Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फुटबल फिक्सिङ र राजनीतिक फिक्सिङ : असोज २८ का प्रमुख घटना

Posted on October 16, 2015October 16, 2015 by Salokya

२०७२ असोज २८, बिहीबार

फुटबल खेलाडीहरु घुस खाएर म्याच फिक्सिङ गरेको घटना दिनभर चर्चामा रह्यो। हिजो पक्राउ परेका खेलाडीहरुलाई आज प्रहरीले सार्वजनिक गर्‍यो। उनीहरुले कति रकम लिएर कुन कुन खेलमा फिक्सिङ गरेको पनि सार्वजनिक भयो। एन्फाले खेलाडीहरुलाई निलम्बित गरेको समाचार आयो। त्योसँगै घरेलु लिगमा एउटै खेलमा १०० गोलसम्म गरी हुने गरेका फिक्सिङको स्मरण पनि भयो।

यता राजनीतिक रुपमा सभामुख छान्नका लागि फिक्सिङ भयो। सहमतिमा सभामुख छान्नका लागि आजसम्मको म्याद थियो जुन यत्तिकै बित्यो। अब भोलि ३ बजे चुनाव हुँदैछ। सभामुख माओवादीले पाउने भन्ने थियो। तर न कृष्णबहादुर महरा त्यसका लागि तयार भए न गिरिराजमणि पोखरेल। अन्तमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई माओवादीले सभामुखको उम्मेदवार बनाउने तय भयो। माओवादीले महराको नेतृत्वमा सरकारमा मन्त्री पठाउने तय गर्‍यो। मन्त्री छान्ने जिम्मा प्रचण्डलाई दिइयो।

वर्तमान समीकरण अनुसार उनले जित्ने तय छ। उपसभामुखमा भने कांग्रेस र मधेसी मोर्चा मिलेर जाने सहमति भयो। त्यसमा कांग्रेसले उम्मेदवार तय गर्ने र त्यसको जिम्मा भोलि नै बस्ने पदाधिकारी बैठकले टुङ्गो लगाउने भएको छ।

राष्ट्रपतिको चलखेल
स‍ंसदको बैठक बसेको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्ने संवैधानिक प्रावधान छ। त्यस अनुसार राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसले महन्थ ठाकुरलाई समर्थन गर्ने सम्भावनाका समाचार आए। एमालेबाट भने विद्या भण्डारी र सुवास नेम्वाङको कुरा छ। वर्तमान राष्ट्रपति रामवरण यादवले भने भारतीय पत्रिकालाई अन्तर्वार्ता दिँदै मधेसी नै राष्ट्रपति हुनुपर्ने र अवसर दिएमा आफू फेरि सेवा गर्न तयार भएको बताएका छन्।

उच्चस्तरीय समिति
सरकारलाई सहयोग गर्न एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ११ सदस्यीय राजनीतिक समन्वय समिति गठन भयो।
एनेकपा (माओवादी) अध्यक्ष प्रचण्डको संयोजकत्वमा सरकार समर्थित दलका ११ सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, विद्या भन्डारी, कमल थापा, विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष, सीपी मैनाली, चित्र बहादुर केसी, नारायणमान बिजुक्छे र गणेश साह छन्।

प्रधानमन्त्रीले भने अघोषित नाकाबन्दी, भारतले भने हैन
प्रधानमन्त्रीका रुपमा केपी ओलीले पहिलो पटक संसदमा सम्बोधन गर्दे अघोषित नाकाबन्दी भएको बताए। भारतले भने पत्रकार सम्मेलन गर्दै फेरि घोषित वा अघोषित नाकाबन्दी नभएको बतायो। परराष्ट्र मन्त्री कमल थापा शनिबार भारतको तीन दिने भ्रमणमा जाने भए।

-राष्ट्रपति डा रामवरण यादवले ओखलढुङ्गा माम्खा–१ निवासी हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरे।
– आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोट अन्तर्गत बिहीबार भएको नेपाल र पपुवा न्युगिनी ((पीएनजी) बीचको खेलमा नेपाल ९ विकेटले विजयी
-भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आयो।

1 thought on “फुटबल फिक्सिङ र राजनीतिक फिक्सिङ : असोज २८ का प्रमुख घटना”

  1. Shankar says:
    October 16, 2015 at 11:53 pm

    हिजोमा देश ”ब्रेक थ्रु” चलेको थ्यो , प्रचण्ड , मा कु सब एक दुइ दिन मै ब्रेक थ्रु हुन्छ भन्थे |
    देश ले ”ब्रेक थ्रु ”को असर भोग्दैछ |
    आज देश मा फिक्सिंग चलेको छ |

    आइते दिन भर तास खेल्ने , राजनीति गफ ठोकेर खाने ,आइतेकी श्रीमिति पोइ सग ठुस्सेर माइत हिडी | आइते पनि गए जावस, सधै के थोत्रो मादल बजाउनु, चुप चाप बसेछ | तर सासुचाहिलाई ( आइतेकी आमा ) बुहारी न भएर नियास्रो लाग्यो | छोरालाई भनि , ”ये बाबु जा , स्वास्नी लाइ लिएर आ ” | आइते गयो ससुराली तर स्वास्नी आउँन मानिन ,र आइते रित्तै फर्क्यो |
    एस साता पछि आमाले फेरी कर गरिन , आइते गयो | स्वास्नी लिएर आयो | आमा ले सोधिन बुहारी लाइ कसरि मनाइस | आइते ले भनेछ ”फिक्सिंग ” गरेर ल्याएको , अब देखि झुठो भाँडा जति मैले माझ्ने |ताइं
    न तुइ को !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme