Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

९३ करोड भारुको हल्लाको सत्य

Posted on October 12, 2015 by Salokya

प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा एक्कासी हल्ला चल्यो- ‘चेन्नाइबाट नेपालस्थित भारतीय दूतावासको कर्मचारी Turai murugan को नाममा SBI बैङ्कको A/C number 77008903617 मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ।’ यो हल्ला सुरु भयो र फैलियो सोसल मिडियामा। सत्य तथ्य के हो बुझ्दै नबुझी ट्विटर र फेसबुकमा रिट्विट र सेयर हुँदै धेरै जनासम्म पुग्यो यो कुरा। सोसल मिडियामा सुरु भएको यो हल्लालाई अनलाइनहरुले स्रोतको हवाला दिँदै समाचार दिएपछि त झन् के चाहियो र। हुँदाहुँदा एबिसी टेलिभिजनले ब्रेकिङ न्युजसमेत यही समाचारमा ठोक्यो र भोलिपल्टसम्म मुख्य हेडलाइन यही बजाइरहेको थियो। बैँकिङ बारे अलिकति पनि जानकारी भएको मान्छेलाई यो फगत हल्ला हो भन्ने थाहा पाउन कुनै गाह्रो थिएन। माइसंसारको ‘जेपिटी हो कि होइन’ स्तम्भमा आज यसैको चिरफार गरौँ, आखिर सत्य के हो?

झुट नम्बर १ : भारतीय दूतावासको कर्मचारीको नामै गलत
हल्लामा ‘चेन्नाइबाट नेपालस्थित भारतीय दूतावासको कर्मचारी Turai murugan को नाममा’ रकम आएको भनिएको छ। तर भारतीय दूतावासमा यो नामको कर्मचारी नै छैनन्। समाचार छाप्ने कसैले पनि यो कर्मचारी छ भनेर पुष्टि गर्न सकेका छैनन्। हो, नाम चैँ साउथ इन्डियनै हो। Turai हैन Durai murugan नामका एक नेता तमिलनाडुमा छन्।

झुट नम्बर २ : बैँक खाता नम्बर नै गलत
हल्लामा SBI बैङ्कको A/C number 77008903617 मा ९३ करोड भारु ट्रान्सफर भएको भनिएको छ। यो एकाउन्ट नम्बर नै गलत छ। एसबिआई बैँकको खाता नम्बर १४ अङ्कको हुने गर्छ। यो चाहिँ ११ अङ्कको छ। ट्विटरमा यो हल्ला फैलाइरहेका एक जना साथीलाई मैले एकाउन्ट नम्बर १४ अङ्कको हुन्छ एसबिआई बैँकको भनेपछि उनले ट्विट नै डिलिट गरे।

झुट नम्बर ३ : कहाँबाट ट्रान्सफर भयो?
बैँक र खाता नम्बर नै थाहा हुने महानुभावलाई त्यो रकम कताबाट ट्रान्सफर भयो पनि थाहा हुनै पर्ने हो। पठाउने र पाउनेको डिटेल त्यसमा पक्कै हुन्छ। त्यति रकम चेन्नाईबाट आयो रे। चेन्नाईको कुन बैँकबाट आयो नि ? कुन नामको मान्छेले पठायो नि ? खोई त डिटेल?

झुट नम्बर ४ : FIU बिनाको रकम?
नेपाल राष्ट्र बैँकले रु १० लाख भन्दा बढी रकमको कारोबार भयो भने स्रोत खोज्छ। पुष्टि गर्नुपर्छ कसले किन पठायो भनेर। १० लाख रुपैयाँभन्दा बढी रकमको खाताबारे हरेक १५ दिनमा बैँकले राष्ट्र बैँकलाई रिपोर्ट नियमित गर्नुपर्छ। यसलाई FIU ले निगरानी गर्छ। के हो FIU ?

Financial Information Unit (FIU) is Nepal’s financial intelligence unit. It is a central, national agency responsible for receiving, processing, analyzing and disseminating financial information and intelligence on suspected money laundering and terrorist financing activities to the Investigation Department, other relevant law enforcement agencies and foreign FIUs. The FIU was established on 21 April, 2008 under the section 9 of the Assets (Money) Laundering Prevention Act, 2008 with the Nepal Rastra Bank (the central bank) as an independent unit.
थप पढ्नुस्

झुट नम्बर ५ : नेपालमा भारु निकाल्न र साट्न मिल्दैन, कसरी आयो पैसा?
कसैले भारु पठाइहालेको भए पनि खाताबाट सीधै निकाल्न मिल्दैन। सामान्य अवस्थामा एक जनाले एक दिनमा २५ हजार भारु मात्रै सटही सुविधा पाउँछ। भारुलाई नेरुमा परिवर्तन गर्न राष्ट्र बैँकमा नै साट्नु पर्ने व्यवस्था छ।

झुट नम्बर ६ : रकमान्तर कसरी भयो?
बैँकले जारी गरेको विज्ञप्तिमा रकमान्तर भएकै छैन भनिएको छ। अहिले आतंकवादी प्रयोजनमा उपयोग हुनसक्ने भन्दै हरेक ट्रान्सफर रकमलाई कसिकसाउ निगरानी भइरहेको हुन्छ। यति धेरै रकम राष्ट्रको निगरानी बिना भित्रन संभव छैन। अजय सुमार्गीको रकममा परेको लफडा त बिर्सनुभएको छैन होला नि। राष्ट्र बैँकले खातै फ्रिज गरिदिएको थियो। हेर्नुस् बैँकको विज्ञप्ति
sbi

हल्ला मच्चाउनेहरुले बरु ब्रिफकेसमा यति रकम भित्रियो भनेको भए पत्याउने आधार हुन्थ्यो। बैँकिङ च्यानल प्रयोग गरेर यति धेरै रकम ट्रान्सफर हुनु र शंकास्पद काममा उपयोग हुन त असंभव नै छ। तर पनि हेर्नुस् कसरी हल्ला मच्चाइयो-

प्रचण्डका छोरा प्रकाश दाहालको फेसबुक-
pd

मिडिया कभरेज-
Bj6jEr8

9AwKi8A

1URjIMr

यो त तीन वटा अनलाइनको नमूनामात्रै हो। बाँकी नमूना मिडिया कुराकानीमा क्लिक गरी हेर्नुस्।

18 thoughts on “९३ करोड भारुको हल्लाको सत्य”

  1. Bishal Thapa says:
    October 14, 2015 at 6:34 pm

    यो हल्ला फैलाउनेहरु सबै केपी ओलीले फर्जी विश्वविद्यालयबाट मानार्थ उपाधि पाएको पत्याउनेहरु हुन । यी तीन अनलाईन एमालेका साथीहरुले चलाउँछन् ।

    Reply
  2. उर्मिला सिँह says:
    October 14, 2015 at 3:28 am

    प्रचण्ड पुत्र ले अब FB र Tweet बन्द गरे र बरु चीन तिर गये र माओ लाई भोट गर्दै बस्ने.तेहाँ नेपाल मा राजेन्द्र को जस्तै अंगीकृत पाइन्छ होला.

    Reply
  3. bekha nepal says:
    October 13, 2015 at 5:23 pm

    चीन ले आमन्त्रण गरेको सम्मेलनमा दोस्रो तथा तेस्रो दर्जाका नेता पठाउनुले ओली पनि फसि सकेको हो कि भन्ने लाग्यो।

    Reply
    1. Shankar says:
      October 14, 2015 at 6:14 pm

      ठिक भन्नु भो
      सुसिल हुदा बोल्न समेत न मानेको मोदी , ओली हुदा तुरुन्त नाका खोल्नु ( अचम्म नेपाल मा बिहारी डाँका महतो, भारतीय मिडिया र माइस्सन्सार्को केहि कम्मेन्ट अझै भारत ले नाकाबन्दी गरेको हैन नेपालि मदिसे ले गरेको रे ), अझ निम्तो समेत पठाउनु ले धेरै संका गर्ने ठाउ छ |
      क्रियाकलाप ले गर्दा सुसिल लाइ इन्डियाले उठाएको भने , ओली देश भक्त हुन् गयो |
      तर ओली धेरै चलाक अरे , उसको जिबनी आज डिटेल मा पढियो |
      संका गर्ने ठाउ धेरै छ ओली माथि तर अभिब्यती , क्रियाकाल ले अहिले रास्त्रबादी कित्तामा देखिएको छ |

      Reply
  4. dinesh says:
    October 13, 2015 at 12:41 pm

    बाँदरकाे हातमा नरिवल भनेकाे यही, हाे मिडियाकाे नमुना दुरुपयाेग ?

    Reply
  5. nimesh, ktm says:
    October 13, 2015 at 7:42 am

    एउटा झुटै सरि त्यसले भारतीय दुश्प्रयास्लाई रोक्न सक्नु नै ठुलो हो . भारतले अघोसित नाकाबन्दी गरेर नेपालीहरुलाई सताउन सक्छ र हैन भनि अफवाह फैलाउन एकछ भने नेपालीले किन गर्न नहुने ? Tit for tat

    Reply
  6. XYZ says:
    October 13, 2015 at 7:32 am

    Even Comrade Prachanda was referring to buying and selling of MPs – “re” bhaneko sunya. Must have to do with his prodigal son. Thukka Prachanda.

    Reply
  7. Rabi Gurung says:
    October 13, 2015 at 3:53 am

    कम्युनिष्ट हरुको असली कर्तुत नै येस्तै हुन्छन | प्रोपागांडा फैलाउने, सत्ता हात पर्ने अनि देश लाइ हरिकंगाल बनाउने | यो माओबादी को कर्तुत हो | माले मसाले र मण्डले मिलेर अब देश चुसी चुसी सक्छन , देश असुभ रात्री तर्फा गयो | चेतना भय

    Reply
  8. Balaram Vidyadhar says:
    October 13, 2015 at 1:55 am

    हल्लै हल्लाको देशहो यो निजी स्वार्थको लागी झूट कुरोलाई पनि सत्य जस्तै गरि प्रचार प्रसार गरी मानिसमा दिग्भ्रमित पारी फाईदा उठाउनेहरु पनि कम छैन यहा l

    Reply
  9. ramesh says:
    October 12, 2015 at 11:45 pm

    यो सहि होईन भनेर त पहिल्यै साधारण मात्रले पनि भन्न सक्ययो।१ दिनमै वा केहि घन्टामै ९३ हजार आउन त गाह्रो हुन्छ एउटा बैकबाट अर्को बैक मा अर्को देशबाट आयो रे।
    त्यस माथि खुस नै खुलाउन ल्याएको भए भारतले त्यो देखाई देखाई बैकबाट ल्याउछ भन्दा पत्याउनेहरु कस्ता?
    अब कुरा यो लेख्ने र पछ्छिलो जे लाई पनि समाचार बनाउनेलाई कारवाहि हुन्छ कि हुदैन त त्यो मुख्य कुरा हो।
    बिना आधार जे पनि लेख्ने
    बिशेष गरेर त्यो दैनिकनेपाल भन्ने त मन लागे जति सबै लेखेको हुन्छ र यो केसमा पनि आफै भारत जस्तो गरेर अनेकौ समाचार लेखेको थियो

    त्यस्ता मिडियाहरुलाई प्रेस काउन्सिलमा उजुरी दिन सकिन्छ
    प्रेस काउन्सिलले कारवाहि गर्ला कि नगर्ला त
    भारतको गलत कदमको बिरोध गर्नु एउटा कुरा हो भ्रम फैलाउनु अर्को कुरा हो
    http://www.presscouncilnepal.org/contact.php

    Reply
  10. Manjil says:
    October 12, 2015 at 11:36 pm

    अब त थाहा भयो होला नि नेपालि कम्युनिस्त हरु कति झुठ को खेति गर्छन भनेर । शुसिल भन्दा दाहाल​, आेलि रास्त्रबादि रे थुक्क नेपालि पत्रिका हरु । ‘माले, मसाले र मण्डले एकै हुन्‘ तेसै भनेको होइन रहेछ ।

    Reply
    1. bibek dhakal says:
      October 13, 2015 at 12:26 am

      तेइ त कांग्रेस मा सब हरिस्चान्द्र हरु छन्. तर नेपालि जनता भेडा भएपछी के गर्नु, अहिले त भेडापनको पराकस्ठा नै देखिएको छ. अनि भावुक पनि तेत्तिकै. एक्कासी अस्ति सम्म को निकम्मा नेता पनि आज हाम्रो लागि राष्ट्रिय हिरो भएको छ. कारण, हाम्लाई भावुक बनाउन सकेको कारण. अब दुइ महिनापछि फेरी तेसिलाई गालि गर्न थाल्छाम. अनि चुनाबमा तिनैलाई जिताम्छाम. गजब छम हामि

      Reply
  11. Ganesh says:
    October 12, 2015 at 10:33 pm

    आखिर यो पत्करे हल्ला हो तर हावा नआई पात हलिदैन भन्छन|
    भारत शक्तिशाली केहि मेडियाले पिटेको हल्ला १) नेपालको संबिधान चीनले बनाईदिएको हुनाले मधेसीलाई त्यसमा अधिकारबाट बन्चित गरिएको छ| २) नेपालीहरु भारत बिरोधि छन्, जुन थालमा खान दियो त्यहि थालमा हग्छन| ३) नाकाबन्दी नेपालभित्रैबाट भएको हो भारतले गरेको होइन|
    अझ थप अर्को पनि भारतका पुर्ब राजदुत सूद र भारतका अन्य मेडियाहरुले फैलाएको –संबिधानमा बाहुन छेत्रीहरुको वर्चस्व कायम राखेकाले आदिवासी जनजाति समेत बेखुश र निराश छन्|
    यति धेरै मिथ्या र मनगडन्ते हल्ला फैलाएर टेस्ट बेलुन पठाउन थालियो, कुन साँचो हो कुन झुटो हो जनतालाई छुटाउने कठिन छ|

    Reply
  12. Shankar says:
    October 12, 2015 at 9:37 pm

    पैसा देखेपछि महादेव को तिन नेत्र , न होला पनि कसरि भन्नु ?आजकाल धेरै पत्रिका पढ्दा र यसो बिचार गर्दा , इन्डियाले नेपालको राजनीतिमा निकै छल खेल गर्ने पाइयो | नेपालि नेता पनि बिकिसकेको जस्तो संका हुन्छ | किनभने राजधानी अडान देखाउदै गर्दा नाकाबन्दी भन्न समेत डराउनु , नाकाबन्दीलाई अन्तरास्ट्रिय फोरम मा न लैजानु , चीन मा हुन् गैरहेको सिल्क रोड सम्मेलन मा प्रचण्ड , पी यम आदिलाई सम्मान पुर्बक बोलाइएको मा नारायण श्रेस्त लाइ पठाउनु , ओलीलाई मोदीले अनायास आफनो मान्छे पी यम भएको जस्तो प्रतिक्रिया जनाउनु ले संका को ढोका खोल्छ |

    Reply
    1. bibek dhakal says:
      October 13, 2015 at 1:15 am

      तेस्माथि आफ्नो मगज को एकथोपा प्रयोग नगरि, यथार्थ के हो बुझ्न नखोजी जहाँ जे पढ्यो वा नेताहरुले जे बोल्यो तेस्लाई हो भनिदिने भेंडा जनता भएपछी त संका गर्ने ठाउ पनि बाँकी रहन्न, कि कसो??

      Reply
      1. Shankar says:
        October 13, 2015 at 1:32 pm

        सबै मान्छेको मगज त् तपाइँ ले नै पाउनु भएको रे छ नि , हेर्दै बुद्दि बहादुर ले बिबेक ढकाल नाउ राखेको जस्तो छ | अनि पत्रिका पढेर , अन्तर्वार्ता सुनेर था न हुने भए तपाइलाइ भारत सरकार ले सन्धि सम्जौता को अग्रिम जानकारी पठाउछ कि कसो ? हामि पत्रपत्रिका पढ्ने , बिभिन्न मिडिया मा आइरहेको खबर तपाइँ ले पायेजत्ति दिमाग न पाएपनि आफ्नो जत्ति छ तेसैले सोच्ने चै थोरै गिदिको भेडा भए जातिगत इबी राखेर , बिद्द्वेस को कुरा गर्ने , नाउ बदलेर बाहुन भएको तपाइँ चै धेरै दिमाग , ठुलो टाउको को बुढो गोरु नै हो कि ?

        Reply
        1. bibek dhakal says:
          October 14, 2015 at 1:34 am

          नाउ शंकर राखेर मित्रले आफ्नो त्रिनेत्रै खुल्यो भन्ठानेका जस्ता छन. कुरा त हामि पनि मिडिया मै आएका कुरा हरु पढेर, हेरेर थाहा पाउछम तर तपाइले जस्तो सन्ध्याकालीन, रसरंग अनि आजकल च्याउ जस्तो उम्रेका टाई न तुइ का (माथि उल्लेख भएजस्ता) ब्लग पढेर हैन.
          ‘अनि नाउ बदलेर बाहुन भएको ‘ भन्ने तपाइको लाइनले देखाउछ तपाइको सोच को स्तर.

          त्यो भन्दा बढी त कति दिन देखि खालि एउटै कुरालाई दश ओटा सब्दमा बंग्याई, झुल्याई, ओल्टाइ, कोल्टाई कुनैएउट सम्प्रदया प्रति प्रहर गरेर आनन्द प्राप्त गर्ने तपाइको कुण्ठाले पनि तपाइको ब्रम्हाज्ञान अझ उदाङ्गो बनाउदै छ

          Reply
          1. Shankar says:
            October 14, 2015 at 3:46 pm

            नेत्र चै हैन मित्र आर्कै कुरा खुलेर चै अझै दुख दिन्छ | मैले सन्ध्याकालीन , रस रंग पढे को चै कैले देखेको नि ? तेही गोरु बुद्दि युज गरेजस्तो छ नि ?
            अलिकति साचो पनि बोल्ने गरे हुदैन मित्र ? यहि ब्लग मा तपाइले कुनै बेला म बाहुन हैन , ढकाल लेखेको मात्र हो भन्नु भएको थ्यो | अब आफैले थुकेको थुक पनि चाट्नु हुदो रैछ |
            मलाइ नत्र तपाइलाइ न्वारन गरेर जात बदल्न , बाहुन बनाउन किन पर्यो , नेपाल मा तेसै पनि बाहुन को कमि छ र ?

            Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme