Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शपथ नलिँदै ‘राष्ट्रवादी प्रम’लाई भेट्न बिहानै बेडरुम पुगे भारतीय दूत

Posted on October 12, 2015 by Salokya

12088029_1034815459882234_3974125244411599899_n
हाम्रा म हान् राष्ट्रवादी नेता तथा नवनिर्वाचित प्रधानमन्त्री केपी ओली हिजैदेखि साह्रै बिजी छन्। बिहान उठ्न पाएको छैन आठै बजे बालकोटको बेडरुममै पुगेछन् भारतीय राजदूत रणजित राय। अनि शानका साथ आफ्नो फेसबुकमा भारतीय दूतावासले यस्तो फोटो राख्यो।

माथि बेडरुममै गएर बधाई दिएपछि बैठक कोठामा भेट भा जस्तो देखिने रैछ फोटो हेर्दा
माथि बेडरुममै गएर बधाई दिएपछि बैठक कोठामा भेट भा जस्तो देखिने रैछ फोटो हेर्दा

त्यसो त नाकाबन्दीबारे एक शब्द नबोलेका र ‘राष्ट्रघाती’ सुशील कोइरालासित फोनमा समेत कुरै गर्न नचाहेका मोदीले हिजै हतार हतार ओलीलाई फोन गरेर बधाई दिन भ्याइसके। बधाई मात्र हो र, भारत भ्रमणको निम्तोसमेत दिन भ्याइसके।

चाइनिज राजदूत त झन् हिजै बालकोट पुगिसक्या थिए।

शपथ नलिँदैका प्रधानमन्त्रीलाई निवासमा हुल्ने काम राष्ट्रवादी कुटनीतिक प्रोटोकल अन्तर्गत नै पर्दो हो।

भेटको जानकारी दिन दूतावासले फेसबुकमा राखेको जानकारीमा ओलीको भनाई राखिएको छ- ‘PM Oli says India and Nepal are two countries but one society’

यसको अनुवाद कसरी गर्न सकिएला ?
दुई देश एक समाज?
देश भिन्न तर समाज एउटै?
देश पो अलग, समाज त एउटै
समाज एउटै भए पनि देश अलग

फेरि समाजशास्त्रीय दृष्टिकोण नभुलौँ- समाज भनेको अमूर्त कुरा हो यसलाई भूगोल जनसंख्या वा अरु कुनै चिजले निर्धारण गर्दैन। समाज भनेको मानवीय सम्बन्धहरुको जालो हो। अमेरिकामा पनि नेपाली समाज छ।

खासमा चैँ नेपालीलाई मुख्य कुरो तेल हो। तेल आउँछ त ? आउँछ भने ठीक छ।

29 thoughts on “शपथ नलिँदै ‘राष्ट्रवादी प्रम’लाई भेट्न बिहानै बेडरुम पुगे भारतीय दूत”

  1. kamal bishwokarma says:
    October 13, 2015 at 7:10 pm

    हैन सालोक्य पनि ओली बिरोधी कालो कांग्रेसी हो कि क्या हो?

    Reply
  2. जीवन says:
    October 13, 2015 at 12:39 am

    हैन,सुट संगै बुट पनि लगाएर जान पाइने हो कि क्या हो ,प्रधान मन्त्रि को बिस्तारामा ?
    अनि ,प्रधान मन्त्रिको स्तर माथि हो कि ,एक जना राजदूतको स्तर माथि हो भन्य?प्रधान मन्त्रिको अगाडि उप्पर खुट्टी लगाएर बस्ने!भारतले कति सम्म हेपिरहेको छ भन्ने कुरा यस बाट पनि प्रष्ट हुन्छ र यो अर्को एउटा गतिलो उदाहरण हो यो !त्यो पनि दूतावासकै फ़ेसबुक पेज बाट बाहिर आउनु।

    Reply
  3. bijay says:
    October 12, 2015 at 10:18 pm

    Time/History teaches lessons. It will be really unfortunate for Nepal if these lessons are forgotten and policies towards how to deal with India is not corrected.

    Whether Oli will visit India or China first is not a big deal, although symbolically it always is. Hopefully this historical lesson that came at the cost of livelihood of Nepali people will not be forgotten.

    Reply
  4. madan bajracharya says:
    October 12, 2015 at 9:18 pm

    तेल र ग्यास कहीं बात पनि पाउन सकिन्छ/ भारत बाटै रास्ट्रिय स्वाभिमान बन्धकी राखेर लिनु पर्ने बाध्यता किन लादियो? भारतले सितैमा तेल दिंदैन/ अंतर्रास्त्रिय बजारमा चलेको भाउ भन्दा बढी भाउ असुलेको कुरा बारम्बार प्रमाणित भयको छ/ तेल रोकेर आफ्नो कुरा मनाउन भारतले नेपाल र नेपालीलाई पटक पटक दुख दियकैछ/ चीनले नेपाल सम्मै सडक र पाईपको ब्यबस्था गरेर तेल आपूर्ति गर्न तयार भयको पटक पटक भन्दै आयकै छ/ तर नेपालको सरकार तेस्लाई वास्ता समेत गर्दैनन् भने चीनले पछि चासो नराखे के हुन्छ?

    चीनलाइ नेपालीको आबस्यकता आपूर्तिको बिकल्प बनाउन नचाहे पनि नेपालीहरुको निमित चीन आफ्नो आबस्यक्ताको आपूर्ति गर्ने बिकल्प आज होइन् उहिले देखि हुँदै आयकै छ/ नेपाली नागरिकहरु भारत सिट आश्रित हुने पर्ने अबस्था हिजो पनि थियन आज पनि छैन/ तर सत्तामा पुगे पछि नेताहरु आफु जस्तै नेपालीलाई पनि भारत आश्रित बनाउन खोज्छन/ प्रधान मन्त्रि नबनुन्जेल ठुला नेताहरु भारतको अगाडी नझुक्ने भन्छन/ तर प्रधानमन्त्रि बने पछि …………………..!!!/

    भुमि संगै भारतीय बन्न बाध्य भयको नेपालीहरु भारतमा सायद करोडौं होलान/ तिनीहरुको समाज सिट मात्रै नेपालीको समाजको तौर तरिका मिल्छ/ बाकि भारतीयको समाज सिट नेपालीको न सामाजिक तौर तरिका मिल्छ न सोच र ब्यबहार/ नेपाल र नेपाली भारत र भारतीय भन्दा हरायक कुरामा फरक थिय फरक छ र फरकनै रहन्छ/

    Reply
  5. Gaurab Nepali"Oodaaseen" says:
    October 12, 2015 at 8:17 pm

    शुलिल लै हप्काएर
    ओलीलाई फकाएर
    मधेसीको माग पुर्याएर
    आफुले नाका नलगाएर
    मधेसी बाटै लगाएर
    nepalko स्रोत र साधन धोहन गराएर
    नेपालीलाई नै जोतायेर
    सर्ब सक्तिमान बन्ने मोदी रहर
    है, बुझिनसक्नुको छ …..

    Reply
  6. madan bajracharya says:
    October 12, 2015 at 7:57 pm

    मधेशबाद हारे भारत हार्छ भन्ने महतोले अहिले आफु अब्बल रास्त्रवादी भयको भने जस्तै महान भारत बादी नेताहरुले सत्तामा नपुगुन्जेल घनघोर आवाजमा रास्त्रवाद फलाकेका थिय भारतीय विस्तारवाद मुर्दावाद भनि गर्जेका थिय/ तर तिनीहरु सत्तामा पुगे पछि सबै “महतो” नै बनेका थिय र नेपाल बात अलग्याउने अभियान चलाउने सिके रावत जस्तैको गद फादर बनेका थिय बनेको छ र बन्न पनि खोज्दै छ/ तेसैले कोहि हिजो रास्त्रवादको हिमायती थिय नेपाल मिच्दै आउने भारतको विस्तारवाद नीतिको बिरोधि थिय भन्दैमा आज कसैलाई तेस्तो व्यक्ति, नेता बा दललाई रास्त्रवादी नै हो भनेर हामीले बिस्वास गरि हाल्न सकिंदैन/

    नेपालको ईतिहासले स्पस्ट देखायको छ कि जव जव भारत नेपालको राजनीतिमा पभावकारी शक्ति बने नेपालको रास्त्रवाद कमजोर मात्रै बनेन बलत्कृत नै भयको छ त्यो पनि पटक पटक/ सत्तामा पुगे पछि भारतको हुकुमको गुलाम बन्ने भारतको स्वार्थमा बाधक नबन्ने किरिया खाने नेता तथा दलहरुले “भारतको विस्तारवादको बिरोध” गर्नु मात्र सत्तामा पुग्ने दाउ भयकोछ/

    राजनीतिमा लागेका व्यक्तिको प्रधान मन्त्रि बन्ने अवसर पाउनु ठुलो उपलब्धि हो/ तेस्तो उपलब्धि पायकोमा उ खुसि हुन्छ नै/ कोहि खुसि हुँदा हामीले बधाई दिनु पर्छ; त् दिउ बधाई / तर उसलाई दियको बधाई उ प्रधान मन्त्रि बनेकोमा मात्रै हो र यसरि दियको बधाइको मतलव उसले भबिस्यमा जे गरे पनि हामीले सकार्छौँ भन्ने चाहि होइन/ किनभने लोकतन्त्र नागरिकहरुको बहुमतको चाहनालाइ सम्मान गर्ने ब्यबस्थाहो नेता नेता बिचको सहमति लाद्ने ब्यबस्था होइन/ कागजमा नेपालले लोकतन्त्र अपनाईसके तर ब्यबहारमा अपनायको देखिंदैन/ अहिले पनि नेताहरु नेपालको नागरिकहरुको बहुमतलाइ लत्यायर आफ्नै मत सहमत लाद्न चाहन्छन/ सदनले अस्विकार गरे कुन नेताले कहिले को सिट कस्तो सहमति र सन्धि गरेको थियो भन्ने कुराको केहि मानेनै राख्दैन/ लोकतान्त्रिक नेपालमा नागरिकहरुको बहुमत मात्रै बाध्यात्मक हुन्छ नेताको निर्णय हुँदैन/

    पछि प्रधान मन्त्रि बनेका व्यक्ति पहिला कस्ता थिय र प्रधान मन्त्रि बनि सके पछि कस्तो बने भन्ने अत्यन्त तितो अनुभव सबै नेपालीले गरेकै छ/ अब पनि तेस्तै तितो अनुभव हामीले गर्न नपरुन/ मलाइ त् ओली प्रधान मन्त्रि बनेकोमा मात्र यतिनै भन्नु छ/

    Reply
  7. ekraj says:
    October 12, 2015 at 6:50 pm

    This is a few days honeymoon. Time will tell what real capacity a gang leader like Oli has in uniting country and maintaining law and order. Lets hope an extremist of law order breaker will improve the law and order situation to at least the govenment will follow some reasonable minimum governance.
    We watch and see which way the criminal gang leader will move in Oli’s primeministership.

    Reply
  8. Rohini says:
    October 12, 2015 at 4:49 pm

    जनतालाई इन्धन सहज हुनुपर्यो | देशको विभिन्न भागमा उठेको मागको सम्बोधन हुनुपर्यो | गफले होइन कामले देश चलाउनुपर्यो प्रधानमन्त्री ज्यु | सफलताको शुभकामना |

    Reply
  9. Binod says:
    October 12, 2015 at 3:12 pm

    कुकुरले अाची नखादै किन मुन्टे छ यो राजदुत ?
    दान दक्षिण् पाय पछी नेपाली नेता को हालत उही त हो नी,
    जनता कराउनु सिवाय के नै रहयो र यहाँ ?
    कुर्ची तेरो लीला अपरमपार ….

    Reply
  10. aasish swiss says:
    October 12, 2015 at 1:39 pm

    होइन यो रणजित राय लाइ कुटनीतिक प्रोटोकल के हो भन्ने थाहा नभएको हो कि हाम्रा तिर का लम्पट को बुद्दि नभएको हो?? सार्भभौम देश को प्रधानमन्त्री को अघाडी एउटा सामान्य कर्मचारी को बसाइ को ताल हेरौ न,लौ न यिनलाई कुटनीतिक मर्यादाको ट्युसन फ्रिमा पढाउने कोहि छैन??उपरखुट्टी लागाएर पो बसेको छ त,हेप्न को पनि हद हुन्छ नि यार.
    आसिश स्विस

    Reply
  11. eklavya says:
    October 12, 2015 at 1:27 pm

    समस्या तेल होइन र खुशी ओली प्र म भएर नि होइन त्यो पदको पुर्ताल त गर्नै थियो आज ओली भोलि अरु नि हुन सक्छ तर महाभूकम्प र नाकाबन्दीले उदाङ्ग परेको नेपालको परजीवी प्रवृतिको निवारणनै यो नया र आउदो सरकारको उद्देश्य हुनुपर्छ नत्र येत्रो तमाशा पछि पनि उही पुरानो जी हजुर प्रभु मै सिमित रहें हामीले धोका मात्र होइन हाम्रो भावना माथि पनि खेलवाड गरेको ठहरिन्छ ..भनिन्छ नि चारैतिर बाट दुख र चारैतिरबाट सुख आउनु उस्तै हो तेही भएर अहिलेको सरकार केवल हावामा मात्र दिने हो कि कामले नि देखाउने समयले बताउछ तर अहिलेलाई भने बधाईका पात्र हुन् ओली जी ….

    Reply
  12. Shankar says:
    October 12, 2015 at 1:05 pm

    भाइ बुहारीको किड्नी बाट ज्युदो सास फेरिरहेको ओली झापाली कुमाई हुन् , अब हेरौ ओली ले घुमाउछन कि मोदी +रे ले| चीन मात्र हाम्रो अन्तिम बिकल्प हैन , तैपनि कमसेकम रसुवा गढी , तातोपानी नाका राम्ररि चलाउन सके शक्ति सन्तुलन मा धेरै मद्दत पुग्थ्यो |
    धोतीले येसरी भेटेर चिल्ला कुरा गर्न जाने पर्दैन , नाका खोले त् बधाई र मित्रता सब हुन्थियो |

    Reply
    1. punya prashad says:
      October 12, 2015 at 9:57 pm

      भोलेनाथ ,
      ओली र मोदी जस्ले घुमाये पनि तिम्लाई हुने केइ होइन ।।। बेक्कर मा आफ्नो गर्दन फुलाउने कष्ठ नगर

      Reply
      1. Shankar says:
        October 12, 2015 at 11:21 pm

        अरे बचा

        हुन्छ , मलाइ ,तपाइँ सबलाई फरक पर्छ | ओली ले घुमाउन सके चीन तिर बाट पनि गोर्खा ,रसुवागढी , तातोपानी नाका हरु खुल्छन | अंगिकृत लाइ देश को महत्त्व पूर्ण ( पिया यम र अरु ) पद हरु दिन पर्दैन |

        मोदी ले घुमाए १-२ बर्स मै नेपाल बिहारीले भरिन्छ बालक |

        Reply
        1. punya prashad says:
          October 12, 2015 at 11:52 pm

          आफ्नो देस को कुन नाक खोल्ने र कुन नाक बन्द गर्ने कुरा एकदम हाम्रो आफ्नै देस को कुरा हो .एस्मा घुमौने र सिधा गर्ने कुरै छैन ,

          ओली ले घुमाउन सकेर नाक खुल्ने भ्रम दिमाग बाट हताइदेउ भोलेनाथ ! ओली ले ब्यक्तिगत स्वार्थ मा नलगी देश को लागि समर्पन भएर काम गरे भने अर्को देस लाई आफ्नो घोक्रो सुक्ने गरी गाली गर्नै पर्दैन ..

          gundagardi ta charam hola aaba oli ko pala ma … eitihas le tei dekhauchha !

          पैला आफ्न कुहिएका नेता लाई बहिस्कार गर अर्का को देस लाई गाली गर्न भन्दा

          Reply
          1. Shankar says:
            October 13, 2015 at 1:14 am

            अरे बालक
            अलि ठुलो भएर सोच्नु पर्यो |अली अलि यता उताको अध्यान , पत्र पत्रिका को अध्यान , आदि जरुरि छ |
            कुरा धेरै पहिले देखिको हो , नेपाल मा इन्डिया निकै सक्रिय भएर हामीले चाहेर पनि गर्न नसकेको पुराना , निबर्तमान सबै नेता ले भन्ने गर्छन | भारत ले धरै काल सम्म त्रिभुबन राजपथ को बिकल्प बन्न दिएँन , तपाइँ सानै सायद हुनुहुन्थ्यो | तेस्तै तातोपानीको नाका , रसुवा गढी , गोर्खा धेरै अरु बिकल्प थिए , आफ्नो सुरक्ष्या को कारण देखाएर र नेपाल को बजार एकलौटी गर्न भारत ले न दिएकै कुरा निबर्तमान कुत्नितिग्य , नेताहरुले आफ्नो
            अन्तर्वार्तामा भन्ने गर्छन म येस्मा आजकाल अलि चासो राखेर समय दिएको छु सायद तपाइँ पढाइमा व्यस्त हुनुहुन्छ |
            नेपाल को स्थिति एस्तो छ चाहेर धेरै कुरा नेपालि ले गर्न सकिन्न | बाबुराम ले पी यम भएको बेला देश को साचो त् अन्तै रहेछ भनेको कुरा पनि सम्झनुस |
            यो ओली मेरो नेता हैन , अहिले ओली हिरो हुन् आयो , देश को लागि उसको अडान र
            सार्थक अभिव्यक्ति को समर्थन गरेको मैले | फेरी पनि यी प्रचण्ड , ओली को पूर्ण बिस्वास गर्ने आधार छैन |
            आर्काको देश लाइ गालि गर्ने भन्दा तपाइँ बिहारी त् पर्न भएँन ?

            Reply
            1. punya prashad says:
              October 13, 2015 at 9:08 pm

              कुरा धेरै पहिले देखिको हो , नेपाल मा इन्डिया निकै सक्रिय भएर हामीले चाहेर पनि गर्न नसकेको …
              के भन्या भोलेनाथ एस्तो ? हामीले गर्न सकेनौ किनकी भारत ले एसो गर्‍यो ।।। नेपाल सर्बभौमा देस भन्ने था होला नि ?
              यस्तैइ यस्तै “औसधी खान बिर्सेका ” हरु ले गर्द देस बिग्रेको हो। अनी पहेला पत्रकार पनि हुन देस बिगारने किरा हरु .

              अस्ती भरत ले नाक बन्द गर्‍यो ।। किन चाइना को नाक नखोलेको ? किन तिम्रा भस्त्र मन्त्री हरु ले खोल्न नदिएको ? किन तिम्रा भ्रस्त मन्त्री हरु उल्तो भारत को पक्ष मा बोल्दै हिंडेको ?

              Reply
            2. punya prashad says:
              October 13, 2015 at 9:11 pm

              आर्काको देश लाइ गालि गर्ने भन्दा तपाइँ बिहारी त् पर्न भएँन ? ..

              अब पक्का भयो तपाईं ले पनि औषधी खान बिर्सें जस्तो छ …

              अर्का को देस भनी रा छ ।।। अनी म कसरी बिदेसी (बिहरी ) भये ? बिहरी भये त आफ्नो देस भन्थे नि ..
              मनशिक अस्पातल तिर एक्पल्त देखौन जाने कि भोलेनाथ मित्र ?

              Reply
              1. Shankar says:
                October 14, 2015 at 12:12 am

                फ़त्फ़ताउन त् बाजे ले निकै जानेको रहेछ,,डाडा पाखाको पर्यो होला ल ठिकै छ | अल्लि अद्यान पनि गर्नु पर्यो , आफ्नो देश न बनाउनु हाम्रो कमजोरी छदैछ |ल ठिकै तिमिबाहुन त् बिदेसी पर्यौ ल भनौ अमेरिकी हौला किन भने मन्त्रि पनि मेरो मात्र भन्येउ , नेता पनि मेरो मात्र भानु, ल ठिक छ भ्रस्ट मन्त्रि चै मेरो राम्रो राम्रो बाजेको , तर के सिक्किम इन्डिया ले लियो सिक्किमी लाइ मात्र दोस जान्छ ? तेस्तै हालै भुटान लाइ नाकाबन्दी गरेर हाल केहिअगि इन्डिया ले दुख दियो त्यो पनि भुतानिकै दोस |

                तर तपाइँ लाइ फेरी पनि भन्छु पद मा रहेका राजनीतिग्य , कुत्नितिग्य ले पद मा रहेको बेला भन्न मिल्दैन तर पद बाहि आएपछि इन्डिया ले नै त्रिभुबन राज पथ को बिकल्प , र अरु नाका बन्न न दिएको धेरै कुरा उजागर गरेको छ | सार्ब भौम देश हुदा हुदै पनि नेपाल ले धेरै बाध्यता बस यी निर्णय लिन न सकेको चलाउने लाइ था हुने कुरा हो |
                जस्तो बाबुराम ले पी यम छदा भनेनन् तर पी यम बात गएपछि देश को साचो अन्तै रहेछ पनि भन्यो नि ?
                यो कुरा सोचेर , अध्यान गरेर ता हुने पुन्द्य प्रसाद बाजे , सराद्दे खाएर था हुन्न |
                जुन पायो तेही औसधि पनि खान हुन्न न खानु होला |
                म लाइ त् तपाइँ मदिसे ले पुन्द्य प्रसाद नाउ लेखे जस्तो लाग्यो | किन इन्डिया को चै समर्तःन ?

                Reply
                1. punya prashad says:
                  October 15, 2015 at 1:05 am

                  हेर शम्भु भाई,
                  म यहाँ उहा जहाँ को भये नि “कुरो” को मत्लब हुन्छ , मैले शही भने कि नाइ ? फेरी दुवा तिर्की सोचेर मलाई बिहरी बनाउला ।।। म नि तिमी जस्ताइ नेपाली हुउम ।।। बहुन छेत्री,,,, जे भये नि एस्त बाउठे बाउठे जतियता का कुरा गर्ने हरिलथ्थक हैनउ होला भन्ने आश छ /

                  हेर बम बम , दोस छिमेकी को टाउको मा थोपरेर घोक्रो फुलाएर गाली गर्दा आफ्नै घोक्रो बिस्फोत हुने सम्भावना हुन्छ
                  भारत ले यस्तै यस्तै आलु देश जस्को राजनीतिक नेता हरु लाई खेलाउन सक्छ अनी , तेस्ताइ तेस्ताइ देस माथि अनेक प्रकार ले धावा बोल्छ .
                  ल मलाई सिदा उतर देउ त ,
                  भारत को सिदा हस्तचेप भएको था हुँदा हुँदै किन नेपाल का प्रधान मन्त्री , मन्त्री केइ ख्यास्न चाहदैनन (अथवा सक्दैनन ?)?
                  ल सरकार मा भा को बेला बोल्न मिलेन रे ,,,,चिमेकी को व्यबहार अनुसार आफु ले नि चुप्चाप काम त गर्न मिल्छ होल नि ? अस्ती को अघोसित नकबन्दी मा किन चाइना को नाका नखोलेको ? खोल्न नदिएको ?
                  बिमान लगेर फेरी तेई भरत बाट तेल किन ल्यएको ? दुनियाँ मा अरु कुनै देस बाट तेल हावाइजहाज बाट ल्याउन सकिन्नथ्यो ?

                  Reply
                  1. Shankar says:
                    October 15, 2015 at 2:24 pm

                    पुन्द्य प्रसाद जी
                    अझै ठुल्दाई लाइ भाइ भन्दै हुनुहुन्छ ल यो पनि ठिकै छ |अरुलाई दोस दिनु पहिले आफ्नै थैली कस्नु भन्ने थाह न भएको हैन मलाइ | फेरिपनि कुरा समय कै आउछ यो नाकाबन्दीमा तपाइले कत्ति समय दिनु भयो मिडिया हरु मा ? म लाइ अलि फुर्सत पनि थ्यो केहिदिन
                    र मैले यस दि मुनि , सिब संकर मुकर्जी , प्रकास करात हरुको टीबी अन्तरक्रिया इन्डियन च्यानल मा सुने , नेपाल को सन्दर्भ मा यति झुट , यति गलत टिप्पणी गरे कि दिउसै रात पार्न खोजे , तेस्तै इन्डियन एक्स प्रेस , टाइम्स अफ इन्डिया आदिले नेपाल को बारे यति गलत लेख्छ र त्याहाको जनतालाई धेरै गुमराह गरेको छ | तपाइँ भए पनि सायद सहनु हुने थिएँ न | टाइम्स अफ ईन्डिया , इन्डियन एक्ष्प्रेस्स ,हिन्दु आदिमा नेपाल र नेपालि लाइ गालिगर्नेलाई आफुले पनि सक्दो जबाफ दि इ यो |इन्डियाले यति अन्याय गरेको छ कि नेपाल लाइ तपाइँ गालि गर्ने भन्नु हुन्छ यो त् कम हो , नेपालि ले सके दण्डित् गर्नु पर्ने हो |तपाइले येसो लेख्नु तपाइको दोस मान्दिन , किनकि तपाइले इन्डियन मिडिया मा तेत्ति समय नै दिनुभएको छैन |

                    गालि गरेर घोक्रो मात्र त् सुक्ने हो , ससक्त रुप मा गरौ | आफुले जानेको देश को यथार्थ चित्रण ति इन्डियन पत्रिकाको कम्मेंतर माझ र चाइना डेली , द गार्जियन (ब्रिटिश ) मा समेत गरियो , ग्रेटर नेपालको कुरा हरु गरियो | किनकि देशलाई इन्डियन ले जनजीबन ठप्प पारेर दुख दिएको परिवेश थ्यो त्यो |

                    ब्वासो ले भेडा खायो भने ये भेडा तेरो दोस , किन चर्न गैस भन्ने ? अलि बिचार गरौ न साथि , एक दुइजाना नेता भ्रस्ट होला सबैलाई भन्न त् मिल्दैन नि | देश चलाउने पनि तपाइँ हामि जस्तो न हो , भुचालो ले चाइनाको नाका बन्द भएको अबस्था छ , यहि बेला इन्डिया ले दुख द्यो . चीन को केहि नाका खोले पनि दिर्घ काल को समाधान हुन् सक्दैन , भनेर हाम्रा सरकार का मिस तर्से , बोलेनन् ? तातो पानी नाका खोले इन्डिया रिसाउला , आफ्नो सरकार मा बस्ने दिन चाडै सकिएला , फेरी कमाउन न पाइएला भनेर मिनेन्द्र रिजाल त् ये नाकाबन्दी पनि न भनौ भन्दै थे नि सुन्नु भएँन ?
                    तपाइँ आफुलाई एकछिन सरकार मा छु भन्ने कल्पना गर्नुस , त्याहाको साइकोलोजी सोच्नुस त् |
                    तेस्मा नेपाल मा भारतीय दुतावास र ”र ”यत्ति सक्रिय छ कि सानो भन्दा सानो बाटो बनाए पनि इन्डिया सग सुरक्छ्या सग जोड्छ , तपाइले घर को उत्तर को झ्याल खोलेर कान्छीलाई बोलाए पनि चीन लाइ बोलायो भन्छ | नेपालि नेताहरु लाइ बिरेन्द्र , मनमोहन , गोर्खाल्याण्ड को नेता को हत्या गरेर तर्साएको छ | बाबुराम ले किन देश को साचो अन्तै छ भन्यो ?उहिले हलमा हिन्दि फिलिम चलाउदा समेत बिरोध गर्ने बाबुराम , १८० डिग्री घुमेर धोतिलाइयेर पारि ढुंगा हान्ने सग किन कुम जोड्न गयो ?
                    अनि तपाइँ हामि त् स्वतन्त्र छम , हामीले सक्दो आवाज उठाउने हाम्रो दायित्त्व हो |
                    तेस्माथि इन्डिया ति बि मा भारतीय नेता ले नेपाल को आधा जनसंख्या भारतीय छ , हामीले तिनलाई हेर्नुपर्छ भन्नु , पहाडिया सासक ( हाल को लाइ ) चिनिया पित्थु भन्नु , नेपाल मा मदिसे + जनजाति लाइ अगि लेउने कुरा गर्नु हाम्रो देश माथिको दिन दहाड़े हस्तछेप हो | इन्डिया को परिभाषा को मदिसे भनेको बिहारी , अंगिकृत ( चीन बिरोधि ),
                    र जनजाति भनेको तिब्बती सरनार्थी (चीन बिरोधि ) हो | यहाको दाजुभाइ हैन |

                    Reply
                    1. punya prashad says:
                      October 15, 2015 at 7:49 pm

                      भारत को मिदिया ले जे सुकै खोकोस हाम्रो किन टाउको दु:खइ ,, बोल्न देउ न उनिहरु लाई ,, कती शही बोलेका छन त्यो त पढ्ने मान्छे ले था पाउछ /
                      एक्छिन लाई मान कि भारत हाम्रो छिमेकी नै हैन रे ! हम्लाई किन उनिहरु माथि बिभिन्न कुरा म भर parnu प्अर्यो ? लौ त हामी एकदम अत्मनिर्भर हुने अनी स्वाभिमान हुने भनी कुनै प्रधानमन्त्री मन्त्री ले भन्छ र काम गर्न थालछ भने मलाई पूर्ण विश्वाश छ सबै नेपाली ले पुरा साथ दिनेछन । लौ त भरत बाट आउने हरेक नयाँ गाडी म ९००% भन्सार लगओस त सरकार ले ,,, के हुने छ ,,, तर कुनै नेता कुनै सरकारी कर्मचारी ले पनि भारत बिरोधएे हुने काम नेपाल लाई जती फाईदा भये पनि गर्ने छैन
                      अब तिमी जस्तो कमिलो चै लौ भरत एस्तो उस्तो भनेर ल्याख ल्याख गरी बस्छौ
                      खै त मैले माथि सोधेका प्रश्न उत्तर दिएको तिम्ले ??

                    2. Shankar says:
                      October 16, 2015 at 2:08 am

                      पुन्द्य प्रसाद
                      तिमीमा अझै घमण्ड छ , आफुलाई चाहिने जत्ति राख अरु फाल |
                      मैले तिमीलाई मूल कुरामा जबाफ दि सके | सायद तिमीले किन इन्धन इन्डिया बाटै ल्यायो भन्ने कुरामा सोधेको होला ?सायद नेपालि अधिकारि हरु ले जिम्बेबार पुर्बक सोचे कि , या डाराए कि , या भनौ लोभीपापी मन बिक्यो कि ? अथवा कुनै टेक्निकल कुरा थ्यो कि , पहिले नै लेन देन को कारबाही भएको थ्यो कि जे पनि हुन् सक्छ | तिमिहामिले व्यक्तिगत रियाक्सन देखाएजस्तो सरकार ले देखाउन मिल्दैन भनौ बा उनीहरुको जिम्बेबारिले दिदैंन |
                      उनीहरु लाइ चिनया पिठ्यु को आरोप् मधेस बादी ले लागौछ र भारत ले बिस्वास गर्छ |
                      हिजो को कांग्रेस को भूमिका मा आज को मधेस बादी पार्टी छ |
                      भारत न चाहदा न चाहदै पनि हाम्रो छिमेकी हो फेर्न सकिन्न , तिमीले भने जस्तो मन्त्रि ,प्रधान मन्त्रीले सबै स्वाभिमानी बन्छु भन्यो , ल सबै नेपालि ले मान्छ भन्ने जस्तो कुरा राजनीतिमा लागु हुदैन | राजनीति तेसरी चल्दैन |यो केटाकेटी कुरा भयो | इतिहास मा राजेन्द्र साह ले आह्वान गरे , उसले भन्दा भा थ्यो जस्तो कुरा आजको सताब्दिमामिल्दैन | आज पुरा विश्व एक घर जस्तो भाछ , चाइना ,इन्डिया जोड्ने सिल्क रोद को कुरा उठेको छ , यो त् इन्डियाले हामीलाई हेपेको मात्र हो तेसैले तिमि हात्ती , म कमिला ले पनि आफ्नो ठाउबाट सचेत रहने , आबाज उठाउने जरुरि छ |
                      तिमीले इन्डिया सग जुन पानि बाराबार गर्न किन नेपाल सरकार ले सकेन भन्येउ ,
                      तेस्मा पनि पुन्द्य प्रसाद झगडा को पनि चरण हुन्छ , कुनै अबस्था मा त्यो गर्न पनि स्थिति औला र गर्लानी त् | अझै नेपालि सरकार लाइ बार्ता बाटै मिलाउछु ,सक्छु भन्ने लागेको होला | यो तिमीले मलाइ गालि गरेउ , मैले तिमीलाई जबाफ फर्काए जस्तो स्थिति हैन , देश को कुटनीति हो |
                      तिमि मा अध्यानको को कमि छ | किन भने देश को अधिकांस नेतालाई तिमि चोर ठान्छौ, म गतिलो ठान्दिन भने उनीहरुले स्वाभिमान को पाठ पढाउँन थाल्दा पंचायात को मन्त्रि दिएको उपदेश जस्तो हुन्न, राम्रो कुरा पनि कुन मुख बात निस्यो त्यो हेर्छ समाज |
                      आफु कुटनीति गर्न सकेन , देश चलाउन सकेन , मिलाउन सकेन हामीलाई उपदेश दिन्छ भन्दैन ? गर्न गाह्रो छ भन्न सजिलो छ | मरिचमान ले गर्न खोजेको फालिए कि फालियेनन ?
                      हिजो बिरगंज को पहाडिया नेपालि समाज ले नेपाल सरकार लाइ भन्यो ये तिमीहरुले देश चलाउन सक्दैन भने मधेसीलाई दे | बोल्नु पहिले सोच न |
                      अहिलेको स्थिति हेर , माइसंसार सानो घर हो , यहा हेर बाहुनक्षेत्री , जनजाति , मदिसे
                      कति मनमुटाब हुन्छ | तिमीले कुनै नेता देखेको छ जसले स्वाभिमानको पाठ , यो देश लाइ एक बनाएर लान सक्ने ?
                      नर्मल अबस्था मा भएको भए तिमीले भनेको सब हुन्थ्यो | यो देश जालो भित्र छ |इन्दिरा गान्धी ले कुनैबेला भनेकी थि ”उ नेपाल लाइ बुलेट ले हैन , ब्यालेट ले लिन्छे ”| इन्डियन सरकारको रड नीति तेही छ | खालिसिमना बात इन्डियन पठाएर नेपाल भर्ने , नेपालि विस्तापित गर्ने | यहाको समाज फुटाउन बिभिन्न अस्त्र प्रयोग गरिएको छ |
                      नेपाल ले सन्तुलन तिर न जाने हो भने उनीहरु चाडै सफल हुनेछ |

              2. Shankar says:
                October 14, 2015 at 7:27 am

                फ़त्फ़ताउन त् बाजे ले निकै जानेको रहेछ,,डाडा पाखाको पर्यो होला ल ठिकै छ | अल्लि अध्यायन पनि गर्नु पर्यो , आफ्नो देश न बनाउनु हाम्रो कमजोरी छदैछ, सबै त् भ्रस्ट भन्न मिल्दैन नि |ल ठिकै तिमिबाहुन त् बिदेसी पर्यौ ल भनौ अमेरिकी हौला किन भने मन्त्रि पनि मेरो मात्र भन्येउ , नेता पनि मेरो मात्र भनेउ , ल ठिक छ भ्रस्ट मन्त्रि चै मेरो राम्रो राम्रो तिमि बाजेको , तर के सिक्किम इन्डिया ले लियो सिक्किमी लाइ मात्र दोस जान्छ ? तेस्तै हालै भुटान लाइ नाकाबन्दी गरेर हाल केहिअगि इन्डिया ले दुख दियो त्यो पनि भुटानी कै दोसहो त् बाजे ?

                तर तपाइँ लाइ फेरी पनि भन्छु पद मा रहेका राजनीतिग्य , कुत्नितिग्य ले पद मा रहेको बेला भन्न मिल्दैन तर पद बाहि आएपछि इन्डिया ले नै त्रिभुबन राज पथ को बिकल्प , र अरु नाका बन्न न दिएको धेरै कुरा उजागर गरेको छ | सार्ब भौम देश हुदा हुदै पनि नेपाल ले धेरै बाध्यता बस यी निर्णय लिन न सकेको चलाउने लाइ थाह हुने कुरा हो | तिमि ,हामि जस्तो बाहिरिया लाइ कम जानकारी हुन्छ |
                जस्तो बाबुराम ले पी यम छदा भनेनन् तर पी यम बात गएपछि देश को साचो अन्तै रहेछ पनि भन्यो नि ?
                यो कुरा सोचेर , अध्यान गरेर थाह हुने हो पुन्द्य प्रसाद बाजे , सराद्दे खाएर था हुन्न |
                जुन पायो तेही औसधि पनि खान हुन्न न हजुर लाइ निबेदन गर्दछु |
                म लाइ त् तपाइँ मदिसे ले पुन्द्य प्रसाद नाउ लेखे जस्तो लाग्यो | किन इन्डिया को चै समर्थन ? ल बाजे जाबाफ चाहियो |
                मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

                Reply
  13. Ram raj says:
    October 12, 2015 at 12:57 pm

    हामी नेपालि को लागि यो राम्रो कुरा हो | भारत नेपाल संग सम्बन्ध सुधार गर्न आत्तुर छ भलै त्यो देखावटी किन नहोस | के पी ओली ले औपचारिक रुप ले प्रधान मन्त्रि भै’नसकी (सपथ लिनसकेको हुना ले ) भारतीय राजदूत ओली निबास मा पुगेछन | संबिधान औपचारिक रुपले जारि हुदा समेत तेसको स्वागत तथा शुभकामना दिन नसकेको भारतले तेही संबिधान अन्तर्गत चुनिएका प्रधानमन्त्री लाइ शुभकामना दिन गरेको आतुरी ले उ बिग्रिएको सम्बन्ध सुधार गर्न चाहन्छ भन्ने बुझिन्छ | इतिहास हेरेर नेपाल ले सतर्क भै सम्बन्ध सुधार गर्न पहल गर्नु पर्छ | “छ माया छपक्कै लाइदेउ, छैन माया टिपेर हुर्याइदेउ ” भने जस्तो कि कुम हल्लाउदै अंगालो मा कस्ने कि सुरुङ्ग युद्ध गर्ने योजना गर्ने हैन निश्चित दुरी राखी छिमेकी सम्बन्ध सुधार हुनुपर्छ |

    Reply
  14. Tek Raj Subedi says:
    October 12, 2015 at 11:02 am

    खाली कति ल्यांग ल्यांग गरिराको ? ओली भेट्न गाको होइन होला त ! अनि फेरि नभेटेर चाहिं रास्त्रबादी हुने हो र भन्या ? अचम्म छ नेपालि हरु !

    Reply
  15. Lalmohan says:
    October 12, 2015 at 11:00 am

    Gulam is Gulam….he want to Gulami .

    Reply
    1. punya prashad says:
      October 12, 2015 at 10:01 pm

      यि यि ।।। लाल्मोहन ले बोल्न थालेपची ।।।। यस्तै यस्तै जेपा ति बोल्ने ..
      भेट घाट गर्दै मा को कस्को गुलम भयो कुन्नी ।।।। किन एस्तो दरिद्र दिमाग भा को लाल्मोहन भाई तिम्रो ।।। समतेर क्वप्पाइ खाइदेलन मान्छे हरु ले ।।।। 🙂

      Reply
  16. Man says:
    October 12, 2015 at 10:48 am

    हालै मात्र भएका ‘राष्ट्रबादी’ OLI जी ले OIL ल्यौञ्छन जस्तो छ है

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme