Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भन्ने एक थोक, गर्ने अर्कै थोक

Posted on October 19, 2015October 20, 2015 by mysansar

Kathmandu_trolleybus_1993

  • पेट्रोलियम पदार्थका ठाउँमा अरू इन्धन चलाउने ।
  • इन्धनका लागि भारतमाथि मात्र भर नपर्ने ।
  • उत्तरका नाका खोल्ने ।
  • भारतले नाकाबन्दी गरेपछि परेको समस्या समाधान गर्ने अनेक उपाय सामाजिक सञ्जालले धमाधम दिइरहेका छन् । तर विस्तारै तेल पाइएपछि, गाडी चढ्न पाएपछि र ग्यास बाल्न पाएपछि यी उपाय बिर्सिएलान् जसरी यस अघिको नाकाबन्दीका बेला पत्ता लागेका उपाय बिर्सिइएका थिए ।

    आजभन्दा २७ वर्ष अघि भारतले नाकाबन्दी गरेपछि त्यसको असर कम गर्न नेपालले आर्थिक नीति २०४६ तर्जुमा गरेको थियो । त्यसमा भनिएको थियो– पेट्रोलियम पदार्थको आपूर्तिका लागि विभिन्न स्रोतको खोजी गरी एकभन्दा बढी स्रोतबाट आपूर्ति गराउने ।

    यस्तो नीति लिएको १२/१३ बर्षपछि सन् २००२ मा नेपालले भारतीय आयल कर्पोरेसनबाट मात्रै तेल किन्ने सम्झौता गर्यो । यस्तो सम्झौता मार्च २०१७ सम्म कायम छ ।

    अर्थात एकभन्दा बढी स्रोतबाट आपूर्ति गराउने नीति कार्यान्वयन गर्दा एउटासँग मात्रै खरिद गर्ने सम्झौता भयो ।

    २०४६ सालमा वाचा गरेको अर्को काम थियो- आयातित इन्धनको आवश्यकता घटाउँदै लैजान हाल संचालित रोपवेको क्षमता पूरा प्रयोगमा लगाउने, ट्रली बस विस्तार गर्ने, विद्युत रेलको स्थपाना गर्ने ।

    यो नीतिको कार्यान्यवन गर्नका लागि रोपवे बन्द गरियो, ट्रली बस मासियो र विद्युत रेल स्थापना गर्दै गरिएन ।

    नेपालमा रोपवे धेरै पहिलेदेखि चलेको थियो । श्री ३ चन्द्र शमशेरले सन् १९२७ मा धुर्सिङदेखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे चलाए । यसले घण्टामा ८ टन सामान बोक्थ्यो । यो चलाउनका लागि विदेशबाट ल्याएको पेट्रोलियम पदार्थ चाहिँदैनथ्यो । भारतको नाकाबन्दीले यसलाई छुँदैनथ्यो ।

    पञ्चायतकालमा १९६४ मा यसलाई हेटौंडादेखि काठमाडौंसम्म ४४ किलोमिटर लामो पारियो । यसको क्षमता तीनगुणा बढाएर २५ टन पारियो । यसलाई चलाउन ट्रक चलाउन जति इन्धन चाहिँदैनथ्यो, विदेशबाट ल्याएको इन्धन चाहिँदैनथ्यो । यो ढुवानीको सबैभन्दा सस्तो साधन थियो । यस कामका लागि अमेरिकाले सहयोग गरेको थियो ।

    सन् २००१ को डिसेम्बरमा सरकारले यो रोपवे चलाउने संस्था नेपाल यातायात संस्थानै‍ मासिदियो ।

    रोपवेको क्षमता पूरा उपयोग गर्ने नीति कार्यान्वयन गर्न रोपवे बन्द गरियो ।

    सन् १९७५ मा चीनको सहयोगमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस चल्न थालेको थियो । यसले एक दिनमा २० हजारसम्म यात्रु ओसार्थ्यो । यो बस चलाउन विदेशबाट ल्याएको तेल चाहिँदैनथ्यो । यसले प्रदूषण पनि गर्दैनथ्यो । तर डिसेम्बर २००१ मा सरकारले ट्रली बस पनि बन्द गरिदियो ।

    ट्रली बन्द गर्नुअघि सरकारले केही काम गर्‍यो । ती यसप्रकार छन्ः

    आठौं पञ्चवर्षीय योजना (१९९२ देखि १९९७) मा सरकारले “आयातित इन्धनको उपभोग घटाउने उद्देश्यले ट्रली बसलाई त्रिपुरेश्वर-किर्तिपुर र थापाथली-पाटन ढोका-पुल्चोकसम्म विस्तार गर्ने” नीति लियो ।

    नवौं पञ्चवर्षीय योजनामा यसलाई काठमाडौंको चक्रपथमा विस्तार गर्ने तथा पूर्वमा विराटनगर-इटहरी-धरान र पश्चिममा भैरहवा-बुटवलमा ट्रली बस चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति सरकारले लियो ।

    २० सेप्टेम्बर १९९९ मा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र भौतिक निर्माण योजना तथा यातायात मन्त्रालयको स्वीकृतिमा नेपाल यातायात संस्थानले चीनको एउटा कम्पनीसित एउटा सहमति गर्यो । यस सहमति अनुसार सो कम्पनीले काठमाडौं उपत्यकामा रिङरोड सातदोबाट-गोंगबु-रत्नपार्क-त्रिपुरेश्वर-कलंकी सम्मको ४१ किलोमिटरमा र धरान-विराटनगरको ४४ किलोमिटरमा ट्रली बस फैलाउन प्रस्ताव तयार गर्‍यो ।

    २० अप्रिल २००० मा सो कम्पनीले यस कामका लागि प्राविधिक र वित्तीय प्रस्ताव बुझायो ।

    अक्टोबर २००१ मा मन्त्रिपरिषदले काठमाडौं-भक्तपुरबीच चलिरहेको ट्रली बस सेवालाई निजीकरण गर्ने निर्णय गर्‍यो ।

    त्यसको दुई महिनापछि १६ डिसेम्बरमा सरकारले ट्रली बसको सञ्चालक कम्पनी नेपाल यातायात संस्थानलाई खारेज गर्‍यो ।

    पछि २००३ मा थापाथली-त्रिपुरेश्वरको तीन किलोमिटर खण्डमा चलाएर यो सेवा ब्युँताउने प्रयास गरिएको थियो तर यो प्रयास सफल भएन ।

    सरकारले यसो किन गरेको होला ?

    एउटा कारण हुनसक्छः यसो गर्दा सरकारलाई आम्दानी हुन्छ । आर्थिक वर्ष २०६९/७० मा सरकारले तेल र अन्य इन्धनबाट २२ अर्ब आम्दानी गरेको थियो ।

    स्वदेशी इन्धन उपयोग हुने प्रविधि चलाउन छाडेपछि विदेशी इन्धन आयात बढ्दै गएको छ । (साउथ एसिया चेकबाट साभार)

11 thoughts on “भन्ने एक थोक, गर्ने अर्कै थोक”

  1. Rajendra Shrestha says:
    October 22, 2015 at 7:35 am

    हामिले आत्मनिर्भरता को पाठ सिकेको भए न अहिले को समस्या आउथ्यो न इंडिया ले हेप्न सक्थ्यो. इंडियालाइ राम्रो संग थाहा छ हि अहिले हाम्रो राष्ट्रिय स्वाभिमान एक टंकी पेट्रोल मा अडेको छ.
    देशमा जनताले तेत्रो दुख पाइराखेको छ न पहिले को सरकार ले केहि गर्यो न नया सरकार ले केहि गर्ला जस्तो छ. रास्ट्रपति दशैंको संदेश मा आम नेपाली हरुले दुख पाएको मा बाल मतलब छैन , एक सब्द बोलेको छैन. उल्टो फोरम को सपोर्ट गर्छ . दैनिक जीवन लै चाहिने बस्तु को रोकावोत गर्ने , बन्द गर्ने लाइ त राज्य विरुद्ध को अपराध गरेको मा जेल मा राख्नु पर्ने हैन र?

    Reply
  2. bibek dhakal says:
    October 21, 2015 at 9:38 pm

    अस्ति सम्म ओली को जयजयकार गरेर नथाक्ने हरु आज चुप लागिसके. भोलि बाट गाली गर्न थाल्छन. पर्सि बाट बरु सुशील कोइरालाई ठिक भन्न थाल्छन. यहि चक्र चलिरहन्छ. नेताहरुले पलैपिलो थाग्नामा सुताइरहनछन. नया सोच र नया नेतृत्व सहितको नया शक्ति नआएसम्म….

    Reply
  3. Tuyu Bhaju Udaas says:
    October 20, 2015 at 3:46 pm

    We have learnt a phrase & idioms from a Bhante . He used to preach to most of his disciples – untill and unless you would be able to identify TWO species among the Nepalese RULERS , you will never be able to diognise the obstruction on the way to flourish nepalese ECONOMY.Since the two JAATI of nepalese are :
    1. Jya-suwaa: those who believe in WORK IS WORSHIP.
    2. Khn-suwaa: those who earn their livelihood just moving their restless & weightless TONGUE.
    Nepal is cursed to face a fate of such dishonest Khnchuwa leaders.

    Reply
  4. Bindu says:
    October 20, 2015 at 3:05 am

    ऐलेको नेटाले ट ट्यो मर्स्या चा लाई डयूटा जसट्टै गर्छ , अस्टि मोडी औडा
    बाटै बडार्यो का! का ! सट्यानाश !
    के के गरेन यिनर्ले ! डेउट्टै मान्यो बा !!!
    अब डुस्ट भनेर ल्यायो !
    कैले डयूटा कैले डुस्ट !?
    यो नेटा नेटाको खेलमा डुख्ख जन्टाले पायो . डेश पनि डुबायो !
    असट्टीहरु .
    बिस्नुमटिमा नौन परोस् टंलाई .

    Reply
  5. punya prashad says:
    October 20, 2015 at 12:11 am

    http://www.cnn.com/2015/10/19/aviation/worlds-worst-airports-2015/index.ह्त्म्ल

    बधाई छ नेपाली हरु लाई

    अनी त्रिभुवन एअरपोर्ट अनि हाम्रा नेता (गुन्दा हरु को झुप्पो ) लाई पनि
    हाम्रो देस को एअरपोर्ट वोर्स्त हरु को लिस्त म नम्बर ३ म परेछ !

    ला बधाई फेरी पनि । । । भ्रस्तचार र गुन्दगर्दी ले सकिसक्यो देस लाई अनि हरेक सम्रचना हरु एस्तै एस्तै हुँदै जन्छन

    ना कानुन को लगु भ को छ । । । जस्ले जे गरेनी हुन्छ नेपाल म । ।जुङली हरु को देश

    Reply
    1. Shankar says:
      October 20, 2015 at 5:08 am

      यो मदिसे ,बाहुन बनेर कम्मेन्ट लेख्छ , नेपाल र नेपालि लाइ गालि गर्छ, जुन कम्मेन्ट मा पनि |

      Reply
      1. bibek dhakal says:
        October 21, 2015 at 9:34 pm

        तपाईं ले कुनै जमानामा पानीपुरी चोर्ने क्रममा वा फलफूलको जुस नतिरेको हुनाले मधेसी मुलको कुनै व्यापारीको हातबाट धुलाम्य चुटाइ भेट्नु भाको थियो कि के हो किन हरेक कमेन्ट मा ‘ मधेसी’लाइ होच्याउने गरि लेख्नु हुन्छ. खैर माथि मैले दिएको काल्पनिक अड्कल साचो हुन सक्छ तेसैले यदि तेस्तै रिस पोखिरहनु भएको छ भने तपाइंको रिसलाई जायज मनाम्ला. त्यता तिर नजाम.
        माथि पुण्यप्रसाद जी ले लेखेको के कुरा चाही नाजायज छ ल भन्नुस? भाको कुरा औल्याउदा गाली गरेको हुन्छ? कि त कमेन्टमा तपाइको नेताहरुलाई अनि गुण्डाहरुलाइ जयजयकार गरेर लेख्नु पर्न?

        अनि हचुवा तालमा ‘बाहुन बनेर कमेन्ट लेक्छ’ भनेर लेख्नुको कारण के हो? यहि कुरा तपाइले मलाई पनि भन्नु भएको थियो. तपाइँले सायद सबैलाई आफै जस्तो ‘इन्सिक्योर’ ठान्नु हुन्छ जस्तो छ आफ्नो पहिचान लुकाएर अर्कै रुप देखाउन खोज्ने.

        कमेन्टहरु पढ्दा मान्छे पाको हो जस्तो लाग्छ फेरी कैलेकाइ १० बर्षको बच्चाले पनि नगर्ने अति अपरिपक्व कुरा गर्नुहुन्छ. एसो अलि बिचार गरेर लेख्नुस, तपाइले डायरी लेखेको हैन , ब्लग मा कमेन्ट गरेको हो.

        Reply
      2. punya prashad says:
        October 30, 2015 at 1:17 am

        म मदेशी पहाडी जे भए नि नेपाली हुम नि ! एस्तो संकोचित बोलेर जातीय र साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तिमि देसद्रोही हो !

        Reply
  6. subash says:
    October 19, 2015 at 10:21 pm

    मुर्खहरुको निर्णयले गर्दा आज देशको यो हविगत छ.

    Reply
  7. Sailesh says:
    October 19, 2015 at 10:21 pm

    पहिला फुरुङ्ग पार्ने तेसपछि चुर्लुम्म् डुबाउने नीति रहेछ सरकारको खै के खै के ……

    Reply
  8. XYZ says:
    October 19, 2015 at 5:07 pm

    Here are some facts, their precision need to be checked.

    1. Over 70 percent of Nepal’s import is all petroleum products – this alone creates trade imbalances in Nepal.

    2. 57 percent of household in the kathmandu valley depend on LPG for cooking – imagine the possible hardship that can inflict on Kathmandu.

    3. In the absence of fuel dialysis machines have to be shut down – this means the patients will have no option other than to accept their deaths.

    4. In the absence of fuel how one is going to transport fire woods.

    5. In the absence of fuel, everything will come to a close. India will not go to this extreme hence there will always be some supplies, some relaxation. Actually, the black marketers benefit from this. This must be the reason why FNCCI has so far kept quiet. Shocked to see ms Beautician, forgot her name, in the team of FNCCI business people visiting PM Oli.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme