Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म्याच फिक्सिङ : यसरी थालिएको रहेछ अनुसन्धान

Posted on October 16, 2015October 17, 2015 by Salokya

integrity_in_football_logo_8x4 नेपालको घरेलु लिगमा म्याच फिक्सिङ भएको कुरा त धेरै अगाडिदेखि आएको थियो। तर खेलाडीलाई नै पक्राउ गरेको घटना चाहिँ नयाँ थियो जुन बुधबार भयो। धेरै खेलप्रेमी अचम्ममा परे। नेपाल प्रहरी अचानक कसरी खेलको विषयमा अनुसन्धान गर्न थाल्यो भन्ने पनि लाग्यो होला। खासमा यो नेपाल प्रहरीले मात्र थालेको अनुसन्धान हैन रहेछ। एसियाली फुटबल महास‌ंघ (एएफसी) र स्पोर्टराडार सेक्युरिटी सर्भिसेज अनि नेपाल प्रहरीबीच सूचना आदानप्रदान र सहकार्यको नतिजा रहेछ।

सुरुवात यसरी भएको रहेछ : नेपाली राष्ट्रिय टिमले खेल खेल्दा हामी सँधै नेपालको पक्षमा हुन्थ्यौँ। कराउँथ्यौँ, जोशिन्थ्यौँ। तर नेपाल राम्रो खेल्दाखेल्दै अन्तिममा हार्न पुग्थ्यो।


हामीले त्यसलाई कहिल्यै श‍‍ंकाको दृष्टिले हेरेनौँ। तर नेपालको राष्ट्रिय टिमले खेलेका केही खेलहरुमा सट्टेबाजहरुको बाजी ठोक्ने प्रवृत्ति श‍ंकास्पद देखियो।

अर्थात् यति नै अन्तरले हार्छ भनी धेरै धेरै रकम बाजी लगाउने अनि ठ्याक्कै मिल्ने पनि।

यो प्रवृत्ति पत्ता लगाएको थियो स्पोर्टराडारले। त्यसपछि अनुसन्धान सुरु भयो गोप्य रुपमा। एक वर्ष लामो अनुसन्धानमा सन् २००८ सम्मका खेलहरुलाई छानबिनको दायरामा ल्याइयो। नेपालीको नाममा भएका श‌ंकास्पद आर्थिक कारोबार पनि भेटिए।

अनुसन्धानबाट देखिएका यी इन्टेलिजेन्सलाई यी संस्थाले नेपाल प्रहरीसँग सेयर गर्‍यो। त्यसपछि नेपाल प्रहरीले पनि औपचारिक रुपमा आफ्नो तर्फबाट अनुसन्धान थाल्यो। नतिजा स्वरुप अहिले पाँच जना खेलाडी पक्राउ परेका हुन्।

एएफसीले शुक्रबार यसबारे विज्ञप्ति नै निकाली सार्वजनिक जानकारी दिएको छ।

एएफसीका कार्यवाहक महासचिव डाटो विन्डसर जोनले भनेका छन्, एएफसीले म्याच फिक्सिङमा सून्य सहनशिलताको नीति लिएको छ र यस विषयमा ३६० डिग्रीको निगरानी गर्छ। यी गिरफ्तारीहरुले रोकथाम, पहिचान र प्रतिक्रियाको रणनीति अनुसार काम प्रभावकारी भइरहेको देखिएको छ।’ उनले आफूहरुले दिएको जानकारी अनुसार नेपाल प्रहरीले पक्राउ गरेकोमा प्रश‍ंसा पनि गरे।

स्पोर्टराडारका म्यानेजिङ डाइरेक्टर एन्ड्रियास क्रान्निचले आफूहरुको फ्रड डिटेक्सन सिस्टम रिपोर्टका कारण विश्वभर १०० भन्दा बढी गिरफ्तारी भएको बताए।

एएफसीले अब यी खेलाडीहरुविरुद्ध अनुशासनको कारबाही चलाउनेछ। यस अनुसार नेपाली टिम क्याप्टेन सागर थापा लगायतका खेलाडीहरुले अब जीवन भर फुटबल खेल्न नपाउनेदेखि ठूलो रकम जरिवानासम्म हुनसक्छ।
fixing

fixing1

6 thoughts on “म्याच फिक्सिङ : यसरी थालिएको रहेछ अनुसन्धान”

  1. Chetan says:
    October 20, 2015 at 11:31 pm

    आशा छ, एकदिन थापा काजि पनि पक्राउ पर्ने छन् यसै गरि !

    Reply
  2. बसन्त says:
    October 17, 2015 at 7:55 pm

    कानुन सानालाइ मात्र त् हो नि गणेश थापाको रौ हल्लाउन सक्या होइन ?

    Reply
  3. XYZ says:
    October 17, 2015 at 3:43 pm

    One of the culprit has used the money for his wedding. Hopefully, his marriage will not be nullified. During Rana days, a Rana Prime Minister, if he is really pissed off, can demote a medical doctor into compounder.

    Reply
  4. narayan says:
    October 17, 2015 at 11:54 am

    कडा भन्दा कडा सजाय एस्तो होस् कि भोलि का खेलाडी ले एस्तो गर्ने काल्पन पनि नगरुन /

    Reply
  5. Shankar says:
    October 17, 2015 at 3:21 am

    भोलि पर्सि जेल वाट छुटेपछि नेपाल को गाउ गाउ मा खुलेको हाबार्ड बोर्डिंग स्कुल , क्याम्ब्रिज उच्ह माद्यामिक बिद्याल , जुरेली भन्ज्यांग स्ट्यान फोर्ड निम्न माद्यामिक बिद्द्याल ले फुटबल कोच मा राख्छ यिनलाई |

    Reply
  6. Santosh Lamichhane says:
    October 17, 2015 at 2:30 am

    नेपालीको नाक काटियो..आशा छ खेल र खेलाडीको उच्च ब्यवसायिकता र व्यवस्थापनले आगामी दिनमा उनीहरूले राम्रो कमाइ गर्ने छन् ..ता कि उनीहरूले यस्तो कुकृत्य गर्नु नपरोस..साथ साथै माथि माथि बस्ने टाउके भ्रष्टाचारीलाइ पनि न्यायको दायरामा ल्याइयोस ..त्यस्ताले चाहिं पैसा र शक्ति लगाएर सर्वोच्च बाट सफा पत्र नपाउँन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme