Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो रह्यो प्रम चुनावअघि शनिबारको नाटकीय घटनाक्रम

Posted on October 11, 2015October 11, 2015 by Salokya

२०७२ असोज २३, शनिबार

भोलि प्रमको चुनाव। आज उम्मेदवारी दर्ता गर्ने दिन। यो महत्त्वपूर्ण दिनमा नाटकीय रुपमा घटनाक्रम अगाडि बढ्यो। हेरौँ के के भए?

सुशीलको उम्मेदवारी दिनको सुरुवात भयो कांग्रेसले सुशील कोइरालालाई नै प्रधानमन्त्री पदको उम्मेदवार बनाउने कांग्रेस पदाधिकारी बैठकको निर्णयबाट। कांग्रेस केन्द्रीय समितिको बैठकले शीर्ष तीन नेता कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई निर्णय लिने जिम्मा दिएको थियो। उनीहरु तीनै जना प्रम पदका आकांक्षी पनि थिए। केन्द्रीय सदस्यमध्ये धेरैले आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने पनि भनेका थिए। देउवाले त संसदीय दलको चुनाव गरौँ पनि भनेका थिए। संसदीय दलको चुनाव गरे देउवाले जित्ने अनुमान लगाइएका थिए। कोइराला त्यो पनि चाहँदैन थिए। अन्त्यमा देउवा प्रस्तावक र पौडेल समर्थक रहने गरी कोइरालालाई नै उम्मेदवार बनाउने निर्णय गरियो।


pm
कुलचन्द्र न्यौपानेले कान्तिपुरमा लेखे अनुसार अघिल्लो दिनसम्म सुशील कोइरालाले म प्रधानमन्त्री र राष्ट्रपति दुवै हुन्न भन्दै पौडेललाई अघि बढ्न तयारी गर्न भनेका थिए। शुक्रबार राति नै प्रधानमन्त्री कोइराला र भारतीय राजदूत रणजित रायबीच पटक–पटक संवाद भएको थियो। त्यसपछि कोइरालाले निर्णय परिवर्तन गरेका थिए।

कान्तिपुरमै प्रचण्डको भनाई भन्दै यस्तो लेखिएको छ- ‘सुशीलजीले हिजो साँझसम्म पनि हामीसँग कुरा हुँदा सहमतिमै अघि बढ्ने बताउनुभएको थियो । तर, राति ११ बजे माथुर र राय बालुवाटार पुगेछन् । अनि शेरबहादुर देउवालाई समेत अगाडि राखेर दबाब दिएपछि उम्मेदवारी दिने निर्णयमा पुग्नुभएको रहेछ।’

ओलीको ११:५७ को साइत
DSC_0259
आधा घण्टाभन्दा अगाडि नै पुगे पनि ओलीको टोलीले उम्मेदवारी दर्ता गरायो ११ बजेर ५७ मिनेटको साइटमा। त्यसअघिसम्म उनीहरु मोबाइल खेलाउँदै बसे। किन वैशाख १२ को भूकम्प गएकै समयको साइत जुराए कुन्नि। ओलीका प्रस्तावक प्रचण्ड रहे भने समर्थकमा राप्रपा नेपालका कमल थापा लगायत साना दल। ३२३ जनाको समर्थन पाएर उनी स्पष्ट रुपमा कागजी बहुमततर्फ अघि बढे, जुन आइतबारको चुनावमा प्रतिबिम्बित भए उनी प्रम निश्चित बन्ने छन्।

कोइरालाको उम्मेदवारी दर्ता र प्रतिक्रिया
1444471374390_RoS-Ktm-PM
कोइरालाले पनि उम्मेदवारी दर्ता गरे। सहमति र सहकार्यमा उ हुँदैन भनेर प्रतिक्रिया दिए। बहुमत जुट्छ त भनेर सोध्दा उनले हेर्दै गर्नुस् भने। कोइरालाको उम्मेदवारीको विरोध गर्दै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिए। चन्द्र भण्डारीले उम्मेदवारी दिनु ठूलो भूल भएको बताए। अरु सांसदहरुको पनि त्यस्तै प्रतिक्रिया आयो। सोसल मिडियामा पनि कोइरालालाई खुइल्याउने कुरा आए।

एमाओवादीभित्रै विरोध
ओलीलाई सघाउने निर्णयको विरोध गर्दै बाबुराम पक्षीय ३० केन्द्रीय सदस्यहरुले विज्ञप्ति सार्वजनिक गरे। जसमा सबैको हस्ताक्षर भने थिएन। रमाइलो के थियो भने विज्ञप्तिमा पार्टीको नामसमेत थिएन। पछि पेनले कोरिएको थियो पार्टीको नाम। यस्तो थियो विज्ञप्ति
mao
तर पछि बाबुराम पक्षीय सभासद् प्रभु साहले एमालेलाई समर्थन गर्ने पार्टीको निर्णयको विरोध गरे पनि ओलीलाई भोट हाल्ने निर्णय मान्ने स्पष्ट गर्दै विज्ञप्ति जारी गरे। यस्तो थियो विज्ञप्ति

अरु पार्टीमा पनि भाँडभैलो
चुनावको लफडाले राप्रपा, एमाओवादी र कांग्रेस पार्टीभित्र भाँडभैलो मच्चियो। राप्रपाका सांसदहरु दुई तिर भए।

एमाले र एमाओवादीको १४ बुँदे सहमति
एमाले र एमाओवादीबीच १४ बुँदे सहमति भयो जसको पहिलो बुँदामै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहने उल्लेख छ। यस्तो छ सहमति
12144674_10206674056563342_8775964583392970721_n
11229762_10206674052163232_1091042318800903719_n

हल्लाको बजार गरम
भारतीय राजदूतावासमा कार्यरत एक कर्मचारीको नाममा रहेको एसबिआई बैँकको खातामा करोडौँ रुपैयाँ ट्रान्सफर भयो भन्दै हल्ला मच्चाइयो। तर कसैले त्यो समाचारको पुष्टि गर्न सकेनन्। सांसद किनबेच हुँदैछ भन्दै एमाले र एमाओवादीतर्फबाट हल्ला मच्चाइएको थियो। यसको पुष्टि हुने तथ्य भने कसैले दिन सकेनन्।

एमालेलाई लाञ्छना लगाउँदै कांग्रेसको विज्ञप्ति
राति कांग्रेस प्रवक्ताको नाममा एउटा विज्ञप्ति जारी भयो जसमा एमालेमाथि लाञ्छना लगाइएको थियो। एमालेले असहयोग गरे पनि संविधान संशोधन प्रस्ताव दर्ता गरिएको र आन्दोलनरतहरुको माग पूरा गर्न हामी नै सक्षम हुन्छौँ भन्ने आशय त्यसमा थियो। यस्तो थियो विज्ञप्ति-

11 thoughts on “यस्तो रह्यो प्रम चुनावअघि शनिबारको नाटकीय घटनाक्रम”

  1. Hemanta Sharma says:
    October 12, 2015 at 4:59 pm

    नेपालका नयाँ निर्बाचित प्रधानमन्त्री जिउ लाई एउटा नेपाली नागरिक को खुल्लापत्र

    के पि ओली जि , सर्बप्रथम मेरो हार्दिक शुभकामना तपाईं नेपालको ३८औ प्रधानमन्त्री हुनुभएको मा। आगामी दिन हरु चुनौतिपूर्ण छन, त्यो हामीले भनिराख्नु पर्दैन। हामी नेपाली नागरिक लाई बहिरी हस्तछेप चाहिन्न,, हामी हिंड्न तयार छौ, आधापेट खान तयार छौ तर कसै सँग झुकेर बस्न तयार छैनौ।

    भारत का प्रधानमन्त्री मोदीले तपाईं लाई टेलेफोन गरी बधाई दिएका छन साथै दिल्ही भर्मन को निम्तो पनि साथै आको छ। हामी नागरिक अलिकती त्रसित हुन पनि परेको छ, कतै तपाईं दिल्ही गएर नेपाल को हित नहुने सम्झौता गर्नुहुन्छ कि भनेर।

    अब को समय हामी जनता को हो, हामी तपाईं को साथमा हुनेछौ जब सम्म तपाईं यो देश को स्वाभिमान को लागि काम गर्नु हुन्छ। अब समय आएको छ , ति हाम्रा पुराना भारत सँग भएको सन्धी सम्झौता लाई पुनरबोलोकन गरी नयाँ सिरा बाट नेपाल र नेपाली को हितमा हुनेगरी सन्धी सम्झौता गर्ने/ बेला एही हो भारत सँग झुकेर होइन छाती फुकाएर आफ्ना माग राख्नुस् नेपाली जनता को तर्फ बाट। यदी भारत हामीलाई झुकाउन चाहन्छ भने नाका बन्द गरौ साथै सिमामा तार बार गरी स्वतन्त्र भई बाचौ।

    अब छिमेकी को भरमा होइन आफ्नो बल्बुता म बाँच्न सिकौ, आफ्नै देसमा उत्पादन सुरु गरौ। अब स्वाभिमानलाई मन मस्तिस्कमा राखी देस बिकास को लागि हाम्रा हाथहरु खियाउन प्रेरित गर्दै ५ बर्ष भित्र नेपाली मोडेल को बिकास को निम्ती सरकारी तहबाट जग हाल्ने काम गरियोस तेस्मा हामी जनता ईटा थप्ने काम गर्छौ।

    यो एउटा नेपाली मन भएको यो स्वतन्त्र देस को स्वतन्त्र नागरिक को अनुरोध, सल्लाहा वा चेतावनी जे भन्ने सम्झिये पनि हुन्छ, शायद अहिले हरेक स्वतन्त्र नेपालीको चाहाना पनि एही हो जस्तो लाग्छ। एदी यो आवाज हरेक नेपाली को हो भने एस्लाई सक्दो सेएर गरी सरकार सम्म पुराउने काम गरौ।
    धन्यवाद

    Reply
  2. Chetna Kunwar says:
    October 12, 2015 at 3:35 am

    ओहो सुशील कोइराला गजब थ्यो यहाँ को नौटंकी! भारत ले के भन्यो उही मान्ने आखिर मा त खाडल मा पर्नु भयो के गर्ने …लाज नभय पछि … कृष्ण प्रा भट्टराई र गणेश मन सिंह जस्तै काँग्रेस त्याग गरि घर बस्नु! उचित हुने छ! ति दुइ त सन्त महात्मा थिया याह
    त गिरिजा कोइराला जस्तै लोवी पापी र भयो नेपाल एस्तो डाडु मा तातो पनि हाली जनुष बनारस …..राम्रो आती राम्रो हुने छ

    Reply
  3. bibek dhakal says:
    October 11, 2015 at 6:13 pm

    प्रचण्ड त प्रधानमन्त्री भएसी सुरुमा चीन भ्रमण मा गएका थिए. हेरम ओली ले क गर्छन. अनि था हुन्छ दम.

    Reply
    1. Hrishikesh Adhikari says:
      October 12, 2015 at 1:15 am

      ओली कुनै पनि देश भ्रमण गर्न नगएको राम्रो हो . के प्रधान मन्त्रि बन्दैमा भारत र चीनको भ्रमण गर्ने पर्छ र ?

      Reply
      1. bibek dhakal says:
        October 12, 2015 at 3:41 am

        मैले यो कमेन्ट लेखेको केहीबेरमै अर्को एउटा ब्लगमा पढें कि ओलीलाई मोदीले निम्ता गरिसकेछन. अब ओली हत्त न पत्त गर्दै मोदीकोमा हाजिर गर्न पुग्छन या फुर्सत छैन भनि वा मोदी लाइ नै बरु सपथग्रहण मा भाग लिन नेपाल बोलाउछन त्यो हेर्न बाकि छ. दोश्रो विकल्प रोजेको खण्डमा यो भन्दा अगाडी जतिसुकै गालि गरेपनि म आफैं ओली को डाइ हार्ड फ्यान बन्नेछु

        Reply
  4. Nimesh, KTM says:
    October 11, 2015 at 6:12 pm

    काशी जाने बेला कसैको गोटी बन्न पुगेछ शुशिल कोइराला . देशलाई बन्दकीमा राख्ने अरु कोहि छ भने त्यो हो नेपाली कांग्रेस . धिक्कार छ शुशिल कोइराला !!!

    Reply
  5. Shankar says:
    October 11, 2015 at 12:59 pm

    भनेपछि तेत्रो नाकाबन्दी गर्दा पनि इन्डियन राजदुत लाइ झुसे ले भेट्यो , नोकरी गर्यो , सक्किगो नि |
    सुसिल ले जित्यो भने — कांग्रेस , एमाले , राप्र पा , मदिसे सब दलका सदस्या लाइ इन्डिया ले बेस्करी पैसा बाडेछ

    ओली ले जित्यो भने – नेपाल अझै नेपालीको कन्ट्रोल मा रहेछ
    ( हेरौ प्रचण्ड , कमल थापा र अन्तमा थारु हरु , गच्छेदार समेत )

    Reply
  6. Santosh Lamichhane says:
    October 11, 2015 at 12:26 pm

    सहमति भैसकेको सरल कुरो पनि कति जटिल हुदै गको ?? खल्ने खेलाउने कति कति ..हामी त बस रमिता हेर्ने. .! जित हार जसको भएपनि देश र जनताले चाहिं जित्ने अवस्था रहोस !

    Reply
  7. XYZ says:
    October 11, 2015 at 10:57 am

    This blog site is totally biased in favour of UML. I know UML is highly organized NGO like organization with almost total control over Nepali media but this time Olitic-politics will not work. Here is my prediction:
    1. The voting will not start at 11.00 am as scheduled, it will probably drag on till mid night. This is how Suchane- or the great chamcha of UML has been performing.
    2. No candidate will secure required >50% majority in the first round; there will be second round of voting and this is where things going to be excited.
    3. It is better for Oli to lose this battle then to sit on a hot pan. Given his health, this guy is going to put whole country on a hospital bed.
    4. You have forget to mention mid night meeting between Mr Koirala and madhesbadi leaders at Baluwatar on Friday (See The Kathmandu Post today).

    Reply
    1. XYZ says:
      October 11, 2015 at 3:58 pm

      UP-DATE:
      The bad luck of the country has started from today……

      Reply
      1. Patrick says:
        October 12, 2015 at 10:07 am

        तिमीले भने जस्तो नभए BAD LUCK है, hasayo sherele

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme