Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जिन्दगी भर फुटबलको ‘फु’ पनि गर्न नपाउने हुनसक्छ म्याच फिक्सिङमा फँसेका नेपाली खेलाडीहरुले

Posted on October 20, 2015October 20, 2015 by Salokya

afc_logo_blue_8x4 दशैँ अगाडि म्याच फिक्सिङको फन्दामा परेर हाल प्रहरी हिरासतमा रहेका पाँच खेलाडीहरुलाई नेपालमा कानुनको स्पष्ट व्यवस्था नभएका कारण ठूलो सजायबाट बचिहाले पनि जिन्दगी भर फुटबलको फु पनि गर्न नपाउने स्थिति निम्तिन सक्छ। नेपालमा मात्र हैन विश्वका कुनै पनि देशमा। यसको सुरुवात एसियाली फुटबलको सर्वोच्च संस्था एएफसीले सोमबार अनुशासनको कारबाही गर्दै प्रतिबन्ध लगाएर गरिसकेको छ।

एएफसीले अनुसन्धान नसकिएसम्मको लागि नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापासहित रितेश थापा, सन्दीप राई, विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रतिबन्ध लगाएको छ। विश्वभर यो प्रतिबन्ध कायम गर्न एएफसीले विश्व फुटबलको सर्वोच्च संस्था फिफालाई पत्र पनि पठाएको बताएको छ।

एएफसीले म्याच फिक्सिङमा जेरो टोलरेन्स नीति अपनाउँछ। कुनै पनि हालतमा यसले दोषीलाई छाड्दैन। अहिले अनुसन्धानको चरणमा रहेकोले मात्र निलम्बन मात्रै गरेको हो। जब प्रहरी अनुसन्धान पूरा हुन्छ र म्याच फिक्सिङ गरेको मात्र होइन म्याच फिक्सिङ गर्ने प्रयासमात्र गरेको पनि ठहरिन्छ, तब उनीहरुलाई जीवन भर फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाइनेछ। त्यतिमात्र होइन उनीहरुलाई ठूलो रकम जरिवाना पनि तिराउन लगाइनेछ। देशले यसो गरेको भएर टिमलाई समेत सजाय हुनसक्छ। यस्तो छ एएफसीको नियम
fixing1

एएफसीले एक वर्षदेखिको अनुसन्धानको फलस्वरुप यी खेलाडीहरुलाई प्रहरीले पक्रेको खुलासा गरिसकेको छ। एएफसीका अनुसार स्पोर्टराडार सेक्युरिटी सर्भिस, एएफसी र नेपाल प्रहरीको संयुक्त प्रयास स्वरुप यो सफलता पाएको हो।

मैले स्पोर्टराडारसँग यो विषयमा जानकारी माग्दा कम्पनीका पब्लिक अफेयर्स डाइरेक्टर एलेक्स इन्ग्लोटले भने, ‘यो विषय अझै प्रहरी अनुसन्धानकै विषय रहेकोले यस विषयमा हामीलाई विस्तृत जानकारी मिडियामा नदिनू भनी प्रहरीले बताएको छ।’

पढ्नुस् एएफसीको मिडिया रिलिज

AFC SUSPENDS NEPALI PLAYERS AND OFFICIAL FOR MATCH-FIXING
/ Oct 19 2015 /
Kuala Lumpur: The Chairman of the Asian Football Confederation’s Disciplinary Committee has provisionally suspended five Nepalese individuals linked to match-fixing.
Official Anjan K.C. and the four players, Bikash Singh Chhetri, Sandip Rai, Ritesh Thapa and Sagar Thapa, were arrested last week on match-fixing charges.

AFC Acting General Secretary Dato’ Windsor John said: “The arrests show that the AFC’s action against match-fixing is bringing results. Match-manipulation is a serious threat to the development of the game in Asia and the AFC has a zero tolerance policy towards match-fixing and anyone involved in it.”

The intelligence gathered is based on a year-long investigation, working jointly with Sportradar and the Nepali Police. The current investigation is still ongoing and the AFC may extend the suspensions for a further 20 days. The AFC has today written to FIFA asking for the bans to be imposed worldwide.

The AFC’s three-point strategy against match-fixing includes the provision of integrity training to players, team officials and match officials in all AFC competitions. All major AFC competitions are monitored, including this year’s AFC Asian Cup 2015, where zero cases of suspected match-fixing were identified.

6 thoughts on “जिन्दगी भर फुटबलको ‘फु’ पनि गर्न नपाउने हुनसक्छ म्याच फिक्सिङमा फँसेका नेपाली खेलाडीहरुले”

  1. Rosham says:
    October 22, 2015 at 8:10 pm

    AFC मात्रै हैन KFC पनि दिनु हुन्न | हुनत गोबर गणेश थापा जस्तो मान्छेले त चलाएको थियो एक जमानामा |मकै पनि कालुले खायो गालि पनि कालुले खायो |

    Reply
  2. narayan says:
    October 21, 2015 at 11:19 am

    जिन्दगि भर फुटबल खेल्न मात्र होइन हेर्न पनि पाउनु हुदैन / दर्सक पनि हुन् नपाइने, लामो सम सम्म जेल मा राख्नु पर्ने / थोत्रा फरिया बटुलेर फरियामा कोदाको भुस पोकोपारी फुटबल बनाएर जाली मा राखी जेलरले हरेक दिन जेलमा जेलरले बिहान उठ्न साथ् र बेलुका सुत्नु भन्दा अगाडी फिक्सिंग टोलीलाई टाउकामा २/४ थप्पड लगाउने अनि यी फिक्सिंग टोलि आत्माग्लानी ले गर्दा चाडै नै ह्याम्फुस भएर नरक पर्नु भन्दा अगाडिनै यमराजले फलाम को फुटबल ले २/४ थप्पड दैनिक हानुन भन्दै हामीले प्रार्थाना गर्ने /

    Reply
  3. dor Prasad says:
    October 21, 2015 at 3:09 am

    २ पैसा कमौदै मा कोहि सोर्ग जादैन, तर लोभ ले नर्क बास चाही हुन्छ , नर्क खोज्न कहिँ जानु पर्दैन नेपाल को जेल गए हुन्छ |

    Reply
  4. Abhaya says:
    October 21, 2015 at 2:30 am

    No doubt that these players should be punished. ANFA and AFC should make sure that the other parties (officials and players from other countries) involved in these fixing should also be punished too. Then this will take care of all involved in the fixing. Nepalese players can be good link to reach them.

    Reply
  5. Harihar says:
    October 20, 2015 at 6:31 pm

    यति धेरै रेस्पेक्ट थियो सब माटोमा मिलायो|
    यस्तालाई हथकडी लाएर जेलमा थुनेको फोटो हेर्न पाउँ तब मात्र फेरी कसैले यस्तो देशघात नगर्ला| तर सबभन्दा पैले त्यसको नायके गणेश थापालाई हाल्न्पर्यो| त्यै हो सब बर्बाद गर्ने|

    Reply
  6. प्रकाश मान श्रेष्ठ says:
    October 20, 2015 at 5:53 am

    अब जिन्दगी भर घरैमा बसी बल गिंजोली बस्ने । यस्तो देशद्रोहको कार्य गर्ने लाई यो भन्दा अझ ठूलै पुरस्कार दिनुपर्ने थियो ।

    Reply

Leave a Reply to narayan Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme