Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेतामात्र हैन खेलाडीले पनि लुटेछन् : फुटबल कप्तान र कोचलाई म्याच फिक्सिङ गरेको भन्दै कोचेछन् प्रहरीले

Posted on October 14, 2015 by Salokya

2014 Asian Games - Irak vs Nepal - Ma Ning (Chine) भारतले हेपेर पेट्रोलको लाइन बस्दाबस्दा थाकेका नेपालीलाई राष्ट्रवादी भावना जगाउने एउटा माध्यम थियो खेल। त्यसमा पनि फुटबल। दशरथ रंगशालामा कुनै पनि अन्तर्राष्ट्रिय खेल हुनुपर्छ,हजार हजारको टिकट काटेर अनुहारमा चन्द्रसूर्य पोतेर, झण्डा फहराउँदै पुग्थे हजारौँ फ्यानहरु। तर हार्थ्यो नेपाल। नेपाल हारे पनि नेपालीहरुको भावना हार्दैन थियो। खेल नजिते पनि मन जित्थ्यो नेपाली खेलाडीले। तर आज नेपाली फ्यानहरुको विश्वास पराजित भएकोछ। नेपालीहरुको मन पराजित भएको छ। नेपाली फ्यानहरु आज आफैसँग हारेका छन्।

नेपाली फ्यानहरुले दिएको विश्वासको नासोलाई खेलाडीहरुले लिलाम गरेका छन्। पैसाका लागि राष्ट्रघात गरेको आरोप लागेको छ। प्रमाणित हुन बाँकी छ। तर आरोप गम्भीर छ। एक वर्षअघिको एसियन गेम्सबाटै म्याच फिक्सिङको शंकाको घेरामा परेका खेलाडीहरु आज अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेपछि शंका बलियो भएको छ।

कप्तान सागर थापासहित विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई र कोच अन्जन केसी पक्राउ परेका हुन्।

पछिल्ला अन्तर्राष्ट्रिय खेलहरुमा नेपालले लगातार पराजय भोग्नु परेको थियो। हामी ठान्थ्यौँ, खेलाडीहरुले मन दिएर खेलेका छन्। भाग्य बलियो भएन। तर खेललाई कता पुर्‍याउने भनेर भाग्य लेख्नेहरु त घुस खाएर यिनै खेलाडीहरुले पो रहेछन्, खेल भावनालाई मारेर पैसाको लागि बिक्नेहरु त यिनै पो रहेछन् भनेर प्रमाणित भएको दिन कानुनको अभावमा उनीहरुलाई खासै ठूलो सजाय हुन्न होला।

तर उनीहरुले नेपाली फ्यानको जुन विश्वास तोडेका छन्, त्यसलाई कुनै सजायले पनि पूर्ति गर्न सक्ने छैनन्।

अनुसन्धानपछि कुन कुन खेलमा कति कति घुस खाएर खेल हार्ने गरेको भन्ने पत्ता लाग्ला नै। तर नेपाली खेलाडीहरुको चालामाला शंकास्पद भएको चाहिँ एक वर्षअगाडि नै अन्तर्राष्ट्रिय मिडियामा आइसकेको थियो है।

भदौ २९, २०७१ मा दक्षिण कोरियाको इन्चोनमा एसियन गेम्स अन्तर्गत नेपाल र इराकबीच भएको खेलमा अन्तिम समयमा भएका गोल र बाजी ठोक्नेहरुले कन्फिडेन्ट भएर ठोकेको बाजीका आधारमा स्पोर्टसराडार नामको स्पोर्टस् बेटिङ एनालाइसिस गर्ने कम्पनीले म्याच फिक्सिङ स्पष्ट देखिएको बताएको थियो। नेपाली फ्यानहरुले यसलाई खासै महत्व दिएको जस्तो देखिएको थिएन।

खेल सुरु भएको चौथो मिनेटमा रसानले गोल गरेर इराकले १-० को अग्रता लिएको थियो। मध्यान्तरको समय भएपछि इन्जुरी टाइम ४५+१ मिनेटमा महमदूले गोल गरेर दुई गोलको अग्रता लियो। त्यसपछि ८५ औँ मिनेट रोहित चन्दले आत्मघाती गोल गरे। खेल इन्जुरी टाइममा गएपछि ९०+२ मिनेटमा नेपालले फेरि अर्को गोल खायो, बहजातले गरेका थिए गोल।

हेर्नुस् त्यो खेलको भिडियो

म्याच फिक्सिङबारे त्यतिबेला अन्तर्राष्ट्रिय मिडियामा समाचार आएका थिए।

अहिले पूरै फुटबल नै भ्रष्टाचार कान्डमा फँसेको छ। फिफाका टाउकेहरुसम्म यसमा मुछिएका छन्। एन्फाका टाउके मुछिए पनि अख्तियारले तामेलीमा राखिदियो गणेश थापाको मुद्दा। कमल थापाले तानेर गणेश थापालाई सभासद् नै बनाइ दिए। अब त मन्त्री नै बनाउलान् कि। आफ्ना ‘केटा’हरुलाई उनले बचाउलान् कि के गर्लान् त !

14 thoughts on “नेतामात्र हैन खेलाडीले पनि लुटेछन् : फुटबल कप्तान र कोचलाई म्याच फिक्सिङ गरेको भन्दै कोचेछन् प्रहरीले”

  1. uttam singh says:
    October 16, 2015 at 10:45 pm

    We should be able to punish each and everyone, whoever or what ever field it is ,whether politics,business or game !

    Reply
  2. bibek dhakal says:
    October 16, 2015 at 12:31 am

    मेची, महाकाली, टनकपुर बेच्नेहरुलाई अनि देशको ढुकुटी रित्त्यौनेलाई चुनाबमा जिताउने, प्रधानमन्त्री बनाउने , आन्दोलन मा साथ् दिने अनि मर्दा मलामी सुद्द जाने हामि नेपालि नै हो क्यार. त्यो हेरिकन त माथि खेलाडीहरुले गरेको गल्ति धेरै सानो हो.

    Reply
  3. Lalmohan says:
    October 15, 2015 at 11:16 am

    घुस को करामत हुने स्थान अरु धेरै छन् ….बलियो कानुन र सजाय गर्ने तथा सुचना लिनलाई पब्लिक लाई माध्यम बनाउनु पर्छ !

    Reply
  4. XYZ says:
    October 15, 2015 at 11:08 am

    What a coincidence when Nepali media is rocked by the news about football match fixing, the political players in Nepal have formed a high-level (read unconstitutional) political mechanism – uccha strariya rajnaitik samyantra – comprising of 11 members. This committee will do all the necessary political match fixing, you know what I mean?

    Reply
  5. NABIN says:
    October 15, 2015 at 7:10 am

    गणेश थापा ले कमिसन खाएर खेलाडी हरु प्रयोग गरेको होला

    Reply
  6. ekraj says:
    October 15, 2015 at 4:11 am

    It will be interesting to see who Lok Man Sing will catch agaist corruption.
    If he is really honest and has guts to punish corrupts in Nepal there is a long list those who are known to every Nepalese.
    All the ministers previous and current ministers from Madhesh- Perhaps Gacchedar is the most corrupt of all.
    Prachanda, Hishila, Oli, Sher Bahadur, Ram Sharan, Bamdev, Sujata, Bhim Rawal, Kamal Thapa and 50% of parliamenterian and most Secretary, Police and Military Chief various Departmental Head and Lokendra man himsel.
    Is there enough space in jail.
    When it comes to punishing the corrupts in Nepal whole system needs overhaul and old deseased, corrupts, and recycled garbages in each organisation and ministry needs big kicks.

    Reply
  7. ekraj says:
    October 15, 2015 at 2:49 am

    Ganesh Thapa had leart all these corruption tactics from his elder brother Kamal Thapa.
    Now Kamla is powerfull corrupt minister, and his brother is accomplish. Kamal Thapa has very long expereice and historical record from Panchayat era till today in all sort of crimial, corruption, abuse of power and disrespect for law and order.
    We all to wonder what this guy will give to country and what people need to expect fro these du brothers.
    Both of these mean creatures must have been disqualified from all political and responsible positions in any institution and orgnisation instead should have been jail.
    But this how the criminal’s rule in Nepal work.

    Reply
  8. Surya says:
    October 15, 2015 at 2:31 am

    नरमाइलो खबर सुनियो. यसमा अरु टाउकेहरु पनि तानिन्छन कि…

    Reply
  9. Sunil. London says:
    October 15, 2015 at 1:10 am

    हरेक तिर गद्दारी ! नेपाल लाई त अब “गद्दार भूमि” नाम राखे हुने भयो ! नेता , मन्त्रि , कार्यकर्ता ,कर्मचारी , ब्यापारी सबै तिर गद्दार त थिए नै अब खेलाडी पनि !
    लौ भलो होस् सबै को, गद्दारी गरौ राष्ट्र लाई पाताल मा पुरयाउ र आफु चाही प्रगतिको पथ मा लम्कौ !!!!!!!

    Reply
  10. जीवन(स्टोन भिल्ला) says:
    October 15, 2015 at 12:44 am

    खेल जगतका देशद्रोही भन्दा कति पनि फरक नपर्ला जस्तो लाग्न थाल्यो भन्य
    अहिले सम्म त था़नामै सुताउदै आइरहेको रै’छ त !यि राष्ट्रीय खेलाडि तथा पदाधिकारिको मुकुन्डो धारि हरुले……!!!!

    Reply
  11. Shankar says:
    October 14, 2015 at 11:38 pm

    देश भक्तिलाई इतिहास कै किताब मा छोडेर गएछन नेपालि फुटबल खेलाडी हरुले |
    कर गर्ने लुट र लुट्न देउ नै मूल मन्त्र भएछ देश मा |

    Reply
  12. Niraj says:
    October 14, 2015 at 11:16 pm

    घुस खाएको अभियोगमा गणेश थापालाई कारवाही गरेको भए खेलाडीहरु अलि सचेत हुन्थे| त्यतिका डलर देश भित्राउदा ऋण भनियो| फिफाले ब्लाटर पूर्णरुपमा हिंडेपछि अझ उजागर गर्ला|
    जब टाउकोमै कुइया परेपछि के गर्ने? अख्तियारको तामेली होइन तालमेली हो| गणेश थापा भनेको देशको लाज हो| त्यस्तालाई गणेशका दाजु कमल थापाले समानुपातिकबाट सभासदमा हाल्दिए| यो हद भएन र? खोइ सबै चुपचाप नै छन्|

    Reply
  13. Rohini says:
    October 14, 2015 at 10:22 pm

    यसको मतलब नेपालले चाह्यो भने खेल जित्न पनि सक्ने रहेछ होइन त | नेपाल कमजोर टिम हो भन्ने हाम्रो सोचाई गलत रहेछ |

    Reply
  14. Udeep says:
    October 14, 2015 at 10:14 pm

    पत्रकार: ‘म्याच फिक्सिङ ‘बारे तपाईको प्रतिक्रिया?
    गणेश थापा: भद्र सहमति भएको हो।
    कमल थापा: ‘पवित्र गठबन्धन’ भएको हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme