Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सागर थापा सय रियाल फिर्ता दे !

Posted on October 25, 2015October 25, 2015 by mysansar

– अमृत सुबेदी/पर्वत हाल लिस्बन, पोर्चुगल –

sagar-thapa सागर थापा एन्ड कम्पनीले देशलाइ ठुलो धोका दिएकै हो । लगातार दुइ बर्ससम्म कुनै पनि म्याच नजितिने भनेर गरेको म्याच फिक्सीङ प्रकरणको अर्को एउटा बलियो प्रमाण मसँग पनि छ ।

एप्रिल ११ २०१४ को दिन एसियाली फुटबल महासङ र कतार स्पोर्ट काउन्सिलको सयुक्त आयोजनामा नेपाल र फिलिपिन्स बिच मैत्रिपुर्ण खेल कतार को दोहा स्थित अल अरबी फुटबल मैदानमा भएको थियो । २०२२ को बिश्वकप अयोजकको दाबेदार कतारलाइ उसको देशमा फुटबलको क्रेज नै छैन भनेर लागेको आरोप चिर्नु थ्यो । सन्सारका सबै भन्दा अल्छी जनता भनेर चिनिने गरेका कतारीहरुलाइ पचास डिग्रिको तापक्रममा फुटबल हेर्न जालान भन्ने कल्पना भन्दा बाहिर को कुरा थियो ।

तसर्थ उनिहरुको देशमा कतारीको जनसङ्ख्या भन्दा धेरै जनसङ्ख्या रहेको नेपाल र फिलिपिन्स बिचको फुटबल गराउदा स्टेडियम भरिने र फुटबलको “आयातित” भएपनि क्रेज देखीने भएकोले सम्पुर्ण लगानी गरेर कतारले यो खेल आयोजना गरेको थ्यो। खैर जे होस, हामी नेपाली र फिलिपिनो सहकर्मी बिच उक्त म्याच हेर्न जाने र बाजी राख्ने पक्का पक्की भो ।

राती ड्युटी भएकोले साझमा हुने उक्त खेल हेर्न मलाइ एकदम सजिलो थ्यो । रातीको साढौ दुइ बजेको थ्यो, मैले मेरो सहकर्मी फिलिपिनो साथीलाइ कम्प्युटरमा नेपाली रास्ट्रिय टिमका खेलाडी चिनाउदै थिए भने उसले मलाइ फिलिपिन्सका रास्ट्रिय टिमका खेलाडीहरु देखाउदै थियो । कहिले काँही समय पनि अबिस्वासिलो हुदो रैछ । सोही टाइममा हाम्रा अगाडी तिनै खेलाडी मध्धे तिन जना सागर थापा, सन्दिप राइ र अर्को एकजना (मैले नाम बिर्सिए) हाम्रो अगाडी आइपुगे अर्थात र्याडिसन ब्लु दोहाको रिसेप्सनमा आइपुगे । म नतमस्तक भए र तत्काल लबी मा निस्किए, हात मिलाए, परिचय गरे र अरु साथीहरुलाइ पनि परिचय गराए । हामीले तपाइहरुको फोटो हेर्दै थ्यौ भन्दै भोली गेम हेर्न आउने र हामी बिच बाजी भएको कुरा पनि बताए । मैले सोफामा बस्नुस भनेर भन्दा भन्दै उहाले एउटा एक्ज्युकेटिब रुममा साथी बसेको छ र भेट्न जाने कुरा बताए ।

मैले सिस्टमले त जान दिन मिल्दैन तर बस्ने मान्छेको डिटेल दिन सक्नुहुन्छ भने मेरो ब्यक्तिगत रिस्कमा मैले रुममा जाने परमिसन दिने सक्ने कुरा बताए । सागर थापाले भने, अन्जान केसी दाइ पनि आउनु भाको रैछ, भेटौ भनेर । सिस्टममा सबै सहि देखे पछी एलिभेटरमा राखेर म सगै गएर अन्जान केसिको एक्ज्युकेटिभ सुइट रुममा पुराइदिए । फर्किदा मनमा कुरा खेल्यो ‘आजै म्याच छ किन अहिले यहा आएका होलान’ भनेर । फेरी सोचे बिचराहरुलाइ होलिडे भिल्ला सस्तो होटलमा राखेको रैछ, जहाँ रक्सी पाउदैन थ्यो , हल्का पिउनलाइ आएहोलान । म कम्युटरमा अन्जान केसीको स्टाटस र हिस्ट्रि चेक गरे । पहिला पनि धेरै पटक बसेका रैछन ! यो पटक एक इन्डियन मान्छेको अमेरिकन एक्सप्रेसको कार्डको ग्यारेन्टि राखेको बुकिङ थ्यो । तिनै जना तत्कालै फर्किहाले । मैले खासै धेरै सोचिन ।

बाहिर निस्केर उनिहरुलाइ मेरो तर्फबाट एउटा कम्लिमेन्ट्रि कारबाट होलिडे भिल्ला होटल जाने बेबस्था मिलाइदिए । जाने बेलामा सबै जना म सँग एक दम खुसी भए । मैले केही घन्टा पछी हुन गइरहेको म्याचको लागी गुडलक भन्दै बिदा गरेँ ।

बिहान सात बजे काम सकेर रुममा गए । छ घन्टा सुतेर, नेपाली र फिलिपिनो गरेर करिब दशजनाको समुह मिलेर अल अरबी स्टेडियम तिर लागियो । पेप्सिको बोटलमा सोमरस, सय सय रियालको बाजि, आइ लब नेपाल लेखेको टिसर्ट र नेपालको झन्डा बोकेर स्टेडियममा पुग्दा साच्चिके समाइलो भाको थ्यो । खेल सुरु भयो दुबै तर्फको तगडा खेल थियो । बल पोसेसन पनि लगभग बराबर थ्यो , कर्नर किक , फल देखी फ्रिकिकमा पनि त्यती फरक थिएन पहिलो हाफको अन्त्य तिर फिलिपिन्सले एक गोल ठोक्यो, स्टेडियमका नेपाली झन्डा झुके फिलिपिनो झन्डा जोड जोडले फरफरिन थाले । दोस्रो हाफमा फिलिपिन्सले अर्को तिन गोल थप्यो । अन्तत नेपाल राम्रो खेल खेल्दा खेल्दै पनि चार जिरोले ‘फिक्सिङ” भो ! मेरो सय रियाल पनि गयो, फिलिपिनोसँग हामी खिस्स भयौ । मेरो एकजना सन्तोस भन्ने साथीले त त्यहि दिन कसम खायो अब नेपालको फुटबल हेर्न कहिलै पनि स्टेडियम जादिन भनेर ।

अहिलेको म्याच फिक्सिङ कान्डले मैले बल्ल थाहा पाए । किन अन्जान केसी कुनै आधिकारिक ब्यक्ति नहुदा नहुदै पनि जाबो एउटा म्याच हेर्न कतार आयो ! किन उनले इन्डियन मुलका ब्यक्तिको अमेरिकन एक्सप्रेसको कार्डलाइ ग्यारेन्टी राखेर र्याडिसन जस्तो महङगो होटलमा बसे । सोही दिन म्याच हुदा हुदै रातको तिन बजे लुकेर ट्याक्सि चडेर सागर थापा लगायत तिनजना खेलाडी किन र्याडिसनमा आए ।

खेलकुद मन्त्रालय तथा एन्फाले फुटबलको बिकासको लागी महङगो पैसा खर्चेर बिदेशि कोच झिकाएर देखी खेलाडीलाइ भत्ता तथा तलब तोकेर सम्म फुटबलको बिकासको लागी पहल कदमी उठाएकै हो । तर के गर्नु खेलाडी नै टट्टु भइदिए पछी कसको के लाग्छ र । भाडाका टट्टुलाइ हदै सम्मको कारबाहि होस्।

3 thoughts on “सागर थापा सय रियाल फिर्ता दे !”

  1. narayan says:
    October 26, 2015 at 10:39 am

    यो सागर थापा सहित , गणेश थापा जस्ता कुत्ता सबैलाई खोरमा खोच्नु पर्छ , अमृत जी को देश प्रतिको सद्भाव जागीरहोस एक दिन हाम्रो झन्डा उठ्ने दिन आउनेछ /

    Reply
  2. Gaurav says:
    October 25, 2015 at 7:40 pm

    साँचै देशको माया भनेको यो पो|
    विगतमा राजाको मक्किएको तुनामा झुन्डिन खोज्ने र आजभोली पार्टीको झण्डा बोक्नेलाई देशभक्ति मानेर उदाहरण पस्किंदै राजनीति खेलमा गोल गर्नेहरु टन्नै छन्|
    खोइ कंहा थिए खेलकुद मन्त्रि जुन बेला अमृतजीले उक्त घटनाको बयान पेश गर्नु भएको छ|
    भ्रस्ट खेलकुद मन्त्रि उबेला देखि नै घुस खाएका व्यक्तिलाई खेलकुद काउन्सिलको सचिवमा नियुक्ति दिन तम्तयार गर्दै थिए|
    सागर थापालाई मात्र होइन, अनफाका अध्यक्ष गणेश थापालाई समेत जेलमा हाल्नु पर्यो|
    देशको बद्नाम गर्ने इनीहरु नै हुन्| कति चाहियो प्रमाण?
    अमृतजीलाई धन्यवाद, तपाईको दुखेसो नेपाललाई साँचो मनले माया गर्ने सबै नेपालीले बुझछन| अरु पनि खोजि खोजि निकालेर लेख्नुहोला|
    अन्तमा, महाअल्छेहरुको देश १००% ठिक| एउटा काम उनीहरुले गरेको भनेको अध्यागमन हो त्यही पनि कस्तो जाँगर नचलाई गरेको सबैले देखेकै छन्| ह्युमन राइट खोज्नेहरुले कसरि यो महा अल्छेहरुको देशलाई टारगेट बनाउन दिनहु चुकेका होलान, यो सोचेर ल्याउदा पैसा नै महादेव रहॆछ जतैगए पनि|

    Reply
  3. XYZ says:
    October 25, 2015 at 7:14 pm

    The information provided is really useful to the investigators. Hope, it will be noted.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme