Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजावादी र गणतन्त्रवादीले काँध थापेपछि ओली कुर्सीमा निश्चित

Posted on October 10, 2015 by Salokya

DSC_0263
राजा वीरेन्द्रको शक्ति सीमित पार्ने गरी २०४६ सालको आन्दोलन सफल भएपछि खुलामञ्चमा आयोजित सभामा तत्कालीन कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालाले ‘माले, मसाले र मण्डले एकै हुन्’ भन्दा झण्डै ढुङ्गा खाएनन्। गणतन्त्र आएपछि चैँ अचम्मसँग यो मिल्ने संयोग परेको छ। राजावादी तथा हिन्दुवादी चौथो शक्ति राप्रपा नेपालका कमल थापा र गणतन्त्रवादी तथा धर्म निरपेक्षतावादी प्रचण्डलाई छेउमा राखेर ओलीले प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्। राजावादी र गणतन्त्रवादीले यसरी काँध थापेपछि रातारात अर्को चलखेल नभए केपी ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
DSC_0122
बिचरा सुशील कोइराला चाहिँ बलिको बोका बन्न पुगे। शेरबहादुर देउवालाई रोक्ने क्रममा उनी आफै हार्ने प्रधानमन्त्रीका उम्मेदवार बन्न पुगे। भद्र सहमति अनुसार सरकारबाहिर रहेरै पनि ओलीलाई समर्थन गरे हुनेमा तराईमा गए मधेसविरोधी र पहाडमा गए राष्ट्रघाती भन्ने हिसाबले हार्ने उम्मेदवार बन्न बाध्य भए कोइराला। त्यागी नेताको त्याग पनि गफैमा सीमित हुने भयो।

तेस्रो र चौथो दल लगायत अन्य ससाना दलहरुको पनि सहयोग पाएपछि ओलीको सत्तारोहण सुनिश्चित देखिएको हो। बिचरा कांग्रेसले प्रस्तावक र समर्थकसमेत अर्को दलबाट नभई आफ्नै दलको राख्नुपर्‍यो।

अहिलेको यो अवस्थामा ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न दुई स्थिति जरुरी हुन्छ-

१) कि प्रचण्ड रातारात सहमतिबाट पछि हट्नु पर्‍यो, जुन हुने देखिँदैन। प्रचण्डले धेरै अघिदेखि नै जेे भन्दै आएका थिए त्यही हुने जस्तो देखिएको छ।

२) कि एमाओवादीका ठूलो संख्यामा सांसदहरुले फ्लोर क्रस गरी ओलीलाई भोट नदिनु पर्‍यो। अथवा भोट दिन संसद नै नजानु पर्‍यो। के यस्तो होला त ? आजै बिहान काठमाडौँ ओर्लिएका भनिएका केभी राजनले केही चलखेल गर्लान् त?

भन्न सकिने स्थिति छैन। एमाओवादीको फ्लोर क्रस अहिलेसम्म चाहिँ हुने देखिन्न। एमाओवादीका बाबुराम नजिकका ३० केन्द्रीय सदस्यहरुले ओलीलाई समर्थन गर्ने निर्णयको विरोधमा वक्तव्य निकालेका छन्। तर ती मध्ये सभासद्हरु चैँ निकै कम छन्।

भोलि ११ बजे बस्ने संसदले गर्ने निर्वाचनले थाहा हुनेछ आखिर ओलीको उदयमा ग्रहण लाग्छ कि लाग्दैन।

11 thoughts on “राजावादी र गणतन्त्रवादीले काँध थापेपछि ओली कुर्सीमा निश्चित”

  1. Santosh Lamichhane says:
    October 11, 2015 at 8:06 am

    यसपाली चाहिं १७ पल्ट सम्म चुनाब गर्नु नपरोस ..यही छ कामना !!

    Reply
  2. prakash pandey says:
    October 11, 2015 at 6:54 am

    यो Oli vs Koirala होइन
    Nepal vs India हो ।
    त्यसैले एउटा नागरिकको हैसीयत बाट KP Oli लाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्दछु ।

    Reply
  3. Sunil Shrestha says:
    October 11, 2015 at 12:48 am

    जति जे गरे पनी आन्त्य्मा फटाहा हरुनै प्रधानमन्त्री बनेभयो/ अजै कुन पुस्ता सम्म नेपाली जनताले दुख पाउँने/

    Reply
  4. Bel Gurung says:
    October 11, 2015 at 12:32 am

    सबै पहिले नेपाली हौँ / नेपाल रहे पार्टी राजनीति हुदै गर्छ / देशको स्वाभिमानको जगेर्ना हुनु अहिलेको मुख्य कुरा हो/

    Reply
  5. bibek dhakal says:
    October 10, 2015 at 10:15 pm

    कुनै नेता सिध्द्धनता मा चल्दैन रैछन भनेर देखियो. नेपालको प्रधानमन्त्री को कुर्सि भनेको यस्तो सस्तो हुदो रैछ भन्ने आज भान भयो. कुन दिन आएर चार्ल्स शोभराज हुन्छ नेपालको प्रधानमन्त्री…

    Reply
  6. Mahesh says:
    October 10, 2015 at 9:13 pm

    सुशील कोइराला मोदीको कुश !
    ———————————————————-
    गगन थापा भन्छन्‐ कांग्रेस भारतको इशारामा चल्ने पार्टी हो !

    इशारामा मात्र हैन भा.रु मा चल्ने पार्टी भनेर साना केटाकेटि ले पनि बुझ्ने भए ! भेडा बाख्रा खरिद भए झैँ भा रु लिई ठोक्नु भए मोदीलाई भोट ! कत्रो बेइजत त हे सभापति नि बिकिने ! त्यत्रो इतिहास बोकेको पार्टी ले पहिले जिम्बेवारी बोकेर अरु साना पार्टीको लागि अभिभाबकीय भूमिका खेल्नु पर्ने मा ठाक्कै उल्टो छ हे ! उल्टो इतिहास लाई निरन्तरता दिए ! नेपाल मजदूर किसान पार्टी बरु कति स्वाभिमानी र निष्कलंकित छ ! हेर बेज्जत ! जो जेठो उही पो बेइमान रहेछ हे ! अरु इमान्दार नेताहरुलाई पो निराश बनाएको छ त यसले !

    कांग्रेस लाई इमान्दार नेताहरुले बेस्सरी मस्काई मस्काई माझेर चोख्याउनु पर्ने भो !

    Reply
  7. दत्तात्रय says:
    October 10, 2015 at 8:10 pm

    राजावादीको पार्टी बिशेष गरि कमल थापा जस्तो प्रमाणित भ्रष्टचारी र महा नातावादलाई साथमा लिएको चै पचेन| बाबुरामले दलाली गरेर सबै समर्पण र बिसर्जन गर्छ भनेको यही हो| नेपाली कांग्रेस नेतृत्वमा परपेचुअल कन्स्टिपेसनले ग्रस्त छ| कमल थापाको पार्टीलाई कुनै मन्त्रि वा जिम्मेवारी दिईनु हुँदैन, अझ शुद्धिकरणको आवश्यकता छ| ओलीलाई देशको अवस्था सुधार र बिकाससंग केहि मतलब छैन, सक्ने भए उनका मन्त्रीहरु जिम्मेवारी पूर्ण ओहदामा हुन् केहि गरेर्नन| महेश बस्नेत जस्तो जानेकै गुण्डा र सार्बजनिक सम्पति नाश गर्नेलाई मन्त्री बनाए| देशले केहि पाएन| ओलीलाई भू पु प्रधान मन्त्रि टाइटल संग मतलब छ| विदेश गएर स्वास्थ्य सेवा लिन संग मतलब छ|
    थारुको पार्टीलाई जुनै सरकार आए पनि सहभागिता गराउन पर्ने हो र सर्बप्रथम थारु जातिको मांग संशोधन गरेर पुरा गर्न पर्ने हो| भारतले मधेसी संग मिलेर पारवाहन रोकेको मुद्दा अन्तराष्टियकरण गरिन पर्छ|
    यसो हेर्दा एमाओवादीका प्रचण्ड मात्र तीन दलको भद्र सहमतिमा अडेर ओलीलाई प्र म मा सहयोग गरेको जस्तो देखियो| प्रचण्डले के दाऊ हानेको छ कुन्नि? कसले दियो यत्रो पावर तीन दलका नेतालाई कथित भद्र सहमति गर्ने?
    मधेसी नेताहरु, जो भारतीय गृह मन्त्रीले भनेका एक करोड भित्र पर्छन, जो बिदेशी संग मिलेर नेपाललाई चोट लगाइरहेका छन्, उनीहरुलाई के हार्दिक अनुरोध गर्दछु भने बेला आयो तपाईहरुले कि आफुलाई भारतीय भन्नुपर्यो कि नेपाली| नेपाललाई फिजी बनाउन दिनु भएन| नत्र भने संविधानको कुन धाराले बिझायो त्यो उल्लेख गरेर जनता समक्ष आउनु पर्यो, भारत र भारतीय राजदुत समक्ष जाने होइन|
    इन्डियाको गोटी नबनेकै राम्रो किनकी भारतमा बिहारीलाई कुन स्थान दिएको छ र कसरि हेयको दृष्टिले हेर्छ त्यो यँहा बताई रहन पर्दैन| कट्टर हिन्दुवादी नेता बाल ठाकरेले महाराष्ट्र बाट बिहारी उन्मुलन आन्दोलन नै चलाएका थिए|
    बिहारी होस् कि जोस्कै, नेपाली व्यवहार हुने र नेपाललाई हृदय देखि नै माया गर्ने यो मुलुकभित्र सम्मान र समान अधिकार सहित अँटन सक्ने प्रशस्त ठाउँ छ|
    नेपालमा विभेद भएको त् आदिवासी जनजातिलाई हो| मधेसीको भारत संग मिलेर गरेको नाकाबन्दीले गर्दा आदिवासी जनजाति अहिले मौन छन् तर यो पनि छिट्टै प्रकट हुने देखिन्छ|

    Reply
  8. Prem Nepali says:
    October 10, 2015 at 7:37 pm

    The title of this article does not sound very positive in the present context. In the present day Nepal, the national crisis is more than we can imagine. No body knows how many more cards are still in India’s hand for her to play against Nepal in the days to come. The order of the day is to forge a strong alliance among patriotic forces with minimum understanding of facing the problems in Tarai as well as facing the menacing threat of India to or sovereignty. At this critical juncture, we should rather not make a distinction by labeling someone as “rajabadi” or “ganatantra badi” instead we should see people as “rastrabadi” or “bharat badi”. All those who oppose the idea of broader national unity at the behest of South Block in any pretext are “bharatbadi.”

    Reply
  9. Shankar says:
    October 10, 2015 at 7:27 pm

    पार्टी पसल हो , सिन्न्दांत बेच्ने सामान हुन् | कमल थापाले राजाको नाउ , हिन्दु धर्म को नाउ लिएको आफ्नो पार्टी फुलाउन , फलाउन हो | माउबादिको प्रचण्ड पथ, ये मालेको नौलो जान बाद ,बहुदलीय जनबाद तेस्तै कुरा हुन् | देश घाती हरु भारतीय दुतावास सग गोप्य सम्झौता गर्न जान्छन , सिमा पारि बसेर वारि ढुंगा हान्छन तर देश भक्त हरु चिनिया नाका खोल्ने , नया बिकल्प , अडान र नया ढंग बाट सोच्ने गर्दछन | बरु प्रचण्ड नै दह्रो नेता देखियो , उसको लचकता , र कांग्रेस ,एमाले सग को सहकार्य प्रसंसनिय देखियो |
    देश यो मोड सम्म आइपुग्दा र नेपालि ले मदिसे को नाकाबन्दी बेहोरी सक्दा यत्ति क्लियर भैसक्यो कि भारत हाम्रो जसरि ठुलो मित्र हो तेस्तै ठुलो सत्रु पनि हो | मित्रताको समय मा एसले चै त्रिभुबन राजपथ को बिकल्प खोल्न भाजो हाल्ने , उत्तरी नाका बाट तेल लेउन न दिने ,ठुला ठुला तह्क्का भारतीय कम्पनि लाइ दिन दबाब दिने आदि सब क्रियाकलाप गर्छ तेस्कै आधार मा हिजो कांग्रेस , एमाले समेत ले गरे तेत्ति गर्दा गर्दै पनि नेपालि कम्जोर पार्न राजदरबार हत्या काण्ड , मदन भण्डारी को हत्या ,( येसैको आधार मा भन्न सकिन्छ प्रचण्ड , माधब नेपाल , ओली आदिलाई पनि अब ज्यान को खतरा हुन् सक्छ ) गोर्खालायांद को ठुलो नेता को हत्या , भुटान बाट नेपालि लाखात्ने आदि काम भारत ले गरेको छ |
    अब पनि मदेश सग सम्झौताको नाउमा झुक्ने , हो भने देश को अस्त्तित्त्व रहन्न |
    संकट को बेला सत्रु र मित्रु चिनिने कुरा हो , सारा नेपालि नाकाबन्दी ले रोइ रहदा पारि ढुंगा हान्न जाने ऐले आएर अंगिकृत लाइ नागरिकाता दिने हाम्रो माग हैन भन्दैमा उपेन्द्र यादब लाइ कसरि बिस्वास गर्न सकिन्छ ?
    अहिले आफुलाई तराइको आदिबासी भन्नेहरु पनि बिहारीको कित्तामा बसेर ढुंगा हान्न आएकोले नेपाल सरकार ले दिएको खुरुक्क लिएर बस्ने ( राम्रै नै दिएको छ ) अब घुर्की देखाउने बेला गइ सक्यो |

    Reply
  10. Desh Bandhu Sharma says:
    October 10, 2015 at 7:14 pm

    माओंबादी को बाबुराम ग्रुप , मधेश बादी र किनिने केहि सांसद मिलाएर भारतले शुशिललाई जिताउन सक्छ . जित्ने पक्का नभई त्यो बुढाले उमेद्वारी दिएको छैन . जे होस् राष्ट्रबादी शक्ति एकातिर र भारत परस्त शक्तिहरु एकातिर ध्रुविकरण हुदै छन् . अहिले सबै दलहरु एकजुट भएर भारतको नाकाबन्दीको बिरोध गर्नु पर्ने बेलामा त्यहि भारतको खुट्टा ढोग्न जाने कांग्रेसको अब पतन शुरु भयो . राष्ट्रबादी शक्तिको जित होस् र नेपालको प्रधानमन्त्री चुन्ने काम नेपाली को हो भारतको होइन भन्ने म्यासेज जाओस – यहि मेरो कामना .

    Reply
  11. Surya says:
    October 10, 2015 at 6:14 pm

    देश भित्रकै कुनै शक्तिले कू गर्देला कि? यसै नाकाबन्दी उसै नाकाबन्दी, लौ जा. कुरो…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme