Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाउ उभिने, छोरा बस्ने : टीकाको नयाँ शैलि देखियो

Posted on October 22, 2015October 24, 2015 by Salokya

10152683_1052795538077637_913865520_n
यसपालिको विजया दशमीमा एउटा नयाँ चलन पनि देखियो। प्रधानमन्त्री केपी ओलीलाई उनका पिताले टीका लगाउँदा बाउ उभिने, छोरा बस्ने गर्दा रहेछन्। हामीले नदेखेकोले हो कि अलि अचम्मै लाग्यो त।

12170698_1052795584744299_363764617_n
प्रधानमन्त्रीले आफ्नी पत्नीलाई पनि बसी बसी टीका लगाइदिए।

उता, राष्ट्रपति भवनमा भने राष्ट्रपतिसँग टीका थाप्दा भने प्रधानमन्त्री उभिएका थिए।
1445507967577_RS-KTM-Tika president-9

त्यस्तै बालुवाटारमै सर्वसाधारणलाई टीका लगाइदिँदा भने प्रधानमन्त्री ओली उभिएका थिए
1445516610784_RoS-Ktm,Dashain PM TIKA (1)

35 thoughts on “बाउ उभिने, छोरा बस्ने : टीकाको नयाँ शैलि देखियो”

  1. अपन मधेश says:
    November 24, 2015 at 7:09 pm

    संस्कारहीन …. देश द्रोही … चोर.. फाट्दा …ओली बुवालाई त इजत गरेन… जनता लाई के गर्ला…. खोंक्रो रास्त्रबाद मुर्दाबाद…. जय मधेश…जय नेपाल…

    Reply
  2. sanu nepali says:
    October 28, 2015 at 1:46 pm

    बाउ भन्दा मन्त्रि पढ ठुलो कदापी हुन सक्दैन . ओली जी प्रधान मन्त्रि होस् या रास्ट्रपति . आफ्नो बाउ भन्दा कसरि ठुलो हुन्छ? मन्त्रि पदह त कुनै बेला खुस्किन्छ तर बाउ त सधै भरि रहिरहंछ कि कसो ? बाउ ले आशिर्बाद दिने हो बाउ लाइ आशिर्बाद दिने होइन

    Reply
  3. kamal says:
    October 26, 2015 at 11:26 am

    t v मा त् अझ झन् रमाइलो देखियो. बाउले टिका लगाएर नमस्कार गर्ने छोरो आसिर्बाद दिने, त्यो फोटो पनि राखे हुने नि

    Reply
  4. Tuyu Bhaju Udaas says:
    October 24, 2015 at 11:51 pm

    kumar basnet had sung so many years back:
    Aama bhanda chori taruni , lipstik powder le…
    Now, a little bit difference in it :
    Chora bhanda babu tanneri ,gaaun ko hawa le…
    laanch kya re udaaer jhootho daawa le !

    Reply
  5. KP Oli says:
    October 24, 2015 at 7:17 pm

    मलाई त साह्रै औदाहा भयो। म एमाले भक्त। एमालेलाई केही भन्यो कि देखिसहन्न। छातीमै लाग्यो। मुटु फुट्ला जस्तो भयो। त्यही भएर केपी ओलीको नाममा यसरी कमेन्ट लेखेर मुख छाडेर गाली गर्दैछु। गाली जति सेन्सर भयो
    थुक्क

    Reply
  6. अायाम पौडेल says:
    October 24, 2015 at 5:32 am

    तथाकथित जनबादी शैलि, परम्परा तोडेर क्रान्ति गर्या क्या ।

    Reply
  7. Gagane says:
    October 24, 2015 at 4:31 am

    छ्या यस्तो असत्तिको कुरानी गर्नु.
    थुक्क.

    Reply
  8. Sonam Limbu says:
    October 24, 2015 at 12:34 am

    लास्टै चम्चे कुरा गर्यौ त Ramrsh भाई। म पनि पूर्व मा जन्मेर, पूर्वमै हुर्केर, अहिले यत्रो भए , तर खै मलाई पनि टिका लगाइ माग्ने मान्छे बस्ने, अनि लगाइदिने मान्छे उभिने कुरा अनौठो लाग्यो। यसको मतलब कि त तिमि एमाले को होनाहार चम्चे धुपौरे हुनु पर्छ, कि त तिमीलाई पुर्बेली संस्कृति को अलिकति पनि ज्ञान छैन…

    Reply
  9. bhola sapkota says:
    October 23, 2015 at 10:54 pm

    हैन कम्युनिष्ट हरु ले देउता नै नमान्ने भए पछि के को आधार मा दशैं को टिका हो यो ? संस्कार लाई मानेर टिका लगाएको हो कि भगवान ले दानब संग लडेर बिजय हासिल गरेको उपलक्ष मा हो ? अब पुजा पनि लगाउने होला नि प्रधानमन्त्री पद नफुस्कियोस भनेर ? आज भन्दा करिब ३०० वर्ष अगि जब कुनै technology जुन कि phone , tv ,plane ,internet ,computer जस्ता बस्तु हरु को अविस्कार नहुँदा सम्म देस को विकास को लागि त्यो communism ठिकै पनि थियो होला , आखिर communism मा पनि औतई व्यक्ति ले निरंकुस साशन गर्ने होइन र? सिध्धानता मा संसोधन गर्नु पर्यो कम्युनिष्ट ज्यु हरु,

    Reply
    1. bibek dhakal says:
      October 24, 2015 at 2:51 am

      सिध्दान्त बिना पार्टी को पछाडी मार्क्सवाद लेनिनवाद झुन्द्याएको पार्टी को अध्यक्ष हुदैमा कम्युनिस्ट भइन्छ र? ‘

      Reply
  10. सागर says:
    October 23, 2015 at 10:36 pm

    (कुर्सि मोह) बल्ल तल्ल भेटाको कुर्सि, उठेर लगाइ दिंदा अरु नै बसिदेलान् भन्ने चिन्ता ले पो हो कि? 😀

    Reply
  11. रमेश परियार -दोहा कतार says:
    October 23, 2015 at 10:05 pm

    हो साचै नया तरिका रहेछ , अब्ब केहि अप्ठेरो मान्नु प्रर्दैन , दिल मागे मोर !

    Reply
  12. जनक मान डंगोल says:
    October 23, 2015 at 6:46 pm

    धर्म नमान्ने कम्निस्टले दसैको टिका लाए ! त्यो नै अग्रगामी छलांग हो !

    Reply
  13. Keshab says:
    October 23, 2015 at 5:54 pm

    यो ठाउँ अनुसारको चलन हो । झापामा टीका थाप्ने बस्ने र लगाउने उठ्ने चलन छ है । कुरो बुझेर टीप्पणी गर्दा राम्रो हुन्थ्यो कि ? श्रीमतीलाई असक्तताओ कारणले बसी बसी लगाइ दिएको हुनसक्छ ।

    Reply
    1. Rakesh says:
      October 24, 2015 at 1:33 am

      हाहाहा झापामा टीका थाप्ने बस्ने र लगाउने उठ्ने चलन छ रे। अनि बूढीलाई टीका लगाइदिँदा त बसेरै लगाको छ त । अस्वस्थताको कारण भए त राष्ट्रपतिकहाँ जाँदा चाहिँ किन उठी उठी लगाएको त ? बालुवाटारमै अरुलाई टीका लगाइदिँदा त उभी उभी लगाको छ त http://www.pahilopost.com/content/-9240.html लास्टै एमालेको चम्चागिरी नगर न ब्रो

      Reply
    2. Gopal Pd Mainali says:
      October 24, 2015 at 8:39 pm

      म झापा जन्मेको हुर्केको। मेरो घर परिवार नातेदारहरु सबैले बाबु आमालाई उठाएर आफु कुर्सीमा बसेर टिका थापदैनन्।

      Reply
  14. Kanak says:
    October 23, 2015 at 4:43 pm

    एउटा सोक्पा जो भर्खर मानब रुपी धारण लिए पछी मानब समाजमा सिक्नु पर्ने र गर्नु पर्ने धेरै हुन्छ !

    Reply
  15. Chakra Gurung says:
    October 23, 2015 at 1:57 pm

    प्रधानमन्त्रीको निबासमा त केपी ओलि ठुलो हो नि त, घरमा पो बाउ ठुलो, घरमा भए केपी ओलि उठ्ने हो, प्रधानमन्त्री निबासमा चाही बाउ उठ्ने हो, हा हा हा

    Reply
    1. dor Prasad says:
      October 23, 2015 at 11:20 pm

      तेसो भए छोरोले बसी बसी बाउ लै टिका लागैदिनु पर्ने नि .. हा हा !

      Reply
  16. Ram Babu Shrestha says:
    October 23, 2015 at 9:20 am

    कहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान चरितार्थ भयो । पहिले रानी एेश्वर्यले सारीको मुजा पछाडी पारेर लाउँदा िखसी गरेको िथयो अहिले ियनीहरुले गर्दा के हुने हो ? मौसम अनुसारको बाजा जस्तै हो । भारतीय राजदुतको हातबाट िटका लगाउँदा लम्पसारै परेर लगाउँथ्यो होला ।

    Reply
  17. R.D. Mandal says:
    October 23, 2015 at 8:56 am

    बाउ जाबाे एउटा साधारण किसान अनि छाेरा चाहिँ देशकाे प्रधानमन्त्री भए पछि परम्परागत संस्कार मान्नुपर्छ भने कुरा अाेली ज्युलाई उचित नलागेर हाेला ।
    यस कार्य पनि बाउलाई नै दाेष दिनु पर्छ । उपयुुक्त समयमा सही शिक्षा दीक्षा र सामाजिक तथा पारिवारिक मानमर्यादा र संस्कार सिकाएकाे भए अाज याे दिन देख्नु पर्दैनथ्याे ।
    जे हाेस् संसारमा हरेक बस्तु र चिज परिवर्तनशिल छ भन्छन् । हाे रहेछ क्यारे !

    Reply
  18. sushil says:
    October 23, 2015 at 6:26 am

    पूर्वेली चलन अलि फरक होला. पश्चिममा टिका लगाउने र लगाइदिनेको पोजिसन र कता फर्किने भन्ने पनि तोकिएको हुन्छ क्यारे. पूर्वेली चलन थाहा भएका महानुभावले विस्तार लगाइदिनुभए हुने थियो. यस्सो संस्कार थाहा हुने थियो. अझ नयाँ ज्वाईहरुलाई सजिलो हुने थियो.

    Reply
  19. ekraj says:
    October 23, 2015 at 3:41 am

    Oli is a politically and socially ildisplined indivisual.
    In essense he has no respect for anybody his behaviour and character move around his own dirty political vested interest.
    Initially I thought this guy is terminally ill and he just can’t stand.But his behaviour is mostly disrespectful

    Reply
  20. hari lal gurung says:
    October 22, 2015 at 11:51 pm

    ओली जीको …क कुर्र्सिमै तासियो जस्तो छ

    Reply
  21. uttam singh says:
    October 22, 2015 at 9:39 pm

    संसारमा नघटेको कुरा नेपालमानै घट्ने गर्छ ,जस्तै प्रकृत्तिक प्रकोप महा भुकम्प,कुनै देशमा नभएका नेताहरुको चल्ख्जेल पनि यहि देशमा हेर्न हेर्न पाईयो,अनि कहिँ अभएको जात्रा हाडी गाउँमा भने, जस्तै केपी ओलीको बुबाले आफु उठेर, छोरालाई सोफामा बसाएर दसैको टिकाको कुरा कुनै अनौठो नमान्दा हुन्छ|

    Reply
  22. Santosh Lamichhane says:
    October 22, 2015 at 8:57 pm

    कति रमाइलो फोटोहरू, बिशेष त रास्ट्रपतिले प्रधानमन्त्रीलाई टिका लगाएको मन पर्यो, जनताको छोरो राष्ट्रपति जनताकै छोरो प्रधानमन्त्री..राम्रो छ

    Reply
  23. dor Prasad says:
    October 22, 2015 at 8:13 pm

    छोरा भन्दा बुबा तन्नेरी निरोगी हुनाले !

    Reply
  24. राजन says:
    October 22, 2015 at 7:48 pm

    काजु कान्छोको प्रधानमंत्री भएपछी भाउ आकास्सिएको छ।

    Reply
  25. ramrsh says:
    October 22, 2015 at 7:37 pm

    सम्पादक ज्यु खासै अफ्ठेरो मान्नु पर्ने केहि छैन ! नेपाल को पुर्बिय छेत्रमा टिका लगाई दिने व्यक्ति उभिने र आसिर्बाद थाप्ने बस्ने नै गरिन्छ ! र बसी बसी पनि टिका लागे दिने हाम्रो पुर्बिय संस्कृती अन्तर्गत नै पर्न आउछ ! बाकि रहयो श्रीमती ओली ज्यु उभिनु वाको अनि श्रीमान ओली ज्यु बसेर लागैदिनु भाको हुनसक्छ सारिसिक असक्तताको कारण …..

    Reply
    1. Nepalibabu says:
      October 23, 2015 at 9:48 pm

      त्यस्तो शारीरिक अशक्तता भएको व्यक्ति बालुवाटारको कुर्सीमा भन्दा घरकै कुर्सीमा अाराम गरेर बसेको भए राम्रो हुन्थ्यो की !

      Reply
    2. bibek dhakal says:
      October 23, 2015 at 10:14 pm

      बाऊ संग टिका थाप्न उठ्न सम्म नसक्ने, स्वास्नी लाइ टिका लाइदिन नसक्ने शारीरिक अस्वस्थता भाको मान्छेले देश कसरि हाक्छ होला त? बचाउ गर्ने भरौटे हरु पनि मान्ने पर्छ

      Reply
    3. Sonam Limbu says:
      October 24, 2015 at 2:05 am

      लास्टै चम्चे कुरा गर्यौ त Ramrsh भाई। म पनि पूर्व मा जन्मेर, पूर्वमै हुर्केर, अहिले यत्रो भए , तर खै मलाई पनि टिका लगाइ माग्ने मान्छे बस्ने, अनि लगाइदिने मान्छे उभिने कुरा अनौठो लाग्यो। यसको मतलब कि त तिमि एमाले को होनाहार चम्चे धुपौरे हुनु पर्छ, कि त तिमीलाई पुर्बेली संस्कृति को अलिकति पनि ज्ञान छैन…

      Reply
      1. Ramesh says:
        October 24, 2015 at 6:26 pm

        लिम्बु दाइ तपाई पनि पुर्व कै रे ??? अनि पहिलो तस्बिरमा देखियोको द्रिस्य प्रति अनभिज्ञ ??? वा वा …आफ्नो स्वार्थ पूर्ति गर्न सेतोलाइ कालो भनिदिने तिमीहरु जस्ताले गर्दा नेपाल आज नेपाल नरहन लाग्दैछ …म कुनै पार्टी बिसेस मान्छे हैन नत ओली को आफन्त नै ..मैले त देखेको अनि जानेको कुरा मात्र गर्या थे! झापा, मोरंग अनि सुनसरी तिर टिका लगाउने उभिएर नै लगयिञ्छ..र दुवै पक्ष्य बसी बसी पनि….बाकि तस्बिर क बारेमा कुनै यकिन अनुमान छैन! सायद तपाई बिपरित पार्टी को हुनुदो होला तेसैले एस्त सब्द प्रयोग गर्न अफ्ठेरो मान्नु भएन ,,,,कमेन्ट गर्नु अघि १० पटक सोच्ने गर्नुहोस् नजानेको बिसयमा …तपाइलाई फाइदा नै हुनेछ.. र सबै कुरा लाइ राम्रै तरिकाले लिनु नै उत्तम हो …सधै अर्काको खुट्टा तानेर मात्र ठुलो भैदैना लिम्बु जी…नेपाल क हेरेक भूभाग मा आ- आफ्नै रिति रिवाजहरु छन् …..सबैले ध्यान दिनु होला …” दशैं मा पुर्बिए छेत्र्य मा दिदि, भिनाजु फुपू , फुपाजु आदिले उमेरमा आफु भन्दा दोब्बर कम कै भए पनि नातामा माइती पक्ष्य ( भाइ- बुहारी अनि भदा-बुहारी ) टिका लगाउने चलन छ ..चेलीबेटी को हात बाट हैन ….अनि ठिक बिपरित नेपाल को स्यांजा, गुल्मी, पाल्पा , पोखरा लगायत धेरै ठाउमा आफु भन्दा उमेरमा जेठा दिदि, भिनाजु फुपू , फुपाजु को हात बाट टिका लगाउने गरिञ्छ….लिम्बु जी सायद यो कुरा पनि कसैको चम्चा गर्न को लागि पो लेखे कि ????? बाकि साथि हरु कृपया मनन गर्नु होला….राम्रो लै रामो भन्न सिकौ…

        अन्त्य मा, लिम्बु जी ओली मेरा प्रिय पात्र हैनन र उनको गुनगान नागाउदा पनि मेरो घर को चुलो राम्रै बल्न सक्छा…

        Reply
        1. Jonam says:
          October 24, 2015 at 9:45 pm

          Timi jasta Dhupauri , oli Ko langauti muni ka likha haru rahunjel change is impossible and these sardar of kuns will keep ruling over innocent people. So it is imperative that you like people should be deleted from any point of the country

          Reply
    4. राजन says:
      October 24, 2015 at 2:19 pm

      धुपौरे

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme