-अमृत पन्त-
सन् २००३ मा स्थापना भएको एनआरएन भन्ने संस्थाको बारेमा नेपाली जनमानसमा केही गम्भीर भ्रमहरु रहन गएकोमा यो लेखमार्फत् यी भ्रमहरु चिर्ने र यथार्थ पस्कने कोशिश गरिएको छ।
धनाढ्य क्लब
गएको केही दशक यता मातृभूमि छोडेर बिदेसमा स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या एकदमै बढेर गएको छ। बिशेष गरी सन् २००० यता माओबादी जनयुद्दको कारण देखाइ एसाइलम लिने र डिभी परेर बिकसित मुलुकमा पलायन हुनेहरुको संख्या चुलिएको छ। यी मध्ये केहिले राम्रो आर्थिक सफलता पनि हासिल गरेका छन्। यस्तै मेसोमा मस्कोमा आफ्नो कर्मक्षेत्र बनाएर धनाढ्य बन्न सफल उपेन्द्र महतोले स्थापना गरेको यो एनआरएन भन्ने संस्था उनी जस्तै धनाढ्यहरुको क्लब बन्न पुगेको छ। यसको ज्वलन्त उदाहरण एनआरएनसँग गोरु बेचेको पनि साइनो नभएका अस्ट्रेलिया निवासी अर्का धनाढ्य शेष घलेले रातारात अध्यक्षता हात पार्नु। यसो प्रतीत हुन्छ कि नेपालीको ब्यवसायिक सफलताको बरोमीटर नै एनआरएनको अध्यक्ष बन्नु हो। यसै चाँजोमा जापानमा रहेका अर्का धनाढ्य भवन भट्ट अर्को सम्मेलनमा अध्यक्ष बन्न जमजमाएर बसेका छन्।
पेसागत जागिरेको अनाकर्षण
एनआरएनले पढेलेखेका र पेसागत जागिरे जस्तै डाक्टर, इन्जिनियर, बैज्ञानिक र प्रोफेसरहरुलाइ पटक्कै आकर्षित गर्न सकेको देखिदैन। यो वर्गले स्पष्ट रुपले एनआरएन भनेको ब्यवसायिक धनाढ्यहरुको कन्ट्री क्लब हो भनेर चिनेको छ, अनि उसलाई यो पनि थाहा छ कि एनआरएनले उसका कुनै पनि समस्यालाइ समाधान गर्ने सामर्थ्य राख्दैन।
डिभीवालाको सपना
आर्थिक रुपले त्यति उठिनसकेका र आफ्नो श्रम बेचेर खाने केहि नेतागिरी प्रवृत्तिका नेपालीलाई एनआरएनको केहि मोह भने देखिन्छ। उनीहरुलाई एनआरएनको कुनै समितिको पदाधिकारी भएर अरुलाई आफु पनि सफल भएको देखाउन पाइन्छ भन्ने आशा देखिन्छ। यो कुरा फेसबुकको पोस्टहरुबाटै स्पष्ट देख्न सकिन्छ।
आधिकारिकताको भ्रम
एनआरएन भन्ने संस्थाको नाम नै एक किसिमले भ्रमात्मक छ। नन रेजिडेण्ट नेपाली भन्ने नामैले कतै यो संस्था सम्पूर्ण नन रेजिडेण्ट नेपालीहरुको आधिकारिक र साझा संस्था पो हो कि भन्ने भ्रम धेरैमा रहेको पाइएको छ। वास्तविकता के हो भने एनआरएन विशुद्ध एउटा क्लब हो, यसमा प्रवेश गर्न निश्चित रकम तिर्नु पर्छ। यो क्लबमा छिर्नुको प्रमुख फाइदा भनेकै यसमा सिर्जना गरिएका र लोभलाग्दो गरी नामाकरण गरिएका विभिन्न पदमा प्रत्यासी हुन पाउनु हो। जेनरल एसेम्बली, इन्टर्नेशनल को-अर्डिनेशन काउन्सिल, नेशनल को-अर्डिनेशन काउन्सिल, रिजनल को-अर्डिनेटर, डेपुटी रिजनल को-अर्डिनेटर, प्याट्रोन काउन्सिल एंड एड्भाइजर आदि इत्यादी। त्यस्तै प्रत्येक देशको राष्ट्रिय समिति, अनि त्यो देशका राज्यहरुमा गठित समितिले धेरै पद सिर्जना गर्दछ र तपाई पनि लागिपर्नु भयो भने तपाँईले पनि एउटा पद उछिट्याउन सक्नु हुन्छ, अनि आफ्ना इस्टमित्र, नातागोताको अगाडि नेपालमा आएर डिङ्ग हाक्न पाउनुहुन्छ। तर निकै थोरै लगानीमा पनि नेपालका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीको अघिल्तिर अर्थ न बर्थ को प्रवचन सुनाउन पाउने अन्तर्राष्ट्रिय अध्यक्ष पदको सपना चाँही नेदेख्नुहोला, किनकि त्यो पद पैसावालाको पेवा हो।
प्रचारको भोक
नेपालमा हामी सबैले जेसिज र रोटरी क्लबको बारेमा सुनेकै छौ। मलाई यी संस्थाहरुको बारेमा धेरै नकारात्मक टिप्पणी गर्नु छैन तर यति चैं भन्नै पर्छ कि यी संस्थाहरुले सय रुपैंयाको काम गरे भने हजार रुपैंयाको पब्लिसिटी खोज्छन्। नजिकै बाढीपीडितहरुलाई १० थान कम्बल बाँडे भने यो कुराको योजना गर्न र पोस्ट-मोर्टम गर्न तारे होटेलमा हजारौ रुपैंया खर्च गर्छन्। प्रायस: शहरका अभिजात्य र ब्यापारिक घराना परिवारको सोसियलाइज गर्ने क्लब हुन् यी। यति हुँदाहुँदै पनि यी संस्थाहरुको एउटा सकारात्मक कुरो के छ भने यी संस्थाहरुले क्लब सदस्यहरुको व्यक्तित्व विकास गर्ने एउटा प्लेटफर्म दिन्छन् । शहरका कुलीन परिवारका छोरी बुहारीलाई घरबाट बाहिर निस्केर सामाजिक अभियानमा सरिक हुन प्रेरणा दिन्छन् ।
प्रवासी नेपालीको हकहितको लागि भन्ने अमूर्त उद्देस्य बोकेको एनआरएनको कथा अलिक भिन्न छ। बास्तवमा भन्ने हो भने एनआरएन जस्तो संसारभरि समिति रहेको संस्थाको औचित्य पुष्टी गर्न गारो छ। सयौं देशमा छरिएर रहेका प्रवासी नेपालीहरुको ठाउँ अनुसारको आफ्नै समस्या छन्, पेशा अनुसारका आफ्नै कठिनाईहरु छन्। यी समस्याहरुको समाधान त्यँही ठाउँको स्थानीय संगठनबाट हुनु पर्छ। अमेरिकाको एचवानबी भिसावालाको समस्या र कतारको हवालावाला श्रमिकको समस्या कसरी एनआरएनले सुल्झाउन मद्दत गर्नसक्छ, बुझ्न गारो छ। समिति बनाएर पदाधिकारी नियुक्त गर्दैमा समस्या सुल्झने त पक्कै पनि होइन होला।
नेपालमा यस वर्ष विनासकारी भूकम्पले गर्दा नेपालीले भोग्नु परेको पीडाले स्वदेश र विदेशमा बसेका नेपालीको आँखा भिजायो। त्यो दिन क्यालिफोर्नियाको सनिवेलमा बस्ने हामी नेपाली एकाबिहानै झिसमिसेमा दुख: साट्न र नेपालमा कस्तो सहयोग गर्न सकिन्छ भनेर सल्लाह गर्न भेला भयौं। सबैले मन खोलेर सहयोग गरे। यसै मेसोमा एनआरएनले पनि नेपालमा, विशेष गरेर अध्यक्ष घलेले सक्दो सहयोग गरे र राम्रै वाहवाही पनि पाए। हाम्रै संस्था सनी सगरमाथाले पनि राहत लिएर केहि पदाधिकारीलाई नेपाल पठायो। केहि एनआरएनवालाले हामी यसो गर्दिम्छ्म्, उसो गर्दिम्छम् भनेर उधारो आश्वासन बाँडेर हिडेको राष्ट्रिय टेलिभिजनमै देखियो। तर आजको जमिनी यथार्थता के हो भने एनआरएन त परै जावोस्, स्वयम् नेपाल सरकारले पनि ती भुकम्पपीडितहरुको निम्ति कुनै दिर्घकालिन बसोबासको जोहो गर्न सकेको छैन, यी सबै समस्याहरुको समाधान ती दुखी: परिवारका मलेसिया र कतारमा श्रम गर्ने तन्नेरीहरुले गर्नु पर्नेछ।
एनआरएन ले केहि पनि गरेकै छैन भनेको पनि होइन। उसले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा केहि थान ट्रली उपलब्ध गराएको छ। केहि एनआरएन पदाधिकारीहरुले व्यक्तिगत खर्चमा केहि परोपकारी काम पनि गरेका छन्। तर यस्ता झिनामसिना उपलब्धिहरुका बीच त्यो अरबौ डलरको लगानी भित्राउने पुरानो हावादारी गफ लाजमर्दो भएन र?
एनआरएनले अहिलेसम्म केहि गर्न सकेको छैन र भविष्यमा पनि केहि गर्न सक्नेछैन किनकि यस किसिमको संस्थाको हिजो पनि आवस्यकता थिएन र भोलि पनि हुने छैन। छिमेकी मुलुक भारतबाट संसारभर करोडौको संख्यामा आप्रवासीहरु फैलिएका छन् , के तपाईले एनआरआइ (नन रेजिडेण्ट इन्डियन) भन्ने संस्थाको नाम सुन्नु भएको छ? के त्यस्तो संस्था भए पनि त्यसले फिजी, सुरिनाम, मरिसस, अमेरिका, युरोप अस्ट्रेलिया, साउथ अफ्रीका आदि देशमा रहेका प्रवासी भारतीयहरुको समस्या समाधान गर्न सक्षम होला?
थाहा छ उपेन्द्र महतो धनि छन्, शेष घलेले पनि राम्रै उन्नति गरेका छन्। उनीहरुमा मातृभूमिको प्रति अगाध प्रेम छ भन्नेमा कुरामा पनि शंका नगरौ तर एउटा बास्तविकता के हो भने नेपालको समस्या महतो वा घलेको मिलियन डलरभन्दा महँगा छन्। घले र महतोले आफ्नो सबै श्रीसम्पति नेपालको निम्ति दान दिएपनि त्यसले यी यावत् समस्याको एकांश पनि समाधान गर्नेवाला छैन। नेपाल एउटा गरिब देश हो तैपनि यसले आफ्ना प्राथमिक स्कुलको लागि एक बर्षमा गर्ने खर्च महतो र घलेको संयुक्त सम्पत्तिभन्दा कैंयौ गुना धेरै छ। यदि महतो र घलेलाई साँच्चिकै देशको निम्ति केहि गर्न मनै लागेको हो भने आफ्नो सम्पतिको ट्रस्ट फन्ड बनाएर त्यस मार्फत अगाडी बढ्नुहोस्, अरु देशका मनकारी धनाढ्यहरुपनि त्यसै गर्छन्, न कि अर्थ न बर्थको जालो संगठन बनाएर त्यसको मुखिया बनेर आफ्नो पब्लिसिटी गर्ने। कुरो नचपाइकन भन्ने हो भने के कुरा जान्न पर्छ भने महतो र घले ब्यापारी हुन्, यिनीहरुको नेपालमा लगानी पनि छ। के उनीहरुले एनआरएनको माध्यमबाट नेपालका शक्ति केन्द्रहरुलाइ प्रभावमा पारेर ब्यापारिक फाइदा नेलेलान् भन्ने के ग्यारन्टी छ?
गर्नु पर्ने कुरा:
एनआरएनवालाहरु:
आजको समाज स्वतन्त्र समाज हो, तपाईहरु के गर्नु हुन्छ, कसरी संगठित बन्नुहुन्छ त्यो मेरो सरोकारको विषय भएन तर मलाई एउटा कृपा गर्दिनुहोस्, प्रवासी नेपालीहरुको हकहितको आधिकारिक संस्था भनेर मेरो फेसबुक नकोर्दिनुहोस् । माफ गर्नुहोस्, तपाईको संस्थाले मलाइ एकरत्ति पनि आकर्षित गर्न सकेको छैन। एउटा सुझाब पनि छ – बार्षिक १००० डलर सदस्यता शुल्क लिएर बिदेशमा सफलता हासिल गरेका नेपालीको कन्ट्री क्लब स्टायलको ढाँचा निर्माण गर्नुहोस् ।
प्रवासी नेपाली दिदीबहिनी र दाजुभाइहरु:
एनआरएन एउटा धनाढ्यहरुको क्लब हो बनेर बुझ्नुहोस्। मलाई थाहा छ तपाईहरु नेपाललाई औधि माया गर्नुहुन्छ, त्यसकारण आफ्नै बलबुतामा स्थानीय नेपालीहरुलाई समावेश गरेर नेपालको निम्ति केहि गर्नुस्, यो बढी प्रभावकारी हुन्छ।
नेपाल सरकार:
नेपाल सरकारले यस वर्ष पनि एनआरएन सम्मेलनको लागि भनेर लाखौ रुपैया खर्च गरेको खवर आएको छ। यो बडो आपत्तिजनक कुरो हो। महाभुकम्पले घर भत्किएर चुहिने पालमुनि सुत्न बाध्य जनताको एउटा ठूलो हिस्सालाई केहि गर्न नसक्ने सरकारले एउटा नितान्त निजी क्लबको सम्मेलनमा नेपाली करदाताहरुको पसिनाको कमाइ खर्च गर्नु अक्षम्य अपराध नै हो। त्यसमाथि राष्ट्रपति र प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रीमंडल नै यो क्लबको सम्मेलनमा साझेदार जस्तो भएर उपस्थित हुनु नसुहाउने कुरो भयो। के भोलि मैले अर्को एनआरएन – एकीकृत भन्ने संस्था खोले भने यसले पनि त्यस्तै पहुँच पाउने छ ? सुन्नमा आएको छ, बेलायतमा बुद्धिजीवी र प्रोफेसनलहरु मिलेर अर्को संजाल बनाउने जमर्को गरेका छन् रे, के उक्त संस्थाको सम्मेलनमा पनि राष्ट्रपति पुग्ने छन्?
छिमेकी मुलुक भारतमा झैँ आफ्ना प्रवाशी नागरिकहरुको निम्ति हरेक वर्ष सरकारी रुपमै आप्रवाशी महोत्सव बोलाउनु पर्छ। यस्तो सम्मेलनमा एनआरएन पनि एउटा सहभागी भएर आउनु पर्छ। अनि त्यस सम्मेलनमा आफुले बिदेशीको बच्चा हेरेर आएको पैसाबाट केहि बचाएर नेपालमा वृद्धाश्रम चलाउनु भएकी मिना दिदी, अमेरिकाको सान फ्रान्सिस्कोमा आफ्नो गाँस कटाएर नेपालमा अनाथालय चलाउने मित्र विश्व भट्ट र क्यालिफोर्नियाको सनिवेलमा नेपालीहरुलाई सुख-दुख:मा साथ दिदै आएको संस्था सनी सगरमाथा पनि आ-आफ्नो बुथ लिएर त्यहाँ उपस्थित हुनेछन् ।
पैसा भए सबै हुन्छ भन्नेहरुले गैर आबासीय नेपाली संघ कब्जा गरिसकेकाछन ! प्राय जसो मानब तस्कर र कमिसनखोरहरुले मात्र यसमा संग्लग्न भै जित हासिल गरेकाछन ! त्यसैले यस संगठनमा असल व्यक्तिको रुचि छैन !
अमृत पन्त जी को एकतर्फी नकारात्मक विचार, टिप्पणी भएको छ त्यो पनि मेरो संसार मा, नितान्त व्यक्तिगत अनि संकुचित सोच प्रस्ट छ/ बार्षिक १००० डलर सदस्यता शुल्क नभएर दुई बर्ष को २० डलर् मा प्राप्त गर्न सकिन्छ, नकि वार्षिक १००० डलर् प्रतेक देश को आफ्नो आफ्नै सादस्यता शुल्क हुन्छ जस्तै को मलेसिया, खाडी मुलुक मा त्यस्तै अफ्रिका मा सदस्यता शुल्क कमि हुन्छा त्यहाँ बस्ने तथा काम गर्ने साथीहरुको आयश्रोत् अनुसार, कुनै पनि देशमा कुनै पनि आपतकालीन समय मा त्यहाका nrna का पध्धादिकरि साथीहरु ले जोकी त्यहाँ ब्यापारी वा धनि वर्ग नभई साधारण मजदुरी वर्ग भैइ पनि धेरै मद्घत गर्नुभएको मेरो संग अनुभब छ त्यसैले यो ब्लग नितान्त पूर्वग्रहित छ, अमृत ज्यु कृपया लेख्न भन्दा अगाडि पासपोर्ट साइज को फोटो हेरेर हैन सम्पूर्ण तस्बिर भएको फोटो हेरेर लेख्ने कौसिश गर्नुस, मेरोसंसार, कृपया अमृत ज्यु जस्तो पुर्बग्राहित टिप्पणीकार को ब्लग प्रकाशित गरेर आफ्नो स्तर गिराउने काम नगर्न अनुरोध गर्दछु.
म जैविक नेपाली हुदा हुदै कसरि गैर -नेपालि बन्न सक्छु , कसरि मेरो मन ले मान्न सक्छ ? कस्ता कस्ता बिद्ध्वान , महान , धनि नेपालि बिदेशमा बसेको देख्याछु ! हल्ला गर्दैनन् -सुटु सुटु आफ्नो देशलाई सहयोग गर्छन -काम गर्ने सहयोगी हातहरु कहिल्यै गैर हुदैनन् आबस्यक पनि छैन र बिरोध गर्नु आबस्यक पनि छैन …
साथी किन यति धेरी नकारात्मक विचार हो? म पनि NRN को कुनै मेम्बेर हैन तर NRN ले देश को लागि हानी नोक्सानी हुने कुनै काम गरेको छैन . यदि कसैले आफ्नो ब्यस्त जीवन बाट समय निकालेर केहि समय सामजिक काम मा लगायर नाम कमाउछ भने आरिस गर्ने हैन तारिफ गर्नुस साथी.
म गल्फ countries को कुवेत को National Real Estate Company मा काम गर्छु १९९२ देखि अब २३ वर्ष भयो लिकिन म NRN होइन साथी हो म यौटा सिधा-साधा असली नेपाली मगरात मगर हु मलाई कुनै संग्ग सस्था मा लागेर समय र पैसा बर्बाद गर्ने कुनै रहर छैना जहा छु जेह छ म तेही र तेसैमा खुशी छु !!!
Plz let me clarify that I am none to NRNA and NRNA is none to me. I don’t care what they do and what others. I am write my opinion just against the habit of criticism. I have different opinion on this topic….. I totally disagree with this post…. There are many reasons. First of all its very easy to raise finger against anyone but hard to do what they are doing. No one has right to judge anyone unless you have walked in their shoes. Everyone does something for some profit in mind. What really matters is that if their motive is harming someone’s right or not? I am pity sure that this writer has written this article to get fast attention which reflects his motive. I won’t deny that NRNA doesn’t have bad aspect but what we need to see is the comparison between bad and good aspects. For writing an article, I can also write pages long on the bad aspect of news papers or channels or present government of Nepal but thing what matter is that they are still doing something for the country and country people that I am not. So, I am not rightful person to criticize them. The habit of criticism is so badly rooted in out society that people waste their time and mind in finding mistake in others work instead of using it for their own benefit. False criticism can also lead to demotivate people with even 10% pure motive. I don’t know why people expect 100% profitless motive from other person even when they don’t have 1% interest in doing the same? People will be very happy when they will understand real meaning of “Something is better than Nothing”. Yes, I understand that we need to raise our words against bad activities but raising voice is not by criticizing them but presenting facts and solutions or best by providing alternatives. So its my humble request to news writers or article writers that if you are writing about something or someone then please present both positive and negative aspects and leave the decision on readers as many minds are smarter than one. Please be careful with the kind of news being spread because the kind of news will affect the kind of mentality majority people will have after reading them. I am sorry if my words might have hurt someone. I am just excising my freedom of speech and will welcome readers opinion.
In their very first convention, Ms Manisha Koirala was their Chief Guest – now imagine, if she is an NRN? Even if she is an NRN, she is NRN from India, not from Europe or America. The very purpose of NRN is to covert black money into white money in Nepal.
काम नलाग्ने तर बजेट/चन्दा पचाउने थुप्रै संस्थाहरु नेपालभित्रै छ हो साथी. पहिला तिनलाई तह लगाउन पाए त बाहिर त्यस्ता संस्था बन्दै बन्दैनन् नि!
लेखक को लेखमा बढी बिष बमन भएको पाए …हो आत्मसात गर्ने पर्छ कि नारान मा नकारात्मक कुरा हरु बढी छ ….कति लै यो चर्चा पौने ठाउँ भएको छ…….तर मा लेखक संग यो सोध्न चाहन्छु कि कुन संस्था चोखो छ ….हरेक संस्था मा राजनीतिक भागबन्डा, निजि स्वार्थ र सस्तो लोकप्रियता नछाएको होइन तर संस्था संस्थागत भएन भनेर बाहिर बाट ढुंगा हान्ने र भित्र औन नखोज्ने त्यो प्रवृति राम्रो लागेन………नारन संस्थामा प्रोफ़ेस्सिओनल भनौदा हरु आउनुपर्यो….जोइन गर्नु पर्यो एंड they should lead it ……but whoelse gonna come…..u have mentioned doctors engineers ….do they have the time to volunteer in these nrn society……..NRNA is a big society we can achieve a lot if we stick together……….it is a society who is walking like a turtle and i agree with writer nrna from usa cannot represent the context of nrna of malaysia or qatar but we should not forget another thing that there is NCC nrna which is based on representing that specific country and its problems and icc which combine the whole nrna……the first thing is i want to relate we need to make the NCC NRN STRONG ……..as u have seen there is always a problem in the country based nrn either in uk, usa or japan everywhere hence, good people with good heart should join nrna and advocate the best people to lead the section …..on the other hand, naramro bhayeko matrai chahi chhaina hai kehi ramro pani bhayeko chhan………jastai nrna bhawan bandai chha ktm ma…………bhukampa pidit ko lagi hajar ghar banney kura chha………dohoro nagarikta ko kura …….yi kura haru positive hoinan ra……..ho negative kura badhi bhayeko thauma positive kura chhaya ma parchhan………………..last but not the least k bhanna chahanchhu bhane NRN icc ya ncc ka members harulai please tapai haru le thula thula lagani ka guff bhanda ……….biswashilo sanstha banaunus bhanna chahanchhu..we need to start from the basics ….teshma pani mul kuro .arthik pardarshita, membership update……….and the requirement of that nrn based country………….and lekhak jiu ra aru professional haru lai k bhanna chahanchhu bhane sanstha banaune afaile ho .ki arulai banauna dinus natra afai ayera banaunus……….negative kura garera basnu bhanda hatemalo garera agadi badne ki
एनआरएन को सन्दर्भमा सबै भन्दा बढी कन्फ्युज बनाउने भनेको NRN भनेका को हुन् भनेर स्पष्ट नपार्नु हो|
नेपालको नंया संबिधानले बिदेशी नागरिकता लिएका नेपालीलाई (सार्क देशहरु बाहेक) नेपाली नागरिकताको व्यवस्था गरेको छ| बिदेशमा पीआर र ग्रीन कार्ड लिएकाले होइन, उनीहरुको नेपाली पासपोर्ट नै छन्| जसको नेपाली पासपोर्ट छदैंछ र त्यही पासपोर्टमा यात्रा गर्छन उनीहरुलाई नंया संविधानले व्यवस्था गरेको नागरिकताले लिने आवश्य्कत्ता पर्ने होइन|
NRN संस्थाले जवाफ दिनपर्ने–
क . ककसलाई एनआरएन मान्ने? र समयावधि के कति?
१. बिदेशमै पीआर र ग्रीन कार्ड लिएकालाई?
२. अन्य देशको नागरिकता लिएकालाई
३. भारत र भुटानको नागरिकता लिने एनआरएन हुन् कि होइनन? होइन भने किन र कसरि?
४. बर्मा र थाइल्याण्डमा बसोबासो गर्नेहरु?
५. नेपाल एम्बेसीमा पोस्टिंग भएर विदेशमा बस्ने कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरु? हुन् भने किन र कसरि?
६. जागिरको सिलसिलामा युएन, बिश्व बैंक वा कुनै अन्तारिश्त्रिय संस्थामा पोस्टिंग भएर विदेशमा बस्ने कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरु? हुन् भने कसरि?
७. त्यही हिसाबले जागिरको सिलसिलामा खाडी मुलुक, मलेसिया, कोरिया, जापान आदि देशमा काम गर्ने र उनका परिवारका सदस्यहरु? कसरि हुन् वा होइनन र किन?
कसले नागरिकता पाउने भन्ने संविधानले अब किटेरै भनेको छ| नागरिकता एनआरएन को मुद्दा रहेन|
भोलि अर्को एनआरएन जस्तै अर्को दुईचार अरु संस्था खोलिन पनि सक्छ| हेर्दैम जाम| जस्तै Global NRN, World Nepali Fraternity NRN, नेपाली बसुधैव कुटुम्ब्कम, Europe NRN, इत्यादि इत्यादि| रोकेर रोकिन सक्ने होइन|
पन्तजी उपरोक्त बिषयमा पनि प्रकाश पार्नु भएको भए हुन्थ्यो| आशा गर्छु अनुपम पोख्रेलजीले पनि अर्को लेखमा यी बिषयहरुमा पनि आफ्नो मन्तब्य राख्नुहुनेछ|
कति झगडा गर्छौ यार तिमीहरु , येसो कमेन्ट पढेको त खाली झगडै मात्रै गरेजस्तो लाग्छ / कुरो केहि होइन , येंहा कुनै देस विकास र समाज को विकास को लागि NRN लगायत अन्य कुनै संस्था हरु को विकास भएको होइन तर यो सब्बै पद को लागि भएको ,कति सम्म कि हिजो मात्रै मैले सुनेको “भुतपुर्ब फलानो campus का विद्यार्थी संघ ” रे अनि “भुतपुर्ब फलानो स्कूल का विद्यार्थी संघ ” रे / ठुलो मान्छे बन्न कसलाई मन पर्दैन होला र ? तर जो मान्छे ले त्यै कुरा बुज्न नसकेर तेसै को पछि पछि हिन्छ त्यै नै बलि को बक्रो हो र दोस पनि त्यै मान्छे को हो. “औटई मात्र उसको गल्ति गँवार हुनु. .
मा NRN को सदस्य होइन र सायद बन्दिन पनि तर लेखक महोदय NRN प्रति एति धेरै नकारात्मक विचार किन राख्नु भएको हो बुझ्न सकिएन, मैले आफुले गर्न सकिन भन्दैमा अरुलाई पनि तेसो नगर भन्न सुहौदैना जस्तो लाग्छ, मेरो विचारमा त लेखक जस्तै विदेश मा बस्ने हरेक नेपाली ले केहि न केहि सहयोग त नेपाल को लागि गरेकै छन् जस्तो लाग्छ , $१०००० लिएर बर्षमा १ पटक घुम्न आउदा पनि त्यो पैसा त नेपालमै खर्च हुने त हो नि
सहि कुरो / काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर
राम्रो अनि यथार्थपरक, लेखकको विचारसंग पुर्ण सहमत छु / मुख्यत: एन. आर. एन. को परिभाषानै मैले बुझ्न सकेको छैन / बिदेशमा बस्दैमा एन आर एन नहुनुपर्ने हो, मेरी आमा पनि अमेरिका आउदा एक बर्ष विसामा बस्नुभो, उहालाई एन आर एन भन्न मिल्छ? अनि लुकेर वा गैरकानुनी रुपमा बस्ने, अस्थाई (seasonal), नागरिकता भएका, रोजगारीमूलक, पढ्न आएका बिद्यार्थी सबैको एउटै क्लब बनाएर के उद्देश्य पुरा गर्न खोजेका हुन्? लेखकले दिनुभएको समाज सेवाको मोडेल अनुसार समाज सेवा मात्रै गरे हुन्छ ‘नारान’ हरुले /
ए दाई! कति मिठो लेख लेखेउ नि/ कति दिन देखि मलाई उकुस मुकुस भएको थियो तर तिम्ले यो लेख लेखेर सब्बै को आँखा खोल्दियेउ/ हुन त यो लेख पढ्ने ले बुझ्ने हो , नपढ्ने ले कसरि बुझ्लान र ? दाई लै धेरै धेरै धन्यवाद
पन्तजी, लेख आतिनै नकरात्मक भएपनि पढ्न योग्य छ। तर तपाईंले पनि आफ्नो लेखको अन्तिममा आफ्नै संस्था (सनी सगरमाथा)को प्रचार गर्नु भयो त, संसार स्वार्थले भरिएको छ।
सन्देशजी
म पनि विश्व भरिको सन्जाल भन्दा शहर, राज्य वा देश भित्रका संस्थाहरु स्वतन्त्र, छरितो र चुस्त हुन्छन जस्तो ठान्छु । त्यसैको सिलसिलामा लेखकले एनआरएनए को बिकल्प दिने क्रममा सनि-सगरमाथा मात्र होइन उनले अरु उदाहरण समेत दिएका छन । यदी उनले उदाहरण नदिएका भने तिमीले चाँही के गर्योउ त अथवा एनआरएन भन्दा बढी उपयुक्त के हुन सक्छ भन्ने कुरा आउंथ्यो । हुन त आ आफ्नो बिचार हो – तर यो लेख मैले एनआरएन बारे अहिले सम्म पढेको लेखहरु मद्धे सबैभन्दा यथार्थपरक लेख हो । हुन सक्छ हामी केही एनआरएन प्रती अनावश्यक रूपमा नकारात्मक भएका हुन सक्छौं । बिभिन्न बिचारको आदन प्रदानले राम्रो निश्कर्श निकाल्न सक्छ । धन्यवाद !
ठ्याक्कै मेरो मनको कुरा । हुनत मलाई एनआरएन का सदस्य र पदाधिकारीसँग कुनै रिसइबी छैन र उहाँहरु सबै नेपाली दाजु भाई नै हुनुहुन्छ, तर मैले पनि पहिले देखी नै यो संस्थाको औचित्य छैन भन्दै आएको हुँं । यो संस्था ले केही राम्रा काम पनि गरेको छ, तर के हो मुल्यमा भनेर पनि सोच्नुपर्छ । यो संस्थाले गर्ने धेरैजसो कामहरु देश या राज्यमा सिमित संस्था द्वारा गर्न सकिन्छ । आखिर यस्ले पनि नेपालमा भएका संस्था या ब्यक्तिहरु सन्चालन नै गर्ने हो । धुर्मुस र सुन्तलीले या त्यस्तै बिभिन्न स साना छरिता एकाइ हरुले भुकम्प को पुनर्निर्माण मा घर बनाएर सहयता गरिरहेको ठाउँ मा ठुलो संस्था हुँदै मा राम्रो या सजिलो हुन्छ कि हुँदैन हेर्न बाँकी नै छ । एउटा कुरा के पनि निश्चित हो भने यदी एनआरएन नभएको भए बिदेशमा जम्मा भएको धेरै पैसा सरकारी कोश मा जान्थ्यो । हुनत हामी सरकार ले भ्रस्टाचार गर्छ भन्छौ, तर हामीले औंला ठड्याएर प्रश्न गर्ने सक्ने पनि सरकार लाई नै हो । सरकार लाई गर्न नसकिएको विश्वाश के एनएरएनए ले दिलाउछु भनेको हो ? एनआरएन मा भ्रस्टचार हुँदैन भन्ने के छ र ? बिभिन्न देश मा पैसा उठाउदा वार्षिक आय व्यय बिवरण कहाँं कुन देश मा गर्ने र सामुहिक जिम्मे वारी कहाँं को हुने – यो अर्को भुल भुलैया हो !
एनआरएन ले दुई बर्षमा नेपालमा र अन्य समयमा अरु ठाउमा सम्मेलन गर्छ । धन समय र श्रम अनुसार को फल के ? यसका नेता हरु कहिले यो देश त कहिले उ देश पुग्छन । भ्रमण र नेट्वर्किङ बाहेक उपलब्धी के ? ब्यापारिक नेट्वर्किङ को लागि प्रवासि च्याम्बर अफ कमर्स खोले भाईहाल्यो नि ! गफ दिने ले धेरै दिन्छन । तर खासै जिम्मे वारी नभएको यो संस्था ले आफु लाई एउटा समानन्तर राष्ट्र को रूप मा स्थापित गरी हो हल्ला मात्रै बढी गर्छ – त्यो पनि अनुत्पादक हल्ला । अरब का म्यानपावरवाला हरु यसमा आफ्नो ब्यापारिक स्वार्थ नखल्बलियोस भनेर लागेका छन – अष्ट्रेलियामा नेपाली समुदाय मा ब्यापारिक प्रायोजनको लागि आश्रित नबधनाढ्यहरु यसमा लग्ने बढी देखिन्छन । बिशुद्द सामाजिक सेवा सोचेर आउने पनि छन – तर ति दुई देखी चार बर्ष मा पलायन हुन्छन । अमेरिकामा पनि त्यस्तै होला ।
जे होस यस्तो लेख पढ्न पाउंदा आफु मात्र यस्तो सोच्ने एक्लो होइन भन्ने चाँही पक्कै लाग्छ ।
मैले पनि दुई बर्ष अगाडि यसै सन्धर्भ मा एउटा लेख लेखेको थिए – लिन्क राखेको छु – http://setopati.com/blog/15226/
100 percent accurate analysis
“…एनआरएनले अहिलेसम्म केहि गर्न सकेको छैन र भविष्यमा पनि केहि गर्न सक्नेछैन किनकि यस किसिमको संस्थाको हिजो पनि आवस्यकता थिएन र भोलि पनि हुने छैन।..”
म आफुलाई एनआरएनको फ्यान ठान्दिन| यो ब्लगमा एक दुइ बुँदाहरु ठिकै लाग्यो तर समग्रमा भन्ने हो भने हो भ्रम सिर्जना गर्ने प्रयास मात्र हो| लेखकले बिदेशमा बसेर पनि उही नेपाल कै पारामा लम्बेतान संकीर्णता र कुसंस्कारमा रुमल्लिएका कलुषित र कुण्ठित मनका अभिव्यक्ति भाषणीय शैलीमा पस्किएका रहेछन| आफ्नो मान्छे, नाता पर्ने वा चिनेजानेकाले गरे सबै हराभरा नत्र भने चिरैचिरा|
महतो र घले धनाढ्य भएर किन कसैलाई टाउको दुखाई? धनाढ्य भएर संस्था खोलेर त्यसको टाउके हुँदा किन मुटु दुखाई? के उनीहरुले नेपाल सरकारको पैसा घुस खाएर त्यसो गरेका हुन्? उनीहरुले आफ्नो मेहनत र बुद्धिले कमाएका धन हो| नेपाल बाट पैसा कमाएर बाहिर लैजानेहरु धेरै छन्, महतो र घलेले नेपाल लाई समझदा अझ होस्टेमा हैंसे थपेर श्रेय दिनु पर्ने होइन? माथि उद्दृत लाइनहरु पढेर थाहा लाग्छ उनी ज्योतिष विद्याका पनि जानिफकार रहेछन|
मुद्दा एउटा छ दुखाई अर्को सुनाउनु त् भएन नि हो| एनआरएनमा प्रोफेसर डाक्टर आएनन रे | दुईचार जना प्रोफेसनल पनि देखेकै छौ| के महतो, हिराचन, घले र भट्ट प्रोफेसनल होइनन त्? प्रोफेसर र डाक्टर मात्र प्रोफेसनल देख्ने कस्तो जाली रकमी चस्मा लाएको? लौ भनौ, त्यो श्रेणीका कतिजना अति व्यस्त होलान, कति जना भगौडेमा पर्नेहरु पनि होलान जसले जालीबाट चियाएर हेरिरहेका होलान| उसो भए के भोलि ती डाक्टर प्रोफेसर पनि धनाढ्य भए संस्थाको टाउके हुन् सुहाएन?
मलाई यो लेख जति पढ्यो उति लेखक जमीनी यथार्थमा उभिएको जस्तो लागेन| ब्लग त्यही मै मात्र खाउँ मै मात्र लाउँ अरु जाऊँ जतासुकै भन्ने मानसिकताले पूर्वाग्रह र संकुचित बिचारले पीडित लाग्यो| दुर दराजको शहरमा पुगेर पनि त्यो कुसंस्कारी र संकीर्ण सोचको भित्रि लुगा फेर्न पनि बिर्सिएका रहेछन| बिचरा पीडित सनिवेलका मित्रहरु|
निक्कै नै सान्धर्भिक कुरो उठाउनु भयो !
मलाई मात्रै पो यस्तो लाग्या होला, मेरो analysis पो गलत होला, म मै पो सामाजिक सद्भाव, चेतना अनि सेवाको भावना न भएको हो कि भन्ने doubt थियो ! यो लेख सर-सर्ती पढे पछि ‘ ए होइन रहेछ जस्तो’ भो !
कुरो नै गर्नु पर्दा – NRNA (non realiable nepalese association); हातीको देखाउने दात र चपाउने दात बेग्लै भने जस्तो,….
अझै, खाडीमा बस्ने र मलेसियामा बस्ने immigrant workers कसरी NRN को definationमा अटाऊ छ म आफै छक्क पर्छु ! भोलीको दिनमा साहुलै अनुहार मन न परे पर्सी नेपाल एरपोर्टमा खुट्टा टेक्नु पर्ने अवस्थाको बिदेशी जागिर – यहाँ २-४ जना नेता प्रबितीको नेपाली भनाउदाले सबैको दिमाग भुटेको देख्छु, निक्कै नै shocked हुन्छु, कुरोलाई अझ बल पुराउ छ, नेपाल embassies हरु ले, खाडीमा भएका हरेक नेपाल embassies को staffलाई सोध्नुस वाहहरुको standard जवाफ inregards to NRNA – कोही पनि नेपाली नागरिक, आफ्नो भुमि देखि ९० दिन पर कटाउ छ भने, वहा हरु स्वेत्त NRNA हुनु हुन्छ रे, त्यो पर-राष्ट्र मन्त्रलाए र NRNA (जो कि नेपालको एकमात्र international सस्था registred in नेपाल रे) मेनड़ेट बुकमा define गरेको छ रे !
हास उठ्ने कुरो त् – हाम्रो नेपाल सरकार हो, हात्ती आयो हात्ती आयो फुस्स्स भने जस्तै NRNA को भेला पनि सधै तामझाम मै देखाउटी हुन्छ ! म एकिन को साथ भन्छु NRNAको कुम मेला भ्याउने नेपालीहरुलाई एउटा उखानले ट्याक्क भेट छ – सिद्राको बेपार अनि पशुपतिको दर्शन !!
कम्पनीको करार बिदालाई postponed गरेरै भएनी गोर्खे tie coat लगाएर, नेपाल सोल्टीमा NRNAको कन्फरेन्स भ्याऊछन ! कम्पनीले दिएको फिर्ती टिकट संगै गोर्खेले आफ्नो विदेशमा भोगेको, सहेको त्याग आफ्नो परिवार संग छुट्टि मनाउन न सट्टा – NRNA कन्फरेन्समा invest गर्छ दुखोको कुरो ! facebook मै सिमित सिदान्त अनि dotcom समाचार sites मा प्रचारमै बेस्त हुन्छ अर्को साल सम्म non reliable साथी हरु !
10 chairsको tableमा simit NRNA committeeहरू पालो पालो designation साटद अचम्मै नि लाग्छ हासो नि लाग्छ ,…. फेरी सम्झिन्छु चलो मजबुरीका नाम महत्मगान्दी