्या भाको ले राजनीति गर्न नसकेका पढेका हरु ?
        जो जिन्दगी भर पढ्न को अल्छि ले गुन्डागर्दी र फट्याई गर्दै हिद्छा .. सानो हुदा गुच्चा अनि ठुलो भए पछि हतियार , बन्दुक लिदै हिद्छा …. उल्टो किङ्ग कोङ्ग भएको मा गर्ब गर्ने !?
        मुला औठा छापे हरु.. !

        Reply
  8. @hajurko_mitra/twitter says:
    October 27, 2015 at 11:57 am

    हहहः किन चुनाबको नाटक गरेको होला

    राश्ट्रपती बिध्या भन्डारी

    उपराष्ट्रपति पासाङ हुने 100% ग्यारेन्टी भैसक्दा पनि!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme