Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साझा बसको ठगी : एयरपोर्टदेखि कलंकीसम्मको भाडा १०० रुपैयाँ

Posted on October 13, 2015 by mysansar

sajha11 पेट्रोलियम पदार्थको स‌ंकट बढेको बेला प्रहरीले निःशुल्क सार्वजनिक बस सेवा दिइरहेका छन्। अरु सर्वसाधारणले पनि आफ्नो निजी वाहनमा लिफ्ट दिइरहेका छन्। तर साझा यातायात जस्तो जिम्मेवार स‌ंस्थाले पनि ठगी गर्न थालेको छ। सोमबार एयरपोर्टबाट कलंकीसम्म आउँदा साझा बसको भाडा १०० रुपया तिर्नुपरेको घटनालाई एक यात्रुले यसरी बयान गरेकी छिन्।

सोमबार म पोखराबाट फर्कँदै थिए। एयरपोर्टमा बस नम्बर २२२६ भेटियो। कलंकीसम्म जानको लागि बसका कन्डक्टरले मसित यो सानो ब्यागको लागि १०० रुपैयाँ थप शुल्क लियो।

bag

ब्याग ठूलो भएको भए र त्यसले अरु यात्रुहरु बस्ने ठाउँ ओगटेको भए ठीकै छ भन्नु। यो ब्यागले कसैलाई उभिनु पर्ने गरी ठाउँ ओगटेको थिएन। बसमा एक जना अर्का यात्रु थिए। उसको आठ वटा ब्याग थिए। सबै मेरो ब्यागभन्दा ठूला थिए। उसलाई पनि प्रत्येक ब्यागको सय रुपैयाँ शुल्क लिइयो। साँझ साढे पाँच बजे म कल‌ं‌कीमा झर्दा नियमित शुल्क बाहेक यो ब्यागको सय रुपैयाँ तिर्नुपर्‍यो।

हो, अहिले इन्धन स‌ंकट छ। त्यसैले विद्यार्थी सहुलियत शुल्क नहुने, बस भाडा केही महँगो हुने कुरा बुझ्न सकिन्छ। तर साझा जस्तो जिम्मेवार स‌ंस्थाका चालकहरुले यात्रुलाई मर्का परेको बेला र देश स‌ंकटमा परेको बेला यसो गर्न मिल्छ?

1 thought on “साझा बसको ठगी : एयरपोर्टदेखि कलंकीसम्मको भाडा १०० रुपैयाँ”

  1. sanu nepali says:
    October 14, 2015 at 1:54 pm

    साएद माइक्रो बस को दाइबर साप ले चलाएको ले होला . कन्डक्टर पनि मिक्रो बस कै होला

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme