Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा रमाइलो राजीनामा !

Posted on October 14, 2015 by Salokya

ADP_5650
आज एउटा रमाइलो राजीनामा हेर्न पाइयो। २०६३ को अन्तरिम संसददेखि सभामुख रहँदै आएका सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकअर्कालाई राजीनामा दिए। बच्चाहरुको खेल जस्तो मैले तँलाई दिन्छु, तैँले मलाई दे भने जस्तै भो। खामममा भएको राजीनामा पत्र नेम्वाङले घर्तीलाई र घर्तीले नेम्वाङलाई दिए। तपाईँलाई फ्याट्ट दिमागमा सभामुख र उपसभामुखले राष्ट्रपतिलाई राजीनामा दिने व्यवस्था गरे भइहाल्थ्यो नि भन्ने पनि लाग्ला। तर होइन, राष्ट्रपति पनि सदनबाटै चुनिने हुन्। त्यसैले सभामुखले उपसभामुखलाई राजीनामा दिने व्यवस्था भारतमा पनि छ। रमाइलो चाहिँ दुवैले एकै पटक राजीनामा दिनुपर्दा भएको हो। राजीनामाको व्यहोरा पनि उस्तै रहेछ अझ। नाममात्र फरक।

ADP_5655
संविधानको संक्रमणकालीन व्यवस्था अनुसार २० दिनभित्र सहमतिमा सभामुख र उपसभामुख चुन्नुपर्छ। त्यसका लागि उनीहरुले राजीनामा दिएका हुन्।
सहमतिमा नचुनिए अब बहुमतीयमा जानु पर्छ।

संविधानमा सभामुख वा उपसभामुखले कसरी राजीनामा दिने भन्ने केही उल्लेख छैन।

एउटा यस्तै रमाइलो राजीनामा अर्को पनि हुँदैछ। स‌ंविधानको संक्रमणकालीन व्यवस्था अनुसार एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पनि नयाँ चुनिनेछ। त्यसका लागि बाटो खुला गर्न उनीहरुले राजीनामा दिनुपर्छ। यसमा पनि राष्ट्रपतिले उपराष्ट्रपतिलाई र उपराष्ट्रपतिले राष्ट्रपतिलाई राजीनामा दिनुपर्ने व्यवस्था छ।

6 thoughts on “एउटा रमाइलो राजीनामा !”

  1. Shankar says:
    October 14, 2015 at 6:04 pm

    रास्ट्रपति त् भलाद्मी छन् , उप हरामी ले चै दिदैंन होला , हेरम के गर्छ ?

    Reply
  2. Sudip says:
    October 14, 2015 at 5:23 pm

    एकैपटक मा गरेर चटक चाँही गर्नु पर्थेन, अहिले सभामुखले राजीनामा दिने, र उपसभामुखले नया सभामुख आएपछि राजीनामा दिए, पद रिक्तता को महसुस पनि हुने थिएन, र संसद कार्यबिधीमा खल्लोपन पनि हुने थिएन। नया सभामुखले आफ्नो कर्य सुरु नगरुन्जेल उपसभामुखले कार्यवाहक सभामुखको हैसीयत बाट काम गर्दा भैहाल्थ्यो।

    Reply
  3. XYZ says:
    October 14, 2015 at 3:33 pm

    These people are making a joke out of the system. If they cannot tender resignation to the president why was Taranath Rana bhatatataa…..kicked out earlier when the parliament got re instituted?

    Reply
    1. राजन says:
      October 14, 2015 at 10:01 pm

      उबेलाका राजा ज्ञानेन्द्र संसद बाट निर्वाचित थीए ? ज्ञानुलाइ जसलाइ जतिबेला बर्खास्त गर्न पनि छुट थियो ।

      Reply
      1. XYZ says:
        October 15, 2015 at 6:53 am

        Request you to have a closure look at the unfolding events at that time. I am talking of Gyane Chor, I am talking about the sanctity of the parliament. Even Deuba should have been reinstated when parliament was reinstated after Janandolan II. These mula saag are making joke, the whole global community must be laughing at Nepal’s “you scratch by back I scratch your back” between Speaker and Deputy tendering simultaneous resignation to each other. A commentator has already said what would have gone wrong if the Speaker tender his resignation and after the nomination of the new one, Deputy can step. Is there a provision to have a simultaneous resignation system in the constitution? This shrewd limbu has all the character of bahuns. Thanks God.

        Reply
    2. राजन says:
      October 15, 2015 at 10:57 pm

      त्यो त हो । एक पछी अर्को गर्याभा त हुन्थ्यो मुला’साग ले । But I consider this to be very trivial.
      भारतसंग डटेर संविधान ल्याएदेखी म यि नेताहरुसंग तेती रुष्ट छैन । अबका दिनहरुमा पनी राष्ट्रियता र प्रजातन्त्रको मर्यादा राख्दै अघी बढुन् । तराइ आन्दोलनलै प्रजातान्त्रलाइ undermined गरेको छ । संविधान सभामा बहुमत ल्याउन पनी नसक्ने, जनताको समर्थन जुटाउन पनी नसक्ने । खाली भारतलाइ दादागीरी गराएर भंसार बन्द गर्ने ? थुइक्क ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme