Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति निर्वाचनको चटारो, नाकाबन्दीको तगारो : पढ्नुस् कात्तिक ७ का प्रमुख घटना

Posted on October 24, 2015October 25, 2015 by Salokya

२०७२ कात्तिक ७, शनिबार

राष्ट्रपति निर्वाचन एक महिनाभित्रै गर्नुपर्ने संवैधानिक प्रावधानका कारण दशैँको पूर्णिमासमेत नसकी आज संसदको बैठक डाकिएको थियो। आज एउटा ऐतिहासिक दिन पनि थियो। आज नेपालको पहिलो महिला सभामुखले पहिलो संसद बैठक सञ्चालन गरेकी थिइन्। राष्ट्रपति निर्वाचनको कार्यक्रम आजै प्रकाशित भयो। सहमतिका लागि भोलि साढे ४ बजेसम्मको समय अनि सहमति नभए ११ गते ११ बजे मतदान।

12182785_10153802614640962_7175854530656306339_o
12046735_10153802614635962_2657050430587860626_n

उम्मेदवार को-को त ?
कांग्रेसले अन्य राजनीतिक दलहरुसँग छलफल गरी सहमतिको प्रयास गर्ने र त्यसपछिमात्रै उम्मेदवारी दर्ता गर्ने तर सहमति नजुटे पनि आफ्नो तर्फबाट उम्मेदवारी भने दिने निर्णय गर्‍यो। कांग्रेसले सहमतीय उम्मेदवारका रुपमा रामवरण यादवलाई नै अघि सार्ने भएछ।

एमाले स्थायी समितिको शनिबार राति अबेरसम्म बसेको बैठकले राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउने र सबैलाई सहयोग गर्न आग्रह गर्ने निर्णय गर्‍यो। राष्ट्रपतिको उम्मेदवारमा विद्या भण्डारीको चर्चा छ। त्यस्तै सुवास नेम्वाङको नाम पनि सुनिएको छ। एमाओवादीले भने राष्ट्रपतिको दावेदारी छाडिसकेको छ। उपराष्ट्रपतिका लागि नन्दकिशोर पुन पासाङको नाम आए पनि राष्ट्रपतिको उम्मेदवार हेरी फरक लिङ्ग र जातको उम्मेदवारी तय गर्ने एमाओवादीले निर्णय गर्‍यो। मधेसी मोर्चाका तर्फबाट भने केही नेताले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने अभिव्यक्ति दिए।

नाकाबन्दी कडाई
सप्तरी, धनुषालगायत तराईका केही जिल्लाहरुमा नाकाबन्दी कडाइका साथ लागू गर्न थालियो। फलस्वरुप सिरहामा आजदेखि फेरि निषेधाज्ञा लागू गरियो। धनुषामा यस्तो प्रेस विज्ञप्ति आयो-
12072817_1724467257783480_7396458514043918512_n

नाकाबन्दी
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नाकाबन्दी शब्द उच्चारण नगरिकन भारतले आफ्नो भ्रमणताका दिएको वचन पूरा नगरेको आरोप लगाए। उनले भारत बाहेकका अरु देशबाट इन्धन आपूर्ति गर्ने कार्य सुरु भइसकेको संसदलाई जानकारी गराए। यही बेला चीन र नेपाल सरकारबीच पेट्रोलियम पदार्थको आपूर्तिका लागि सम्झौता गर्न सम्झौता पत्रको ड्राफ्ट तयार भइसकेको र त्यो हुनेबित्तिकै चीनले केरुङ नाकाबाट एक हजार टन तेल अनुदानस्वरुप दिने समाचारले धेरैलाई राहत दियो।

3 thoughts on “राष्ट्रपति निर्वाचनको चटारो, नाकाबन्दीको तगारो : पढ्नुस् कात्तिक ७ का प्रमुख घटना”

  1. XYZ says:
    October 25, 2015 at 6:28 am

    एक हजार टन तेल अनुदानस्वरुप दिने समाचारले धेरैलाई राहत दियो। – If mere news on the import of fuel from China could come as a relief then what will happen when the fuel starts to pour into Nepal? I assuem the bahuns may announce a week long holiday for the public to celebrate.

    Reply
    1. bibek dhakal says:
      October 26, 2015 at 10:17 pm

      मिस्टर एक्स वाई जेड आफुले आफुलाई कैले प्रोफेशर, कैले पी एच डि गरेको भन्नु हुन्छ तर विचार किन तेस्तो उल्टो? अहिले नाकाबन्दी लागेर जीवन कष्टकर भएको अवस्थामा जति सुकै परिमाणमा होस् न तेल भित्रिनु, त्यो पनि अनुदानको रुपमा, के खुसि को खबर हैन र? अनि फेरी बाहुन खुसि हुने कुरा कहाँ बाट आयो, के त्यो तेल बाहुनहरुलाई मात्र दिने भनेर कोटा छुट्याइञ्छ जस्तो लाग्यो तपाइंलाई?
      हो नचाइने र खोक्रो रास्त्रबाद राख्नु हुन्न, मधेसी आन्दोलनकारीका माग हरु जायज पनि होलान, भारतलाइ पूर्ण बाइपास गरेर टिक्न पनि सकिन्न. पंचायतका बाउ महेन्द्रले जो ऐलेसम्म भारतसंगको कुटनीतिमा सबैभन्दा सफल नेता मानिनेले समेत भारतसंग जोरी हैन ब्यालेन्सको सम्बन्ध राखेका थिए. तर त्यसो भन्दैमा भारतले आफ्नो स्वार्थ पूर्तिको लागि गरेको नाजायज दादागिरीलाई सहर्ष स्विकार्ने कुरा आउदैन. र त्यसमाथि अहिलेलाई अलिकति घाटा सहेर भएपनि चीन संग तेल सम्झौता गरे भारतलाई एउटा ठुलो पाठ पनि हुन्छ.
      अहिलेको प्रधानमन्त्री रास्ट्रपति र तिनका आसेपासे धुपौरेहरुबाट त धेरै आस छैन किनकि इनिहरु सेरेमोनियल बाहेक केहि हैनन् तर नारायणकाजी जस्ता कुरा मात्र हैन काम पनि गर्ने नेताहरु ले भने केहि गर्छन कि भन्ने अपेक्षा गर्न सकिन्छ. आखिर गरेर नि देखाइदिए.
      यहाँ रास्ट्रबाद को नाममा कुनै सम्रदायप्रति एकोहोरो प्रहार र अनावस्यक बिरोधलाइ समावेश गरिएको छ जसको कारण त्यो दुइ काम बाहेक अरु केहि गर्न नसक्ने हरुले श्रेय पाइरहेका छन्. असली रास्ट्रवाद भनेको बिरोध र घृणा मा समय खर्च नगरी माथिको उदाहरण जस्तो ( तेल सम्झौता) देशलाई फाइदा हुने काम गरेर देखाउनु हो. यसको लागि भएको पहलको लागि माओवादीलाई धन्यबाद छ.

      Reply
  2. ekraj says:
    October 25, 2015 at 5:10 am

    Nepalese people and Nepali Government have to workhard, maintain honesty, sincerity towards its people and the country.
    I am sure if the government works hard with selfsteem, there will be ways for to recover from trade imbargo from India.
    One thing for sure, if one brother in a family fights with his own brother for unreasoble demand and deprives him from the basic right use house hold goods and instead he tries to punish his brother further with the help of his neighbour, such brother and the neighour can be termed as criminals rather than anything else.
    Hope justice will prevail for those innicent victims.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme