Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओनसरीले राष्ट्रपतिको कामसमेत गर्नसक्ने व्यवस्था संविधानमा

Posted on October 17, 2015 by Salokya

नेपालको इतिहासमा पहिलो पटक महिला सभामुखको कीर्तिमान राखिन् ओनसरी घर्ती मगरले। युद्धकालमा पनि उनले २०५९ सालमा पूर्वी नेपालको माओवादी सेनाको बटालियनका पहिलो महिला कमिसार भएकी थिइन्। संयोग जुर्‍यो भने उनले राष्ट्रपतिको काम गर्ने अवस्था समेत आउन सक्छ। नेपालको संविधानको धारा २८० मा यस्तो विशेष व्यवस्था छ।

धारा २८० मा लेखिएको छ –
rastrapati

अहिले संविधानसभा भंग भएपछि अर्को चुनाव नभएसम्म यही संसदले नै संक्रमण कालमा प्रतिनिधि सभाले गर्ने काम गरिरहने व्यवस्था छ। केही गरी राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खाली भइदियो भने अर्को चुनाव भएर उनीहरुले शपथ लिएर कार्यभार नसम्हालेसम्म सभामुखले नै राष्ट्रपतिले गर्ने काम गर्नुपर्नेछ।

सभामुख भनेको यस्तो ठूलो पद हो। तर एमाओवादीका नेताहरुले मन्त्री बन्न नै रुचाए, सभामुख बन्न कृष्णबहादुर महरा पनि मानेनन्, गिरिराजमणि पोखरेल पनि मानेनन्।

6 thoughts on “ओनसरीले राष्ट्रपतिको कामसमेत गर्नसक्ने व्यवस्था संविधानमा”

  1. Bindu says:
    October 17, 2015 at 8:46 pm

    हाम्रो नेता भनेर कार्यकर्ताहरु मख्ख पर्ने दिन आएछ
    राम्रो नेता भनेर जनता मख्ख पर्ने दिन गएछ
    देश
    ” नेताको हातको नरिबल” भएछ

    आफ्नो जातमा लागू हुने खास उखान नेपाली नेतामा सरेपछी
    बिचरा बाँदर जिल खाएछ !

    अब
    उखान टुक्कामा पनि सुधार संशोधन हुन जरुरि छ
    त्यसैले टुक्का मन्त्रलाय पनि चाहिन्छ
    बरिस्ट नेताहरुको पछि लाग्नुस्
    टुक्का मन्त्रि पाईन्छ – –

    Reply
  2. shiva says:
    October 17, 2015 at 7:37 pm

    महरा र गिरिराजलाई सभामुखको पद लिदा पार्टीमा आफ्नो पद अरुले पो खाइदिने हुन् कि भन्ने चिन्ता ले ग्रसित भएर पाको पद पनि छाडे . डामना हरुले

    Reply
  3. eklavya says:
    October 17, 2015 at 4:17 pm

    जतिसुकै ठुलो पद किन नहोस आउने बाटो कम भएपछी को बन्न मान्छ र ? ठाउमा पर्यो भने पिउन बन्न पछि पर्दैनन् घुस्याहाहरु अनि तिनकै सिन्दुर यात्राहुने हाम्रो देश …

    Reply
  4. Shankar says:
    October 17, 2015 at 3:11 pm

    सभामुख बन्न किन मानेनन् त् ? मन्त्रि बन्दा देश लुट्न पाइन्छ , सबामुख बन्दा पाइन्न |
    हिजो व्यक्तिगत घर लुट्ने ले अब देसै लुट्ने मौका किन छोड्थे ?
    पहिले नया नेपाल बनाउछु भने अब पाखेहरुले देश इन्डियाको पोल्टामा हाले |
    हिजो बहुदलीय जनबाद, नौलो जनबाद , प्रचण्ड पथ केहि थिएँन सब पाखेबाद थ्यो ,
    एसले सब नेपालि लाइ एक दिन भुटानी नेपालि को हालत मा पुर्याउछ |

    Reply
  5. Sunit Tamang says:
    October 17, 2015 at 2:02 pm

    जे जसरी भए पनि जंगली युग मा फर्कीईने भैयो ,

    Reply
  6. amit rayamajhi says:
    October 17, 2015 at 1:57 pm

    मन्त्रि भयेपछी देसको अरवौ रकम झवाम्म पार्न पाइन्छ,आर्थिक चलखेल गर्न पाइयो अनि किन सभामुख हुने।गद्दार (गच्छेदार) लाइ पो लोटरि लागेछ भौतिक निर्माण मन्त्रि भयेपछी फास्ट ट्रयाक अघी बढायेर ठेक्का इन्डिया लाइ दि अरबौ पचाउने भयो।किन यो मन्त्रालय रोज्छ भनेको त

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme