Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल पढ्नुस् छातीमा हात राखेर सयौँ थुङ्गा गाउँदै चन्द्रसूर्य झण्डामुनि खेल्ने खेलाडीको कर्तुत, कति डलरमा बिके विवरण

Posted on October 15, 2015 by Salokya

2014 Asian Games - Irak vs Nepal - Ma Ning (Chine) सन् २००८ देखि २०१४ सम्मका ६ वटा खेलमा घुस खाएर खेल हारेको अनुसन्धानबाट भेटिएको नेपाल प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आज सार्वजनिक गरेको विवरणमा कुन खेलमा कति डलर लिएर हारेको भन्नेसमेत उल्लेख छ। रमाइलो त सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग खेलमा भएको रहेछ। खेल ४–० ले हार्ने सर्त रहेछ। त्यसवापत् खेलाडी USD 5000 लिने गरी सर्त भएको रहेछ। तर खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेछन् र बिचराहरुले रकम पाएनछन्।

पढ्नुस् प्रहरीले सार्वजनिक गरेको विवरण जस्ताको तस्तै

छिमेकी राष्ट्र एवं मित्रराष्ट्रहरुमा विभिन्न समयमा आयोजना गरिएका अन्तराष्ट्रिय फुटवल खेलहरुमा नेपालले भाग लिई अन्तराष्ट्रिय फुटवल खेल खेल्नका लागि आवद्ध रहेको नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडीहरु खेल्न गएकोमा सन् २००८ मा भएको Mordeka Cup, सन् २००९ को SAAF Championship, सन् २०११ मा मलेसियामा भएको मैत्रीपुर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपुर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप, सन् २०१४ मा कोरियामा भएको खेल समेतका अन्तराष्ट्रिय फुटवल प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरी गएका नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडीहरुले अवैध अन्तराष्ट्रिय एजेन्टहरुसँग सम्पर्क गरी विदेशी भुमिमा नेपालको राष्ट्रिय झण्डा लिई सफथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरुको स्वाभिमान र आत्मसम्मानमा चोट पु–याउने उद्देश्यले Match Fixing गरी अन्तराष्ट्रिय फुलवल खेल हार्ने योजना वनाई मोटो रकम लिई खेल खेली हार्ने गरेको बिभिन्न श्रोतबाट खुल्न आएको, तत्पश्चातयस महाशाखाबाट खटिएको टोलीले मिति २०७२।०६।२७ गते दिउँसो काठमाण्डौ तथा ललितपुरका बिभिन्न स्थानबाट नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व खेलाडीहरु अन्जन के.सी., विकास सिंह क्षेत्री, तथा नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा, क्याप्टेन सागर थापा र खेलाडी सन्दिप राई लाई पक्राउ गरि राज्य बिरुद्धको अपराध अन्तर्गत अनुसन्धान कारवाहीको लागी मिति २०७२।०६।२८ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

खुल्न आएका कुराहरु :
१. रितेश थापा, सन्दिप राई, सागर थापा, विकास सिंह क्षेत्री र अन्जन के.सी.लाई सोधपुछ गर्दा विभिन्न देशहरुमा भएका अन्तराष्ट्रिय स्तरको फुटवल खेलमा Match Fixing गरी नेपाली फुटवल टिमलाई हराई रकम लिने खाने गरेको खुल्न आएको ।

२. Western Union Money Transfer, Cyber Money Transfer समेतबाट नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा र पुर्व राष्ट्रिय खेलाडी अन्जन के.सी.ले नेपाली राष्ट्रिय फुटवल टिमको अन्तराष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट रकम प्राप्त गरेको ।

३. सन् २००८ मा Mordeka Cup मा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले USD 5000 लिएको खुल्न आएको ।

४. सन् २००९ को SAAF Championship मा जम्मा USD 3061 लिई दामासाहीमा वाँडी लिएको ।

५. सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा निजहरुले प्रति खेलाडी USD 5000 लिएको ।

६. सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने सर्तमा निजहरु प्रति खेलाडीले USD 5000 लिएको ।

७. सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी USD 5000 लिने गरी सर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।

८. सन् २०१४ मा कोरियामा भएको Under 23 Asia Championship Game मा खेल हार्ने सर्तमा निजहरु प्रति खेलाडीले USD 5000 लिएको ।

९. Match Fixing गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj, Woodland; Singapore का TitaniPeriasamy, Lot68 Ladang Bahau of No 10 Taman Permata का Kesavan Pattan समेतका Agent बाट अन्जन के.सी. रितेश थापा समेतले विभिन्न देशहरुबाट Money Transfor, Cyber Money Transfer मार्फत आएको रकम लिने गरेको खुल्न आएको ।
१०. Willson Raj नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको निजबाट खुल्न आएको ।

११.अन्जन के.सी. पुर्व खेलाडी भए तापनि विना हैसियत विभिन्न अन्तराष्ट्रिय फुटवल खेलहरुमा जस्तै फिलिपिन्स र दिल्लीमा भएको प्रतियोगितामा स्वयम आफैं उपस्थित भई खेलाडीहरुलाई प्रभावित पार्ने गरेको खुल्न आएको ।

पक्राउ प्रतिवादीहरुः
१. जि.ललितपुर ल.पु.उ.म.न.पा. १३ बस्ने दिल वहादुर के.सी.को छोरा वर्ष ३० को अन्जन के.सी. ।

२. जिल्ला मोरङ्ग बिराटनगर उ.म.न.पा.वडा न ं. २२ बस्ने बिष्णुसिंह क्षेत्रीको छोरा बर्ष २७ को बिकाशसिंह क्षेत्री ।

३. जि.काठमाण्डौ किर्तिपुर न.पा.वडा नं. ५ बस्ने पुष्कर थापाको छोरा बर्ष ३१ को सागर थापा ।

४. जिल्ला सुनसरी ईटहरी उ.म.न.पा.वडा नं. १ बस्ने सागर थापाको छोरा बर्ष ३३ को रितेश थापा ।

५. जि.सुनसरी दुहवी न.पा.वडा नं. ६ बस्ने दिपक राईको छोरा बर्र्ष २८ को सन्दिप राई ।

मिति २०७२।०६।२८ गते ।

12 thoughts on “ल पढ्नुस् छातीमा हात राखेर सयौँ थुङ्गा गाउँदै चन्द्रसूर्य झण्डामुनि खेल्ने खेलाडीको कर्तुत, कति डलरमा बिके विवरण”

  1. nisan says:
    October 16, 2015 at 10:19 pm

    किन हाम्रो फूटबल को रंकिंग १९२ भयो भनेर चिन्ता bhayeko त कुरो एस्तो पो रहेछ ,,,अब के सजाए दिने खेलाडी हरु लै भने यो ५ जना लै दिन रात फूटबल खेल्न दिने बस्न Nadine सिर्फ खान खाने ra तोइलेत जाने अरु समय खेल्ने मात्र बल्ल बाउ को बिहे देख्छ कुरो

    Reply
  2. shyam says:
    October 16, 2015 at 10:42 am

    I used to be proud of past footballers of Nepal. Nepalese Footballers were like Maradona or Messi of Argentina. So impoverished yet so talented. IN A COUNTRY LIKE nEPAL WHERE HEADS(POLITICIANS) ARE CORRUPT IT IS ALMOST SURE AND CERTAIN THAT ALL OTHER SECTORS ALSO FOLLOW SUIT INCLUSIVE OF SPORTSMEN SOME EXCEPTIONS CAN NOT BE AVOIDED. THIS SAME CASE MAY BE TRUE IN OTHER SPORTS E.G.,CRICKET. PROBE SHOULD GO ON THERE TOO.

    Reply
  3. sushil says:
    October 16, 2015 at 7:23 am

    के भन्नु यार, भूगोल बेच्नेहरु र जनता माराहरु राज गर्दैछन्, यी फुटबल खेलाडीहरुलाई मात्रै के सजाय दिनु. यिनको पछाडी पनि बाख्रे केटाहरुको भिड अथवा दुतावासको हात परेको भए कुरै अर्को हुने थियो. तैपनि यिनको मुद्दा थापा काजीले हेरे भने सबै छुटछन्.

    Reply
  4. Sunil. London says:
    October 15, 2015 at 10:49 pm

    थुक्क कुपात्र हरु ! नेपाली टिम को कप्तान सागर थापा रे ! नेपालको इतिहासमा “थापा” हरु को नाम इज्जत का साथ् लिने गरिन्छ , जस्तै भीमसेन थापा , अमरसिंह थापा , भक्ति थापा इत्यादि ! तर यो “गद्दार” सागर थापा ले सबै इज्जतदार थापा हरुको नाक काटिदियो ! यिनीहरु लाई अब कुनै पनि फुटबल प्रतियोगितामा भाग लिन नपाउने गरि कडा कारवाही गर्नु पर्छ ! पैसाको लागि यिनीहरुले देशको नाम नै बेचे , अझै के के बेच्छन यो त भबिष्य ले नै देखाउला !!!!!!

    Reply
  5. Shyam says:
    October 15, 2015 at 10:30 pm

    नेताले देशको सम्पदा बेचेर पुगेको थियन खेलाडीले देशको नाम बेचे.

    Reply
  6. punya prashad says:
    October 15, 2015 at 9:27 pm

    हेरी ,,, हेरी ,,
    अब के नै भन्न बाँकी रह्यो र !? सारा नेपाली हाम्रा खेलादी ले खेल जित्नेछन भन्ने आश लियी रात्भर दिन्भर तेलिभिजन मा झुन्दिएर “नेपाल,,, नेपालल ।।” भनी घोक्रो फुलाएको ।।। आखिर आफ्नै खेलदी को एत्रो ठुलो बिश्वासघात ,,, एत्रो ठुलो ध्वोका ,,,
    nepal maa सारा ठाउँ भ्रस्तचार ले खाइ सकेको छ ,,
    हामी नेपाली किन एत्ती तल्लो बन्छौ ? अनी अझै नेपाली बन्नु म घमन्द (गर्ब हैन ) गर्छौ ?

    Reply
  7. subash says:
    October 15, 2015 at 9:13 pm

    सुबिधायुक्त पदमा बसेका नेताहरु त बिक्रि भैरहेको बेला, यी राम्रो तलब पनि नपाउने गरिब देशका गरिब खेलाडीहरु बिक्रिहुनु कुन ठुलो कुरा हो र? येसो भन्दैमा यस कुकिर्त्यको समर्थन गरेको होइन। यी सबै खेलाडीहरु सजायंका भागीर्दार छन् ।

    तै यीनिहरुले आफुलाई मात्र बेचे, नेताले झै देशनै बेचेनन् ।

    Reply
    1. punya prashad says:
      October 16, 2015 at 8:00 pm

      कस्तो तोरिलाउरे कुरा !
      देश मा आम नागरिक को भन्दा धेरै बढी छ फुटबल खेलाडी को आय / घुस लि हाल्नु पर्ने स्थिति छैन भकुन्डे खेलाडी लाइ .. देश को स्थिति हेरी ठिकै छ /

      नेता को अपराध देखाएर खेलाडी लाइ चोख्याउने काम नगर मुत्र !
      युरोप को खेलाडी संग तुलना नगर न मित्र !

      Reply
  8. Shankar says:
    October 15, 2015 at 8:56 pm

    खेलाडी देखिहालियो ,नेता , मन्त्रि ले येस्तै बिधेयक पास गर्दा , सरकार बनाउदा , इन्डियन सग सहमति गर्दा, ठेक्का दिदा करोडौ अरबै कमाउने , सिक्श्यक ले युनिभर्सिटी मा क्लास छोडेर प्राइबेत मा फुल ट्याम , पार्ट ट्याम पढाउने , पुलिश ले अपराधी , तस्कर सग मिलेर करोडौ कमाउने ,
    हाकिम हरु हाका , हाकी टेबल मुनि बात पैसा लिने , पियुन अफिस मा हाजिर गर्ने अनि एउटा चिट्ठी मन्त्रालय पुर्याउछु भनेर गायब दिनभर हुने बा कर्मचारी को मिटिंग छ भनेर कामै न गर्ने , गरिब हरु आफ्नो जमिन सार्बजनिक जमिन ताछेर , अरुको कान्लो जमिन ताछेर आफ्नो जग्गा बढाउने | बाबुराम प्रचण्ड को नया नेपाल मा नैतिकता को खडेरी परेजस्तो छ | हुन् पनि माउबादी भित्र नै तोप बहादुर सरकार मा जानेकी महारा कत्रो बिबाद ?
    फेरी कोइ कोइ तोरी लाउरे हरु आफु चै देश मा बसेर जुका जस्तो देश लाइ चुस्ने , विदेश मा बस्ने नेपालि लाइ देश को माया न भएको , बैगुनी भनेर बेस्कन डकार्ने ? क्या गजब छ बा |

    Reply
    1. punya prashad says:
      October 16, 2015 at 7:20 pm

      लौ जा त ! फेरी भरत लाई घोक्रो फुत्ने गरी गाली गरम है एस्मा नि,,, हाम्रा खेलदी ले घुस लिनु मा भारत को पूर्ण हात रहेको थोकुवा !
      भारत लाई गाली गर्ने देस्भक्त , असल , राम्रो ठहर् भाईहाल्छ ।।। जे सुकै होस् झप्प भरत लाई जती सकिन्छ्ह गाली गर्दिम ।। 🙂

      जये बम बम ,, भोलेनाथ ,, भूत्नाथ

      Reply
      1. Shankar says:
        October 17, 2015 at 12:13 am

        ये बाजे
        त्यो भारत लाइ गालि हैन , भारतीय कर्तुत को बिस्लेसन थ्यो | चिन्तन मनन थ्यो |
        गालि र तेस्मा फरक छ |यो आफ़नाको को कर्तुत को बिस्लेसन हो र आफुलाई पनि तेस्मा समट्ने हो भने आत्मा लोचना हो न समेट्ने हो भने भन्दा फोर हो |
        भारत लाइ गालि गरेर देश भक्त हुने हिजो बाम नेताले गर्थे | बाहिर गालि गर्थे , फेरी टनक पुर् के के दक्षिणा पनि चढाए | कांग्रेस को पालामा चै न भएको भन्न खोजेको हैन |
        म त् आमनागरिक भएकोले ग्रेटर नेपाल को , भारतीय हस्तछेप को कुरा माइसंसार , टाइम्स अफ इंडिया , हिन्दु , इन्डियन एक्ष्प्रेस्स , अल्जिजिरा , द गर्जेंन ( ब्रिटिश ), न्युवोर्क टाइम्स , चाइना डेली (इन्ग्लिश ) सब मा मौका परे , बिसय प्रसंग परे दि हाल्छु |

        दिन मिल्ने ठाउमा मात्र दिनु होला है , न मिल्ने ठाउमा न दिनु होला |

        Reply
        1. Shankar says:
          October 17, 2015 at 4:35 pm

          बाले ल यो पनि हेर्नुस |
          http://www.bbc.com/news/world-asia-india-16523672?SThisFB

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme