Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पेट्रोलको अन्तहीन लाइन : तर पनि नेपालीहरु हसाउँदैछन् यसरी

Posted on October 14, 2015 by mysansar

ucvGLh1
भारतको नाकाबन्दीका कारण झण्डै दुई सातापछि बल्ल आयल निगमले निजी सवारी साधन कार, जिप र मोटरसाइकललाई मंगलबार पेट्रोल दिने भन्यो। अघिल्लो रातदेखि नै लाइन लाग्न थाल्यो। मंगलबार त सडकमा जताततै लाइनै लाइन देखियो। कालिमाटीको पम्पको लाइन कलंकीसम्म, बागबजारको पम्पको लाइन कमलादीसम्म, टेकुको लाइन टंकेश्वरपारीसम्म- अहो, जिन्दगीमा सबैभन्दा लामो पेट्रोलको लाइन देखेकै आज हो। तर यस्तो पीडामा पनि नेपालीहरु हल्का हाँसो छर्न सकिन्छ कि भनी सक्दो प्रयासमा छन्। फेसबुकमा विनोद गौतम वर्कसपले चर्चित गीतहरुलाई पेट्रोले भाका दिएको देखियो। हेर्नुस् केही झलक

12122527_856211797811363_323250205332740142_n

12115502_856770351088841_4353399502554783275_n

12088204_856211811144695_3500948253717854630_n

12141766_856230344476175_2111894120279724649_n

12074485_856226031143273_7181032721988479043_n

12063390_856638394435370_9013175945100444378_n

12065587_856659817766561_2445533080605043744_n

12118728_857319541033922_8730030965416620514_n

14 thoughts on “पेट्रोलको अन्तहीन लाइन : तर पनि नेपालीहरु हसाउँदैछन् यसरी”

  1. बसन्त says:
    October 17, 2015 at 7:24 pm

    गिनिज बुकमा लेखाऊनै पर्ने रहेछ संसारमा कतै नभएको येत्ति लामो पेट्रोलको लाइन

    Reply
  2. Nabin Prakash Shrestha says:
    October 15, 2015 at 2:36 pm

    “बाच्नु मात्र पर्छ के के देख्न पाइन्छ ” भन्थे – आज पेट्रोलको ट्यान्कर आउँदा ताली बजाएको देख्न पाइयो शहरमा !!!

    Reply
  3. pritam says:
    October 15, 2015 at 1:40 pm

    प्रेटोल के हो लाइन के हो म जस्तो घाइते लाई सोध
    कहाँ पाउँछ कति पाउँछ मलाइ तिमि सोधै न सोध

    Reply
  4. स्वयम्भु सौरभ says:
    October 14, 2015 at 6:03 pm

    कुरा खाट्टी साँचो : अम्बा राम्रो काँचो !

    पेट्रोल नै भो केवल भारतीय बाइकको रगत !
    नेताहरु कसरी नहुनु दिल्ली नेताका भगत ?
    राष्ट्रवादको नारा राम्रो रहेछ सुन्नुमा फगत ;
    ‘मत्स्य न्याय’ले जितेकै छ राजनीति को जगत !

    Reply
  5. XYZ says:
    October 14, 2015 at 3:37 pm

    To #donateoiltoIndianembassy

    You people better donate your bike to the Indian Embassy. Why make hue and cry over the scarcity of petrol? The whole motorbike including spare parts come from India. Nepali people are so shortsighted.

    Reply
  6. Yagya Raj Adhikari says:
    October 14, 2015 at 12:23 pm

    I want to smell Petrol.

    Reply
  7. Bipeen Dhungana says:
    October 14, 2015 at 11:41 am

    के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर
    ल्याएको थिएँ, पाँच लिटर पेट्रोल , सकियो बाँडेर …. 😉

    Reply
  8. Shankar says:
    October 14, 2015 at 7:06 am

    जुन देश मा पेट्रोल को खानि छैन , इन्डिया जस्तो देश सग भर परेर तेत्रा बिधि गाडी , मोटर साइकल किनेका छन् , मध्यम बर्ग समेत धेरै गाडी राख्ने तह सम्म पुगिसके |
    सधै इन्डियाको भजन गाएर मात्र तेल आउला कि बिकल्प नाका को लागि पनि तु कारबाही चलाउने ?

    Reply
    1. Tenzing Gaba says:
      October 14, 2015 at 12:44 pm

      शंकरजी को कुरो मुनासिब हो
      तर
      एउटा कुरो हामी मध्यम बर्गीय नेपालीहरु अझै मोटर (निजि) चढने औकातमा अझै पुगिसकेको छौ जस्तो चाही मलाई लाग्दैन /
      अलिक खस्रो कुरो नै गर्ने हो भने हामि नेपालीहरु अलिक बोक्रे धक्कु लगाउने खालको छौ / घाटी हेरेर हाड निल्ने बानी छैन हाम्रो /
      जस्तै : एसो यताउति हेर्दा एउटा मानिसले आफ्नो मासिक तलब/कमाइ को २ गुणा देखि ३ गुणा सम्मको मोटर किन्ने गर्छन / एउटा मासिक ३००० डलर कमाइ गर्ने अम्रिकानेले ५००० देखि १०००० डलर सम्मको मोटर किन्ने गर्छ,
      तर
      हाम्रोमा महिनाको २०-२५ हजार (शाखा अधिकृत सरहको तलब) तलब /आम्दानी हुने मानिसले बर्ष दिनको तलबले पनि नपुग्ने २-३ लाखको मोटरसाइकल त् सके सम्म हेर्दै हेर्दैन / घटीमा पनि ४-५ बर्षको तलबले पनि नधान्ने १२-१५ लाख भन्दा बढी पर्ने मारुती अल्टो वा Hyundai Santro कार नै हेर्छन /

      त्यो माथि तेल को कुरा त खै के गर्नु र ?
      बाह्रै महिना अन्डकोष मालिस गर्दै सुको तिरेर तेल किन्नु माग्दा पनि बेला-बेलामा बैठक मा भुक्क लात्ती हान्छ तल्ल्घरेले / त्येस्तो सहि-सहि पनि खै के मोटर चढ्न मन लाग्या हो हाम्लाई ? अब तेल तल्लाघरेको पसलबाट नकिनी माथ्लाघरेबाट किने पनि त्येही हो कुरो / तल्लाघरेले मात्र होइन माथ्लाघरेले पनि हान्छ लात ताल पर्यो भने / यस्तो लात खाई खाई ङ्गिच दात देखाएर तेल किन्न देउ न भनेर भन्नु भन्दा त पैतालोमा ठेलो उठे पनि उठोस् म त् पैदलै हिड्छु, बरु सकेको दिन किनमला आफनी देशको खोला नाला बाट निकालेको बिजुलीले चल्ने BMW i3 वा Tesla मोडेल-S /

      जदौ

      Reply
      1. Shankar says:
        October 14, 2015 at 2:47 pm

        गाबा जी
        पूर्ण सहमत | हामि नेपालि अलि हुने खाने भनिएका सुबिधा भोगी र आडम्बरी भएकै हो |
        सुरु सुरुमा टि बि आउदा सब को घर घर अन्टेना, टि बि हुनेको घर पनि न हुनेको पनि |
        किनकि छिमेकी , जोरीपारी को भन्दा को कम मा गयो |
        हालै गाडीमा त्यो छ , घर अगाडी २-३ ह्याण्ड कै भएपनि , एक महिना सम्म न चलाएपनि
        एउटा गाडी राख्न चाहन्छन केहि नेपालि |
        बि पी को सपना सुनाउथे कांग्रेसी नेता हरु चुनाब ताका ”हरेक नेपालि को घर होस्, गोठ होस्, तेस्मा एक दुध दिने गाइ होस् अरे” | गाउमा रेडियो पंचायत खोक्थ्यो राजा महेन्द्र सबै नेपालि ले दुध भात खाएको हेर्न चाहन्थे | उ बेला पक्ष्य प्रतिपक्ष्य दुध मै जोड दिए | आज यो कसैले न देखेको सपना राजधानीमा छताछुल्ल भएको छ |
        यो बास्तब मा अमेरिका मा हेनरी फोर्ड ले देखेको सपना टुकुचा को पानीमा रियाक्सन भएर पोखिएको हो | फोर्ड भन्थ्यो हरेक अमेरिकी को घर अगि फोर्ड गाडी होस |
        फोर्ड को गाडीलाई बि पी ले गाइ बनाइदियो , महेन्द्र माइलेज मै गए |
        सडक असारे खेत जस्तो , पन्चायाते काल मा जन्मेर एक चोटी तेल घस्न पाएको छैन |
        राजधानीको आन , काठमान्डू को सान चीन ले बनाइद्येको रिंगरोड, र जापान ले बनाइदिएको तिनकुने माइतीघर मार्ग पनि हरेक १०० बर्स मा लि इ ने नेपालि भुइचालोको को एस एल सी पास गर्न सकेन | तल्ला घरे ले एता हुलिदिएको टिन को डब्बाले चै कबि श्रेष्ठ को साला काठमान्डू भरिएको अबस्था |

        Reply
  9. Suraj Shrestha says:
    October 14, 2015 at 5:51 am

    पेट्रोल मेरि पेट्रोल‍‍… हाम्रो मिलन कहिने हुन्छ ?

    Reply
  10. Chandra Khaki says:
    October 14, 2015 at 4:27 am

    उहिले (सम्भवतः २०४४–४५ सालतिर) हामी काठमाडौंमा डिडिसीको दूध किन्न राति २ बजेदेखि नै दूध डिपोमा बोतलको लाइन राखेर आफ्नो पालो कुर्ने गथ्र्यौं ।
    अहिले पेट्रोल लिनको लागि बाइक/गाडी नै लाइनमा राख्नुका सट्टा त्यसै गरी तेल थाप्ने भाँडो लाइनमा राखे हुँदैन र ? बरु त्यस्तो भाँडोमा टोकन वा नम्बर प्रणाली राखिदिए कसो होला ?
    आखिरमा तेल त गाडी/मोटरसाइकलको ब्लु बुकको आधारमा न दिने हो ।
    त्यसो गरेको खण्डमा सडक जाम हुने थिएन । हज्जारौं युवाहरुको श्रम र पसिना मोटरसाइकल धकेलेर सित्तैमा नष्ट त हुने थिएन । अनि सयौं मिटर लामो क्यूमा बसेर आफ्नो पालो आउँदा तेल थाप्न पम्पसम्म आउनु पर्दा हज्जारौं लिटर तेल त बेफ्वाँकमा खेर जाने थिएन ।

    Reply
  11. Bindu says:
    October 14, 2015 at 12:41 am

    भारतको यो रबैया — अन्तरास्ट्रिय शक्ति देखेको नदेखेझैँ गरि मौन – – अनि लाचार
    हाम्रा — मन खिन्न हुन्छ यी दृश्यले —
    भारत हुदै आउने पेट्रोल , भारतले सित्तैमा दिने हो झैँ को अबस्था बनिदिएको छ ऐले .
    नुन – पेट्रोल या जुनुसुकै समान होस् भारतले सित्तैमा दिदैंन , नेपालले पैसा तिरेर लिने
    हो तर यहा त मानौ भारतले सित्तैमा दान दिएको जस्तो व्यवहार भै’राख्या छ – –

    यो अबस्था आउनुमा दोष लेन्द्रुपे प्रवृतिका नेताहरुको स्वभाबले गर्दा हो – – अब नेताका
    हरेक क्रियाकलापमा चेतनशील नेपालीले तिखो दृस्टी राख्नु जरुरि छ .
    लेन्द्रुपे प्रवृतिका नेताहरुलाई नागेझार बनाउनु पर्छ मिडिया मार्फत .

    Reply
  12. Santosh Lamichhane says:
    October 14, 2015 at 12:36 am

    यी दुइ थोपा पेट्रोल मैले तिम्रै लागि साँचेको ……….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme