Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनको चुनावमा कसको कति दम?

Posted on October 14, 2015 by mysansar

-पंचम अधिकारी-

nrn गैरआवासीय नेपाली संघको सातौं विश्व सम्मेलन यही बुधवारदेखि शनिवारसम्म काठमाडौंमा हुँदैछ। यो अधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने हुँदा एनआरएन चुनावमय भएको छ। एनआरएनका अभियन्ता र सहभागी सदस्यहरू चुनावी आकलन गर्दै काठमाडौं ओइरिंदै छन्।

अहिलेसम्म अध्यक्ष पदका लागि तीन जना आकांक्षी देखिएका छन् – वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टी. बी. कार्की र पूर्व महासचिव रतन झा। दुई वर्षअघि अध्यक्ष भएका शेष घले ‘अष्ट्रेलियाका धनाढ्य’ मा सूचिकृत ब्यापारी हुन्। दुई वर्षअघि अध्यक्षको उमेदवार बन्दा एनआरएनका मुद्दा र संस्थाका खासै जानकार नरहेका आरोप खेपेका घलेलाई तत्कालीन अध्यक्ष जीवा लामिछाने लगायतले बलियो साथ दिएपछि तत्कालिन महासचिव तेन्जी सेर्पाविरूद्ध राम्रै मत अन्तरले विजयी भएका थिए। बितेको २ वर्षमा संसार घुमेर राष्ट्रिय कमिटीहरूसँग सान्निध्य बनाएका घले पूर्व अध्यक्षहरूसँग भने टाढिएको चर्चा गरिन्छ।

एनआरएन अभियानका प्रारम्भका वर्षहरूमा भिडबाटै हात उठाएर नेतृत्व चयन गरिन्थ्यो। अहिले ७१ देशमा राष्ट्रिय कमिटी छन्। ५० हजार सदस्य छन्। एनआरएनमा सदस्य हुने र पदासीन हुन खोज्नेहरूको आकर्षण बढ्दो छ।

उपेन्द्र महतोले २ कार्यकाल सकेपछि जापानका देवमान हिराचन र जर्मनीका रामप्रताप थापाले नेतृत्वको चाहना गरेका थिए। तर अभागी थापा पटक-पटक भित्री बाजी हार्दै आएका छन् र यसपटक दौडमा सामेल पनि छैनन्।

एनआरएन अभियान अति खर्चिलो भएका कारण त्यो खर्च धान्नु जो कोहीको निम्ति बुताको कुरा होइन। त्यसैले एन.आर.एन. अभियानमा ब्यापारीहरू झन् झन् हावी बन्दै गएका छन्।

शेष घले– अष्ट्रेलियाका धनाढ्य घले आम प्रवासीहरूमा ‘पब्लिक इमेज’ बनेका छन्, तर पूर्व अध्यक्ष र संस्थापकहरू घले आफै हिरो बन्न खोजे भनी खासै खुशी छैनन्। २ वर्षअघि उनलाई बोकेर हिंड्ने लामिछाने झनै बेखुश रहेको निकटवर्ती बताउँछन्। तर उनी खुलेर घलेको विरूद्धमा जान चाहँदैनन्। महत्वपूर्ण घोषणाहरूमा घले श्रीमतिलाई साथमा लिएर प्रस्तुत् हुन्छन् र उनका अग्रजहरू छुटिरहेका हुन्छन्। तर पछिल्लो पटक, भूकम्पपीडितहरूको सहयोगार्थ घले खटिएपछि उनले एनआरएन अभियन्ताहरूबीच छवि सुधारेको बताइन्छ। गत महिना उनी मतदाता धेरै भएका खाडी देशहरू, युरोपमा बेल्जियम र पोर्चुगल, अनि त्यसपछि अमेरिका पुगेका थिए। अन्ततः युकेबाट उमेदवारी घोषणा गरे। काठमाडौंको अहिलेको मौसममा चुनाव जितिन्छ भनेर घले निश्चिन्त छन्।

टी.बी. कार्की- सन् २०११ मा सचिव र २०१३ मा उपाध्यक्ष बनेका टी.बी. कार्कीले कतारबाट उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि अभियानमा लागेका र संघको ‘भोट ब्याङ्क’ खाडीका उमेदवार भएका कारण उनी कमजोर प्रत्याशी होइनन्। तर एक वर्षअघिसम्म खर्चिलो एनआरएन अभियान धान्न हम्मे-हम्मे पर्ने कुरा उनी स्वयं बताउने गर्थे। भिडन्त त्रिपक्षिय भए खाडीबाट उनको उम्मेदवारी अध्यक्ष घलेका निम्ति चर्को मूल्य पर्ने बताइन्छ।

रतन झा – सर्लाहीमा जन्मिएर अमेरिकाको टेक्सासमा निर्माण तथा रियल स्टेट डेभलपमन्टसम्बन्धी व्यवसाय गरिरहेका झा संस्थापक अध्यक्ष उपेन्द्र महतोनजिक मानिन्छन् । महतोको ब्यापारको एक उल्लेखनीय हिस्सा समेत हेरिरहेका कारणले पनि उनलाई महतोसँग जोडेर हेरिएको हो । सँघको पूर्व महासचिव भैसकेका झा ४ वर्षअघि उपाध्यक्षमा पराजित भएपछि केही समय निष्क्रिय थिए । जुन अहिले आएर उनको लागि घाटा साबित भएको छ । स्वदेशको मधेशी आन्दोलनले हिलो नछ्‌यापे उनी घलेलाई कडा टक्कर दिन सक्ने उमेदवार हुन् ।

तीनै जना चर्चित अनुहार हठी स्वभावका भएकाले चुनावबाट कोही पछाडि नहट्ने लख एनआरएन अभियन्ताहरू काट्छन् । पद बाँडचुँड गरेर मिलाउनपट्टि लाग्ने स्वभावका घले पनि होइनन् । त्यसैले काठमाडौंको मौसम चिसिंदै गरेको भए पनि एनआरएनवालाहरू तात्तिने आकलन गरिएको छ।

पछिल्ला वर्षहरूमा एन.आर.एन. निर्वाचनमा राजनीतिक पार्टीहरूको छायाँ पर्दै आएको छ । त्यसैले कसले कुन पार्टी नेताको आशिर्वाद पाउँछ भन्ने कुराले पनि फरक पार्नेछ । एन.आर.एन.भित्र जनसम्पर्क समिति अर्थात नेपाली काँग्रेसको अलिक बढी पहुँच भएको मानिन्छ । त्यसपछि प्रवासी मञ्च अर्थात एमाले र एमाओवादीनिकट जनप्रगतिशिल मञ्चको प्रभाव छ । यसपालीको निर्वाचनमा अध्यक्षबाहेकका उमेदवारीहरूमा पार्टिगत झुकाव देखिइसकेको छ ।
एन.आर.एन.को नेतृत्व चयनमा संस्थापक अध्यक्ष उपेन्द्र महतोको सम्मति कसप्रति हुन्छ भनेर चासोका साथ हेरिन्छ । निर्वाचन नगरी सहमति गर्ने उनको मनसाय देखिंदै आएको छ । हिराचन र लामिछानेको चयनसम्म उनले अनेक तानाबाना गरी यही पद्धति अपनाए, तर २ वर्षअघि वातावरणले यसरी पल्टा खायो की न उनले निर्वाचन टार्न सके न उनले रूचाएको मान्छे छानिने वातावरण भयो । यसपाली उनको मौन समर्थन झाप्रति हुने तर खुलेर नबोल्ने जस्तो देखिन्छ ।

अध्यक्ष अलवा पनि अन्य महत्वपूर्ण पदहरूमा चर्को प्रतिस्पर्धा छ । केही प्रतिस्पर्धीहरू लामो तयारीपछि चुनावी मैदानमा छन् भने केहीले सस्तो चर्चा पाउन उमेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष र सचिवमा पद सँख्या थप्ने की भन्ने कुरा विचारणिय रहेकोले केहीले च्याँखे थाप्न उमेदवारीको हल्ला चलाएका हुन् । ५ महादेशका ७१ देशका शाखामध्ये प्रायशः ठाउँमा पुग्ने र त्यहाँका प्रतिनिधिहरूसँग संपर्कमा रहने एन.आर.एन. अभियन्ताहरू विरलै छन् । यसरी चाहर्दै हिंड्नेहरूमा घलेका अतिरिक्त भवन भट्ट, कुमार पन्त, बद्री के. सी., अर्जुन श्रेष्ठ गनिन्छन् । त्यसै कारण पनि यी उमेदवारहरूलाई बलिया हस्तिको रूपमा गणना गरिन्छ ।

घलेपछिको अध्यक्ष भनेर बारम्बार चर्चा गरिने भवन भट्ट पुनः उपाध्यक्षमा लड्दैछन् । भट्टलाई घलेको पनि समर्थन छ । त्यस्तै महासचिव कुमार पन्त पनि उपाध्यक्षका अर्का बलिया आकांक्षी हुन् । पूर्व अध्यक्ष लामिछाने पन्तको पक्षमा उभिएका छन् । समग्रमा हेर्दा भट्ट र पन्त संस्थापन पक्षका उमेदवार हुनेछन् । त्यस्तै अमेरिकाका वकिल खगेन्द्र जि.सी. र खाडीका नरेन्द्र भाट पनि प्रतिस्पर्धामा उत्रिएकामध्ये राम्रो संभावना बोकेकामा पर्छन् । खगेन्द्रलाई पश्चिमी देशहरूमा राम्रो उमेदवारका रूपमा हेरिए पनि उनको तयारी कम भएकोले यस पटक गाह्रै हुने अडकल काटीन्छ । तर देशीय हिसाबले सबैभन्दा धेरै मत भएको अमेरिकालाई कुनै न कुनै महत्वपूर्ण पद दिइनुपर्ने आवाज बढ्दै गएको छ ।

7 thoughts on “एनआरएनको चुनावमा कसको कति दम?”

  1. जीवन नेपाली says:
    October 15, 2015 at 6:02 am

    अर्थ न बर्थ को चुनाब, जसले पैसा धेरै देखाउछ उसैले जित्छ .
    जितेर केहि नाप्ने पनि होइन

    Reply
  2. Harihar says:
    October 14, 2015 at 8:27 pm

    भगौडा र एसाइलमे पनि एनआरएन चुनावको मतदाता सुचीमा छन्|
    भगौडा भन्नाले सरकारी जागिरे वा जो कोहि पनि सरकारी सिफारिशमा नेपालको जनश्रोत वृद्धि गर्न छात्रवृत्ति लिएर बिदेशमा अध्ययन, सेमिनार आदिमा जाने र उतै बस्ने, देश नफर्केको र कोहि कोहिले नेपालमा जागिर पनि थमौती गरिराखेको व्यक्ति बुझाउञ्छ|
    एसाइलमे भन्नाले देशमा धर्म, राजनीति इत्यादि बारेमा आफुलाई उपेक्षित गरेको र यही बसिराख्न यी अधिकार र ज्युधन समेतको सुरक्षा नभएकोले बिदेशमा एसाइलम लिएर बसेको व्यक्ति बुझाउञ्छ|
    नीजी खर्चमा र सरकारी, क्याम्पस, विश्वविद्यालय र संस्थानको जागिर त्यागेर जो कोहि गए पनि कसैलाई चासोको बिषय हुन् पर्दैन|
    माओवादी सत्तामा हुँदा माओवादीकै चेलाहरुले समेत एसाइलम ठोके| जसले मुलुकमा राजनीति शोषण र अधिकार हरण भनेर एसाइलम ठोकेर विदेश गएका छन् उनीहरुको नामावली प्रकाशमा ल्याइयो भने जनता चकित हुनेछन| मेडियाले यो नखोजेको कारण कति मेडियाका बन्धुहरु पनि होलान| भगौडाहरुको अनुहार पनि जान्न आवश्यक देखिन्छ| बाहिर बसेर मुलुकमा यो भएन र त्यो भएन, भ्रष्टचार बढ्यो भन्ने पनि उनीहरु नै हुन्|
    एनआरएन यस्ता फुर्सदेहरुको स्वार्थ नीहित क्लब जस्तो मात्र देखिन्छ|
    कसैले एनआरनएनको मूल उदेश्य के हो र के गरे विगतमा र के प्लान आउने दिन, महिना र बर्षमा राखेका छन् खुलाएर लेखिदिनुहोला|
    नंया संबिधानमा बिदेशमा बसेका बिदेशी नागरिकता लिएका नेपालीलाई नेपाली नागरिकता प्रदान गरिएको छ| यसको श्रेय एनआरएनलाई जान पर्ने होइन| यो भएको मूल कारण धेरै जसो जुनसुकै पार्टीका र सत्ताधारी पार्टीका र प्रशासन, पुलिस र सेनामा रहेका पावरवालाहरुका छोरा छोरी र आफन्तहरु सोर्स फोर्स लाएर विगतमा अमेरिका, युरोप, अष्ट्रेलिया र जापान आदि देशहरुमा बसेका छन्| लाले पण्डितको प्रयासले केहि हद सम्म यो रोगको निवारण खोजेका छन्|
    तर बिदेशमा बसेका नेपालीलाई दिईएको नागरिकता तिनै सोर्सफोर्सवालाहरुका चापले गर्दा हो| लेखकज्युले यी बिषयमा पनि प्रकाश पारिदिन हुन् अनुरोध गर्दछु|

    Reply
  3. Durga Adhikari says:
    October 14, 2015 at 7:37 pm

    N.R.N. भनेको के हो? म आफै N.R.N. भयर पनि एसको अर्थ मैले बुझेको छैन/ मेरो प्रस्न के भने नेपालको नागरिकता भयको व्यक्तिलाई N.R.N. किन भन्ने र उनीहरुलाई N. R. N. को सदस्यता किन आवस्यकता परेको? मेरो बुझायिमा N.R.N. भनेको नेपाली मुलको बिदेशी नागरिक मात्र हुन्/

    Reply
  4. Sudip KC says:
    October 14, 2015 at 5:29 pm

    भान्द्मा जाओस त्यस्तो एन आर एन जांड खाएर कुटाकुट गर्नेहरु को संगठन । नेपालबाट शरणार्थी भएर जर्मनी आएर नेपाल बाटै युरोप शरणार्थी ओसार्ने कुमार पन्त उपाध्यक्छ्या हुने? एन आर एन पनि ठगहरुको संगठन भैसक्यो ।

    Reply
  5. Shankar says:
    October 14, 2015 at 3:00 pm

    यी चुनाब गर्छन , यी भोट माग्न आउछन , यी आकास पाताल का कुरागर्छन , यी भुकम्प पिडित को नाउमा चन्दा उठाउछन , यी चन्दा खान्छन पनि , यी एता आएर येसो गर्छौ ,उसो गर्छौ भन्छन , उता गएर येसो गर्नु पर्यो ,तेसो गर्नु पर्यो भन्छन , भट्टी मा झैँ कहिले लम्पसार पारिदिन्छन यी को हुन् ?

    Reply
    1. Aashishjii says:
      October 14, 2015 at 7:18 pm

      नोट: गर्वका साथ विदेशी नागरिकता लिएर मेरो देश मेरो देश भनेर विगुल फुक्ने यिनै हुन्…ल भन्नुस को हुन् यिनी ???

      Reply
  6. Tenzing Gaba says:
    October 14, 2015 at 12:56 pm

    दसैं आएको जानकारी दिनु भएकोमा लेखकज्युलाई धन्यवाद सहित् बडा दसैंको शुभकामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme